इजरायलमय नेपाल…(सत्य घटना)आफ्नो मातृभुमी लाई हेँला गरेर म आज भन्दा ६ बर्ष अगाडि पर्देश हेलिएको हुँ धेरै पैसा बटुल्ने दुस्साहस् बोकेर यो यहुदी मात्र को देश इजरायल । मैले बिदेश जान्छु भन्दा मेरो घरमा असहमती को पहाड नै खनिएको थियो तैपनी आफन्त र साथीभाइ को सहयोग ले म यहाँ सम्म आएको थिए। यहाँ आएपछी लाग्यो कि आफ्नै देश मा दस नङ्रा खियाउनु एक्दमै उतम रहेछ । किनभने मैले तेस्को लागि मोटो रकम डा. रामलाइ पे गरेको थिए आफ्ना इस्टमित्र अनी साथीभाइ सबै सँग रीण काढेर । त्यही सम्झेर म यहाँ जसो तसो बस्न वाध्य थिएँ। त्यती बेला साँढे दुई लाख पैसा तिरेर सामान्य हिब्रु भाषा सिकेर म यहाँ आएको थिएँ।तर अहिलेको समय निकै परिवर्तन भइसकेछ। काठमाडौं का पत्र-पत्रीका हरु देखी लिएर प्रत्येक् टोल्-टोल इज्रराएल मय भैसकेको रहेछ । जहाँ देख्यो इस्रएल खुल्यो हिब्रु भाषा सिकाउने रे। अनी इज्रराएल जान को लागि ६-७ लाख रे। ओहो त्यो रकम भनेको यहाँ आएर राम्रो काम भेट्यो भने १ बर्ष को कमाइ हो हैन भने २ बर्ष मा पनि त्यो पैसा उठाउन गाह्रो हुन्छ। र तेतिकै मा भाषाको समस्या ले नेपाल फर्केका पनि धेरै छन,मानसिक तनाबले गर्दा कत्ति त पागल भएर इजरायलका अस्पताल भर्ना पनि छन्। हालसम्म २ पुरूष र २ महिला नेपाली कामदारहरूले इजरायलमा अकालमा ज्यान गुमाइसकेका छन् तर यी तिता बास्तबिक्ता मैले नलेखिरहन सकिन तर यहि सत्यतालाइ नेपाली म्यानपावर र दलालहरूले ढाँटेर इजरायलबाट पछि अन्य पश्चिमी युरॊपीयन देशमा जान सजिलै सकिने समेत प्रलॊभन देखाइ सिधा नेपालीहरूलाइ इजरायल प्रति लालाहित तुल्याइ रहृका छन् यी सरासर कानून संगत भएन तर यस्कॊ बिरूद्दमा खै कस्ले बिचार गर्ला ? के यी मेरा सत्य लेखप्रति नेपालका सम्बन्धित निकायहरूले नियालेर अध्यन गर्लान त ?डेढ बर्ष अगाडी नि यस्तै बिकराल समस्याले नेपाली कामदारहरूलाइ इजरायलमा काम गर्ने भिसा दिन प्रतिबन्धित गरेकॊ थीयॊ तर पुनः इजारयलमा नेपाली कामदारलाइ वर्क परमीट खुल्यॊ तर कमिसनकॊ चर्काइले र यहाँ भित्री सकेका नेपालीहरू सबैले काम नपाइरहेका अबश्था सत्यताले गर्दा पुनः नेपाली कामदारहरूका इजरायलमा बिजॊग हुने कुरामा कसैका दुइमत नहाेला ।अब प्रसँग बदलु! अस्ती मात्र म नेपाल पुगेर फर्केकी। मलाई एउटा म्यानपावर ले बहिनी मेरोमा २-४ दिन हिब्रु सिकाउन आइदिनु पर्यो भनेर आग्रह गर्नु भयो मैले हुन्छ भने अनी तेती हुँदाहुँदै २-४ जना शिक्षक सँग मेरो परिचय भयो जो इज्रराएल मा केही समय बसेर फर्केक हुनुहुन्थ्यो। जस्लाई त्यो देश को मुद्रा लाई के भन्छ भन्ने पनि थाहा थिएन। एउटा हिब्रु गाईड वा कम्प्यूटरबाट झीकिएका सिलेबस लाई आधार मानेर उहाँ हरु ले सिकाउनु हुदो रेछ जुन एक्दमै गलत थियो ।
object height="344" width="425">
No comments:
Post a Comment