Like

Sunday, October 17, 2010

बिजया दशमी २०६७ का अबशरमा सामुहिक टीका जमरा कार्यक्रम,तेलअभिब,बृतचित्र

यस वेभ पत्रिकाकै बिशेष सक्रीयतामा प्रबासी भुमीमा समेत नेपाली धर्म र सँस्कृती बचाएर राख्ने एउटा नमूना कार्यक्रम अन्तरगत
बिजया दशमी २०६७ का अबशरमा गुरू अमृत पण्डीत ज्यू तथा अन्य मान्यजनहरूबाट टीका शुबार्षीबाद प्रदान गरिदै.....
बृतचित्र (भाग एक)


भाग दुइ (बृतचित्र)


भाग तिन (बृतचित्र)

Thursday, September 16, 2010

महरा टेप प्रकरण-के हो त रहस्य ?भिडियो हेर्न को लागि क्लिक गर्नुहोला !

महरा टेप प्रकरण-के हो त रहस्य ?एकीकृत नेकपा माओवादी इतरका दलहरुले महरा टेप प्रकरणको न्यायिक छानविनको माग गरेका छन्। लामो समयपछि व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा एमाले र काँग्रेसका सभासद्हरुले टेप प्रकरणले सार्वभौम संसदको इज्जतमा कालो धब्बा लगाएको दावी गरेका थिए। प्रतिउत्तरमा एकीकृत माओवादीले भने राष्ट्रियता कमजोर बनाउन अदृश्य केन्द्रबाट षडयन्त्र भइरहेको दावी गरेको थियो।
विशेष समयमा माओवादी संसदीयदलका उपनेता नारायणकाजी श्रेष्ठले माओवादीले चिनिचाँ अधिकारीसँग कुनैपनि प्रकारको टेलिफोन बार्ता नभएको दावी गर्नुभएको थियो। नेपालका नेताहरुको टेलिफोन रेकर्ड राष्ट्रियतामाथी गम्भीर कुठाराघात भएकोले त्यसको गम्भीर छानविन गर्नुपर्ने श्रेष्ठको माग थियो। उहाँले टेप प्रकरणलाई राजनीतिक प्रोपोगाण्डाको बिषय नबनाउन अन्यदलसँग आग्रह गर्नुभएको थियो।
नेपाली काँगे्रसका मुख्यसचेतक लक्ष्मणप्रसाद घिमिरेले टेप प्रकरण नेपालको संसदीय इतिहासमा सर्वाधिक लज्जाको बिषय भएको बताउनुभयो। महरा टेप प्रकरणले संसदको मानहानी र अबमूल्यन गरेको भन्दै उहाँले न्यायीक छाननिव आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो।
त्यस्तै, नेकपा एमालेका प्रदीप ज्ञवालीले टेप प्रकरणवारे न्यायीक आयोग गठन गरेर छानविन गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो। टेप प्रकरण सही भए विदेशी माफीयाँको पैसावाट बन्ने सरकारले शान्ति, संविधान र राष्ट्रिय स्वाधिनताको रक्षागर्न नसक्ने बताउनुभयो।
त्यसैगरी, सदभावना पार्टीका अनिल झा, नेकपा मालेका सीपी मैनाली लगायतले महरा टेप प्रकरण छानविन आयोग बनाउन माग गरेका थिए। 



Part-1



Part-2

Mero Jindagi Mero Biswas -Sept 16, 2010

Mero Jindagi Mero Biswas Sept 16, 2010



August 3 2010




July 24 2010

Tuesday, September 14, 2010

Maha Jodi Pathshala September 14,2010 (New)

Part-1 (Sept14,2010)



Part-2 (Sept14,2010)

Monday, September 13, 2010

संविधानसभाका ६०१ जना सभासद्हरुलाई प्रमुख जिल्ला अधिकारीमार्फत् साडी, ब्लाउज, चुन्नी, सिन्दूर सहित श्रृङ्गार सामान, चुरा पठाइयो

महिला फोरम, नवलपरासीले सभासद्हरुलाई महिलाले लगाउने कपडा र श्रृङ्गारका सामग्री पठाएका छन्। महिला फोरमले प्रमुख जिल्ला अधिकारीमार्फत् साडी, ब्लाउज, चुन्नी, सिन्दूरसहित श्रृङ्गार सामान संविधानसभामा प्रतिनिधित्व गर्ने ६०१ जना सभासद्का लागि पठाएको हो। प्रत्येक राजनीतिक दलको नेतृत्व पुरुषले गरिरहेको र संविधानसभामा पनि पुरुषको वर्चस्व हुँदाहुँदै पनि संविधान निर्माणप्रति इमान्दार र सक्रिय नरहेकाले महिलाले प्रयोग गर्ने सामग्री पठाइएको महिला फोरमले जनाएको छ। जनताले संविधान निर्माण गर्नका लागि चुनेर पठाएका सभासद्ले सत्ताको लोभमा मात्र लागेकाले महिला फोरमले प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै संविधान निर्माण गर्न नसके राजीनामा दिन माग गरेको छ।