Like

Saturday, September 4, 2010

के छ अडियोमा? जस्ताकाे तेस्तै नेपालिमा

प्रधान मन्त्री चुनावका लागि एकीकृत नेकपा माओवादीका तर्फबाट कृष्णबहादुर महराले चिनियाँसँग ५० करोड रुपैयाँ मागेको भनी नेपाल वान लगायतका टेलिभिजन च्यानलले दुई पक्षबीच भएको टेलिफोन रेकर्ड प्रसारण गरेका छन्। महराले चिनियाँसँग प्रति सभासद एक करोड रुपैयाँका दरले उक्त रकम मागेको टेलिभिजन च्यानलहरुले शुक्रबार सार्वजनिक गरे।
महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिन्छ। दुबै वार्ताकारको अंग्रेजी भाषा कमजोर छ।

के छ अडियोमा?
महरा : यो स्पष्ट छैन, यसबारे हाम्रो अध्यक्षसँग छलफल हुनुपर्छ।
- मि. महरा, मेरो एकजना साथी तपाईंहरूलाई सहयोग गर्ने सोच्दैछ, तर ऊ नेपाल आउन सक्दैन। त्यसैले, हामी अन्त कुनै ठाउँमा भेट्न सक्छौं कि?
महरा : उसलाई कहाँ भेट्न सजिलो पर्ला?
- तपाईंलाई हङकङ सजिलो पर्छ?
महरा : ऊ कोसँग भेट्न चाहन्छ?
- यो विषयमा कि तपाईं, कि तपाईंको अध्यक्ष। अरू हुन्न।
महरा : हाम्रो अध्यक्षलाई यताउता गर्न अप्ठ्यारो पर्छ। उहाँ हङकङ जानुभयो भने सबैले हल्ला मच्चाउनेछन्। किनकि, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो र अहिले प्रधानमन्त्रीका उम्मेदवार पनि हुनुहुन्छ।
- त्यसो भए तपाईं मेरो साथीलाई भेट्न उहाँको प्रतिनिधि भएर आउनुहुन्छ?
महरा : म तयार छु। म जहाँ पनि जान सक्छु। तर, यो सन्देश हाम्रो अध्यक्ष प्रचण्डलाई पुर्‍याउनैपर्छ। यदि तपाईंले प्रचण्डलाई सन्देश पठाउनुभयो भने उहाँले सम्पूर्ण अधिकार मलाई दिन सक्नुहुन्छ।
- ठिक छ, मिस्टर महरा। हामी माओवादीलाई ५० सिट दिलाउन कसरी मद्दत गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सबभन्दा पहिला तपाईंलाई भेट्ने सोच्दैछौं।
महरा : सबभन्दा राम्रो ठाउँ चीन हुन्छ। चीन भन्नाले छेन्दु। यो ठाउँमा भेटे कसैले थाहा पाउँदैनन्।
- यो एकदमै सम्वेदनशील विषय हो। हामी सरकारलाई यसमा जोड्न चाहँदैन। तपाईंले बु‰नुभयो होला नि, म के भन्दैछु।
महरा : त्यसो भए सिंगापुर। हङकङमा धेरै नेपाली छन्। सिंगापुर नै ठिक हुन्छ।
- ... मलाई साथीसँग गफ गर्न दिनुस्।
महरा : हङकङ पनि हुनसक्छ ... साँझ म तपाईं फोन गर्छु।
- तपाईं मलाई हङकङ हुन्छ कि हुँदैन भने दुई दिनमा बताउन सक्नुहुन्छ ?
महरा : फोनमा?
- अँ, म यही नम्बरमा तपाईंको फोन कुर्नेछु।
महरा : तपाईंले आफ्नो स्रोतबाट यसबारे हाम्रो अध्यक्षलाई जानकारी दिनुहोला।
- मतलब हामीले तपाईंको अध्यक्षसँग कुरा गरौं भन्ने चाहनुहुन्छ?
महरा : हुन्छ, म फोन गर्छु।
महरा : तपाईंको सल्लाहअनुसार मैले अध्यक्षसँग गफ गरेँ। हामीले यसबारे छलफल गर्‍यौं। के अरू कसैले पनि अध्यक्षसँग कुराकानी गरिरहेको छ?
- मलाई थाहा छैन। मेरो तर्फबाट अहिलेसम्म यो कुरा म, मेरो साथी र तपाईंलाई मात्र थाहा छ।
महरा : मैले अध्यक्षसँग गफ गरिसकेँ। उहाँले भन्नुभयो, चुनाव आउन चार दिनमात्र बाँकी रहेकाले बाहिरबाट कम्तिमा ५० जना सभासद् चाहिएको छ। ५० जना सभासद्का लागि हामीलाई प्रतिव्यक्ति कम्तिमा एक करोड रुपैयाँ चाहिन्छ।
- प्रतिव्यक्ति एक करोड रुपैयाँ?
महरा : अँ।
- ठिक छ।

कहाँबाट आयो अडियो?
निस्सन्देह यो अडियोको स्रोत भारतीय एजेन्सी हुन्। भारतले नै यसलाई सार्वजनिक गर्न लगाएको हो। किनभने यो अडियो सबैभन्दा पहिले भारतीय मिडियाले नै प्रसारण गर्‍यो। भारतीय मिडिया र भारतीय लगानी भएको नेपाली मिडियामा नै अहिले यसबारे सबैभन्दा चासो व्यक्त गरिएको छ।

अडियोको प्रसारण सबैभन्दा पहिले नेपाल वन टेलिभिजनले गरेको हो। नेपाल वन नेपाली भाषामा प्रसारण हुने भए पनि भारतबाट प्रसारण हुने भारतीय लगानीको भारतीय टेलिभिजन हो। भारतीय दृष्टिकोणका समाचार यसमा प्रसारण हुने गर्छन्। यो टेलिभिजनले माओवादीले सांसद खरिद गर्न पैसा खर्च गरेको आरोप लगाएको यो पहिलो पटक हैन। माधवकुमार नेपालले राजीनामा नदिँदै अविश्वास प्रस्ताव ल्याउन माओवादीले ठमेलको होटलमा यति करोड पैसा राखेको छ भन्दै समाचार प्रसारण गर्ने च्यानल पनि नेपाल वन नै हो। नेपाल वनको समाचार कति विश्वसनीय हुन्छ भन्ने कुरा त एसएलसीको रिजल्ट बारे यसले प्रसारण गरेको समाचारले पनि प्रष्ट पार्छ। रिजल्ट आउनु केही दिनअघि नै यसले रिजल्ट आइसकेको समाचार प्रसारण गर्दा निकै ठूलो हल्लीखल्ली मच्चिएको थियो। परीक्षा नियन्त्रण कार्यालयले पछि यस्ता हल्लामा विश्वास नगर्न आग्रह समेत गर्नुपरेको थियो। भारतीय च्यानल भएकोले हाकाहाकी झुठो समाचार दिँदा पनि नेपाल वनलाई कुनै कारबाहीको दायरामा ल्याउन भने सकिएन।

महराले ५० करोड मागेका होलान् त?
त्यसो त यो आवाज महराको हो कि हैन भन्ने पुष्टि हुन बाँकी छ। तर नेपालका सांसदहरु खसीबाख्रा जस्ता किनबेच हुन्छन् भन्ने नेपालीहरुलाई थाहा नभएको हैन। त्यसैले यो नहोला भनी भन्न सक्ने स्थिति छैन। भारतले सांसद किनबेचमा खेलेको भूमिका महाकाली सन्धिदेखि त्यसपछिका दिनहरुमा कसैबाट लुकेको छैन। चीन भने यो मामिलामा मुछिएको थिएन, अहिले मुछियो फरक यति मात्र हो। के चीनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन त्यत्रो खर्च गर्न तयार भयो होला त ? चीन र भारतबीच यतिबेला सम्बन्ध राम्रो छैन। उत्तरी छिमेकीसित नेपालले सम्बन्ध निकट बनायो भने सबैभन्दा टाउको भारत कै दुख्छ। नेपालमा हुने भारतीय चलखेलले तिब्बतलाई पार्ने असरप्रति चीन बढी सचेत छ। तर कुनै पार्टीका व्यक्तिलाई प्रधानमन्त्री बनाउन यसरी सांसद खरिद बिक्रीका लागि चीन पैसै खर्च गर्न तयार हुने कुरा भने कसैको अनुमानमा थिएन।

अडियोमा भएका केही कुराकानीले भने दालमा कालो भएको संकेत दिन्छ। उदाहरणका लागि अडियोको एक अंशमा पछिल्लो पटक हङकङमा प्रचण्ड र महरा जाँदा मिडियामा भएको चर्चा, हङकङमा बढी नेपाली भएकोले थाहा हुने जस्ता कुरा गरिएको छ। पछिल्लो पटक (गिरिजा जिउँदै रहँदा) अकस्मात् प्रचण्ड हङकङ किन गए भन्ने कसैलाई थाहा छैन। त्यहाँ उनले कसलाई भेटे भन्ने कुरा पनि कसैलाई थाहा छैन।

यो अडियो साँचो हो भने?
यो अडियो यदि साँचो हो भने नेपालमा भारतीय जासुसी कति भित्रसम्म छिरेको छ भन्ने प्रष्ट हुन्छ। कुनै एक पार्टीका नेता र कुनै देशका कुटनीतिज्ञको गोप्य कुराकानी सजिलै विदेशमा पुग्दो रहेछ। कसैको पनि व्यक्तिगत गोपनीयता सुरक्षित छैन भन्ने यसले प्रष्ट पार्छ।

यो अडियोमा उल्लेख गरिएका व्यहोरा सही हो भने ५० करोड रुपैयाँ माओवादीको पोल्टामा परिसकेको हुनुपर्छ र किनबेचका लागि सांसद समक्ष पनि पुर्‍याइसकेको हुनुपर्छ। त्यो हो भने त २० गतेको निर्वाचनमा बहुमत माओवादी कै आउनु पर्छ।

यो अडियो साँचो हो भने अब नेपाल दक्षिणी प्रभुबाट मात्र हैन उत्तरी प्रभुबाट पनि सञ्चालित हुन थाल्नेछ। दुई प्रभुहरुको द्वन्द्वको मारमा बिचरा नेपाली शान्तिभूमि पिल्सिने छ। यो अडियो साँचो हो भने चिनियाँ प्रभाव बढेकोले त्यसलाई हटाउन वा कम गर्न चीनले ५० करोड खर्च गरे भारतले एक अर्ब खर्च गर्नुपर्ने स्थिति आउनेछ। सभासदहरु मालामाल हुनेछन्।

Monday, August 9, 2010

हरि तालिका तीज २०६७ का नयाँ भिडियो-गीत हरुको सँगालो


उनले पनि मलाई मन पराउछिन.... तीज गीत २०१०

Teej Song Collection ka Jhalak


hoina ra dilka raaja (होइन र दिलका राजा) - Nepali Teej song by Sunita Dulal and Khuman Adhikari



oe budha janaki pantha and jiban majhi teej geet 2067



MAILE TA ABA TA JHUMKAA LAGAUCHHU NEPALI TEEJ GEET NEW 2067



nepali teej songs 2009 mobile phone le duneya bigaryo



SAMSAD KO 6ORO BIHE GARNA AAYKO THIYO.............



MOBILE KINDEU BUDA BAKHRA BECHERA



Baatai Muniko Shital Chautari.......Teej Song [ Purusottam Neupane & Devi Gharti ]



Jhyam Jhyam bajauna Teej aako 6 Shankar Lamichhane



Numberi Buda-Nepali Teej song-Part-1



Soon bhanda nambari merai budha hoon (Part-1)- manju grg, mira sapkota, indira grg - Teej song




Soon bhanda nambari merai budha hoon (Part-2)- manju grg, mira sapkota, indira grg - Teej song



Teej Song आइथिरे साली लाइथिरे कुरा ( भाग १ )



Teej Song आइथिरे साली लाइथिरे कुरा ( भाग २ )



Teej Song आइथिरे साली लाइथिरे कुरा ( भाग 3 )



Nepali teej songs 2009 ma kati ramri chhu part 1



nepali teej songs 2009 ma kati ramri chhu part 2



"अचम्मै राम्रो नाच्छे मोरीले...!" Nepali Teej Song



SIRAIMA SIRFUL PART 1



SIRAIMA SIRFUL PART 2



दुध र ध्यू खानी ' भा............1



दुध र ध्यू खानी ' भा-------2




Teejko ganthan Part 1



Teejko ganthan Part -2



Teejko ganthan Part -3




श्रीमान श्रीमति....(तीज गीत)-1



श्रीमान श्रीमति....(तीज गीत)-2




Nepali Folk - Teej Ko Geet- Sunnus bajei nanda mero kammar khayo bari lai



Kya ramri Beautiful van6an malai Gauka keta le




A Dai Heran malai Part 1



A Dai Heran malai Part 2



Solti Jiu-Laxmi Neupane and Sharda Neupane(Teej Song)




Komal Oli - बिहे भा छैन



पोइल जान पाम्‌



मैले ल्याउन पाम्....






Nepali Folk Lok Geet 134 - कैलाश बाट शिव जि तल झर न अलि अलि



Nepali Folk by Ram Khanal - Phulaiko basana



singapure bhena....nepali teej ko geet...MUST WATCH!!!!!



घिउ खाने भए चत्त कपाल कोर माइत जाने भा ।।



Teej ko Geet - Nepali - तिजको गित



Rato Sari (Teej Geet)-Ramchandra kafle -kata hidnu vo vauju chatta parer



Nepali Teej Folk Music- Bau Ama ra 6oro -buhari bich ko ganthan (Nice -Song)




Teej ko Geet - Nepali - चिटिक्कै भा छु रे, चुरा र पोते ले



Teej Song -Jun din ma janma diyau



Teej ko Geet - Nepali - तिजको गित



Teej ko Geet Siraima Sirbandi launla bari lai - Dhal ma dha



Nepali Teej Song - Gai Charyo Bhiraima



Nepali Teej Song - Dhalki Nacha Didi Bahini



kaha janu lai hidnu bho - raju p. - lok dohori



New Nepali Teej song - oye budha -2009



New Nepali Teej Song 2009



Teej song-Pallaghare lahurele lancha rai by-2009





Teej song-1 2009 Shankar Lamichhane



New Nepali Teej Song-2009-Bedanako Poko (बेदनाको पोको -7)



Purus ko Bedana



Bedanako Poko(Teej Song)(TheNepalUSA.com)



Maitee Ko Samjhana Ma(Teej Song)



Teej song in Pokhara



Feri aayo Papi Teej (Tij song)



Jethi kan6i



Teej Song



PAKHE PARYO pOI -TEEJ SONG



रातो साडी झम्के बुलाकी ( तीजको गीत ) ...



आधा रातमा आउँछन स्वामी ( तीजको गीत ) ...



नरोऊ है आमा ( तीजको गीत ) ...



ढल्की नाच दिदी बहिनी ( तीजको गीत ) ...



Furr Furrr Gari Basira Chhu Maita Jana Lai ( Part - 1)



Furr Furrr Gari Basira Chhu Maita Jana Lai ( Part - 2)




Nepali teej song 2008-kae ramri beautiful



teej ko ramjham..............BIJAY PANDEY




kathmandu ko indra chowk - raju p., bishnu majhi - Lok Dohori



Nepali Lok Dohori (Hello Madom) Posted by Hem Gurung (UK)



Nepali Dohori Geet (Vet-vayo Nepal Ma) Posted by Hem Grg UK



इजरायलको खुल्ला पार्कमा नेपाली दीदी बहिनीहरुले मनाएको तीजको दृश्य teej in open park of israel by nepali woman



इजरायल गतिबिधि व्यंग समाचार



बिर्सियौकी कुन्नी गाइजात्रे दोहोरी Post by Krishna sen



Raju Pariyar and Bishnu Majhi लालुपाते नुघ्यो भुइतिर



बहुचर्चित लोकगीत : स्याङ्जाली झापाली



Nepali Folk Comedy Song:Raju Pariyar & Bishnu Majhi:-दले दाई...



Nepali Folk - Teej Ko Geet-Teej AYO Aya maita sarai khusi lagyo malai ta



Teej 2009-rAM CHANDRA KAFLE & SHINDHU MALLA



Nepalese Folk Song:Bishnu Khatri & Laxmi Nyopane:-दुना टपरी...



तीज आयो छम छमी नाचिदेउना आगनिमा कम्मर भाचिदेउन



"जोगी बुढाले...!" Nepalese Folk Song



K Khancheu Kamala.........pRAJAPATI PARAJULI (NICE VAJAN SONG)




Nepali Folk - Teej Ko Geet



TITO SATYA UNIT DANCE IN THE ROOM



Teej song in Pokhara-2



लौन बुढी ढिला भई सक्यो

Saturday, July 24, 2010

Read Continue ह्यापी गुरुपूर्णिमा!

ह्यापी गुरुपूर्णिमा!
साउनको पहिलो सोमबार पशुपति क्षेत्रको भीड छिचोलिनसक्नु थियो। झरी परिरहे पनि रंगिबिरंगी साडी वा कुर्तासुरुवालमा सजिएका महिला हातमा पुजाथाली बोकेर छिचोल्न घन्टौं लाग्ने लाममा हँसिलो अनुहारमा उभिएका थिए। हत्केलामा मेहन्दी र नारीमा हरिया चुरा लगाएर युवतीहरू झन् राम्रा देखिएका थिए। त्यही लाममा मैले उसलाई देखेँ।

म मुस्काएँ। एक वर्षपछि उसलाई देख्दै थिएँ। कालो जिन्स र बैजनी रंगको फुलस्लिभ टिसर्टमा तिब्बती तन्त्र कुँदिएको लकेट झन्डै नाभीसम्म झुन्डेको थियो। हातमा कुनै पुजाथाली थिएन। फ्रेन्चकट दाह्री राखेको उसका खुट्टामा यो झरीमा पनि छालाका जुत्ता टल्किएका थिए, छेउछेउमा अलिअलि हिलो लागेको थियो। मलाई देख्नेबित्तिकै ऊ पुरानै स्टाइलले ठूलो स्वरमा हाँस्यो, हो...हो...हो...गर्दै।
भन्यो, 'के हो दाइ, भेटघाट छैन आजकाल।'
म मुस्काएँ। सोधेँ, 'तिमी पनि यो लाइनमा?'
उसले ठूलै स्वरमा हाँस्दै भन्यो, 'भोलेबाबालाई हेलो गरूँ भनेर, दाइ।'
'कस्तो भयो त मुक्तिनाथ टि्र्रप?' मैले सोधेँ।
ऊ अझै ठूलो स्वरमा हाँस्न थाल्यो।
********************************************
डेढ वर्षअघि मैले कपुरलाई पहिलोपल्ट भेटेको थिएँ। कपुरकी दिदीले अमेरिकाबाट फोन गरेर उसका लागि बानेश्वरमा एउटा कोठा खोज्दिन भनेकी थिई। हाम्रो कुनै जमानाको खास सम्बन्धको फाइदा उठाएकी थिई सायद। उसको फोनले म एकैछिन टोलाएको थिएँ।
कपुरलाई कोठा खोज्दिनु सुखद रहेन। २० वर्षे ठिटोको 'लोकल गार्जेन' हुन गाह्रै रहेछ। कोठा खोजिदिएको तेस्रै दिन घरबेटी दिदीको फोन आएको थियो, 'भाइ, कपुर त गाँजा तान्छजस्तो छ, माथ्लो तलासम्मै गनाउँछ, एकचोटि आएर सम्झाइदिनुपर्ला।'
********************************************
तीन महिनापछि घरबेटी दिदीले अत्तालिँदै फोन गरेकी थिइन्। 'भाइ, कपुर त तीन दिन भयो घर नआएको।'
म पनि आत्तिएँ, 'कहाँ गएछ त लम्फु?'
धन्य! भोलिपल्टै उसको फोन आयो। बनारसबाट। उस्तै गरी हाँसिरहेको थियो।
'दाइ, अवन्तिका थिई नि, ऊसँग मेरो ब्रेक भयो, अनि मनलाई केही शान्ति मिल्ला कि भनेर म त बनारस चल्दिएँ। हिजो र आज दिनभरि मणिकर्णिका घाटमा बिताएँ, मस्ती भयो। धर्मशालामा खानेबस्ने पनि सस्तै रै'छ, रमाइलो भइरहेको छ। एकदुई दिनमा फर्किन्छु।'

********************************************
घरबेटी दिदीको सधैंको सिकायतबाट वाक्क भएर एकदिन मैले उसको कोठामा छड्के गरेको थिएँ। ढोकामा ताला लगाएको थिएन। ट्याकट्याक पारेँ। प्रतिक्रिया आएन। चुकुल घुमाएँ, घर्‍याक्क खुल्यो। खाटमा सुतिरहेको रहेछ।

कोठामा अलिअलि गाँजा गनाइरहेको थियो। भुइँमा थुप्रै किताब छरिएका थिए। कुनै पल्टाएका, कुनै नपल्टाएका। पाइलट बाबाको 'हिमालय कह रहा है', ओशोको 'शरीर और तन्त्र', प्रभुपादको 'दि साइन्स अफ सेल्फ रियलाइजेसन', स्वामी भास्करानन्दको 'मेडिटेसन : माइन्ड एन्ड प्राक्टिसिङ पतन्जलिज योगा' र शिवपुरीबाबाबारे लेखिएका दुइटा किताब थिए।

एकदुइटा उपन्यास पनि थिएजस्तो लाग्छ। दुईचारवटा प्रिन्टआउट पनि थिए। ल्यापटप खुल्लै थियो, गायत्रीमन्त्र बजिरहेको। एउटा प्रिन्टआउटमा 'बेनेफिट्स अफ च्यान्टिङ गायत्री मन्त्र' शीर्षक थियो। कुनामा किताब राख्ने बाँसको र्‍याक थियो, कोर्सका दुईचारवटा र दर्शनका दुईचारवटा किताब नमिलाई राखेको थियो।
मैले उसलाई उठाइनँ। ढोका तानेर फर्किएँ।
********************************************
एकदिन उसले तपोवनबाट फोन गर्‍यो र भन्यो, 'दाइ, म क्याथर्सिस गर्न आएको, रमाइलो भइरहेको छ।' क्याथर्सिस भनेको मेडिटेसनको प्रारम्भिक अवस्था रहेछ, शरीर हल्लाउँदै छिट्छिटो गतिमा सास बाहिर फ्याँक्ने।

एकदिन जमलबाट फोन गर्‍यो, 'दाइ, म विपश्यना जान लागेको। घरबेटी दिदीलाई भन्दिनू ल! ११ दिनमा फर्किन्छु।' बुढानीलकन्ठमा दसदिने विपश्यना ध्यान गर्न जान लागेको रहेछ।

एकदिन रत्नपार्कबाट फोन गर्‍यो, 'दाइ, बनेपामा एकजना योगी छन् रे, ध्यान सिकाउने, म उनलाई भेट्न जान लागेको, एक रात बसेर फर्कन्छु।'
एकदिन पाइलट बाबाको आश्रमबाट फोन गर्‍यो, 'दाइ, एकदिन आउनू तपाईं पनि, राम्रो ठाउँ छ। बाबाले मलाई शक्ति दिइरहनुभएको छ।'

एकदिन शिवपुरी बाबाको आश्रमबाट फोन गर्‍यो, 'दाइ, यहाँ बाबाको समाधि छ, उहाँ बितेको ५० वर्ष हुन लाग्यो। उहाँले ध्यान गरेकै ठाउँमा अहिले समाधिस्थल बनाएको छ। मलाई त यहाँ आउँदा बेग्लै आनन्द लाग्छ, दुई घन्टा ध्यान गरेको पत्तै हुँदैन।
********************************************
मलाई ऊसँग वाक्क लाग्न थालेको थियो। धनी बाबुआमाको एक्लो छोरो थियो। बाबुआमा धनगढीतिर व्यापार गर्थे। भएकी एउटी दिदी बिहा गरेर अमेरिका गइसकेकी थिई। ऊ नैनीतालमा तीन वर्ष प्लस टु फेल भएर काठमाडौं आएको थियो। बानेश्वरकै प्लस टुमा फेरि पढ्दै थियो। कलेजबाट पनि सिकायत आइरहन्थ्यो। कहिले चारपाँच दिनसम्म कलेज जाँदैनथ्यो रे। एक दिन बानेश्वरको रेस्टुरेन्टमा आफैंलाई पढाउने सरलाई रक्सीको सुरमा झन्डै पिट्देछ।

यो केटो राम्रो अभिभावकत्व नपाएर बिग्रियो भन्ने लाग्थ्यो। जहिल्यै ध्यान, ध्यान भनेर वाक्क लगाउँथ्यो। कहिले शिवपुरी बाबाको स्वधर्मबारे कुरा गर्थ्यो, कहिले पाइलट बाबाले सिकाउने क्रियायोगको व्याख्या गर्थ्यो। एकचोटि फोनमा रामदेवको योग सिक्दैछु भन्थ्यो।

मलाई कहिलेकाहीँ राति बाह्र बजेपछि फोन गर्थ्यो र ह्वाँह्वाँ रुन्थ्यो। रोएका बेला अंग्रेजीमा बोल्थ्यो। 'दाइ, मलाई कसैले बुझेन, बुबाआमाले पनि बुझेनन्, दिदीले झन् के बुझ्थी, अमेरिकामा बुढासँग रमाइरहेकी छे, तपाईंलाई भेटेपछि खुसी भएको थिएँ, बुझ्ने मान्छे पाएँजस्तो लागेको थियो। तर, आजकाल तपाईं पनि टाढिनुभयो, दाइ,' ऊ रुँदै भन्थ्यो। मलाई नरमाइलो लाग्थ्यो। केही गर्न सक्दिनथेँ। मेरा घरपरिवारका आफ्नै समस्या थिएँ।

बीचमा घरबेटी दिदीको फोन आउन छाडेको थियो। म आफ्नै दुनियाँमा थिएँ। पत्रकारिताको दिनचर्या व्यस्त थियो। बिहान ८ बजे निस्केको म कहिलेकाहीँ घर पुग्दा रातिको बाह्रै बज्थ्यो। भर्खरै बिहे गरेकी श्रीमती पनि झर्कन्थी। जिन्दगी देखेर कहिलेकाहीँ दिक्क लाग्थ्यो। कहिले त छुट्टीको दिन पनि सम्पादकले काम लगाउँथे। श्रीमती वाक्क मान्थी, 'कस्तो जागिर हो यो, हप्ताको एक दिन पनि छुट्टी नहुने!'
********************************************
एक वर्षअघि मर्निङ वाकमा पशुपतितिर गएका बेला कसैले च्याप्प हात समात्यो। झसंग भएँ। उही रहेछ।
'कहाँ बरालिएको?' मैले सोधेँ।
'म शिवपुरी बाबाको आश्रम जान लागेको दाइ, ल आज तपाईं पनि जानुपर्छ, यहीँ नजिकै छ,' उसले तान्यो।
अनकनाउँदै हुन्छ भनेँ। तिलगंगाको गल्फ कोर्स कटेर अलिकति उकालो चढेपछि ध्रुवस्थली भन्ने डाँडा रहेछ। दुईतीन मिनेट हिँडेपछि जंगलको वातावरण मलाई रमाइलो लाग्यो। काठमाडौं नै होइनजस्तो शान्त थियो। अलि अगाडि एकान्तमा काँडेतार बारेको आश्रम रहेछ।
हामी आश्रमको गेटबाट भित्र छिर्‍यौं। दुईतीनजना मान्छे चिया पिइरहेका थिए। ऊ उनीहरूसँग मुस्कायो र सोझै समाधिस्थलतिर लाग्यो। म पनि पछिपछि लागेँ। एउटा पक्की घरको ढोका उघार्‍यो। शिवपुरीबाबाको समाधि रहेछ, चारपाँचजना ध्यान मुद्रामा थिए।
भित्र छिर्नेबित्तिकै रमाइलो लाग्यो, मनबाटै आनन्द आएजस्तो। ऊ एउटा चकटीमा बसेर ध्यान गर्न थालेपछि भने औडाहा भयो। दस बजे अफिसमा मिटिङ थियो। केटोले आज मेरो जागिर खाने भयोजस्तो लाग्यो। म समाधिस्थलबाट बाहिरिएँ र उफ्रिरहेका बाँदरहरू हेरेर मन भुलाउने प्रयास गर्न थालेँ।
दस मिनटमा ऊ निस्क्यो।
'सरी है दाइ, ढिला भयो होला, म त यहाँ आएपछि एकछिन ध्यान नगरी उठ्नै सक्दिनँ,' उसले भन्यो।
मलाई आश्रमका मान्छेहरूसँग चिनायो। 'दाइ पत्रकार हो, फुर्सदै हुन्न उहाँलाई, आज बल्ल तानेर लिएर आएको,' ती मान्छेहरूसँग भन्यो। उनीहरू खुसी भए। मलाई आफ्नो मान भएजस्तो लागेर रमाइलो लाग्यो।
'आउँदै गर्नू न,' उनीहरूले भने। चिया खाएर जानू भन्दै थिए। उसैले भन्यो, 'दाइलाई आज हतार छ, अर्को दिन खाउँला।'
ढाँट्नु हुँदैन, आश्रमको वातावरण र त्यहाँ व्याप्त शान्तिले मलाई रमाइलै लागेको थियो। तर, गल्फ कोर्स आइनपुग्दै मैले आश्रम बिर्सिसकेको थिएँ। मेरो दिमाग कतिखेर घर पुगेर नुहाइधुवाइ सकी अफिस पुग्नु भन्ने चिन्ताले ढाकिएको थियो।
********************************************
फेरि ऊ हरायो। न कतै भेटिन्थ्यो, न फोनै आउँथ्यो। घरबेटी दिदीले पनि फोन गर्दिनथिन्। मलाई हाइसन्चो भएको थियो। बीचमा रिपोर्टिङका लागि दुई साता तराई गएको थिएँ। फस्ट पेजमा पाँचछवटा टप न्युज गरेको थिएँ। सम्पादक निकै खुसी भएका थिए। यसपालि अवार्ड पाउँछु होलाजस्तो लागेको थियो। श्रीमतीलाई सुनाउँदा हौसिएकी थिई।

धेरै लामो समयपछि एक महिनाअघि उसले मलाई फोन गरेको थियो।

'मुला, कहाँ हराएको तिमी?' मैले हप्काएँ, 'ल, शनिबार घरमा खाना खाने गरी आऊ।'

'हुन्छ दाइ, तर मुक्तिनाथबाट फर्केपछि, म त अहिले बेनीमा छु।'
'को-को गएको?' मैले छक्क पर्दै सोधेँ।
'म र कलेजको एउटा साथी। चिन्नुहुन्छ नि, दिवाकर क्या!'
'दिवाकर गएको रै'छ त पहिला?'

'कहाँ दाइ, ऊ त पोखरासम्म पनि आएको रै'नछ।'
'ल ल, राम्ररी जानू। यत्तिकै बरालिएर हिँडेका छन् ठिटाहरू। जानुअघि भन्नु त पर्थ्यो,' म रिसाएँ र फोन राख्दिएँ।
आज अचानक ऊ पशुपतिमा भेटिएको थियो।
********************************************

'मुक्तिनाथ टि्र्रप रमाइलो भयो दाइ। पहिलेदेखि नै जान्छु भन्ने लागेको थियो। जोसैजोसमा गइयो। पैसा नपुगेर जोमसोममा होटलवालालाई रिक्वेस्ट गरेर फ्रिमा खाना खाइयो। जे भए पनि मुक्तिनाथ गज्जब ठाउँ रहेछ दाइ।'
उसको अनुहार चम्केको थियो। एक वर्षअघि भेटेभन्दा राम्रो देखिएको थियो।
'यो के लकेट लगाएको?' मैले सोधेँ।
'मुक्तिनाथबाट फर्कंदा बाटोमा तिब्बती क्याम्प रहेछ। त्यहाँ रिक्वेस्टमा लिएको। लकेटको अगाडिपट्टि छ नि यो, तिब्बती क्यालेन्डर हो, पछाडि तन्त्र कुँदेको छ। तन्त्र कुँदेको भाग छातीपट्टि लगाउँदा इनर्जी आउँछ रे।'
'तिमी मान्छौ यस्तो हावा कुरा?'
उसले अंग्रेजीमा भन्यो, 'दाइ, यसले मलाई आत्मविश्वास दिएको छ। तपाईंको आत्मविश्वास बलियो भयो भने तपाईंलाई जे पनि काम गर्ने आँट आउँछ, होइन?'
********************************************
मैले घर फर्केपछि पनि उसको चम्किलो अनुहार बिर्सन सकिनँ। घरबेटी दिदीलाई फोन गरेँ, 'दिदी, के छ आजकाल कपुरको खबर?'
'ओहो भाइ, आजकाल त ऊ पूरै सप्रेको छ। बिहानै नुहाउँछ। ध्यान गर्छ। राम्ररी पढ्न थालेको छ। गाँजा त पर, चुरोट-सुरोट पनि खाँदैन। केटाकेटीलाई कोठैमा ट्युसन पढाउन थालेको छ। मेरा नानीहरूलाई पनि बिहानबेलुका पढाइमा हेल्प गर्छ। तीनचार महिना भयो, घरबाट पैसा पनि मगाउन छाडेको छ रे।
********************************************
बिहानै उसले मलाई फोन गर्‍यो। नागरिक शनिबार आइपुगेकै थिएन।
'गुड मर्निङ दाइ, म त्रिखण्डी जाँदै गरेको। पाइलट बाबा आउनुभएको छ, यो उहाँको अहिलेसम्मकै लामो नेपालयात्रा हो, तीन
साताको। म उहाँसँगै छु।'
'कहाँ त्रिखण्डी?'
कुलेखानीको बाटो हेटौंडा जाँदा बाटोमा पर्छ, भैंसेदेखि अलि अगाडि। पाइलटबाबाले त्यहीँ १५ वर्ष साधना गरेपछि गुरु गोरखनाथको दर्शन पाउनुभएको थियो र हरिबाबाबाट दीक्षा लिनुभएको थियो।'
'ती बाबा त राजनीतिक रूपमा निकै विवादास्पद छन्, होइन?'
'हो दाइ, मिडियाले उहाँलाई विवादास्पद बनाएको छ। तर, मलाई त्योसँग केही लेनादेना छैन। उहाँलाई पनि भएजस्तो लाग्दैन। मैले उहाँका राम्रो लागेका पक्ष आफूमा उतार्ने प्रयास गर्ने हो। उहाँको 'तु ही तेरा शिल्पकार' भन्ने भनाइ मलाई खुब मन पर्छ।'
म केही बोलिनँ।
'खासमा तपाईं नै तपाईंको शिल्पकार हो नि, होइन र दाइ? तपाईं नै त्यस्तो पात्र हो, जसले तपाईंलाई बनाउन वा बिगार्न सक्छ, होइन?'
'चौबीसै घन्टा ध्यान-ध्यान भनेर हिँड्नु पनि राम्रो होइन नि, भाइ। अहिले त राम्ररी पढ्नु नै तिम्रो लागि ध्यान हो।'
'हो दाइ, पढ्नु मेरो लागि ध्यान हो। तर, पढेका बेला अवन्तिकालाई सम्झेँ भने त्यो त ध्यान भएन नि। क्लासमा बसेको बेला घर सम्भि्कन्छु। जुन बेला जे काम गर्‍यो, त्यसमै डुब्नु राम्रो हो, तर मन बरालिएपछि काममा पूर्णता आउँछ? जे गर्दा पनि एकाग्र भएर गर्नु ध्यानकै एउटा अवस्था हो। तर, हामी २४ घन्टामा के कामकाहिँ ध्यानले गर्छौं? खाना खाँदा तपाईंको दिमागमा अफिसको काम आइरहेको हुन्छ, अफिसमा भएको बेला भाउजूको याद आउँछ। न तपाईंले खाएको ज्यानमा राम्ररी लाग्छ, न अफिसको काम नै राम्रो हुन्छ। होइन?'
होजस्तो लाग्यो।
'दाइ, भोलि गुरुपूर्णिमा हो। सम्पादक पनि तपाईंका गुरु होलान्। तपाईंलाई कलेजमा पत्रकारिता सिकाउने गुरु पनि होलान्। तर, तपाईंको खास गुरु तपाईं नै हो दाइ। भोलिदेखि पाँच मिनेट भए पनि ध्यानमा बस्न थाल्नुभयो भने अर्को वर्षको गुरुपूर्णिमासम्म तपाईं गहिरो ध्यानी भइसक्नुहुन्छ, तपाईंले गर्ने काम अझ राम्रो हुन्छ, तपाईंले बाँच्ने दुनियाँ झन् रमाइलो हुन्छ। ह्यापी गुरुपूर्णिमा!'
माधवपछि माधवै सरकार ?
खगेन्द्र संग्रौला
सारा जगत्को छिःछिःदूरदूर भई आयु निख्रिएर ब्रह्ननालमा सुताइएको माधव सरकार कांग्रेसको छायाँ सरकार हो। महामहिम राष्ट्रपतिले चंगा चेट् भएका शाही जर्नेल कटवाल साहबलाई बोके। र, खैलाबैलाकारी कटवाल काण्डको प्रपञ्चयमय कारखानाबाट माधव सरकारको उत्पादन भयो। यस अर्थमा माधव सरकारलाई जंगी अड्डाको जंगी सरकार भने पनि उत्रो अर्घेल्याइँ हुँदैन। यो जंगीको माउ उद्देश्य माओवादीलाई किनारा लगाएर मुसो बनाउनु थियो। घर न घाटको, जात न थरको बनाउनु थियो। आफ्नो भयंकर अभीष्टमा यो जंगी निकै सफल पनि भयो। संसद्मा माओवादीलाई निस्तेज बनाइयो र सडकमा अवाक् एवं किंकर्तव्यविमूढ बनाइयो। सरकारमा फर्किन चर्का गतिविधि गरुँ, जङ्गी अड्डाले गोद्ने, नरम गतिविधि गरुँ, जंगी सरकार कानमा तेल हालेर बस्ने। बरा माओवादीलाई हत्ते भयो र, अन्ततः आफ्नो अभीष्ट पूरा भएपछि अनुहाररहित माधव सरकारले राजनीतिमा दियो।

दुई गुटमा चिरा परेको एमालेका माधव-केपी कांग्रेसप्रति कृतकृत्य थिए। तिनलाई गुनको पैँचो गुनैले तिर्न हतार थियो। तिनले मुख फोरेर कांग्रेसी महलका श्री रामचन्द्र पौडेललाई आफ्नो मतको कोसेली टक्र्याउन खुट्टा उचालेका थिए। तर, चतुरमति पुष्पकमलले गर्नु गरे। जसरी हुन्छ तिनलाई बाइस दलीय गठबन्धन भत्काउनु थियो। भत्काइछाड्न तिनले कार्यनीतिक दाउपेच रचे। र, सत्ताको कामधेनु गाई देखाएर तिनले झलनाथ खनाललाई झुलाए। पुष्पकमलले भने - प्रधानमन्त्री बन्न म आफैँ यत्न गर्छु, लक्षण राम्रो नदेखिए म हजुरलाई घ्याप्प काँध थाप्छु। सिंहासनको तृष्णाले झलनाथको आँत जलेको थियो।

पुष्पकमलको उधारो वचनबाट तिनको आहत आँतमा शीतल जलको हरहर वर्षा भयो। यसपाला भने हुने भएँ! ती फुर्किए। उता बराबिचरा माधव-केपी परे धर्मसंकटमा। झलनाथको बाटो छेकुँ, हात पर्न लागेको दुर्लभ सिंहासन जानाजान गुमाएको बात लाग्ने। नछेकुँ, परम् कृपाकारी कांग्रेसका नजरमा कृतघ्न ठहरिने। कुटिलमति तिनले गज्जपको जुक्ति रचे। सही ठोकेर बैनास्वरूप दुईतिहाई मत पाए झलनाथ सदर, नत्र मैदानबाटै बदर। सिंहासनको छेवैमा पुगेर अभागी झलनाथ बदर भए।

झलनाथको मत खिच्ने मायावी नारा थियो, दुई तिहाईको राष्ट्रिय सरकार! यस नारामा तिनले असफल अतीतको कटु यथार्थ चटक्कै बिर्सेका थिए। पष्पकमल दाहालको सरकार दुई तिहाईको थियो। तर, त्यसले न शान्तिलाई ऊर्जा दिन सक्यो न त संविधानको श्रीगणेशाय नमः सम्म लेख्ने कार्यको सहजीकरण गर्नै सक्यो। कारण प्रस्ट छ। माओवादी र कांग्रेस चालु राजनीतिका दुईवटा शेर हुन्। बाँकी मझौला दल पूरक वा फोसा हुन्। र, साना दल हुन् च्याँखे दाउका फिरन्ते सिकारी। तुच्छ अनुभव भन्छ, यी धेरैजसो च्याँखेको चरित्र जता मल्खु उतै ढल्कु हो। सीपी मैनालीका ओजनदार शब्दमा 'ओजनदार' मन्त्रालय पड्काउनु यिनको सदाबहार दाउ हो। स्मरण गरौँ, शेररूपी माओवादी सत्तामा छँदा अर्को शेररूपी कांग्रेस सत्ताबाहिर थियो। भित्र र बाहिरका शेर एकअर्कालाई क्रुद्ध दृष्टिले हेरेर डुक्रिँदा डुक्रिँदै माओवादी नेतृत्वको सरकारको नौ महिने आयु चिलिम भयो। तर, गर्नुपर्ने मूल कामको सिन्को पनि भाँचिएन। अनि अहिले? अहिले यो के के न नयाँ कुरो हो भनेझैँ गरी उही बासी कथाको रट लगाइयो। यो कांग्रेसरूपी शेरलाई पाखा पारेर कतै नपुगिने उही दुश्चक्रमा फन्फनी घुम्ने धन्दा हो। यो सुलहको होइन कलहको बाटो हो।

समझदारीको बाह्रबुँदे स्रेस्ताका माउ रचनाकार माओवादी र कांग्रेस हुन्। माओवादी पर्‍यो उथलपुथलकारी विद्रोहको स्रष्टा, कांग्रेस संसदीय प्रजातन्त्रको पहरेदार। यी दुई खेलाडीका नाकमा नत्थी लाएर संघीयताको न्वारान गराउने मधेसी विद्रोही हुन्। जहाँ यी तीन तत्वको मिलन हुन्छ, त्यहाँ राजनीतिले गति लिन्छ। जहाँ यिनको बिछोड हुन्छ, त्यहाँ विग्रहले शिर उठाउँछ। गणितीय दुई तिहाई प्राविधिक गफ हो। गाँठ्ठी कुरा त मधेसी दलको सामेलीसहित राजनीतिका दुई माउ पक्षको सहमतीय सहकार्य पो हो। राजनीतिको एक सग्लो पक्ष माओवादी हो, अर्को पक्ष हो शेररूपी कांग्रेससहितका दलहरूको लर्को। कांग्रेसविनाको माओवादी सरकार अर्धसरकार हो। त्यसैगरी माओवादीबिनाको कांग्रेसी सरकार पनि अर्धसरकार हो। यसअघि सत्तामा दुईवटा अर्ध देखिए। तिनले केही नापेनन्। भन्देखिन्, झलनाथीय अर्धसरकारले साकार रूप लिएकै भए पनि त्यसले के नाप्थ्यो?

नौतिर फर्किएका नौरंगी कम्निस्टहरू कहिलेकाहीँ इतिहासको खिया लागेको बाकसबाट झिकेर पत्रु टेप बजाउँछन्। र, कहिल्यै नहुने वाम-प्रगतिशील समीकरणको उच्चाटलाग्दो राग अलाप्छन्। अलापेको कर्कश स्वर अस्ति पनि सुनियो। वाम-प्रगतिशीलको एउटा लर्को हिजोसम्म बाइसे गठवन्धनको राजसी भान्सामा थियो। र, त्यो माओवादीलाई लाछेर, ताछेर र लतारेर सच्याउन र आफूजस्तै 'नागरिक पार्टी' बनाउन कन्दनी कसेर लागिपरेको थियो।

अहिले माओवादीका दिव्य दृष्टिमा आफ्नो चीरहरण गर्न कटिबद्ध त्यही लर्को वाम-प्रगतिशील समीकरणको अब्बल दर्जाको मित्रगण देखिन गयो। यो वाम दिग्भ्रम हो। यो कृत्रिम प्यारको मिथ्या नखरा हो। यो कथित वाम-प्रगतिशीलको हावादारी हौवा देखाएर कांग्रेसलाई त्रस्त तुल्याउने र आत्मरक्षाका लागि जंगी अड्डातिर धकेल्ने अनर्थ चेष्टा हो। शान्ति र संविधानलाई साकार रूप दिन त माओवादीले शेररूपी कांग्रेससँग र कांग्रेसले शेररूपी माओवादीसँग सरकारमा हातेमालो गरेर सघन संवाद, सहमति र सहकार्यको द्वार खोल्नुपर्ने हो। जो निर्णयकारी शेर हो उसलाई पन्छाएर कहाँ हुन्छ शान्ति? केको लेखिन्छ संविधान? लोकसम्मतिको रट लगाउनु एउटा हो, लोकसम्मतिको सम्मान गर्नु अर्कै हो। लोकसम्मतिले तोकिदिएको औकातअनुसार सत्ताको भागबण्डा गर्ने सुद्धि, बुद्धि र विनयशीलता भइदिए राजनीतिका दुई शेरबीच निषेधकारी यो विघ्न द्वेष किन पो हुँदो हो र? कुखुराको जत्रो चित्त हुनेले के इतिहास फेर्छन्?

आज प्रधानमन्त्रीको चुनावी खालमा कलहकारी गणीतीय नाटकको दोस्रो दृश्यको मञ्चन हुँदैछ। यो बासी मञ्चनमा जनसाधारणको खासै रुचि छैन, बरु अरुचि छ, वितृष्णा छ, क्रोध छ। यो कलाहीन मञ्चनप्रति शान्ति र संविधानको उत्कट चाहना गर्नेका धारे हात उठेका छन्। पुष्पकमल जितुन् कि रामचन्द्र हारुन् अथवा रामचन्द्र जितुन् कि पुष्पकमल हारुन्, के फरक पर्छ? आखिर बन्ने त पुष्पकमलको उही पुरानो सरकार वा कांग्रेसको अर्को माधव सरकार न हो। सरकार यसको होस् कि उसको हुने आखिर माधवै सरकारको कार्बनकपी हो, माधवै सरकारको लिखुरे उत्तराधिकारी हो। माधव सरकार कलह र विग्रह, नातावाद र कृपावाद, असुरक्षा र भ्रष्टाचार, बेथिति र दुराचार, उच्छृंखलता र भाँडभैलोको कीर्तिमानी कारक हो।

यसको यथार्थ कथा इतिहासका भित्तामा मोसोले लेखिएको छ। गणीतीय बहुमतको यस्तै अर्को अर्धसरकार मुलुकलाई चाहिएको छैन। अर्र्धहरूका चर्तिकला देखेर लोक हुनुसम्म आजित भएको छ। तब सिंहासनमा किन चाहियो अर्को माधव औतार? चाहिएको त राजनीतिका दुई निर्णयकारी शेर सहकार्य र सहअस्तित्वको धागोमा उनिएको सग्लो, पूर्ण र जिम्मेवार सरकार पो हो। गर्नु नहुनेजति सबै काम गर्ने गणीतीय माधव सरकार सिंहासनमा छँदैछ। यसको कार्बनकपीको सट्टा यही सक्कललाई सदर गरिदिए के फरक पर्छ?

Friday, July 23, 2010

त्रिविको प्रमाणपत्र तह खारेज गर्ने सहमति

श्रावण ७ - सरकार र प्रमुख बिद्यार्थी संगठनबीच त्रिभूवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह खारेज गर्ने सहमति भएको छ । शुक्रबारको छलफलमा प्रमाणपत्रतह खारेज गर्नेलगायत ८ बुँदे सहमति शिक्षा मन्त्रालय र विद्यार्थी संगठनका प्रतिनिधि बीच भएको हो ।

माओवादी, काँग्रेस र एमालेसम्बद्ध बिद्यार्थी संगठनले सहमति गरेका छन् भने उनीहरुसंगै आन्दोलनरत अन्य १० विद्यार्थी संगठनले भने त्यसको विरोध गरेका छन् ।

प्रमाणपत्र तह खारेज गर्न नहुने माग राखेर आन्दोलन गरिरहेका विद्यार्थी संगठनहरु मध्ये ति तीन संगठन प्रत्येक निर्वाचन क्षेत्रमा एक उच्च मावि स्थापना गर्नेलगायतका विषयमा सहमत भएका हुन् ।

उनीहरुले प्रमाणपत्र तह खारेज गर्दा उच्च शिक्षा महंगो हुने र सामान्य विद्यार्थीको पहुँचमा नहुने भन्दै आन्दोलन सुरु गरेको थियो ।

यसले गर्दा एसएलसीको परीक्षाफल आइसकेपछि पनि प्रमाणपत्र तहको भर्ना लिने वा नलिने भन्नेमा अन्योल थियो । सरकारले यसअघि नै प्रमाणपत्र तह खारेज गर्ने निर्णय गरिसकेको भएपनि विद्यार्थी संगठनहरुको आन्दोलनले त्यसलाई अन्योलमा पारेको थियो ।

दाहाल-पौडेल दोस्रो पटक पनि पराजित

काठमाडौं, साउन ७- प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दोस्रो पटक पनि पराजित भएका छन्। शुक्रवार साँझ भएको मतदानमा संसदको ठूलो हिस्सा तटस्थ रहँदा संसदले प्रधानमन्त्री छान्न नसकेको हो। बहुमत पुर्‍याउन ३ सय मत आवश्यक भए पनि दाहालले २ सय ४१ मत मात्र पाए।
उनको विपक्षमा १ सय १३ मत खसेको थियो। २ सय १८ सदस्य तटस्थ रहे। एमाले र मधेसवादी दलहरुले समर्थन नदिँदा दाहाल पराजित भएका हुन्। दाहालको प्रस्तावमा चुनाव हुँदा ५ सय ७२ सांसद उपस्थित थिए। संसदमा २ सय ३७ सदस्य रहेको माओवादीलाई प्रधानमन्त्री चयन हुन ६३ मतको आवश्यकता थियो। एमाले र ८२ मत भएका चार मधेसवादी दल दाहालको पक्षमा मतदान हुँदा तटस्थ रहे।

पौडेलको प्रस्तावमा चुनाव हुँदा कूल ५ सय ७८ खसेको थियो। उनको पक्षमा १ सय २३ मत र विपक्षमा २ सय ४१ मत पर्‍यो। २ सय १४ सांसद तटस्थ रहे।

शुक्रवारको चुनावमा पनि माओवादी अध्यक्ष दाहालले यसअघि पाए जति नै २ सय ४१ मत पाए। पौडेलले यसअघि १ सय २४ मत पाएका थिए। शुक्रवारको मतदानमा उनले यस अघिकोभन्दा एक मत कम पाए।

नाटकको अर्को भाग १७ गते

नाटकको अर्को भाग १७ गते
July 23rd, 2010
प्रधानमन्त्रीको कुर्सी नाटकको अर्को भाग साउन १७ गते सोमबार मञ्चन हुने भएको छ। जति जति नाटक लम्बिँदै छ, त्यति त्यति जनतामा त्यसको चासो घट्दै गइरहेको छ। सात गतेको निर्वाचनमा जति चासो थियो, आजको निर्वाचनलाई त्यति वास्ता गरेको जस्तो लागेन मानिसहरुले। लगभग परिणाम निश्चित भइसकेको हुनाले पनि कसैले वास्ता नगरेको हुनसक्छ। यद्यपि, आज पनि नाटक कम रोमाञ्चक भएको हैन मधेसवादी दलहरुको कारण। उनीहरुको बैठक लगातार बसेको बस्यै थियो। बीचमा अनिर्णित भई स्थगित भयो। पछि फेरि बैठक बस्यो र अन्ततः तटस्थ बस्ने निर्णय गर्‍यो। एमालेले भोट नदिने भनेपछि काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल पराजित हुने निश्चित थियो। तर मधेसवादी दलहरुको साथ पाए प्रचण्ड प्रधानमन्त्री बन्न सक्थे।

आजको निर्वाचनमा पौडेलले पहिलेको निर्वाचनमा भन्दा एक भोट कम पाए। माओवादी अध्यक्ष प्रचण्डको भोट भने जतिको त्यति थियो।

प्रचण्डको प्रस्तावमा मतदान हुँदा

उपस्थित- ५७२
पक्षमा- २४१
विपक्षमा-११३
अरु सांसद तटस्थ

पौडेलको प्रस्तावमा मतदान हुँदा
उपस्थित- ५७८
पक्षमा- १२३
विपक्षमा- २४१
अरु सांसद- तटस्थ

एमाले अध्यक्ष झलनाथ खनालले १७ गतेको चुनावमा पनि कसैलाई मत नदिने बताएका छन्। त्यसो हो भने पौडेल फेरि पनि पराजित हुने निश्चित छ र सत्ताको साँचो फेरि पनि मधेसवादी दलहरु कहाँ पुग्नेछ। उनीहरु फेरि पनि यसरी नै तटस्थ बस्ने हुन् भने १७ गते मात्र हैन १७ जुनीसम्म निर्वाचन गरिरहँदा पनि प्रधानमन्त्री चुन्न सक्ने स्थिति छैन।

अहिले आएर हेर्दा क्या काइते संविधान बनाएका रहेछन् हाम्रा विज्ञहरुले जस्तो लाग्न थालेको छ। अघि टिभीमा कानुनका ज्ञाताहरु पनि भन्दै थिए- यस्तो संविधान त विश्वको कुनै पनि देशमा छैन रे। कानुनविदहरुले टिभीमा भन्दै थिए- विदेशमा राष्ट्रपति कार्यकारी भएको देशमा राष्ट्रपतिले प्रधानमन्त्री चुन्ने र संसदीय व्यवस्था भएको देशमा संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था हुन्छ। संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था भएको देशमा पहिलो चुनावमा कसैले बहुमत ल्याउन नसके दोस्रो चुनावमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने र त्यसमा पनि कसैले बहुमत ल्याउन नसके सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री हुने व्यवस्था हुन्छ रे। वा पुनः अर्को मतदान प्रक्रियामा जाने हुन्छ रे। हाम्रो संविधानमा त झलनाथ खनाल स्वेच्छाले (पार्टीको इच्छाले) पछाडि हटेकोले मात्र हो, नत्र त यिनै तीन जना उम्मेदवारबीच सात जुनीसम्म चुनाव भएको भयै गर्नुपर्ने हुन्थ्यो। नयाँ उम्मेदवार थपिन पनि नपाउने बाध्यता छ अहिले। के थाहा, दाहाल र पौडेलले पो संसदमा बहुमत जुटाउन नसकेका, अरु कुनै नेताले पो बहुमत जुटाउन सक्ने सामर्थ्य राख्थ्यो कि। अब त मन परे नि नपरे नि दाहाल र पौडेल बीच नै मतदान गराइराख्‍नुपर्ने स्थिति छ।

दलहरु नै सर्वेसर्वा छन्, गर्लान् नि केही। कूतर्क त अब राजीनामा दिइसकेका माधव नेपालले नै संसदमा विश्वासको मत लिएर यही सरकारलाई निरन्तर गराउन सकिन्छ भन्ने पनि निस्केको छ। दलहरु नै हुन् सर्वेसर्वा, हेरौँ, उनीहरुले नै के निकास निकाल्ने हुन्। हामी त यो नाटकका फगत दर्शक न हौँ !