Like
Sunday, February 28, 2010
ह्यापी होली
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्वलाई केही वर्षदेखि होली भन्न थालिएको छ। होली विशेष गरी भारतमा भोलि मनाइन्छ। भारतीय सञ्चारमाध्यमको प्रभावमा नेपालको फागु पर्व ‘होलिकरण’ भएको हो।
रङ्गहरुको पर्व भए पनि अहिले भने युवाहरुले यसलाई इनामेलको पर्व बनाउन थालेका छन्। इनामेलले छालालाई हानी गर्ने भन्दै चिकित्सकहरुले सावधानी अपनाउन अनुरोध गरेका छन्। तर युवाहरुलाई त्यसको वास्ता छैन।
आजै काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चीर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रथा छ ।
दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको हिन्दू धर्मशास्त्रमा उल्लेख छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा कृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी थिइन्। त्यसपछि उनलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ।होली आउनु एक साताअघिदेखि नै महिलाहरुलाई लक्षित गरी पानी भरी बेलुन (आजभोलि त प्लास्टिक) हान्ने विकृति बढेको छ।
आजै काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चीर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रथा छ ।
दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको हिन्दू धर्मशास्त्रमा उल्लेख छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा कृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी थिइन्। त्यसपछि उनलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ।
भैषज्यशास्त्रका ज्ञाताका अनुसार राम्रो तरिकाले तयार पारिएका रङ र अबिर छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । तर अहिले प्रयोग हुने इनामेलले भने हानी मात्रै गर्छ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइने गरिन्छ । यो चाड (तोरन्ल)मा थकाली रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै सपरिवार भेला भई तीर हान्ने प्रतियोगिताको आयोजना गर्छन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो पनि गर्छन् ।
यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड-रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति बढेको छ ।
Monday, February 22, 2010
अनेसास इजरायलको आयोजनामा साहित्यिक भेटघाट र वृतचित्र प्रदर्शनी
अनेसास इजरायल, मेरो नेपाल द्वैमासिक पत्रिका प्रकाशन समिति लगायत इजरायल स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहनु भएको सो कार्यक्रममा कवि एवं साहित्यकार श्री अनिल पौडेल द्वारा आफैले निर्देशन गर्नु भएको नेपाली वृतचित्र "झमक' को प्रदर्शनी गरिएको थियो । "झमक" एउटी यस्ती लेखिका जो शारीरिक रुपमा अशक्त शरीर भएर पनि निरन्तर नेपाली साहित्यमा कलम चलाउदै आइरहेकी प्रतिभावान नारी हस्ताक्षर सुश्री झमक
कुमारी घिमिरेको जीवनीमा आधारित रहेको वृतचित्र हो । करीव आधा घण्टा लामो सो मार्मिक वृतचित्र हेरिसकेपछि एकछिन उपस्थित सबै भाव विह्वल हुनु भएको थियो ।
गीतकार तथा अनेसास इजरायलका अध्यक्ष सुनिल संगमका केही लोकप्रिय गीत संगीतको प्रस्तुति बाट आरम्भ गरिएको सो कार्यक्रममा अनेसास इजरायल च्याप्टरका महासचिव कृष्ण थापाले धेरै अगाडी अनेसास केन्द्रद्वारा आयोजित १९९७को अन्तराष्ट्रिय नेपाली कविता प्रतियोगितामा प्रथम हुनु भएका वरिष्ट साहित्यकारलाइ इजरायलमा यसरी स्वागत् गर्न पाउनु आफ्नो गर्वको बिषय भएको बताउनु भएको थियो।
कार्यक्रममा सुनिल सङ्गम, वसन्त गुरुङ, श्याम रोक्का, श्रीमती टिका खरेल,विष्णु भट्टराई, शंकर पौडेल, सुन्दर नेपाल, नवराज घिमिरे, कृष्ण थापा लगायतले आआफ्नो रचना वाचन गर्नु भएको थियो भने अन्य व्यक्तित्वहरुले वृतचित्र र कार्यक्रमका सम्बन्धमा आ आफ्नो धारणा राख्नुभएको थियो ।
अतिथि श्री अनिल पौडेलले इजरायल स्थित प्रवासी नेपालीहरुमा पनि नेपाली साहित्यप्रतिको लगाव देखेर आफु निकै खुसि भएको कुरा व्यक्त गर्दै आफ्ना केही कविता पनि सुनाउनु भयो । साझा प्रकाशन संचालक समिति र राष्ट्रिय जनसाँस्कृतिक जनसाहित्यिक मन्चका सदस्य साहित्यकार पौडेल लोकसंस्कृति,उत्साह तथा गरिमा लगायात दर्जनौं नेपाली साहित्यिक पत्रिका र पुस्तकका सम्पादक हुनुहुन्छ ।