Like

Showing posts with label शीफारीस. Show all posts
Showing posts with label शीफारीस. Show all posts

Tuesday, January 27, 2009

राजदूत सिफारिस प्रक्रिया सुरु

राजदूत सिफारिस प्रक्रिया सुरु





काठमाडौं, माघ १४ - सत्तारूढ माओवादी र मधेसी जनअधिकार फोरमबीच भारत, अमेरिका, पान्स र जर्मनीमा राजदूत नियुक्तिबारे छलफल सुरु भएको छ ।
परराष्ट्र मन्त्रालयले राजदूतको टुंगो एक साताभित्र लाग्ने दाबी गरे तापनि भारतका लागि सहमति हुन बाँकी रहेकाले थप समय लाग्न सक्ने स्रोतले बतायो । माओवादीले भारत र अमेरिका आफूले पाउनुपर्ने दाबी गरे पनि फोरमसँगको छलफलमा अमेरिका छाड्नसक्ने संकेत दिएको छ । फोरमले पनि दुवै देशका लागि दाबी गरेको छ । 'कम्तीमा दुई देशमा फोरमले पाउनुपर्छ भन्ने हो,' फोरमका विदेश विभाग प्रमुख श्यामानन्द सुमनले कान्तिपुरसँग भने, 'हामीले हालसम्म राजदूत नपाएकाले दाबी स्वाभाविक छ ।'माओवादी विदेश विभागले भने भारतका लागि माओवादी केन्द्रीय सदस्य राम कार्की र पान्सका लागि मनोजजंग थापाको नाम सिफारिस गरेको छ । 'हाम्रो दाबी दुवै देशको राजदूत पाउनुपर्छ भन्ने हो,' विदेश विभाग प्रमुख सीपी गजुरेलले भने, 'एउटा छोड्ने स्थिति आयो भने अमेरिका छोड्छौं, भारतको राजदूत हामीले लिन्छौं ।'

पान्समा यसअघि पनि माओवादीका तर्फबाट नाम प्रस्ताव भएको तर 'एगि्रमो' नआउँदा रोकिएकाले माओवादीलाई नै दिनुपर्ने तर्क फोरमको छ । माओवादीले त्यसबेला पम्फा भुसाललाई सिफारिस गरेको थियो ।