Like

Showing posts with label Amrit Israel. Show all posts
Showing posts with label Amrit Israel. Show all posts

Thursday, July 16, 2009

नेपाली दूतावास इजरायलद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपाली दूतावास इजरायलद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न


१२ जुलाइ २००९
अर्जुन जयसवाल
(arjunjaisawal@yahoo.com)
तेल - अवीव , इजरायल


१२ जुलाईको साँझमा नेपाली दूतावास इजरायलले बिभिन्न राष्ट्रका कुटनैतिक प्रतिनिधिहरुलाई आमंत्रण गरी, सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ | रूपा घिमिरेले निर्देशन गरेकी 'झण्डा यो झण्डा' गीतको बोलमा नेपाली झण्डा बोकेर दौरा सुरुवाल, बिभिन्न जात जातीका सास्कृतिक पाहिरणमा झण्डाको गुणगान गर्दै सांस्कृतिक कार्यक्रमको सुरुवात भएको थियो | तेलअवीव स्थित पॉँच तारे होटल शेराटोनमा नेपाली र बिभिन्न राष्ट्रका कूटनैतिक प्रतिनिधिहरु गरी २०० जना अतिथिहरुको लागी आयोजना गरिएको यो पहिलो सांस्कृतिक कार्यक्रममा इजरायलमै कार्यरत नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्काउने नृत्य र गीत प्रस्तुत गरेका थिए | दिनेश प्रसाईंद्वारा संचालित उक्त सांस्कृतिक साँझमा कलाकार देवकी ढकालको कुमारी नृत्यले बिदेशी दर्शकहरुलाई निकै नै आकर्षित गरेको थियो |

इजरायलकालागी राजदूत महामहिम बैजनाथ थपलियाले पहुनाहरुलाई स्वागत गर्दै नेपालको बारेमा छोटो परिचय दिएका थिए | सुमधुर नेपाली संगीतको मधुरो वातावरणमा वेलकम ड्रिंक र स्न्याक्स बाट सुरु भएर बिभिन्न ड्रिंकको आनन्द लिदै, नृत्य र गायन को अवलोकन पछि थरीथरीका स्वादिष्ट परिकारको डिनर पश्चात नेपाली तालमा सामूहिक नृत्य पछि कार्यक्रम सकियेको थियो | पहुनाहरुको आगमन देखि कार्यक्रम भरी नेपाली पर्यटन , कला र संस्कृति , हस्त कला , नेपालका बिभिन्न स्थानहरु अदि को तस्बीरहरुको स्लाइडशोले पनि कार्यक्रमको शोभा बढाएको थियो |

यो कार्यक्रमको सफलता पछि भबिष्यमा पनि यस्ता खालका अन्य कार्यक्रम गर्ने योजना रहेको जानकारी दुतावासका मिनिस्टर कौंसुलर मुक्तिनाथ भट्टले दिनु भयो | गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय समिति, इजरायल र नेपाली नारी आवाजको बिशेष सहयोग रहेको सो कार्यक्रम राती ८ बजे सुरु भएर १०:३० मा समापन भएको थियो |

इजरायलमा नेपालको कुतनैतिक प्रतिनिधि नभएको कारण देखाई पहिलो पटक इजरायलमा नेपाली कामदार आउन रोक लगाये पछि ३० अगस्त २००७ मा नेपाल सरकारले दूतावास स्थापना गरेको थियो | पहिलो पटकको डेढ़ बर्षको बन्द पछि खुलेको नेपाल पुनः मार्च २००९ मा बन्द भएको छ | नेपाली र इजरायली म्यानपॉवर एजेन्सीहरुलाई इजरायल आउन ऋण गरेर लिएको लखौ डॉलर, बन्दको कारणले फसेको छ | महिनै पीछै ब्याज तिर्दै कहिले इजरायल खुल्ला र गएर कम गरेर लिएको ऋण तिरिएला भन्ने सपना सजाएकाहरुको सपना, दूतावासको कार्यक्रम झै सफल पार्न नेपाल सरकार , दूतावास लगायत संपूर्ण सम्बंधित संस्था र ब्यक्तिहरुले मिलेर चाडो भन्दा चाडो नेपाल खुलाएर ब्यवस्थित रूपले नेपाली कामदार ल्याऊने अपरिहार्यता देखिएको छ |
तस्बीर - अर्जुन जयसवाल












www.nnchautari.com