
१९७१ मा जन्मिकी ३९ बर्षिय गुरुङ बिगत २ महिना अघिदेखि अस्वस्थ हुनुहुन्थ्यो भने उहाँले आफू काम गरिरहेको इम्प्लोयरको घरबाट नै उपचार गराइराख्नु भएको थियो तर गत बुधबार एक्कासी मुटु दुख्न थालेपछि घरायसी उपचारले संभव नहुने देखी घरमालिकको सहयोगमा रमतगानको तेलासुमेर अस्पत्तालमा पु-याइएको थियो । अस्पत्तालमा पु-याएको ४ दिन पछि शनिवार विहान करिव ८ बजे उहाँको निधन भएको मृतक गिता गुरुङकी वहिनी रिता गुरुङले जानकारी दिनुभयो ।
मृतकको लासको पोष्ट मोर्टम रिपोर्ट नआएकोले मृत्युको कारण खुल्न सकेको छैन । हाल मृतकको लास रमतगानको तेलासुमेर हस्पिटलको हार्ड सेन्टर बिल्डिङमा राखिएको छ भने पोष्टमार्टम पश्चात लासलाई नेपाल पठाउने वताइएको छ ।
काठमाण्डौको भाटभटेनी अवस्थित पायोनियर मेनपावर कम्पनीबाट इजरायल प्रबेश गर्नूभएकी मृतक गिता गुरुङ हाल इजरायलको उत्तरी भेगमा अवस्थित नतानिया शहरको प्रदेशिया अन्तर्गत चुर्मुसी रोडमा कार्यरत हुनुहुन्थ्यो ।
यस बारे सम्पूर्ण जानकारी आइनसकेकोले मृतकको आइतवार विहान पोष्टमार्टम भइसकेपछि थप जानकारी गराउने छौ ।
No comments:
Post a Comment