Like

Sunday, May 9, 2010

इजरायलमा मैत्रिपूर्ण खेलकुद कार्यक्रम सम्मपन्न


०९ मे २०१० तेलअभिब,
श्याम रॊक्का
इजरायल।
अन्तराष्ट्रिय मजदुर दिबस २०१० कॊ अबशरमा इजरायलमा रहेका खेलकुदप्रेमी नेपालीहरूकॊ सहयॊगले मैत्रिपूर्ण बिबिध खेलकुदहरू समाबेश गरि राजनैतिक पार्टीगत मदभेद त्यागी हामी सबै एउटै नेपाली हौँ र हामीहरूले सदैब परस्पर मेलमिलापकॊ भावना राख्नु पर्दछ भन्ने बिशेष उद्देश्ये राखेर तेलअभिबस्थीत ,लेबेन्स्की पार्कमा खेलकुद कार्यक्रम सन्चालन गरेकॊ थियॊ ।
जस्मा खेलकुदहरूकॊ बिशेष आकर्षण रहेकॊ फुटबल खेलकॊ खेलाडीलाइ कार्यक्रमकॊ संयॊजक श्री जीबन कुमार खड्का ज्यूले फुटबल प्रदान गर्नुहुदैँ कार्यक्रम उद्दघाटन गर्नुभएकॊ थियॊ भने प्रथम खेल अन्तरगत नेपाली समाज बिरूद्द युवा मन्चकॊ खेलमा कार्यक्रमकॊ सह-संयॊजक केशब कुमार श्रेष्ठ (मामा) रेफ्रीका रूपमा रहनुभइ ज्यादै मैत्रीपुर्ण बाताबरणमा खेल सुभारम्भ र सन्चालन गरिएकॊ थीयॊ,बिबिध खेलकुद अन्तरगत फुटबलमा ६ समुहबिच खेल प्रतिस्पर्धा गराइदाँ फाइनलमा मॊरङ टाइगर र झापाली एकता परिवार पुगेका थिए,म्युजीकल चियर खेलमा निरू काफ्ले(प्रथम) र सियॊ धागॊ दौडमा रेश्मा शाही (प्रथम) भएका थिए र फाइनल खेल तथा पुरस्कार बितरण कार्यक्रम भने ०८ मे २०१० शनिबार गरियॊ ।
कार्यक्रममा सभापती श्री जीबन कुमार खड्का,अथीतीद्वय शुवास खरेल र शरद गुरूङले आथीत्य ग्रहण गर्नु भएकॊ थियॊ,पुरस्कार बितरणकॊ अबशरमा आयॊजककॊ तर्फबाट श्री तारा प्रसाइ ज्यूले शुभकामना मन्तब्य ब्यक्त गर्नुहुदै सम्पूर्ण इजरायल प्रबासका नेपालीहरू बिगतमा झैँ फुटेर भन्दा नि यसरी नै रमाइला,भाइचारा ब्यबहार र मैत्रीपुर्ण बाताबरण सामुहिक खेलमा रहे झैँ इजरालयी प्रबासका नेपालीहरू सधैँ मिलेर भबिश्यमा पनि मित्रभावनालाइ निरन्तरता दिदैँ लैजानु पर्छ भन्नु भयॊ।
फाइनल खेल अन्तरगत फुटबल तर्फ मॊरङ टाइगर (प्रथम) र झापाली एकता परिवार(द्वितीय) ,भलीबलमा ने.का.स. मन्च (प्रथम) र नेपाली समाज (द्वितीय),स्नुकरमा बिबेक पौडेल (प्रथम) र बाबा कडेँल (द्वितीय) र सियॊ धागॊ दौडमा रेश्मा शाही (प्रथम) र हण्डीफॊर खेल पुरूषतर्फ दिनेस प्रसाइ (प्रथम) र निरू काफ्ले भने हण्डीफॊर खेल महिलातर्फ र म्युजीकल चियर गरि दुइ खेलमा प्रथम भएका थिए । सम्पूर्ण बिजेता खेलाडीहरूलाइ प्रमाणपत्र र कप,बिशेष सहयॊगीहरू तथा आर्थीक सहायता गर्नेहरूलाइ धन्यबाद पत्र र प्रंशसा पत्र कार्यक्रमका अथीतीद्वय र सभापती ज्यूबाट प्रदान गरिएकॊ थियॊ ।





"हण्डीफॊर खेल पुरूषतर्फ दिनेस प्रसाइ (प्रथम)"

Friday, April 16, 2010

इजरायलमा नब बर्ष २०६७ साँस्कृतिक साँझ

अप्रील १६ र १७ गते साँझलाइ रंगीन बनाउन इजरायलमा नब बर्ष २०६७ साँस्कृतिक साँझ (पाहुना कलाकारःगायकद्वय सिन्धु मल्ल,धिरज राइ र हाँस्य कलाकार नारद खतीवडा)साथमा इजरायलमा कार्यरत कलाकारहरूले बिशेष प्रस्तुती गर्ने भएका छन्....समाचार अपडेटीङ..(प्रतिक्षा गर्नुस.............
सुरूवातमा बज्ने गीत

अरू गीत
धिरज राइ
नारद खतीवडा

Sunday, February 28, 2010

अमृत पण्डीतद्वारा सिङ्गारीएका पेजहरू











हास्नुस ल..



ह्यापी होली



रङ्गहरुको पर्व होली मनाउन अनुहार रंगाइरहेका युवा। फागु पूर्णिमाका दिन मनाइने होली आज बिहानैदेखि काठमाडौँका चोकचोकमा मनाउन सुरु भएको छ। ठमेलमा विदेशी पर्यटकहरु पनि होलीमा रङ्ग खेल्दैछन्।


वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्वलाई केही वर्षदेखि होली भन्न थालिएको छ। होली विशेष गरी भारतमा भोलि मनाइन्छ। भारतीय सञ्चारमाध्यमको प्रभावमा नेपालको फागु पर्व ‘होलिकरण’ भएको हो।



रङ्गहरुको पर्व भए पनि अहिले भने युवाहरुले यसलाई इनामेलको पर्व बनाउन थालेका छन्। इनामेलले छालालाई हानी गर्ने भन्दै चिकित्सकहरुले सावधानी अपनाउन अनुरोध गरेका छन्। तर युवाहरुलाई त्यसको वास्ता छैन।



होली आउनु एक साताअघिदेखि नै महिलाहरुलाई लक्षित गरी पानी भरी बेलुन (आजभोलि त प्लास्टिक) हान्ने विकृति बढेको छ।


आजै काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ ।



फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चीर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ ।



आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रथा छ ।



दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको हिन्दू धर्मशास्त्रमा उल्लेख छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।



यसैगरी द्वापरयुगमा कृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी थिइन्। त्यसपछि उनलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ।होली आउनु एक साताअघिदेखि नै महिलाहरुलाई लक्षित गरी पानी भरी बेलुन (आजभोलि त प्लास्टिक) हान्ने विकृति बढेको छ।



आजै काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ ।



फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चीर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ ।



आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रथा छ ।



दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको हिन्दू धर्मशास्त्रमा उल्लेख छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।



यसैगरी द्वापरयुगमा कृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी थिइन्। त्यसपछि उनलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ।



भैषज्यशास्त्रका ज्ञाताका अनुसार राम्रो तरिकाले तयार पारिएका रङ र अबिर छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । तर अहिले प्रयोग हुने इनामेलले भने हानी मात्रै गर्छ।



फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइने गरिन्छ । यो चाड (तोरन्ल)मा थकाली रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै सपरिवार भेला भई तीर हान्ने प्रतियोगिताको आयोजना गर्छन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो पनि गर्छन् ।



यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड-रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति बढेको छ ।





























  1. ह्यापी होली !

  2. ह्यापी उभौली

  3. ह्यापी गौरा पर्व !

  4. ह्यापी ल्होसार

  5. ह्यापी महाअष्टमि !

Monday, February 22, 2010

अनेसास इजरायलको आयोजनामा साहित्यिक भेटघाट र वृतचित्र प्रदर्शनी





यही फेब्रुअरी २० शनिबार साँझ इजरायलको तेल अभिवमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले नेपाल बाट इजरायल भ्रमणमा आउनु भएका कवि एवं साहित्यकार श्री अनिल पौडेलको स्वागतार्थ एक साहित्यिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गर्यो ।



अनेसास इजरायल, मेरो नेपाल द्वैमासिक पत्रिका प्रकाशन समिति लगायत इजरायल स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहनु भएको सो कार्यक्रममा कवि एवं साहित्यकार श्री अनिल पौडेल द्वारा आफैले निर्देशन गर्नु भएको नेपाली वृतचित्र "झमक' को प्रदर्शनी गरिएको थियो । "झमक" एउटी यस्ती लेखिका जो शारीरिक रुपमा अशक्त शरीर भएर पनि निरन्तर नेपाली साहित्यमा कलम चलाउदै आइरहेकी प्रतिभावान नारी हस्ताक्षर सुश्री झमक
कुमारी घिमिरेको जीवनीमा आधारित रहेको वृतचित्र हो । करीव आधा घण्टा लामो सो मार्मिक वृतचित्र हेरिसकेपछि एकछिन उपस्थित सबै भाव विह्वल हुनु भएको थियो ।



गीतकार तथा अनेसास इजरायलका अध्यक्ष सुनिल संगमका केही लोकप्रिय गीत संगीतको प्रस्तुति बाट आरम्भ गरिएको सो कार्यक्रममा अनेसास इजरायल च्याप्टरका महासचिव कृष्ण थापाले धेरै अगाडी अनेसास केन्द्रद्वारा आयोजित १९९७को अन्तराष्ट्रिय नेपाली कविता प्रतियोगितामा प्रथम हुनु भएका वरिष्ट साहित्यकारलाइ इजरायलमा यसरी स्वागत् गर्न पाउनु आफ्नो गर्वको बिषय भएको बताउनु भएको थियो।



कार्यक्रममा सुनिल सङ्गम, वसन्त गुरुङ, श्याम रोक्का, श्रीमती टिका खरेल,विष्णु भट्टराई, शंकर पौडेल, सुन्दर नेपाल, नवराज घिमिरे, कृष्ण थापा लगायतले आआफ्नो रचना वाचन गर्नु भएको थियो भने अन्य व्यक्तित्वहरुले वृतचित्र र कार्यक्रमका सम्बन्धमा आ आफ्नो धारणा राख्नुभएको थियो ।







अतिथि श्री अनिल पौडेलले इजरायल स्थित प्रवासी नेपालीहरुमा पनि नेपाली साहित्यप्रतिको लगाव देखेर आफु निकै खुसि भएको कुरा व्यक्त गर्दै आफ्ना केही कविता पनि सुनाउनु भयो । साझा प्रकाशन संचालक समिति र राष्ट्रिय जनसाँस्कृतिक जनसाहित्यिक मन्चका सदस्य साहित्यकार पौडेल लोकसंस्कृति,उत्साह तथा गरिमा लगायात दर्जनौं नेपाली साहित्यिक पत्रिका र पुस्तकका सम्पादक हुनुहुन्छ ।




नेपाली साहित्य, डायास्पोरिक गतिबिधि तथा साहित्यिक प्रकाशनका विषयमा चर्चा परिचर्चा हुदै रात्रिभोज पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।

Sunday, December 27, 2009

(नेवार)नेवाः राज्य गठनका साथै नयाँ झण्डा र राज्य गान

फेरी उहि प्राचिनकालिन २२ से र २४ से राज्य हुने भए क्यारे........

यस्तो पो रहेछ नेवाः राज्यको 'राष्ट्रगान'
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।

मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।

भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्।

यो नेवाः राज्यको झण्डा रे। यसको डिजाइन रामकृष्ण नकर्मीले गरेका हुन्। झण्डाको व्याख्या तल छ-

नेवाः झण्डा- प्रतिकको व्याख्या

• यसको आकार आयातकार हुनेछ। चौडाइ र लम्बाइ १:१.५ अनुपातमा हुनेछ। झण्डाको पृष्ठभूमिको रंग र यसभित्र समेटिएका विभिन्न चिह्नबाट नेवारहरुको सांस्कृतिक विशेषता र वर्तमानमा चलिरहेको राजनीतिक शक्ति दुवै पक्षलाई समायोजन गर्ने प्रयास गरिएको छ।
• मध्यभागमा झण्डाको चौडाइको आधा आकारको (50% of the breadth) र त्यसको व्यास सेतो कमलको अष्टदल र त्यसभित्र रातो घेरा र बीचमा झण्डाको माथितिर फर्केको पहेँलो तारा रहनेछ।
• सेतो कमलको अष्टदल नेवारहरुको कुनै पनि शुभकार्यका लागि राखिने सांस्कृतिक प्रतीक अष्टमंगल। शास्त्रीय परम्परा अनुसार अष्टमातृका। बौद्ध परम्परा अनुसार आर्य अष्टाङ्गिक मार्ग तथा सम्पूर्ण नेवारहरुको साझा सांस्कृतिक पर्व अनुसार अंगीकार गरी म्हपूजामा बौद्ध, हिन्दु र अन्य मण्डपको रुपमा प्रयोग गरिने आकृति- सेतो कमलको अष्टदल नेवार संस्कृतिको सम्पूर्ण पक्षको प्रतिनिधित्व गर्ने साझा र सर्वमान्य प्रतीक हो।
• माथिपट्टी टुप्पो फर्केको पहेँलो तारा नेपालको राज्यपुनर्संरचनाको क्रममा नेपालको राजनीतिक क्षितिजमा नेवाः स्वायत्त राज्यको रुपमा उदय भएको राजनीतिक शक्तिको प्रतीक हो।
• पहेँलो ताराको वरिपरि रहेको रातो घेरा-सम्पूर्ण नेवारहरुलाई एकताको सूत्रमा आवद्ध गर्ने सूत्र प्रतिवद्धताको प्रतीक हो।


नेवार स्वायत्त राज्यको घोषणा समितिका अध्यक्ष नरेन्द्रभक्त हाडाले यसरी गरेका थिए (मिडिया सेन्टरबाट प्राप्त नेपाली अनुवाद)

मानव सभ्यताको आदिम कालदेखि आजसम्म निरन्तर रुपमा नेपालभित्र आफ्नो घरबार बसाल्दै आएका र यथेष्ट मात्रामा जनसंख्या रहेका मूल आदिवासी जातिहरु मध्येको एक नेवार आदिवासी भएकोले,

आफ्नो मौलिक ज्ञान, सीप, कलाका हिसाबले उन्नत, सम्पन्न र वैभवशाली समाजलाई खडा गरी त्यसैका माध्यमबाट नेपाल राष्ट्रलाई समेत अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय दिन टेवा दिइआएको नेवार जातिको ऐतिहासिक भूमिका, नेवारहरुले राष्ट्रियता, स्वाधिनता, न्याय र स्वतन्त्रताको पक्षमा लामो समयदेखि गरिआएको संघर्ष र योगदानको सही मूल्याङ्कन नगरी नहुने भएकोले,

छुट्टै भाषा, संस्कृति परम्परा र सामाजिक संरचनाबाट आफूलाई देशभित्र र बाहिर अन्य मानवीय जाति समूदायसँग भिन्न र स्वतन्त्र हो भनी पहिचान दिन सफल नेवार यथार्थलाई सभ्यता र संस्कृतिका हैसियतले एक पूर्णताप्राप्त राष्ट्र भएकोले,

संविधान सभाबाट नयाँ संविधान निर्माण गरी राज्यको पुनर्संरचना गर्ने क्रममा नेवार राष्ट्रलाई संवैधानिक अधिकार प्रदान गर्दै स्वायत्त र स्वशासित राजनीतिक र इकाईको रुपमा खडा गर्न आर्थिक र अन्य साधनस्रोतका आधारमा पनि संभव भएकोले,

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राज्यको रुपमा निर्माण गर्न संविधान सभाबाट प्रयास भइराखेको वर्तमान समयमा नेवारहरु स्वयंले नै ऐतिहासिक र जातीय परिचयको आधारमा स्वायत्त राज्यको अधिकार सुनिश्चित हुनुपर्दछ भन्दै उठिरहेको व्यापक आवाजलाई स्वीकार गर्दै,

आदिवासी अधिकारसम्बन्धमा विश्वव्यापी घोषणापत्रको मान्यता, अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १६९बाट सम्पूर्ण आदिवासीहरुलाई आआफ्नो ऐतिहासिक क्षेत्रका प्राकृतिक स्रोतमा अग्राधिकार सुनिश्चित गरिएको र राजनैतिक र नागरिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिबाट प्रत्याभूत गरिदिएको आत्मनिर्णयको अधिकारलाई आधार मान्दै,

विगतको ऐतिहासिक कालमा लामो समयसम्म नेवार राष्ट्रलाई समेटेर नेवारहरुको आदिभूमिभित्र राजनीतिक र प्रशासनिक इकाई सञ्चालन भइरहेको र नेपाल मण्डल नामबाट त्यसको अस्तित्व रहेको तथ्यलाई स्मरण गर्दै त्यस नेपाल मण्डल क्षेत्रमा विगतदेखि वर्तमानपर्यन्त जहाँ जहाँ नेवारहरु आफ्नो आदिभूमिको रुपमा बसोबास बनाई आएका छन् र जहाँ जहाँ उनीहरु अरु आदिवासीहरु भन्दा अधिक संख्यामा छन् ती सम्पूर्ण भूभाग समावेश भएको समस्त भूभाग नै नेवाः स्वायत्त राज्य हो। संघीयताको मान्यता अनुसार स्वायत्तता, स्वशासन, अग्राधिकार र आत्मनिर्णयको अधिकार प्रयोग गरी यस नेवाः स्वायत्त राज्य सञ्चालन गर्न पाउने संवैधानिक अधिकार हो।

धन्यवाद।



नेवार स्वायत्त राज्यको क्षेत्र सुजीव बज्राचार्यले यसरी घोषणा गरे-

नेवार नेपाल देशको एक प्रमुख आदिवासी हो। नेवारहरुको आफ्नै बसोबास, आफ्नै ऐतिहासिक आदिभूमि छ। यस आदिभूमिमा आफ्नो रगत र पसिनाका आधारमा आफ्नो पहिचान चिह्नस्वरुप छुट्टै कला, साहित्य, संस्कृति, परम्परा, सभ्यता दर्शाइ आफ्नो मातृभाषा प्रयोग गरी आएका एक सम्पन्न आदिवासीहरु नेवार हो। ऐतिहासिक कालदेखि नै नेवारहरुले आफ्नो पौरख र शक्तिको आधारमा आफ्नो स्वतन्त्र राज्यसत्ता चलाइआएका छन्। लिच्छवीकालदेखि नै स्पष्ट अस्तित्वमा रहेका यस्ता नेवार शासकहरुको अधीनस्थ शासनसत्ताको प्रादेशिक क्षेत्रको ऐतिहासिक परिचय हो- नेपाल मण्डल। यही ऐतिहासिक आधार नै वर्तमान नेवार स्वायत्त राज्यको क्षेत्र निर्धारण गर्दाको प्रमुख आधार हो।

नेपाल मण्डल विगतमा नेवारहरुले शासनसत्ता सञ्चालन गरिआएको ऐतिहासिक क्षेत्र भए जस्तै यस क्षेत्रभित्र कतिपय गैर नेवार आदिवासीहरु पनि बसोबास गरिआएको स्थल हो। विगतको नेपालमण्डलभित्र पर्ने सम्पूर्ण गैर नेवार आदिवासी समुदायको अधिकारको सम्मान गर्दै तिनीहरु जहाँजहाँ अधिक संख्यामा विगतदेखि नै बसोबास गरिआएका छन्, त्यस्ता गाउँ र नगर क्षेत्रमा निश्चित रुपमा उनीहरुको अग्राधिकार हुन्छ।

त्यसैगरी विगतदेखि नै नेवारहरुको शासन केन्द्र भइआएका ऐतिहासिक नेपाल मण्डलभित्र जहाँ जहाँ आदिवासीहरु भन्दा अधिक संख्यामा नेवारहरु पुरानो समयदेखि अझसम्म स्थापित भइ रहिआएका छन्, त्यस्ता सबै महानगर, सम्पूर्ण उपमहानगर, नगर र गाविसहरु समाविष्ट क्षेत्र नेवाः स्वायत्त राज्यको क्षेत्र हो। त्यसैगरी यस्ता नगर र गाविसहरुसँग जोडिएका जल र जंगल जस्ता प्राकृतिक स्रोतका सम्पूर्ण क्षेत्र पनि नेवाः स्वायत्त राज्यभित्रको क्षेत्र हो।
हरिकृष्ण व्यञ्जनकारले वाचन गरेको नेवार स्वायत्त राज्यको भाषिक नीति
नेवारहरुको मातृभाया नेपालभाषा हो। ऐतिहासिक कालमा राज्यभाषा, देशभाषाको रुपमा यस भाषाको प्रयोग भएको थियो। सामाजिक, सांस्कृतिक, धार्मिक रुपमा मात्र नभई नश्लगत रुपले पनि विविधता भएको नेवार समाजलाई एकै सूत्रमा सूत्रवद्ध गर्ने आधार मातृभाषा नेपालभाषा नै हो। नेवार एक भाषिक समुदाय भएकोले यसको छुट्टै पहिचान र एकता बचाइराख्‍ने नेवारहरुको मातृभाषा नेपालभाषा जीवन्त हुनुपर्छ। यसको लागि आवश्यक पाइला अघि बढाउने नेवाः स्वायत्त राज्यको प्रमुख कार्यभार हो, यही तथ्यलाई ध्यानमा राख्दै भाषानीति अंगालिनेछ।

नेपालको गौरवशाली सांस्कृतिक सम्पदा र नेवारहरुले आफ्नो मातृभाषाको माध्यमबाट सरकारी र गैरसरकारी क्षेत्रमा लिखित र मौखिक अभिव्यक्तिमा प्रयोग गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै नेपालभाषालाई नेवार स्वायत्त राज्यको मुख्य माध्यमभाषाको रुपमा प्रयोग गरिँदै लगिनेछ। नेपालभाषाको साहित्य, वाङमय र लिपिको विकास संरक्षण र सम्वर्द्धनका लागि विशेष नीतिको निर्माण गरिनेछ। नेवार स्वायत्त राज्यको शिक्षण संस्थामा शिक्षाको माध्यम नेपालभाषा हुनेछ। यस भाषाबाट पाठ्य सामाग्रीहरु तयार गरिनेछ। बालबालिका र वयस्कहरुलाई अनिवार्य नेपालभाषा सिकाउने कार्य विद्यालयहरुबाट थालनी हुनेछ।

यसैगरी प्रशासन र न्यायालयभित्र प्रयोगको प्रमुख भाषा नेपालभाषा हुनेछ। अर्कोतर्फ नेपालभाषाको माध्यमबाट विभिन्न छापा तथा आमसञ्चार सञ्चालन हुनेछ।

नेवार स्वायत्त राज्यभित्र भएका गैरनेवारहरुको भाषालाई पनि सम्मान गर्दै उनीहरुको लागि वैकल्पिक रुपमा अर्को भाषा प्रयोग गर्ने अवसर प्रदान गर्नेछ।



नेवार राज्यभित्र गैर नेवार र अल्पसंख्यकको अधिकार
नेवार स्वायत्त राज्य नेवारहरुको हिजोदेखिको लामो इतिहासको सम्मान र आदिवासीहरुको आफ्नो ऐतिहासिक भूमि शासन सत्ता सञ्चालन गर्ने राजनीतिक अग्राधिकारको एक मूर्त स्वरुप हो। तर यस अवस्थामा पनि नेवारहरुको बाहुल्य भए पनि यहाँ गैर नेवार आदिवासी र अन्य जातजातिका मानिसहरु पनि लामो समयदेखि बसोबास गर्दै आएका छन्। यसर्थ नेवार स्वायत्त राज्य आदिवासी नेवारका साथै यहाँ बसोबास गर्दै आएका गैर नेवारहरुको पनि साझा सत्ता हो। आदिवासीहरुको अधिकारसम्बन्धी विश्वजन्य मान्यता अनुसार नेवार राज्यभित्र नेवार आदिवासीको नेतृत्व र प्रतिनिधित्वमा अग्राधिकार सुनिश्चित हुने जस्तै यहाँ भएका सबै गैर नेवार समुदायलाई सबै किसिमबाट संवैधानिक कानुनी समान अधिकार सुनिश्चित हुनेछ। राज्यको सबै स्थानमा जनसंख्याको आधारमा नेवार राज्यभित्र समावेश भएका गैर नेवार समुदायको पनि समानुपातिक प्रतिनिधित्व हुनेछ।

कुनै पनि गैर नेवारलाई उसको जाति, उत्पत्तिको स्रोत र धर्म संस्कृतिको आधारमा कुनै पनि किसिमको विभेद र अन्यापूर्ण व्यवहार नेवार राज्यबाट हुने छैन। नेवार राज्यभित्रका जनसंख्याको अनुपातमा कम मात्र संख्यामा भएका सबै जाति समुदायका मानिसहरुलाई अल्पसंख्यकहरुको अधिकार सुनिश्चित गरी उनीहरुलाई आवश्यक स‍रक्षण गरिनेछ।


नेवारभित्र समावेशीकरण

नेवार सा‍स्कृतिक धार्मिक भाषिक र क्षेत्रगत हिसाबमा अत्यन्तै बहुलता र विविधता भएको समुदाय हो। माइसंसार डट कम। आजको सन्दर्भमा यही बहुलता र विविधता नै नेवारहरुको एक विशिष्टता भएको छ। तर हिजोका दिनमा विविध कारणवश नेवारभित्र पनि जातको हिसाबमा लैँगिक अनि स्थानको आधारमा राज्यसत्ताको आधारमा विभेदपूर्ण व्यवहार भएको छ। ती कारणले गर्दा नेवारभित्रका कतिपय समुदायलाई राजनीतिक आर्थिक सामाजिक शैक्षिक र अन्य अवसरबाट वञ्चित पारेको यथार्थ आज हाम्रा सामु छन्। यिनीहरु सीमान्तकृत र बहिस्कृत भए। तर आजको नेवार राज्यसत्ताको अगाडि ऐतिहासिक कालमा भएका विभेद र अन्यायको शोधभर्ना स्वरुप र पछाडि पारिएका समुदाय र महिलाहरुको पहुँच नेवारहरुको अन्य समुदायको समान स्तरमा पुराउन नेवार स्वायत्त राज्यको तर्फबाट समानुपातिक र समावेशीकरणको विशेष नीति अपनाइनेछ। नेवार स्वायत्त राज्यको व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाका साथसाथै कुनै न कुनै रुपबाट पछाडि पारिएका वर्गहरु नेवार समुदायका अन्य नीति निर्माणको स्थानमा भनेर आरक्षण कोटाप्रणाली अपनाएर जानेछ र कतिपय स्थान र समयमा यिनीहरुको लागि सकारात्मक विभेदको नीति अपनाउनेछ।

समानुपातिक मान्यता अनुरुप पनि समावेशी हुन नसकेको कुनै समुदाय र वर्ग छुट्ने अवस्था भएमा उनीहरुको प्रतिनिधित्वको एउटा छुट्टै कानुनी व्यवस्था हुनेछ। साथै त्यस्तो समुदायको छुट्टै सं‍स्कृति परम्परा र रितिथितिको साथसाथै ऐतिहासिक महत्त्वको सम्पदा संरक्षण गर्न राज्यको तर्फबाट अत्यन्त ध्यान दिएर कार्य गरिनेछ।



प्रेम महर्जनले वाचन गरेको

नेवार स्वायत्त राज्यको सांस्कृतिक नीति
कला संस्कृति र सांस्कृतिक सम्पदा नेवार स्वायत्त राज्यलाई विश्वसामु विशिष्ट रुपमा पहिचान दिने ठूलो मार्ग मात्र नभई नेवार राज्यको आफ्नै किसिमको महत्त्वपूर्ण निधि पनि हो। नेवार पुर्खाहरुको सिर्जनशीलता र अद्वितीय सीपबाट उभ्याइएका कलाकृति नेपाल देश कै गौरवमय प्रतिमूर्तिको रुपमा रहेको छ। यस्ता कतिपय स्मारकहरु आज विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत भएको छ। यो नेवारहरुको लागि गौरवको कुरा हो। यसरी नै नेवार समाजले दिनदिनै आफ्नो जीवनमा अवलम्बन गर्दै आएको रितिथिति, संस्कृति र परम्परा उत्कृष्ट भए जस्तै त्यसभित्र उत्तिकै वैज्ञानिकता र मानव उपयोगी भावना अनि आदर्श समेटिएको हुनाले यसको महत्त्व आज पनि उत्तिकै रहेको छ।

नेवार स्वायत्त राज्यको तर्फबाट नेवारहरुको छुट्टै कला, संस्कृति सम्पदा र परम्परालाई जीवन्त राख्‍न त्यसलाई समय अनुसार परिमार्जन गर्न विशेष पहल गरिनेछ। नेवार समाजमा लोपोन्मुख अवस्थामा रहेको र लोप भइसकेका ज्ञान र सीपलाई पुनःउत्थान तथा संरक्षणका लागि राज्यले विशेष पहल गर्नेछ।

राष्ट्रिय महत्त्वले भरिएका साथसाथै स्थानीय जात्रा पर्वलाई निरन्तर सञ्चालन गर्ने, रोकिएका गुठीलाई नवीकरण गर्ने, पाटीपौवा मन्दिर चैत्य गुम्बा र मठ आदिलाई समय मै जिर्णोद्वार गर्नका लागि अक्षयकोष स्थापना गर्ने नेवार स्वायत्त राज्यको सांस्कृतिक नीतिको मूल उद्देश्य रहनेछ।

साथसाथै नेवार स्वायत्त राज्यभित्र रहेका गैर नेवार समुदायको धर्म संस्कृति र परम्परालाई सम्मान गर्दै उनीहरुको आस्था अनुरुप कामकारबाही सञ्चालन गर्न उपयुक्त वातावरण तयार गरिदिने नेवार स्वायत्त राज्यले आफ्नो दायित्व सम्झनेछ।

संस्कृति धर्म परम्परा र आस्थाको आधारमा कुनै पनि गैरनेवार समुदायलाई पक्षपात गर्ने काम नेवार स्वायत्त राज्यबाट कहिल्यै पनि हुनेछैन।

नेवार स्वायत्त राज्यको आर्थिक नीति
नेपाल देशभित्रका विभिन्न समुदायमध्ये आर्थिक क्षेत्रका गतिविधि पहिलेदेखि नै उत्तिकै सक्रिय रहेको एक मूल समुदाय नेवार हो। आफ्नो रोजगार र परम्पराअनुसार व्यापार र उद्योगको क्षेत्रमा नेवारहरुको महत्त्वपूर्ण स्थान छ। यसर्थ नेवारहरुले अपनाउने आर्थिक नीतिबाट स्वयं नेवारहरुलाई मात्र होइन, सम्पूर्ण नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्दछ। साथसाथै अन्तरदेशीय र अन्तर्राष्ट्रिय व्यापारमा पहिलेदेखि नेवार समुदायको ठूलो हात रहेको र त्यसको माध्यमबाट देशको कोष सुदृढ बनाउने कार्य भइरहेको तथ्यलाई स्मरण गर्दै नेवार स्वायत्त राज्यको आफ्नै किसिमको छुट्टै आर्थिक नीति अपनाइनेछ।

राज्यको कोषलाई समृद्ध बनाउने र त्यसको आधारमा राज्यभित्रका सकल नागरिकलाई सामाजिक सांस्कृतिक र आर्थिक रुपमा सम्पन्न बनाएर समाजमा भएका सबै किसिमका विभेद र शोषण अन्त्य गर्ने नेवार स्वायत्त राज्यको आर्थिक नीतिको मूल उद्देश्य रहनेछ। कृषि क्षेत्रमा आवश्यक सुधार गर्न वैज्ञानिक भूमि सुधारको उपयुक्त नीति अपनाउने र वैज्ञानिक भूउपयोग सम्बन्धी योजना बनाएर नेवार स्वायत्त राज्यमा अब बाँकी रहेका खेत र खाली ठाउँलाई वातावरण र नेवार सांस्कृतिक सम्पदा अनुकूल प्रयोग गर्न आवश्यक पहल गरिनेछ। साथै कृषियोग्य जमीनलाई संरक्षण गर्नका लागि विशेष पहल गरिनेछ।

उद्योग वाणिज्य र व्यापारिक क्षेत्रमा नेवारहरुमा ऐतिहासिक कालदेखि भएको ज्ञान र प्रतिष्ठाको आधारमा नेवार स्वायत्त राज्यको सुदृढ आर्थिक सम्मुन्नतिको लागि विशेष आर्थिक नीति बनाएर विशेषतः नेवार राष्ट्रिय पुँजीपति र उद्योगपतिहरुको संरक्षण र सम्वर्द्धन लागि आर्थिक नीतिले टेवा दिनेछ।

समताको सिद्धान्तमा आधारित वितरण प्रणाली र प्रगतिशील करको व्यवस्था गरी सामाजिक न्यायको बाटोमा राज्यका सम्पूर्ण कामकर्तव्य सञ्चालन गरिनेछ।



नेवार स्वायत्त राज्यको शिक्षा नीति
शिक्षा नै मानवीय विकासको मूल आधार हो अनि आधारभूत शिक्षा प्राप‌त गर्न पाउनु मानिसको नैसर्गिक अधिकार हो भन्ने विश्वव्यापी मान्यतालाई अंगिकार गर्दै नेवार स्वायत्त राज्यको तर्फबाट सम्पूर्ण दायित्व वहन गरिनेछ। योग्य र शिक्षित नागरिक बनाउने नेवार स्वायत्त राज्यको एक मुख्य उद्देश्य हो। यही नीतिलाई व्यवहारिक रुपमा सबल बनाउन र सफल पार्न नेवार स्वायत्त राज्यभित्रका बालबालिकालाई नेपालभाषा उनीहरुको मातृभाषाको माध्यमबाट अनिवार्य शिक्षा दिने कार्य हुनेछ। यसरी नै विद्यालयमा पढाइने गुरुवर्गहरु पनि मातृभाषाको माध्यमबाट शिक्षा प्रदान गर्न सक्षम बनाउनका लागि आवश्यकता अनुसार नीति तथा कार्यक्रम तर्जुमा गरी अगाडि बढाइनेछ।

नेवार स्वायत्त राज्यको क्षेत्रभित्र सबै गाउँस्तरमा मातृभाषामा पढ्न पाउने गरी प्राथमिक तहका विद्यालय पुर्‍याउने र नगरीय इलाकामा कम्तिमा पनि एउटा क्याम्पस स्तरको शिक्षण स‍स्था खोलिनेछ। यसैगरी समयको आवश्यकता अनुसार बहुल विधाका विभिन्न विश्वविद्यालयहरु संभाव्यताका आधारमा स्थापना गर्ने नीति तय गर्नेछ।

नेवार राज्यभित्रका नेवार अनि गैर नेवार समुदायको बीचमा आर्थिक सामाजिक र सांस्कृतिक एवं अन्य अवसरको अनुपातमा हिजोको राज्यसत्ताले पछाडि पारेकाहरु र विपन्न वर्ग समुदायका बालबालिकालाई शिक्षा सुलभ र सहज बनाउनका लागि सकारात्मक विभेदको सिद्धान्त अनुसार राज्यको तर्फबाट विशेष प्रयास हुनेछ।

शिक्षा क्षेत्रमा देखिएको निजीकरणको नाममा भइरहेको व्यापारीकरणको कारण समाजमा धनीहरुको बालक र गरीब बालबालिकाबीच शैक्षिक अवसर र स्तरमा उत्पन्न ठूलो अन्तरलाई समाप्त पार्न नेवार स्वायत्त राज्यको तर्फबाट विशेष पहल हुनेछ। साथै शैक्षिक क्षेत्रका संस्थागत व्यवस्थापनको अभिभारा सम्बन्धित स्थानका सम्बन्धित आदिवासी जनजाति समुदायको हातमा पर्नुपर्दछ भन्ने उद्देश्यले त्यसलाई सुहाउँदो कानुनी व्‌यवस्था राज्यले गर्छ।

नेवार स्वायत्त राज्यभित्र १० वर्षभित्र कोही पनि एक नागरिक निरक्षर नहोस् भन्ने उद्देश्यले प्रौढ साक्षरतालाई सर्वत्र सञ्चालन गर्नेछ। यसरी नै शिक्षित बेरोजगारीको समस्या उत्पन्न नहोस् भन्ने उद्देश्यले शिक्षालाई व्यवसायमूलक बनाउने र शिक्षित मानिसहरुलाई रोजगारको अवसर प्रदान गर्ने विशेष पहल हुनेछ।
थप फोटोका लागि नेवारले गरे आफ्नै राज्यको घोषणा




57 comments Print Email/Forward 4,504 views
57 comments to यस्तो पो रहेछ नेवाः राज्यको ‘राष्ट्रगान’
das
December 27th, 2009 at 2:31 AM · मुख फर्काउनुस्
Video मा नेपाली राष्ट्र गान लाई त पहिलो प्रथामिकता दियको मा नेवार बन्धु हरु लाई धन्यवाद / पहिले नेपाल अनि आफ्नो जाति एहि नै हो हामी नेपाली को पहिचान /
Lets be united what ever race or ethnics we are.

yesyeshakya
December 27th, 2009 at 3:18 AM · मुख फर्काउनुस्
दशरथ रंगशालामा खचाखच भरिएको मान्छेहरुको भिड हेर्दा एउटा कुरा अवश्य भन्न सकिन्छ कि दुइ-ढाई सय बर्षदेखि राज्यको एकात्मक सत्ताले थिचो-मिचो गरेको नेपालका बहुल जात,जाति,धर्म,भाषा,र संस्कृतिको कारण आज त्यति बिधि मान्छेहरु मुक्तिकोलागि लाम-लस्कर लागेका छन ! साथ साथै, हामि यसमापनि सावधान रहनु पर्छ कि अल्पसख्यकहरुको पूर्ण रुपमा समानान्तर बिकासकोलागिपनि राज्यले संबिधानमा ग्यारेन्टी गरोस !

कृष्ण गोपाल श्रेष्ठ बौचा, ख कि मखु ??????

गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 7 11
Barun Joshi
December 27th, 2009 at 3:21 AM · मुख फर्काउनुस्
चार किल्ला काहाँ काहाँ हो?

मन परे हरियो, नपरे रातोः 2 3
drishthi
December 27th, 2009 at 3:28 AM · मुख फर्काउनुस्
यो देश त् केटा केटि नै केटा केटि ले भरिए जस्तो लग्न थाल्यो केटा केटि को पुतली को खेल जस्तो घर घर मा संबिधान निर्माता ,घर घर मा संबिधान व्याख्याता पसल पसल मा नया राज्य अजब नेपाल को गजब कहानी मुर्खई मुर्ख हरु को देश रहेछ बा म र मेरो नेपाल
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 13 8
Deepak Kafle,New York
December 27th, 2009 at 3:29 AM · मुख फर्काउनुस्
क्या चाख लाग्दो कार्यक्रम रहेछ !!! Seems very Exhilarating .

मन परे हरियो, नपरे रातोः 2 7
badaka tharu
December 27th, 2009 at 3:38 AM · मुख फर्काउनुस्
माओबादी ले उठाएको कुरा ठीक साबित हुदैछ / बधाई छ हाम्रा नेवा समुदाय लाइ
बड़का थारू

मन परे हरियो, नपरे रातोः 3 12
santosh neupane
December 27th, 2009 at 3:56 AM · मुख फर्काउनुस्
अब चाही राजधानी मा अरु जातिको अधिकार नरहने भयो होइन ?गर्नु गर्यु माओबादी जातियता ल्याएर .अब प्रथिवी नारायण शाह को पालामा देस कस्तो थियो भन्ने कुरा आब क पिडी ले देख्न पाउने भय धन्य नेपाली जनता
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 10 9
udgam, london
December 27th, 2009 at 4:20 AM · मुख फर्काउनुस्
जातियता को आधारमा राज्य घोषणा भयो ,आज आफ्नो देश भित्रै एउटा नेपाली पराइ भयो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 14 12
ankit
December 27th, 2009 at 4:23 AM · मुख फर्काउनुस्
नेपाली हरु बहुलाको देखेर आचाम्मा लग्यो!!!!माओबादी ले देश खत्तम पर्यो!! अब हामी कहाँ जानी ???हाम्रो देश त छैन त
!!!!!
म १७ pusta देखि काठमाडौँ उपत्येका मा बसेको बाहुन मान्छे अब कहाँ जानी???
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 15 6
shyam
December 27th, 2009 at 4:27 AM · मुख फर्काउनुस्
hang all those people who try to divide nepal and break its unity in diversity…….all those people attending the ceremony are traitors…….

मन परे हरियो, नपरे रातोः 5 3
sargam, london
December 27th, 2009 at 4:28 AM · मुख फर्काउनुस्
अब त सान्ती होला कि देश मा भन्ने लागेको तर जतियता को आधारमा राज्य छुटटाए,पछी अब त झन जात को आधार मा दन्द हुने भयो

मन परे हरियो, नपरे रातोः 9 4
Rajendra
December 27th, 2009 at 4:30 AM · मुख फर्काउनुस्
गर गर , छुटै राष्ट्र मात्र किन देश नै घोसणा गर . सयै नेपाली हरु मरेर बनको एउटा
देश टुक्रा टुक्रा गर …..अब त्यो दिन धेरै टाढा छैन , हत्या अनि हिम्सा हाम्रो प्यारो नेपाल लाई सखाब बनाउछ धोति ले अब नेपाल लाई आफ्नो बनाउने सपना पुरा हुदैछ अनि तेसमा हाम्रो नेताहरु को साथ् दिदैछन् सोझा नेपालीहरुले इश्वोर , अब नया नेपाली जन्माउदा एउटा देसप्रेमी जन्माउ, राज्यप्रेमी होइन , देसलाई लाई मर्ने नेपाली हैन .

इश्वोर , मेरो देस बचाऊ

मन परे हरियो, नपरे रातोः 5 3
samir shrestha,germany
December 27th, 2009 at 4:36 AM · मुख फर्काउनुस्
मज्जा आयो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 13 80

madan bajracharya
December 27th, 2009 at 5:30 AM · मुख फर्काउनुस्
समिरजी
होजो किरात राज्य बने, आज नेवार राज्यको घोसना गरिए/ यो मात्र तराईमा भोलि एक मधेश राज्य घोसना गर्ने बाटो खोलाएको हो/ एक मधेश राज्य घोसना गरेको दिन देखि तराईमा बाकि बसेको सबै नेपाली लगारिने छन्/ अनि पर्सि मधेशमा जनमत गरि भारतमा बिलिन हुने घोसना गर्ने छ / तव अहिला नेवार राज्य बनेको मा मज्जा आएको मोल तिर्नु पर्ने छ/

नेवारहरुले बा अरु जात जातिले नै बिद्रोह गरेर नेवार तथा किराती तथा लिम्बु राज्य बनाईरहेको होयिन/ यो जात जातको राज्य बनाईरहेको तिनै मधेस बादी सिट तराईलाई एक मधेस बनाउने भनि सम्झौता गर्नेहरुले नै हुन/ तेसैले म जात जातिको राज्य बनाएकोमा खुसि हुनु पर्ने कुनै कारण देख्दिन/

म पनि नेवारनै हूँ/ तर मधिसे बादी लाई देस टुक्राउन बाटो खोल्न मधेस बादीहरुले उकसायेर घोसना गरेको नेवार राज्यको समर्थन गर्न सक्दिन/

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 130 16

Deepak
December 27th, 2009 at 6:43 AM · मुख फर्काउनुस्
मदन जी,
“मधिसे” भन्ने वोर्ड कहाँ बाट आयो तपाइको मुखमा? मधेसमा बस्ने लाई मधेसी भनिन्छ..तपाई जस्तो मान्छे हरुले नै मधेसी हरुलाई मदिसे भनेर हेपेको कारणले आज मधेसीहरु यस्तो लडाई लड़दैछान..त्यसैले सबै जात जाती लाई सम्मान नजरले हेर्न सिक्नुस..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 18 45

madan bajracharya
December 27th, 2009 at 9:25 AM · मुख फर्काउनुस्
दीपकजी/

तपाईं आफुलाई तराई बाशी भन्नुस तराईको लागि आवाज उठाउनुस सबै नेपाली ले साथ् दिनेछ/ तपाईं तराई मुलको हुँदैमा तपाईं मधेसी कसरि भए? मधेसी भनेको बिदेसी यानी कि बिहारीहरू हुन्/ बिहारलाई मधेश भनिन्छ तराईलाई होयिन/

तराईका थारु भोजपुरी मैथिली त् मधेसी होयिनन/ रामायण नै पल्टाउनु जनकपुर लाई मधेश भनिएको छैन, महाभारतमा बिरातनगरलाई मधेश भनिएको छैन, लुम्बिनीलाई मधेश भनिएको छैन, र ती थाहूँ हरु आज सम्म कुनै भारतको राजा बादशाहको राज्य पनि बनेको छैन/ अब ती थाहूँहरुलाई, त्याहाँ को बासिन्दाहरुलाई जय कृस्ण गोएत का मतियार हरुले भन्दैमा मधेश तथा मधिसे हुन्छ र?

भारतीय भूगोल अनुशार बिहार मात्र मधेश हो/ उहिले इस्ट इंडिया सिट भएको सम्झौता र तेस्पछी १९५०को भारत सिट भएको सन्धि अन्तर्गत बिहार मा नेपाली हरुलाई भारतीय सेनामा भर्ति गर्ने केन्द्र खोलिएको थियो/ नेपाल बात कुनै नेपाली त्यो बिहारको भारतीय सेना भर्ति केन्द्रमा गए भने तिनीहरु मधेश गएको भनिन्नछ/ जव कुनै भारतीय नेपालमा आउँछ भने मधिसे आए भन्छ/ मधिसे भनेको सब्द गालि होयिन मात्र विदेश बा बिदेसी जनाउने सब्द हुन्/

अब १९५०को सन्धि अन्तर्गत भारतीय हरु नेपाल बसोबास गर्न पाउने भए पछी बिहारीहरू तराईमा बसोबास गर्न थाले, पछि नागरिक पनि बन्दै आए/ नेपाली नागरिकता पाएका बिहारी आप्रबाशीहरु मधेसी मुलको नेपाली भए/ तर थारु त् थारुनै हुन्, भोजपुरी त् भोजपुरिनै र मैथिली मैथिलिनै/ तिनीहरु मधेसी होयिनन बरु ठेट तरायिबाशी हुन् र त्याहांका आदिबाशी हुन्/

दीपकजी नेपालको तराई लाई मधेश भनेर नेपालका आदिबाशी तराई बाशिलायी मधेसी भनेर तपाईं जस्ताले नेपालमा बवाल मचायिरहेको हो मा जस्ताले होयिन/म जस्ताले तराईका आदिबाशी हरुले हामि मधिसे होयिन हाम्रो तराई मधेश होयिन भनेर आन्दोलन गरिरहेको तराई बाशी नेपालीको आन्दोलन लाई समर्थन मात्रै गरेको हो/

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 32 10

Deepak
December 27th, 2009 at 12:21 PM · मुख फर्काउनुस्
मदन जी,
आफ्नो कुरालाई ठिक छ भनेर जिद्दी गर्नु ठिक होइन. तपाई ज सुकै भन्नुस तर मधेसी लाई मदिसे कहिले पनि नभान्नुस..अरुलाई अपमान किन गर्नु हुन्छ.. अनि अर्को कुरा क भने यदि तराई मधेस होइन भने तराई को मान्छे लाई नै किन मधेसी भन्छन? काठमाडौँ मा मैले आफै देखेको छु तराई मुलका नेपाली दाजु भाईलाई भैया, मदिसे आदि भनेर हेपेको..अनि त्यसरी हेप्ने मा हामी जस्ता नेवार हरु पनि प्रसस्तै छन्.म पनि एक नेवार हो तर जब कसैले मेरा साथी हरुलाई त्यसरी हेपेको देख्छु नि तब मलाई आफ्नै जात देखि घृणा लाग्छ..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 6 13
abinit gurung
December 27th, 2009 at 11:04 AM · मुख फर्काउनुस्
दीपक जी यो कुरा त्यो कुरा संग मिल्दै मिल्दैन

मन परे हरियो, नपरे रातोः 8 3
द्रोण
December 27th, 2009 at 8:37 AM · मुख फर्काउनुस्
मदंजी
१०० प्रतिसत साचो कुरा हो फेरी अर्को अचम्म ,नेपाल मा तेत्रो समय राज गरेका बाहुन ,छेत्री लाइ राज्य न छुटाउनु उनीहरुलाई अब यसै पनि नेपाल को दोस्रो दर्जाको नागरिक हो,इन्डिया तिर ढल्की भन्न खोजेको हो यहा ठुलो जालझेल छ
तैपनि नेवार हरु नेपाल कै पहिचान,र संगठित शक्ति भएको हुनाले नेवार बलियो हुदा नेपाल र नेपालित्वा बलियो नै हुन्छ
तराइ को दाजुभाई हरु झन् इन्डियन फ्लो को प्रत्यक्ष्य रुप मा पिडित हुने हुदा उहाहरु एक हुनु पनि झनै जरुरि पो देख्छु है म त् ?
तर म लाइत हिजो को १४ अंचल पचहत्तर जिल्ला ,हिमाल पहाड तराइ नै राम्रो लाग्छ,बरु सबैमा बिहेबारी चलाउने,जात पात हटाउने ??

मन परे हरियो, नपरे रातोः 10 1
बिनोद तिमिल्सिना,धरान
December 27th, 2009 at 8:48 AM · मुख फर्काउनुस्
दलित,शोषित र पिडित जातिको जातीय मुक्तिको नारा भजाएर सिमित मान्छेहरु क्षेत्रीय स्तरमा देशलाइ टुक्रा टुक्रामा विभक्त गरेर लुछ्ने दाउमा छन्!
हैन राम्रो उदेश्य भए वास्तविक दलित र शोषितहरुको राज्य कहाँ छ,कसले घोषणा गर्यो र कुन पार्टीको मस्यौदामा छ?५० लाख को छुट्टै राज्य नहुने १०/१२ लाखको चाही छुट्टै राज्य,छुट्टै राष्ट्रगान छुट्टै झन्डा हा हा हा … हा हा हा ….हा हा …. हा हा ………………..कस्तो हास उठ्दो …….

मन परे हरियो, नपरे रातोः 5 3
Ram
December 27th, 2009 at 8:29 AM · मुख फर्काउनुस्
नेवा राज्य भित्र प्रमुख बोलचालको भाषा पनि नेवा भाषा अरे , नेवा राज्य को झन्डा ले पनि नेवारी संस्कृति, धर्म, झल्कने अनेक कुराहरु बुझौछा रे , अनि कहानेर अरु जातिले सम्मान र पहिचान पाउने हो तनि. अब नेपाल मा गृह युद्द मच्चिन धेरै समय लाग्दैन .

मन परे हरियो, नपरे रातोः 7 7
udgam, london
December 27th, 2009 at 4:41 AM · मुख फर्काउनुस्
जातीयता का आधारमा राज्य घोषणा भयो,आज एउटा नेपाली आफ्नै देशमा पराइ भयो ।

मन परे हरियो, नपरे रातोः 4 6
pradhan
December 27th, 2009 at 4:46 AM · मुख फर्काउनुस्
यो घोसना ले नेवार समुदाय को संस्कृति तथा भाषा को जर्गेरना हुने भयो.

मन परे हरियो, नपरे रातोः 6 7
sudeep
December 27th, 2009 at 4:51 AM · मुख फर्काउनुस्
ज मान लग्यो त्येही गर्छन काम छैन साला माओबादी हरु को….एती सानो हाम्रो देश लै पनि टुक्रा टुक्रा परेर छाड्ने नै भए

मन परे हरियो, नपरे रातोः 4 3
lyapche
December 27th, 2009 at 4:52 AM · मुख फर्काउनुस्
लौ अब जस जसले जे जे घोषणा गरे नि गरे हुन्छा . जसलाई जे गर्न पनि छुट छ . बर्षे भरि गाइजात्रा हुने भयो .

मन परे हरियो, नपरे रातोः 5 1
Dev
December 27th, 2009 at 4:56 AM · मुख फर्काउनुस्
म जातियता,धर्म र बसोबासको आधारमा हाम्रो जस्तो सानो देशको राज्य विभाजनको कल्पना पनि गर्न सक्दिन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 93 10
Krishna Thapa Magar
December 27th, 2009 at 5:15 AM · मुख फर्काउनुस्
नेपाल को अन्त्य हुन शुरु भयो बधाई छ सबै लाई . जय कोसोवो जय सर्बिया तिमीहरुकै शरणमा आउंदै छौँ .

मन परे हरियो, नपरे रातोः 7 2
krisshna
December 27th, 2009 at 5:45 AM · मुख फर्काउनुस्
बिनास काले बिपरित बुद्धि

मन परे हरियो, नपरे रातोः 5 2
Sarina
December 27th, 2009 at 5:46 AM · मुख फर्काउनुस्
समाचार सुनेर अति खुसि लाग्यो . सबै जनजाती येसरी नै आफ्नो ठाउं बनाउन लागेमा नपाल सुन्दर बन्नेछ

मन परे हरियो, नपरे रातोः 5 9
Bhesh Raj Sharma
December 27th, 2009 at 5:52 AM · मुख फर्काउनुस्
के गर्या यस्तो अब त नेपाल भन्न पनि लाज लाग्न थाल्ने भो . न कुनै नियम न कुनै कानुन जसले जे गरेपनि हुने. यस्तै हो भने अब सोचौ त नेपाल मा कति राज्य को घोषणा होला…अनि के होला हाम्रो देशको भबिष्य

मन परे हरियो, नपरे रातोः 5 4
tulsi
December 27th, 2009 at 6:23 AM · मुख फर्काउनुस्
यो स्वायत्त राज्य भन्ने जात्रा रोकौ /सम्रिधा शक्ति शाली नया नेपालको निर्माण गरौ /

मन परे हरियो, नपरे रातोः 5 4
Bikal Shrestha
December 27th, 2009 at 6:25 AM · मुख फर्काउनुस्
नेवा स्वयेत्ता राज्य घोषणा गरेको खबर सुन्दा कता कता खुसि पनि लागेको थियो/ किनभने देश विकास हुनको लागि संघिय प्रणाली बाट गयो भने सजिलो हुन्छ भन्ने लाग्छ मलाई पनि तर हाम्रो देश नेपाल संघिय प्रणाली बाट जान सक्ने स्थिति मा देख्दिन र आबस्यकता पनि ठान्दिन किनभने हाम्रो देश निकै सानो छ यदि हाम्रो देशका नेता भनौदा हरु इमान्दार हुने हो र हामी सम्पूर्ण जनता सजग भयर अगाडी बढ्न सक्योउ भने देश विकास गर्न निकै सजिलो हुन्छ तेसैले हामी आ आफ्नो जति धर्म अनुसार देश तुक्र्युना तिर होइन सबैले मेरो देश होइन हाम्रो देश भनेर अगाडी बढ्न पय कस्तो राम्रो हुनेथियो होला /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 27 7

madan bajracharya
December 27th, 2009 at 9:35 AM · मुख फर्काउनुस्
बिकल्जी

आज नेवार लगाएत जनजातिले राज्य घोसन गरेको पनि नेवार नेताहरुको पहलमा होयिन/ किन जात जातिको राज्य आज सम्म जात जाति दवाई आएकाले नै गरे? के उनीहरुको बिचार बदलिएको हो? पक्कै होयिन/ एस भित्र ठुलो रहस्य लुकेको छ/

म नेवार भए पनि नेवारको राज्य घोसना गरेकोमा मलाई खुसि लाग्दैन/ किन भने आज जनजातिलाई दवाये भनि उनीहरुको आफनी राज्य चाहिने भनेर उकासेको नेपाल भित्र को ले होयिन/ भारत् र तेस्का तत्तुहरुले गरेको हो/

देस संघियेता मा जानु पर्ने हो तर नेपालीले नेपाल बनाउन संघियेता जानु पर्ने भनि आवाज उठाएको भए राम्रो कुरा थिए/ तर आज जनजातिलाई उठाएको तराईमा मधिसे राज स्थापना गर्ने बाटो खुलाउन मात्रै हो/

तराईमा तराई राज्य मात्रको कुरा भए त्यो पनि ठिक थियो तर तराई लाई एक मधेस बनाउन खोज्ने हरु तरायिलायिनै भारतमा मिलाउने षड्येंत्र गरेर तराईलाई मधेश बनाउन खोजेको हो/ प्रमाण चाहे जति पनि छन्/

येही कारणले म अहिले जात जातिको राज्य घोसना गर्नु उपयुक्त मान्दैन/ पहिले तराईको समस्या सुल्झाउनु पर्छ/ तराईमा मधिसे बाहेक अनेकौं जनजातिहरु छन्/ तराईका थारु लगाएतले तराई मधेश होयिन र थारुहरु मधिसे होयिन भन्दै छ/ उनीहरुको अस्तित्वोको जगेर्ना गर्नु छ/ बिहार बात बसयिसरेर आएका आफुलाई मधेसी भन्ने हरुको माग मानेर नेपालका तराई बासि सबैलाई मधिसे बनाउने कुरा नितान्त गलत हो/

मैले माथि लेखे कि जन जाति को राज्य जनजातिकै पहल मा घोसना गरेको छैन/ जसले घोसना गरे तिनीहरु मधेसी बाद सिट लहसिएका छन् बिकेका छन् र मधेश बाद भित्र ठुलो षड्येंत भएको देखाउंछ/

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 20 5

Gongbu
December 27th, 2009 at 11:09 AM · मुख फर्काउनुस्
मदनजी,
तपाइको विचारको कदर गर्दै मना लाग्या कुरा पोख्न लागिरहेछु भुल भए माफी
उपत्यकामा बिशेष तीनै शहरमा नेवार सम्प्रदायको उदियमान र धनी संस्कृति, भाषा
र परम्परा ज्वाजल्यमान रहिआएको छ जुन सम्पूर्ण नेपालीहरुले गर्व महसुस गरेका
छन् अरु कतिपय जात जातिको तुलनामा बिभिन्न क्षेत्रमा संगठीत नेवार सम्प्रदाय
अग्रिम पंक्तीमा छन् अरुले स्याल हाउ गरेर करायो भन्दैमा आफु पनि हाउ गरेर
कराउनु भनेको आफ्नु स्यालपन देखाउनु हो कि? राष्ट्रिय मूल धारमा नेवार सम्प्रदायको राजनैतिक पहिचान, सलग्नता र उल्लेखनीय योगदान पनि छदैछ ब्यापार बाणिज्य, कला संस्कृति, भाषा साहित्य साथै राजनीति र प्रशासनमा पनि उल्लेखयोग्य प्रतिनिधित्व भएकै हो

मेहनती, बुद्धिजीवी, कर्मजीवी र संस्क्रितिप्रेमी नेवारहरु भावनात्मक रुपमा पनि अरु हेरी उपत्यका भित्र संगठीत नै छन् उर्जा बिशेसग्य रत्न सन्सार श्रेष्ठजीले समय समय आफ्ना लेखहरु मार्फत यी राज्य र प्रदेशहरुको सिर्जनाले केहि फायदा नगर्ने बरु बिस्तृत रुपमा नेपालभरी ब्यापार र कामकाज गर्दै भोगी आइरहेकाहरुलाई छुट्टै छुट्टै प्रदेशहरुको सीमांकन भित्र काम गर्नु पर्ने भएकोले सीमित गराउने सम्भावना औल्याएका छन्
उपत्यकाका जिल्लाहरुमा भनौ नेवारहरुले धेरै हद सम्म स्वायत्तता प्राप्त गरेका छन् माओवादीको हाउ लाइ नकल गरेर अरु दलले पनि हाउ गरे वा गर्न खोजिरहेका छन् अरु कतिपय कम बिकशीत वा सीमान्तकृत जात जातिले मुलुकमा संघिय व्यवस्था अन्तर्गत स्वायत्त शासनको चाहना राख्नु बिकाशमा अग्रसर रहने माद्यम खोज्नु भन्ठान्छु प्रत्येक जातिलाई आफ्नु आत्मा निर्णयको अधिकार छ तर नेवार सम्प्रदायलाइ स्वायत्त गणराज्यले गुणात्मक रुपमा के कसरी फायदा गर्ला त्?

मन परे हरियो, नपरे रातोः 3 2