Like
Sunday, July 18, 2010
बाकी
३ वर्षकी गायिका अतिथी गौतम
अर्विट पब्लिसरको सक्रियतामा तयार पारिएको 'अतिथि' एल्वममा नौ वटा गीत समावेश छन्। अक्षर समेत राम्ररी चिन्न नसक्ने गायिका केसीले सबैको सामु गीत गाउने कलालाई देखेपछि अन्तराष्ट्रिय जगतमा समेत यस्तो अदभूत बालिकाको क्षमता चिनाउन अर्विट पब्लिसरले यो पहल गरेको हो। गिनीज बुक अफ वर्ल्ड रेकर्डका तथ्याङ्कलाई अध्ययन गर्दा समेत यति सानो उमेरदेखि गायर गीति एल्वम निकालेको प्रमाण फेला परिसकेको.....
छैन। अब अतिथि एल्बमलाई गिनीज वर्ल्ड रेकर्डका लागि प्रकृयागत ढङ्गमा लगि सकिएको छ। २ वर्ष देखि नै गीत गाउन थालेकी अदभूत प्रतिभा अतिथि केसी हुन। आफ्नै दिदी उष्णा केसीले गाएको देखेपछी त्यसलाई नक्कल गर्ने बानीले उनलाई गीत संगित प्रति मोह जगाएको उनका बाबु उद्धव केसीले बताएका छन्। विभिन्न सांगीतिक कार्यक्रममा दिदी उष्णासँग र एकल कार्यक्रम समेत प्रस्तुत गरेर यिनले उपस्थित सबैलाई आश्चर्यमा पारिसकेकी छिन। नेपाल टेलिभिजनको एक सास्कृतिक कार्यक्रममा प्रत्यक्ष प्रशारणमा समेत अतिथीले गीत गाएकी छिन। अतिथि एल्वममा समावेश सातवटा गीतमा संगीत जुगल डंगोलले भरेका छन् भने एउटा गीतमा संगीत रामकृष्ण दुवालको रहेको छ र एउटा राष्ट्रिय गित रहेको छ । पत्रकार घनश्याम खड्का, कवि अर्जुन पराजुली, अमेरिकी निवासी कानुन व्यवसायी बिनोद रोक्काका शब्द रहेका हरेक गीत बालबालिकालाई लक्षित गरि तयार पारिएका छन्। केही महिनाअघि पूतलीसडकमा अवस्थित आर्टोम्यूज स्टुडियोमा रेकर्डिङ्ग गरीएको गीत अवलोकनमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो। त्यहाँ रेकर्डिङ्ग अवलोकन कार्यक्रम पछाडि सुझाव पुस्तिकामा लेखिएका प्रतिकृयावाट समेत अतिथीको क्षमता प्रष्ट हुन्छ । उक्त पुस्तिकामा साहित्यकार मोदनाथ प्रश्रितले त अतिथी राष्ट्रकै गौरव रहेको प्रतिकृया लेखेका छन्। त्यसैगरी संस्कृतविद सत्यमोहन जोशी, नेपाल वार एशोसियसनका अध्यक्ष प्रेम बहादुर खड्का , युवा नेतृ रामकुमारी झाँक्री ,साहित्यकार कृष्ण धरावासीले अतिथिमा गाउने कला देखेर आफुहरु चकित रहेको प्रतिकृया दिएका छन्। नेपाल वार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले त आफ्नो जीवनकालमा अतिथि जस्तो क्षमतावान वालिका हालसम्म नभेटेको कुरा पुस्तिकामा लेखेका छन्। शास्त्रीय सँगीतमा प्रारम्भिक तह उतिर्ण गरेकालाई समेत गाउन गाह्रो हुने स्वर लिपी अलँकारसमेत अतिथिले सहज रुपमा गाएकी छिन्। जसलाई कार्यक्रममा उनले ख्यातिप्राप्त बाद्यबादकको प्रत्यक्ष सँगीतमा गायिन्। कार्यक्रममा उनले तीन वटा गीत प्रत्यक्ष गायिएकी थिइन्। यो सारेगमको म्युजिक भिडियो समेत तयार गरिएको छ। सो म्युजिक भिडियोको सोही कार्यक्रममा प्रदर्शन गरिएको थियो। राष्ट्रले अतिथि केसीको क्षमतालाई अन्तराष्ट्रिय जगतमा चिनाउन पहल गर्ने आशा हामीले लिएको बाबु उद्धव केसीले बताए।

क्रान्तिकारी र कठपुतली
बाँकी
उता कमल थापा प्रच्छन्न भाषामा ज्ञानेन्द्र सरकारको पुनःस्थापनको रट लगाइरहेका थिए। यता यी जिम्दार कमरेडले प्रस्ट भाषामा माधव सरकारको पुनःस्थापनको बिन्तीपत्र अघि सारे। त्यो रट र यस बिन्तीपत्रमा साझा भाव छ त्यो हो, नारकीय यथास्थितिका रक्षकको पुनःस्थापन, अनि, शनैःशनैः दक्षिणपन्थी सैन्यवादले दमनकारी मुन्टो उठाउने अराजनीतिक वातावरण र हतास सामाजिक मनोदशाको निर्माण। कुरो प्रस्ट छ, माधव सरकारको पुनःस्थापन हुँदा सरकारका प्रवक्ता यी जिम्दार कमरेडको सुस्वादु खान्कीको पनि ट्याक्क पुनःस्थापन हुनेछ। खान पाएकाले आफ्नो राजसी खान्कीको निरन्तरताको दाबी गर्नु त लोभीपापी जगत्को सनातन रीत नै हो। गए शान्ति र संविधान खोलैखोला जाओस्, मौकामा खान छोड्नु हुँदैन। आखिर मनचिन्ते जबजको प्रचलित अर्थ के हो? कल, छल र बलले जसरी हुन्छ खानु, खानु र खाइरहनु।
माओवादीमा पुष्पकमलले प्रधानमन्त्री बन्न खुट्टो उचालेका छन्। र, त्यस खुट्टामा बजार्न किरण, बाबुराम र बादलले भाटा उजाएका छन्। कांग्रेसमा रामचन्द्र पौडेलले खुट्टो उचालेका छन् र त्यस खुट्टामा प्रहार गर्न देउवा र गुरुङ थरका दुई बहादुरले चिर्पट उजाएका छन्। एमालेमा झलनाथ खनालले खुट्टो उचालेका छन् अनि त्यस खुट्टालाई कलमी गर्न केपी ओलीहरूले तरबार उजाएका छन्। लोकतन्त्रको विधि र रीतिबमोजिम प्रधानमन्त्रीका रोलवाला प्रत्याशी यिनै तीन पात्र हुन्। यी राष्ट्रिय चुनाव जितेर आएका हुन्। यी आआफ्नो दलले मानिल्याएका माउ हुन्। र, आआफ्नो संसदीय झोलीका नायक पनि यिनै हुन्। तर, लोकतन्त्रको विधि र रीतिको हुर्मत लिँदै रोलबाहिरकाहरू प्रधानमन्त्री बन्न लाल बुझक्कडी मुद्रामा च्याँखे दाउ थापिरहेका छन्। यो भयावह भाँडभैलोको रिहर्सल हो। दलहरूभित्रको भाँडभैलो र समग्र राजनीतिको पनि भाँडभैलो। यो बिस्ट्याउनेलाई भन्दा देख्नेलाई लाजको विद्रूप कथा हो।
कांग्रेस र एमालेमा सत्ताको लुछाचुँडी हुनु बुझिने कुरा हो। यो तिनले दिव्य बाह्र वर्षको संसदीय दुर्व्यसनबाट ग्रहण गरेको संस्कारको झुसिलो डकार हो। तर, लुछाचु"डीको यो रोग यति छिटै र यति सजिलै माओवादीमा सल्किनु उदेकलाग्दै हो। माओवादी म ज्यान मुठ्ठीमा राखेर संसार बदल्न हिँडेको हुँ भन्थ्यो। तर, संसदवादीको संगतबाट ऊ हिजोको आजै ‘सच्चिएर' तिनकै प्रतिरूपमा ढलान हुन हर्दम् यत्नशील छ। लक्ष्यको एकता, भावनाको एकता, विश्वासको एकता र कार्यको एकता क्रान्तिकारी दलका केही गुण हुन्। अनिकालमा पहिलो गाँस तँलाई, दोस्रो गाँस मलाई, तरबारको चोटमुनि मेरो गर्धनमाथि, तेरो गर्धनमुनि, सास जाओस्, विश्वास नजाओस् र सुखदुःख बराबरी- यी कम्निस्टका प्रिय वाचा हुन्। लाग्छ, माओवादीमा यी आदर्श वाचाको थोक मृत्यु हुँदैछ। र, अहिले प्रधानमन्त्रीको कुर्सीका लागि त्यहाँ एकअर्काको छवि र प्रतिष्ठा खरानी बनाउने नग्न खेल सुरु भएको छ।
प्रचण्ड, बाबुराम, किरण र बादल नेपाली राजनीतिका नयाँ विम्ब हुन्। यी विम्बको निर्माणमा असंख्य मानिसको विवेक र सौर्य, सन्ताप र चित्कार एवं आँसु र रगतको लगानी भएको छ। र, यी विम्बमाथि धेरैका आशा छन्। तर, तिनका आशामाथि तुषारापात गर्दै यी श्रीहजुरहरू अन्तर्कलहको निकृष्ट क्रीडामा मग्न छन्। गर्नै परे झगडा गर्ने त बन्द कोठामा पो हो। प्रधानमन्त्रीमा पुष्कमलको विकल्प इन्द्रकमल भए सोको किटानी गर्ने पनि बन्द कोठामै सल्लाहसाउती गरेर हो। माओवादी नेतृत्व खलनायकी रुचि र प्रवृत्ति भएका झल्ला रंगकर्मीको रंगमञ्चतुल्य प्रतीत भइरहेछ जो आन्तरिक कलहको झुत्रे झन्डा बोकेर जग हँसाउँदै सडकमा छताछुल्ल पोखिँदो छ। लोकले चोर औँलो हल्लाउँदै गरेको कुरिकुरीतर्फ दृष्टि दिन उसलाई न चाख छ न त फुर्सद नै छ।
सत्ताको नदिइने रसभरी चमचम देखाएर लोभ्याउने, जुधाउने र फुटाउनेबाहिर छन्। भ्रमित माओवादी नेतृत्व तिनको आज्ञाकारी कठपुतली भएर लोभिइरहेछ, जुधिरहेछ र आन्तरिक फुटको भयकारी भ्रूण सिर्जना गरिरहेछ। सामाजिक परिवर्तनका थप शक्ति आर्जन र सञ्चय गर्नुपर्ने घडीमा ऊ तुच्छ आन्तरिक किचलोमा जो भएको शक्ति नष्ट गरिरहेछ। आफ्नै हातले सलाई कोरेर ऊ आफ्नै अंकअवयवमा झोसिरहेछ। र, माओवादीको खरानीमा आफू दूबो भएर झ्याङ्गिने सपना देख्ने हुनुसम्म आल्हादित छन्। पुष्पकमलको उपयोग मूल्य निख्रिएपछि ती बाबुरामतिर फर्किए। अहिले जताततै पुष्पकमल बाईबाई, बाबुराम हाईहाईको दक्षिणपन्थी हावा चलेको छ।
र, दलभित्र बाबुरामलाई उचाल्ने र पुष्पकमललाई थचार्ने विवेकहीन नाटकको मञ्चन भइरहेछ। आफूभित्रै भएका कमजोरी र बाहिरबाट थोपरिएका कारणले गर्दा पुष्पकमल त सत्तालोलुप देखिएका थिए नै, अब निष्कलंक बाबुरामको सत्तालोलुप विम्बको धुमधामसँग रचना भइरहेछ। आन्तरिक अन्योल, कलह र विग्रहको दाउमा जब बाबुरामको उपयोगिता सकिन्छ त्यसपछि बाबुराम कान्लामुनि फालिने छन् र बादल शिरमाथि बोकिने छन्। चरणबद्ध विनाशको नाटकमा यसो हुनु अनिवार्य छ। जो आफ्नो स्थान, भूमिका र सानलाई बिर्सेर उक्साहटकारीको खेनौला बन्छ, उसको नियति सदैव यस्तै हुन्छ। काम परे भाँडो, नपरे त्यसका बाउको ठाँडोको त उखानै छ नि।
जो परिवर्तनको संवाहक हो, चतुर र गम्भीर, दूरदर्शी र विनम्र, क्षमाशील र त्यागी, अल्पभाषी र व्यवहारकुशल हुनुपर्ने पनि उसैले हो। पुराना दललाई नयाँ संविधान र वास्तविक संघीयता नभए पनि हुन्छ। तिनले खाइपाई आएको सत्ताको खान्की निरन्तर रहने त यथास्थितिमै हो। त्यसैले त तिनलाई चौध अञ्चल, पचहत्तर जिल्लाको महेन्द्रीय संघीयता औधि मन परेको छ। अक्रान्तिकारीका के के कुरा, क्रान्तिकारिताको अभिनय गरिरहने कमरेड रोहित र कमरेड सीपी मैनालीको काइदाको संघीयता पनि यही हो। महेन्द्रीय रेखांकन, महेन्द्रीय विकेन्द्रीकरण र महेन्द्रीय समावेशीकरणले सजिएको सानदार संघीयता! सके संघीयताविरोधको नारा बेचेर राजनीतिमा दुखम्सुखम् निर्वाह चलाइरहेका कमरेड मोहनविक्रम सिंहलाई पनि यो राजसी संघीयता मनपर्दो हो।
तर, माओवादी र मधेसी परे नयाँ राजनीतिक दल। यिनलाई त नयाँ संविधान चाहिएकै होला। सामाजिक न्याय र समावेशीकरणको धरातलमाथि रेखांकित हुने संघीयता पनि त यिनलाई चाहिएकै होला। हो भने, यो परिवर्तनकामी नयाँ शक्ति एकताको अनुरागमय सूत्रमा उनिएर एक लय एक तालमा परिवर्तनकारी सरकार बनाउन जुट्नुपर्ने बेला हो कि तुच्छ स्वार्थको झुत्रे झन्डा हल्लाएर आन्तरिक कलहको फोहोरी आहालमा डुबुल्की मार्दै जनताको भाग्यमाथि बन्चरो बजार्ने बेला हो?
चैतन्य र इखविनाका कठपुतली अरूको बहकाउमा फुर्फुर नाच्छन्। स्वप्नदृष्टि र दूरदृष्टियुक्त क्रान्तिकारी आफ्नै विवेकको आदेशमा चल्छन्। जो अरूको प्रलोभनकारी बहकाउमा आत्मविनाशको खेल खेल्छन्, ती केको क्रान्तिकारी? ती केको विवेकी र त्यागी? ती केको नवनिर्माणका अग्रदूत? आखिर अलंकारयुक्त नाउँ जे राखे पनि कठपुतली त कठपुतली नै हो।

'कांग्रेस या माओवादीमध्ये एक प्रतिपक्षमा रहन्छ’
शान्ति प्रक्रियामा प्रारम्भदेखि सक्रिय हस्तीमध्येमा पर्छन् कृष्णप्रसाद सिटौला । उनी माओवादीसँगको बाह्रबुँदे समझदारीदेखि शान्ति प्रक्रियाका हरेक निर्णयको खाका कोर्नेमध्येमा पर्छन् । विगतका सहमति र समझदारीलाई इमानदारीपूर्वक पालना र कार्यान्वयन नगरेका कारण कांग्रेसले सरकार निर्माण प्रक्रियामा माओवादीसँग सहकार्य गरेर अघि बढ्न नसक्ने उनको जिकिर छ । कांग्रेस र एमाले दुवै माओवादीसँग सहकार्य गर्न नसक्ने स्थितिका कारण पुरानै गठबन्धन यथावत् रहन सक्ने सम्भावना उनले बताए । सिटौलासँग शान्ति प्रक्रियाको वस्तुस्थिति र नयाँ गठबन्धनबारे कान्तिपुरका हरिबहादुर थापाले गरेको कुराकानी ।
दलहरू फेरि बहुमतीय प्रधानमन्त्री पद्धतिमा होमिएका छन्, सहमतीय पद्धति स्थापित हुन नसक्नुको कारण के हो ?
अझै पनि एकीकृत माओवादी द्वन्द्वकालीन मानसिकताबाट मुक्त हुन सकेको छैन । खासगरी लडाकु र हतियारसँग सम्बन्ध नछाडेसम्म माओवादीसँग सहमति कायम गर्न गाह्रो छ । संविधानसभाको निर्वाचनपछि छ महिनाभित्र लडाकुको समायोजन र पुनस्र्थापना कार्य सक्ने भनी माओवादी पार्टीको नेतृत्वमा सरकार बनेको हो । नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गरेको हो तर त्यो सरकारको कार्यकालमा यो समायोजन र पुनस्र्थापना सम्बन्धमा कुनै प्रस्ताव आएन । बरु उल्टै प्रधानसेनापतिलाई शान्ति प्रक्रियाको मर्मविपरीत निकाल्ने प्रयत्नमा लाग्नुभयो । समायोजन र पुनस्र्थापनामा सामान्य काम पनि अघि बढाउन नचाहने, सेनामा हस्तक्षेप गर्ने रणनीतमा माओवादी सरकार लाग्यो । त्यसपछि माओवादीसँग कांग्रेसले गम्भीर मतभेद राख्यो । विगतका भएका सबै सम्झौताको सार शान्ति र लोकतन्त्र हो तर माओवादीले लडाकु समायोजन र पुनस्र्थापना सम्पन्न नगर्ने, प्रारम्भ नगर्ने, बरु उल्टै नेपाली सेनामा हस्तक्षेप गर्न थाल्यो । त्यतिबेला गिरिजाबाबुले प्रचण्डलाई बोलाएर भन्नुभएको थियो- 'तपाईंहरूले गलत काम गर्न थाल्नुभयो, तपाईंलाई शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया पूरा गर्नुस् भनेको हो तर तपाईं गलत बाटामा जानुभयो ।' यही कारण माओवादी र अन्य दलहरूबीच गम्भीर मतभेद भएको छ । हाम्रो गम्भीर आशंका छ- माओवादी एउटा सशस्त्र संगठन आफूसँग राखिराख्ने, हतियारसहितको पार्टी बनिरहने चाहनामै छ । हाम्रो आपत्ति यही हो ।
सहमतीय पद्धतिको बाधक समायोजन र पुनस्र्थापना हुन नसक्नु नै हो ?
मूल रूपमा माओवादीसँग सहमत हुन नसक्नुको कारण यही हो । हामीलाई के लाग्छ भने माओवादी पार्टीले लडाकु र हतियार छाडिसकेपछि कब्जा सम्पत्ति पनि स्वाभाविक रूपमा फिर्ता हुन्छ । वाईसीएलका यी अर्धसैनिक संरचना पनि स्वाभाविक रूपले अन्त्य हुन्छ । माओवादी पार्टीबाट गरिने सबै हिंसात्मक गतिवधिको जड भनेको शिविरमा रहेका माओवादी लडाकु समायोजन र पुनस्र्थापना नहुनु नै हो ।
समायोजन र पुनस्र्थापनामा कांग्रेस-एमाले र माओवादीबीच प्रस्ताव अघि सार्ने काम भइरहेको छ, नमिलेको केमा हो ?
कांग्रेसले समायोजन र पुनस्र्थापनाका विषयमा प्रस्ताव सार्वजनिक गरेको छ । विगतका सहमति, सम्झौताहरूको गलत व्याख्या नगरीकन पालना गरौं, कार्यान्वयन गरौं भन्ने हाम्रो मत हो । त्यसैको कार्यान्वयनका आधारमा राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्छ । शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउ“m, संविधान निर्माण गरौं भन्ने हो ।
कांग्रेस-एमालेको प्रस्तावमा माओवादीले आफूलाईर् आत्मसमर्पण गर्न आएको पार्टीका रूपमा व्यवहार गरिएको प्रतिक्रिया दिएको छ, तपाईंहरूको प्रस्ताव त्यस्तै छ ?
माओवादीको दृष्टिकोण नै सबैभन्दा ठूलो समस्या बनेको छ । माओवादीले लडाकु र हतियार छाड्नु भनेको समर्पण गर्नु होइन । त्यो त सम्झौताहरूको कार्यान्वयन हो । के माओवादी पार्टी अन्य राजनीतिक दलहरू जस्तै शान्ति पूर्ण राजनीति र गतिविधि गर्ने पार्टीका रूपमा स्थापित हुन चाहँदैन ? पहिलो संविधानसभाको निर्वाचनको क्रममा माओवादी लडाकुलाई शिविरमा राख्ने र त्यसबेलाको शाहीसेनालाई पनि बाह्य गतिविधिमा नराख्ने निर्णय बाह्रबुँदेमा भएको हो । जतिबेला निरंकुश राजतन्त्र थियो । निरंकुश राजतन्त्र रहेसम्म राज्यका सबै अंग राजतन्त्रकै मातहत थिए । त्यसकारण राजतन्त्र रहेसम्म तत्कालीन शाहीसेनालाई तटस्थ र माओवादी लडाकुलाई संयुक्त राष्ट्रसंघको सुपरिवेक्षणमा राखिएको हो । संविधानसभाको निर्वाचनपछि लडाकु समायोजन तथा पुनस्र्थापना गर्ने सम्झौता हो । माओवादी लडाकु जसले मापदण्ड पूरा गर्छन्, तिनीहरू सम्भावित समायोजनका लागि योग्य हुनेछन् भनिएको छ । त्यहाँ यसैमा समायोजन गर्ने भनिएको पनि छैन । सबैलाई समायोजन भनिएको छैन, सम्भावित मात्र भनिएको छ । बाँकीको पुनस्र्थापना भनिएको छ । जब माओवादीले आफ्नो अनुकूल व्याख्या गर्न थाल्यो तब समस्या सुरु भयो । सबै लडाकुको समायोजन गर्ने भनिएको भए त 'सम्भावित समायोजन' लेखिने थिएन । सेनामा मात्रै गर्ने भए विभिन्न सुरक्षा निकाय भनिने थिएन । हुँदाहुँदा माओवादीले एउटा सेनाको अर्कोमा समायोजनसमेत भन्न थाल्यो । सेनामा समायोजन त कुनै पनि सम्झौतामा भनिएको छैन । माओवादी सम्झौता गर्दै गयो तर कार्यान्वयन गर्नुपर्ने बेलामा इमानदारितासाथ उभिएन ।
भनेपछि माओवादीमाथि तपाईंहरूको शंका यथावत् नै छ ?
यथावत् छ । शंका यथावत् भएकै कारणले माओवादीसँग हाम्रो गम्भीर मतभेद भएको हो । अरू विषय त यसमा जोडिएका मात्र हुन् ।नयाँ प्रधानमन्त्रीको निर्वाचत हुन केही दिनमात्रै बाँकी
छ । अझै कसको नेतृत्वमा सरकार निर्माण गर्ने अन्योल छ, दलहरू के गरेर बसिरहेका छन् ?
राजनीतिक सहमतिको समय सकिएपछि बहुमतीय पद्धतिका लागि संसद्मा प्रक्रिया प्रारम्भ भएको छ । बहुमतीय पद्धतिबाट प्रधानमन्त्री आए पनि छलफलका आधारमा नमिलेका कुरा मिलाएर सरकारलाई सहमतीय स्वरूप दिन सकिन्छ । सबै राजनीतिक दल समावेश भएको सहमतिको सरकार पनि हुन सक्छ । अर्को, संविधानसभामा रहेका प्रमुख राजनीतिक दलहरूको सहभागितामा सरकारलाई सहमतीय स्वरूप दिन सकिन्छ । बहुमतबाट प्रधानमन्त्री बन्दैमा प्रमुख दलहरूलाई समेट्नु पर्दैन भन्ने होइन । ३ सय १ नघाएपछि प्रधानमन्त्री चुनिने हो । त्यसभन्दा बढीको समर्थन प्राप्त गराएर पनि प्रधानमन्त्री बनाउन सकिन्छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्दा अन्य प्रमुख राजनीतिक दलहरूलाई सहमत गराएर राष्ट्रिय स्वरूप दिन सक्नुहुन्छ । कांग्रेस र एमाले, माओवादीलगायतको मन्त्रिपरिषद्मा सहकार्य गर्ने विषयमा माओवादीले विगतमा गरेका सहमति र सम्झौता कार्यान्वयनमा इमानदारीसाथ उभिनुपर्छ ।
माओवादीले इमानदारीपूर्वक सहमति र सम्झौता कार्यान्वयन गर्छु भनेको खण्डमा माओवादी उम्मेदवारलाई कांग्रेसले सहयोग गर्ने वातावरण रहन्छ ?
रहँदैन । हामीले कुन अवस्थामा सहमतिको मन्त्रिपरिषद् बन्छ भनेर आजभन्दा अढाई महिनादेखि भन्दै आएका छौं । मे १ तारिखका दिन, जुन दिनदेखि माओवादीले आन्दोलन घोषणा गरेको थियो, त्यतिबेला माओवादी-कांग्रेस-एमाले कार्यदलको बैठकमा सबै कुरा मिल्दै गएको थियो । हामीले तीन हप्ताभित्रमा लडाकु समायोजन र पुनस्र्थापनाको कार्यान्वयन प्रस्ताव दियौं, माओवादीको लडाकु समायोजन संख्या माग्यौं र शिविरमा छुट्याऔं भन्यौं । शिविरको सुरक्षा सम्बन्धित निकायलाई दिउ“m, पुनस्र्थापनालगायतको जिम्मा शान्ति मन्त्रालयलाई दिउ“m, त्यसपछि माओवादी र हामीबीच सहमतिको सरकार बन्न सक्छ भनेका थियौं । सरकारको नेतृत्वका बारेमा पनि हामी छलफल गर्न तयार छौं भन्ने सकारात्मक संकेत दिएका हौं तर माओवादीले जबाफ दिन सकेन । भोलिपल्टबाट माओवादी आमहडतालमा गयो । आमहडताल फिर्ता लिएपछि माओवादी अध्यक्ष प्रचण्डजीले याक एन्ड यती होटलमा बुद्धिजीवीहरूका सामु हामीले दिएको तीनहप्ते कार्ययोजना एक महिनामा पूरा गर्न सकिन्छ भन्नुभयो तर अढाई महिना भइसक्यो । त्यतिबेलै छलफल गरेर कार्ययोजना पूरा भएको भए उहाँकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्थ्यो । खोइ त ? कांगे्रसको सरोकार को प्रधानमन्त्री बन्छ भन्ने होइन । के गरेमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन र संविधान निर्माण गर्न सकिन्छ भन्ने हो । विगतमा संविधानसभामा सम्झौता गरेकै भरमा माओवादी नेतृत्वलाई हामीले स्वीकार गरेकै हौं । कांगे्रसले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग पुर्याएकै हो । छ महिनाभित्र लडाकु समायोजन र पुनस्र्थापनाको सम्पूर्ण कार्य टुंगोमा पुर्याउने वाचासहित प्रचण्ड प्रधानमन्त्री बन्नुभयो तर नौ माहिनासम्म सिन्को पनि भाँच्न सक्नुभएन । त्यहीबाट माओवादीको नियतमाथि गम्भीर आशंका उत्पन्न भएको छ । त्यसकारण माओवादी नेतृत्वमा सरकार बनाउने सवालमा माओवादीसँग सहकार्य हुन सक्दैन तर संविधान निर्माण र शान्ति प्रक्रिया अघि बढाउने सवालमा सहकार्य रहन्छ । सरकारमा नरहँदैमा यो विषयमा सहकार्य हुँदैन भनी ठान्नु हुँदैन । पहिलो चरणको तीनहप्ते जुन कार्यक्रम अघि सारेका छौं, त्यो पहिलो चरण पूरा भएमा माओवादीसँग सरकार बनाउने कुरामा पनि सहकार्य हुन्छ ।
कांग्रेसले माओवादीलाई स्वीकार गर्न नसक्ने स्थितिमा अब कस्तो गठबन्धन निर्माण होला ?
आजको दिनमा ठयाक्कै भन्दा या कांग्रेस विपक्षमा रहन्छ या माओवादी ।
कांग्रेस-एमालेसहितको पुरानै गठबन्धन हुन सक्छ कि सक्दैन ?
सक्छ । हालकै गठबन्धन कायम रहन सक्छ । कांग्रेस र एमाले दुवै विपक्षमा पुग्न सक्ने सम्भावना पनि उत्तिकै छ ।
एमालेको एउटा खेमाले माओवादीसँग गठबन्धन गर्ने चर्चा छ, त्यो सम्भावना देख्नुहुन्छ ?
तीनहप्ते कार्ययोजना एमाले केन्द्रीय कार्यसमितिले एक महिनाअघि पारित गरेको हो । कांग्रेस र एमालेले मिलेर बनाएको कार्ययोजना र दृष्टिकोण हो यो । आधारभूत रूपमा माओवादी पार्टी लडाकु र हतियारबाट नछुट्टएिसम्म एमाले पनि माओवादीसँग सहकार्य गर्न जान सक्दैन उसको केन्द्रीय समितिको निर्णय हेर्दा ।
परिस्थिति र पदीय प्राप्ति हेरेर एमालेले निर्णय फेर्न सक्दैन र ?
एमाले पदलोलुप छ भनेर आरोप लगाउन चाहन्नँ । एमाले र तिनका नेताको नेपालको इतिहास निर्माणमा अत्यन्त ठूलो योगदान छ । लोकतन्त्रका निम्ति उसको लगानीलाई नकार्न सकिँदैन । त्यसकारण एमालेले माओवादी हतियार र लडाकुका सम्बन्धमा जुन अडान लिँदै आएको छ पदकै लागि आफ्नो अडान फेरेर माओवादीसँग सहकार्य गर्न पुग्छ भन्ने लाग्दैन । माओवादीसँग सहकार्यको सवालमा कांग्रेस र एमाले केन्द्रीय कार्यसमितिको निर्णय र कार्यदिशा फरक छैन । त्यसो हुँदा सैद्धान्तिक र नीतिगत रूपमा एमालेले तत्काल माओवादीसँग गठबन्धन गरेर अघि बढ्न सक्ने स्थिति छैन ।
कांग्रेसमा भावी प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्ने विवाद मिलाउन त सफल हुनुभएको छ, प्रधानमन्त्री जिताउने योजना के छ ?
संसदीय दलको निर्वाचित नेताको हैसियतमा रामचन्द्र पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी स्वाभाविक थियो । अर्कातिर पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको कुनै पनि जिम्मेवारीमा नभएको कारणले प्रधानमन्त्रीको उम्मेदवारीमा हक राख्नु महत्त्वहीन र सारहीन विषय भन्न मिल्दैन । उहाँले एकीकरणको भावनाअनुरूप जिम्मेवारी पाउनु, माग राख्नु स्वाभाविक हो तर विधान र परम्पराअनुरूप दलका नेता प्रधानमन्त्री हुने हँुदा उहाँलाई अप्ठ्यारो परेको हो । देउवाले शनिबारको कार्यसमितिमा जसरी आफैंले पौडेलको प्रस्ताव राखेर अत्यन्त ठूलो योगदान पुर्याउनुभएको छ, यसले पार्टीमा बृहत् एकताको सन्देश जानेछ । त्यसको उच्च कदर हुनुपर्छ । लोकतान्त्रिक पार्टीमा निर्णयपूर्व विवाद र बहस स्वाभाविक हो । त्यस्ता बहसले सर्वसम्मत निर्णय लिन सजिलो तुल्याएको छ । पार्टीको बाह्रौं महाधिवेशन पनि आउँदै छ, पार्टीभित्र आन्तरिक लोकतान्त्रिक अभ्यासलाई पनि उच्च प्रयोग गर्नुपर्छ । अब कांग्रेसले सर्वसम्मत निर्णय गरिसकेको हुँदा पौडेललाई विजयी बनाउन अन्य दलहरूसँग सहकार्यका निम्ति वार्ता अघि बढाउँछाँै ।
एकीकरणपछि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले देउवामाथि अन्याय भएन ?
यो सवालको छिनोफानो पार्टीको बाह्रौं महाधिवेशन गर्छ । महाधिवेशन भएपछि एकीकरणको कुनै सवाल रहँदैन । तलदेखि माथिसम्मको संरचनामा कोही संस्थापन र कोही फरक खेमाका नेता/कार्यकर्ता भन्ने स्थितिको अन्त्य हुन्छ । व्यावहारिक अर्थमा एकताको महाधिवेशनमा परिणत हुन्छ ।

Saturday, July 17, 2010
बाँकी समाचार र तस्बीरहरू.....
ईजरायल, पुष्प श्रेष्ठ
अन्तराष्टिय नेपाली साहित्य समाज ईजरायल च्याप्टरले बिशेष साहित्यिक कार्यक्रमको आयोजना गर्दे जुलाई १७ का दिन १९७ औ भानु जयन्ति सम्पन्न गरेको छ । नेपाली दुताबास ईजरायलका द्धितिय सचिब बिष्णु गौतमको प्रमूख आतिथ्यमा सम्पन उक्त कार्यक्रममा यात्राको क्रममा ईजरायल आईपुगनु भएका बिश्व साईकल यात्रि ढाकेश्वर क्षेत्री , एन.आर.एनका महा सचिब दिनेश प्रशाई लगाएत ईजरायलमा रहेका बिभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । आदि कबि भानुभक्तको १९७ औ जन्म जयन्ति बिश्व भर बिभिध कार्यक्रम आयोजना गर्दे सम्पन्न भई रहेको यो घडिमा बैदेशिक रोजगारीको सिलसिलामा ईजरायलमा कार्यरत नेपालीहरुको साहित्यिक जमघटले सहित्यमा लाग्न चाहाने सयौ सहित्य प्रेमी हरुको मन जित्न सफल भएको छ कला र सस्कृतिको संरष्क्षण गनु जहाँ गए पनि र रहे पनि हामी नेपालीहरुको जिम्मेवारी हो हाम्रा श्रष्टाहरुलाई यसरी नै सबै क्षेत्र र बर्गहरुबाट समय सापेक्ष सम्झदै लैजाने हो भने हाम्रा भाबि सन्ततिहरुले समेत अनुसरण गर्दे अगाडि बढनेमा कसैको दुई मत नहोला । कार्यक्रममा उपस्थित ब्यक्तिहरुलाई स्वागत मन्तब्य अनेसास ईजरायलका सदस्य बिष्णु भटराईले राख्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि बिष्णु गौतमले महामयिम राजदुत श्री बैजनाथ थपलिया ज्यूले १९७ औ भानु जयन्तिको उपलक्ष्यमा पठाउनुभएको सन्देशलाई सबै माझमा राखदै कबि भानु भक्त आचार्यको बारेमा प्रस्ट पार्नुभएको थियो ।
कार्यक्रममा एन आर एन ईजरायलको तर्फबाट महासचिब दिनेश प्रसाईले कार्यक्रमको आयोजना गरेको मा आयोजकलाई धन्यबाद सगै खुशी ब्यक्त गर्नु भयो । अनेसास ईजरायलका सल्लाहाकार तथा अधिबक्ता श्याम रोक्काले अनेसास ईजरायल च्यापटरले सहित्यीक श्रष्टाहरुलाई समझदै बिभध कार्यक्रम गर्नु पनि प्रबासमा गारो कुरा हो भन्नु भयो । बिश्व शान्तिका लागि साईकल लिएर निस्कनु भएका ढाकेश्वर क्षेत्रीले कार्यक्रम सफलताको कामना गर्नु भएको थियो कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका सभापति अनेसास ईजरायल च्याप्टरका अध्यक्ष तथा मेरो नेपाल द्वैमाशिकको प्रधान सम्पादक सुनिल संगमले आपनो बाल्यकालमै भानु भक्तको रामायणले प्रभाव पारेको कुरा बताउनु हुँदै ईजरायलमा रहनु भएको श्रष्टाहरुलाई साहित्यक खुराक पस्कनको लागि मेरो नेपाल द्धैमासिक पत्रिका रहेकोले आपना लेख रचना पठाएर सहयोग गरिदिन अनुरोध गर्नु भएको थियो ।
त्यसैगरि इजरायलमा रहनुहुने साहित्यिक व्यक्तित्वहरु सुनिल संगम ,उमा सुबेदी ,श्याम रोक्का ,सुमन कार्की ,शंकर पौडेल ,बिष्णु भटराई ,दीप्स शाह ,ऋतु गिरी लगायतले आ-आफ्ना रचनाहरु वाचन गर्नु भएको थियो भने एड भान्स मनि ट्रान्सफरले कार्यक्रम हल उपलब्ध गराएर सहयोग गरेको थियो
कार्यक्रममा सभापती सुनिल संगम ज्यू भानु सम्बन्धि मन्तब्य ब्यक्त गर्नुहुदै

अनेसास(सल्लाहकार) श्याम

Thursday, July 1, 2010
बाँकी समाचारः
इजरायल ।
जुलाइ ०१ गते नेपाली दुताबासद्वारा तेलअभिब सहरस्थीत होटल डान पानोरमा मा नेपाली साँस्कृतीक साँझ २०१० नामक कार्यक्रम आयोजना गरिएको थियो,जस्मा बिशेषतः पर्यटन बर्ष २०११ लाइ लक्षीत गरि नेपाल र नेपाली सँस्कृतीहरूका बिबेचनात्मक परिचयलाइ आगन्तुक सैयौँ बिदेसी र नेपाली पाहुनाहरू माझ बिशेष प्रस्तुती गरिएको थियो उक्त कार्यक्रमलाई सफल पार्न आफ्नो तर्फबाट उत्कृष्ट कला प्रदर्शन गरे बापत महामहिम राजदूतद्धारा नेपाली (कामदार)कलाकारहरुलाई प्रसंसापत्र समेत वितरण गरिएको थियो अन्तमा कार्यक्रममा बिशेष सक्रीय भै सहायता गर्ने टेक्नीसीयन अर्जुन जयसवाल,दिनेश प्रसाइ(NRN) र इजरायलद्वारा प्रशारित नेपाली वेभ मीडीयाहरूलाइ धन्यबाद समेत प्रदान गरिएको थियो ।
(तस्बीरहरूले स्वयं स्पष्ट भनिरहेछ)
कार्यक्रमकै अन्तमा महामहिम ज्यूद्वारा केक काट्नुहुदैँ.............

महामहिम ज्यूका साथमा सचिब ज्यू र सहचारी ज्यू

महामहिम ज्यू कार्यक्रम सुरूवात तथा स्वागत मन्तब्य दिनुहुदैँ

नेपाली झण्डा अंकीत केक

नर्तकी शान्ता श्रेष्ठ

नर्तकी रिता बानियाँ

कलाकरहरू प्रशंसा पत्र पाएर खुसी मुद्रामा महामहिम ज्यूसंग सामुहिक तस्बीर खिचाउँदै

नर्तकी बिना गुरूङ

कार्यक्रम सन्चालक नेपाली दुताबासका सचिब ज्यू

<>

महामहिम दम्पती र छेवैमा म.............

<>
Subscribe to:
Posts (Atom)