Like

Showing posts with label collect by lalit. Show all posts
Showing posts with label collect by lalit. Show all posts

Sunday, April 19, 2009

नयाँ नेपालमा अराजक स्मृति

अहिले नेपालमा नूतन शब्दावली धेरै छन्, तर सर्वाधिक उच्चारित पदावली हो 'नयाँ नेपाल'। मनोविज्ञान भन्छ, जति धेरै कुनै उद्घोष वा शब्दावलीको उच्चारण हुन्छ त्यही मात्रामा मानव चेतना स्पन्दित हुन्छ, विभाजित हुन्छ- बहुउच्चारित शब्दावलीको विपरीत दिशातिर। म नयाँ नेपालको अतिरञ्जित चित्र प्रस्तुत गर्छु भने पुरानो नेपालको स्पष्ट, अस्पष्ट स्मृति, स्मारकबाट पनि प्रभावित भइरहेको हुन्छु - चेतनतः, अचेतनतः। म 'नयाँ नेपाल'को ध्वनिबाट आवश्यकताभन्दा बढी प्रताडित छु भने निसर्गतः पुरानो नेपालको धूमिल स्मृति वा सत्यबारे बढी कौतुहलपूर्ण हुन जान्छु। यहाँ 'प्रताडित' शब्दको स्पष्ट अभिप्राय हुन्छ अति प्रयुक्त शब्दको ध्वन्यात्मकताबाट सिर्जित नौजिया, वाक्वाकीको अनुभूति हुनु। जति बढी कुनै ध्वनिको सारहीन प्रयोग हुन्छ त्यही मात्रामा हामी मनमनै प्रश्नपूर्ण हुँदै जान्छौँ। कुनै बेला पञ्चायत, प्रजातन्त्र र एक्काईसौँ शताब्दीको नेपालको उच्चारण यति धेरै हुन्थ्यो कि चेतनशीलहरू छटपटिन थाल्थे, मन्द बुद्धिहरू उत्सुक हुन्थे, आशावान् हुन्थे - पञ्चायत व्यवस्थाअन्तर्गत हामी पनि अरू विकसित देशका नरनारीजस्तै सुविधासम्पन्न भएर बाँच्न पाउनेछौँ। नयाँ नेपालका उमंगहरू आइरहन्थे वर्तमान इतिहासका करवटहरूको साथसाथै। २००७ सालमा म विशुद्ध पाखे किशोर थिएँ, सत्र सालमा अस्थिर युवक थिएँ, छयालीस सालमा यौवनको तल्लो सोपानमा थिएँ त्रिसठ्ठी सालमा यौवन पारी जाने तरखर गर्दै थिएँ, तर जानसक्ने हिम्मत जम्मा गर्न सकेको थिइन। डर लाग्थ्यो। आजसम्म डर लागिरहेछ। यौवनको धारणा, परिभाषा समय गतिमा मात्र सीमित हुँदोरहेनछ, आन्तरिक मनोविज्ञानको गुण धर्ममा पनि आश्रित हुँदोरहेछ। अहिले पनि म आफूलाई यौवनपारि गइसकेको मान्छे ठान्न गाह्रो भइरहेको छ। प्राचीन बाल्यकालीन, यौवनकालीन स्मृतिहरू मेरो वार्धक्यतिर जाने नैसर्गिक मार्गमा बाधक भइरहेका छन्। यसै बेला 'नयाँ नेपाल'को सोरगुल अत्यधिक तीव्रतासाथ प्रसारित भइरहेको छ। एकातिर राजनीतिक खेलाडीहरूले आविष्कार गरेको यो गुलियो शब्दावली, अर्कोतिर मेरो निजी अस्तित्त्व। म सधैँ नूतनतामा बाँचेको अनुभव गरिरहेको थिएँ। 'नयाँ नेपाल' नामक पदावलीले मलाई नराम्रोसित झस्काइदियो। नयाँ नेपालका निर्माता को हुन् मलाई सम्यक् ज्ञान छैन।
एकातिर राजनीतिक खेलाडीहरूले आविष्कार गरेको यो गुलियो शब्दावली, अर्कोतिर मेरो निजी अस्तित्त्व। म सधैँ नूतनतामा बाँचेको अनुभव गरिरहेको थिएँ। 'नयाँ नेपाल' नामक पदावलीले मलाई नराम्रोसित झस्काइदियो। नयाँ नेपालका निर्माता को हुन् मलाई सम्यक् ज्ञान छैन। राजनीतिक व्यवस्थाबाट असंदिग्ध, गोचर 'नयाँ नेपाल'को उदय हुन्छ भने त्यो एउटा आश्चर्यजनक घटना हुनेछ। राजनीतिले अक्सर नयाँ नारा, नयाँ घोषणाको प्रसारण गर्नमा असामान्य भूमिका खेलिरहेको हुन्छ। स्टालिन र हिटलरले नयाँ सोभियत युनियन र नयाँ जर्मनी बनाउने ठूलो उद्योग गरेका थिए। परिणति त्यही भयो जो हुनु थियो। पुरानो बर्बरताको ठाउँमा नूतन बर्बरताको उदय भयो। याद रहोस्, नूतन बर्बरता पुरानो गतिहीन स्थितिभन्दा धेरै बढी खतरनाक हुन्छ। विश्व इतिहासमा हिटलर र स्टालिन नयाँ व्यवस्थाका नायक नभएर अस्वस्थ, रुग्ण, आदिम नियतिका नायक हुन पुगे। इच्छा त तिनीहरूको पनि नयाँ सोभियत संघ र नयाँ आर्यजातीय जर्मनी बनाउने थियो तर, विडम्बनाः दुवै दयनीय रूपले असफल भए। म एक सामान्य पेडेस्ट्रियन, अति सामान्य पदयात्री। पदयात्रीको सारभूत अभिप्रायः हुन्छ सामान्य समयमा अतिसामान्य अभिलाषा बोकेर बाँचिरहेको मान्छे - असामान्य महत्वाकांक्षारहित प्राणी। म कुनै कृत्रिम महत्वाकांक्षाबाट पीडित मान्छे थिइन, न पुरानो नेपालमा न त नयाँ नेपालमा। तर नूतनताबाट जहिले पनि प्रभावित हुनसक्ने क्षमता भएको प्राणी भने अवश्य हुँ जस्तो लाग्छ मलाई आजका मितिसम्म। बहुउद्धृत वाणी छ 'क्षणे क्षणे यत्नवताम् विधत्ते तदेव रूपम् रमणीय तत्याम्' क्षण क्षणमा नूतनताको जहाँ अनुभूति हुन्छ त्यहीँ सौन्दर्यको, रमणीयताको आविर्भाव हुन्छ। अर्थात् त्यो नूतनता अन्तरनिहित रमणीयता लिएर आएको हुन्छ। व्यक्तिगत वा सामूहिक मनोविज्ञान बढी जीवनदायिनी भावदशामा रम्न थाल्छ, बढी सिर्जनात्मक चित्तदशाको उदय हुन्छ। तर राजनीतिक उद्घोष र कोलाहलमा उत्पन्न नयाँ नेपालको धारणा, कर्म र यथार्थमा कहीँ अनुदित हुन्छ, कहीँ कार्यान्वित हुन्छ भन्ने प्रश्न सबै श्रोता र अनुभोक्ताको मस्तिष्कमा उठिरहेको हुनुपर्छ। म आफैँ भने अहिलेसम्म विस्मयमै अलमलिएको छु। किनभने पुराना विम्बहरू धेरै छन् मेरो स्मृतिकोशभित्र। 'नयाँ नेपाल'को आयाम विराट् छ, उद्देश्य अद्वितीय छ, महत्वकांक्षा अनियन्त्रणीय छ, सामूहिक वासना घनीभूत छ।
'नयाँ नेपाल'को आयाम विराट् छ, उद्देश्य अद्वितीय छ, महत्वकांक्षा अनियन्त्रणीय छ, सामूहिक वासना घनीभूत छ। यस्तै परिवेशमा याद आउँछ महान् युनानी दार्शनिक हेरेक्लिटसको वाणी 'यु क्यान नट डाइभ ट्वाइस इन द सेम रिभर,' तिमी एउटै नदीमा दुई पटक पौडी खेल्न सक्दैनौ। प्रतिक्षण त्यो पानी रहँदैन, बदलावट, नयाँपन आतिस्वाभाविक तीव्रतासाथ आइरहेको हुन्छ। समस्त ब्रह्माण्ड नै प्रतिपल बदलिरहेको हुन्छ, नवीनता पाइरहेको हुन्छ। यही वाणीलाई ध्यानमा राखेर डोटीको आफू जन्मेको, बाल्यकालमा हुर्केको गाउँ गएको थिएँ- तीस वर्षको उमेरमा। ध्यानपूर्वक हेरेँ 'नोस्टाल्जिक' चित्त दशामा। गोचर, भूगोल त्यही थियो जो शैशव र किशोरकालमा थियो। रीतिरिवाज, बाह्य र आन्तरिक लोकमा खास फरक देखिन। बाल्यकालमा गाई, बाख्रा चराउँदा चराउँदै काफल टिपेको बोट, ऐँसेलु टिपेको झाङ, पौडी खेल्ने उत्साहमा हाम फालेर डुबुल्की मारेको नदी, आफ्ना गोरुले अरुका गोरुसित युद्ध गरेर विजय हासिल गरेको जंगल र मैदान उस्तै थिए। तर, मेरा सखासखी नवराज, खडगबहादुर र धौली त्यस्तै थिएनन्। समयको कठोर आघातले तिनीहरूका शरीर, भावभंगिमा र जीवन बाँच्ने ढंग र दृष्टिमा निकै फरक आइसकेको स्पष्ट थाहा हुन्थ्यो। मलाई बाल्यकालमा कठोर यातना दिएर सुधार्न खोज्ने गुरुको शरीरमा जीवन हेर्ने दृष्टिमा भने मैले कल्पना गर्न नसकेको परिवर्तन आइसकेको रहेछ। न पहिलेको कठोरता थियो, न त ऊर्जा नै थियो।मैले पौडी खेल्ने नदीको पानीजस्तै सबै परिवेश परिवर्तित भइसकेको छ। त्यसपछि बढी सतर्क भएर मननशील हुन थालेँ। हेरेक्लिटसको सारगर्भित वचनमाथिः एकै नदीमा तिमीहरू दुई पटक पौडी खेल्न सक्दैनौ, किनभने त्यो प्रवाह, त्यो जल, र त्यो समस्त परिवेश बदलिइसकेको हुन्छ एक निमेषमा। प्रतिपल नयाँको प्रवेश भइरहेको हुन्छ, मानव अस्तित्वमा मात्र नभएर, सम्पूर्ण ब्रह्माण्डमा।
'नयाँ नेपाल' शब्द विन्यास र ध्वनिको रूपमा मलाई प्रीतिकर लाग्छ। 'पुरानो नेपाल'को उच्चारणबाट न हाम्रो मस्तिष्क झंकृत हुन्छ, न त हाम्रो हृदय पुलकित हुन्छ। 'नयाँ नेपाल' शब्द विन्यास र ध्वनिको रूपमा मलाई प्रीतिकर लाग्छ। 'पुरानो नेपाल'को उच्चारणबाट न हाम्रो मस्तिष्क झंकृत हुन्छ, न त हाम्रो हृदय पुलकित हुन्छ। कारणः प्राचीनले मृत भइसकेको समय र समयसित सम्बद्ध सिद्धान्त, व्यवहार, दर्शन, अभ्यास, संस्कृति र सभ्यतातिर इसारा गर्छ। प्राचीन बन्दनीय चुनिएका कालखण्डमा मात्र हुन्छ- जब हामी नयाँबाट निर्भ्रान्त भइरहेको हुन्छौँ। अहिले 'नयाँ नेपाल'को उच्चारण गर्दा आउने उत्साह र उमंग हेर्नै लायक छ- सभा, समारोहमा होस् कि सञ्चारमाध्यममा होस्। उत्साही, उत्प्रेरित नेता र नेतृहरूको जोसिलो भाषण- नयाँ नेपाल बनाउने प्रयासमा खर्च गरेका शब्द र भंगिमाहरूको माधुर्य अद्वितीय छ। तर, मेरो स्थिति विचित्रको छ : जति नयाँ नेपालको कर्णभेदी नारा गुञ्जित हुन्छ त्यति मात्रामा म पुरानो ग्रामीण परिवेशतिर थाहा नपाईकन नै खिचिएको हुँदोरहेछु। किनभने त्यहाँ न दम्भ थियो न जटिलता थियो, न यस्तो भीषण हिंसाको ताण्डव थियो, न भ्रष्टाचारको यस्तो व्यापकता थियो, न ध्वनि प्रदूषण, न पर्यावरण प्रदूषण, न बौद्धिक जटिलताको अभ्यास थियो। प्रकृतिसितको तीव्र तादात्म्य थियो। कृत्रिमताको 'एब्सर्डिटी', विसंगति थिएन। सायद त्यसैले भनेका होलान्, ज्याँ ज्याक रुसोले, रिटर्न टु नेचर, नयाँको जटिलताभन्दा प्रकृतिको सरलतातिर फर्कनुमा बढी सार छ, बढी सार्थकता छ, बढी आनन्द छ।
नयाँ नेपालका सभासदहरू भने नभनीकन नै भनिरहेका हुन्छन् : संसद्‍‍तिर, संविधान निर्माण गर्ने सभातिर न जाऊँ, हाजिर नगरी भत्ता र तलब पचाऊ। फर्कनै छ भने आफ्नो भव्य डेरा वा भव्य घरतिर फर्कौँ। नयाँ नेपालको असली आनन्द भरपूर सुबिधा र तलब पाचन गरेर घर फर्कनुमा छ। नयाँ नेपालका सभासदहरू भने नभनीकन नै भनिरहेका हुन्छन् : संसद्‍‍तिर, संविधान निर्माण गर्ने सभातिर न जाऊँ, हाजिर नगरी भत्ता र तलब पचाऊ। फर्कनै छ भने आफ्नो भव्य डेरा वा भव्य घरतिर फर्कौँ। नयाँ नेपालको असली आनन्द भरपूर सुबिधा र तलब पाचन गरेर घर फर्कनुमा छ। रुसो त पुरानो युगको पुरानो मान्छे, दिमाग खुस्केको दार्शनिक, हामी त नयाँ नेपाल निर्माण गर्ने नूतन जिम्मेवारी लिएका माननीय सभासदहरू। संसद्‍मा सुत्‍नुभन्दा घरमा नुनु गर्नुमा कति हो कति आनन्द छ। संसद् जान र त्यहाँबाट घर फर्कनमा ऊर्जा खत्तम हुनसक्छ। घरमा पत्‍नी बालबच्चासँग नुनु गर्नसक्यो भने ऊर्जामा निकै वृद्धि हुन्छ। नयाँ नेपाल निर्माणका लागि ऊर्जा अति आवश्यक छ। मेरो मनन सञ्चार सञ्जालबाट ग्रहण गरेको सूचनामाथि आधारित छ। तैपनि मलाई विश्वास गर्न गाह्रो परिरहेछ, नयाँ संविधान बनाउँछौ भनेर कस्सिएर संविधानसभाजस्तो महत्वपूर्ण निर्णायक सदनमा चुनिएका, मनोनीत नयाँ नेपालका ६ सयभन्दा बढी संविधान निर्माता हाजिर नभईकन तलब, भत्ता सजिलैसित पाचन गर्न सक्छन् भन्ने सूचनामाथि। कुनै पनि विधायक स्वस्थ ऐतिहासिक परिवर्तनको पूर्वसन्ध्यामा प्रसव पीडामा हुन्छ भन्छन् इतिहासका असली ज्ञाताहरू। वर्तमान नेपालमा दृष्टिगोचर सीमाहरू, मानवीय दुर्बलतालाई त्यही प्रसवपीडाभित्र समाहित गर्न सकिन्छ। यता बागमती बगिरहेछ, आफ्नो मौसमी वेगमा। पञ्चायत युगभन्दा धेरै पहिलेदेखि बगिरहेछ बागमती। सुन्दर बासन्ती मौसममा यति सुगन्धपूर्ण भएकी पनि करिब दुई, तीन दशक भइसक्यो होला। पवित्र बागमती खबर दिइरहेकी छ, केही मात्रामा नयाँ नेपालको सुगन्धपूर्ण सौन्दर्यको बारेमा। संकेत दिइरहिछ सुन्दर भविष्यको बारेमा । भगवान् शिवको जटाबाट जन्मेकी एक अत्यन्त बन्दनीय प्रवाह हो। परमात्माले प्रहार गरेका व्यंग्य हो या हाम्रो असहाय दुर्बलताको लक्षण हो, त्यति प्रवाहपूर्ण बागमती शिथिल गति लिएर बग्न विवश भएकी छ। जुन देशका नदी, नालाहरू ऊर्जाहीन भएर सुगन्धभन्दा बढी दुर्गन्ध दिएर बग्छन् त्यस देशको भविष्यको हामी कल्पना गर्न सक्छौँ- सुनिश्चित नभए पनि। मैले धेरै नदीमा हामफालेँ, तर यति दुर्वासना फ्याँक्ने नदी भने कतै भेटको छैन। जब नेपालको सर्वाधिक महत्वपूर्ण नदीको प्रवाह यस्तो छ भने नयाँ नेपाल निर्माणको प्रवाह कस्तो होला? म कता बरालिएछु? भन्न चाहन्थेँ, आफ्नै छोटो, केही मात्रामा असामान्य कथा अल्झिन पुगेछु अरु सान्दर्भिक, असान्दर्भिक विषयतिर। कसैले अनायास घडीमा अप्रत्याशित प्रश्न 'तिम्रो जीवनको सबैभन्दा स्मरणीय घटना, चरण के थियो?' भनेर सोधिहाल्यो भने म उत्तर दिन विवश हुनेछु : बाल्यकालको उदण्डतामा पाएको पिटाइ, यौवनका अनियन्त्रणीय छलांगहरू, प्रौढ र प्रौढपारिका क्षणमा ताल नमिलेका तरंगहरूको सर्वाधिक आक्रमण। शैशवकालमा अध्ययनप्रति पूर्णतः अन्यमनस्क थिएँ जसका कारण म नियमितरूपले प्रताडित हुन्थेँ- गुरुबाट, दाजुहरूबाट। अनुशासनभन्दा बढी उदण्डतामा रमाउँथे। त्यो लक्षण सर्वाधिकरूपले समय र सन्दर्भअनुसार अहिले पनि केही मात्रामा देखाउन प्रलोभित हुन्छु, तर तुरुन्तै स्वशासित पनि भइहाल्छु। मेरो सर्वाधिक तीक्ष्ण रागहरूमध्ये पशु र प्रकृतिसितको गहन सम्बन्ध थियो। यस लेखभित्रको छन्द शून्यताको कारण पनि त्यही हो। यो उत्तरआधुनिक युगमा प्रत्येक विसंगतिभित्र संगति खोज्न सकिने हुनाले म धेरै असान्दर्भिक पनि भएको छैनजस्तो लाग्छ। अरु जस्तै म पनि अवतरित भएको थिएँ यो धरामा- पूर्णतः नग्न। लोकले अंगिकार गरेको आचारसंहिता अंगिकार गर्न म पनि बाध्य भएछु। तर कालान्तरमा केही मात्रामा भिन्न रुचि लिएर जीवन बाँच्ने अनुष्ठानमा सम्मिलित भएर यहाँसम्म पुगेको एक अति सामान्य पथिक जो अन्तरालहरूमा आफ्नो सुदूर अतीततिर तानिएको हुन्छ। सघन, नग्न प्रकृति मेरो प्रारम्भिक परिवेश भएको कारण म व्यावहारिक जीवन यात्रामा सफल हुन सकिन। आदर्श सौन्दर्यको धूमिल स्मृतिको भार बढी छ मभित्र, कुरूप, नग्न व्यावहारिकता र उपयोगितावादभन्दा धेरै बढी। उता सुदूरपश्चिममा खोलानाला बगिरहेका छन् आआफ्ना प्राकृतिक राग र रंगमा यहाँ म बगिरहेको छु समयको प्रवाहमा- असहाय। प्राचीन स्मृतिहरू व्यवधान पुर्‍याइरहेका हुन्छन्, नवीन गत्यात्मकतामा महान् फ्रेन्च चिन्तक बर्गसँमाथि विश्वास गर्न मन लाग्छ, यस्ता भावनाप्रधान क्षणहरूमा 'थाहा नपाईकन नै हामी जीवन्त वैश्विक प्रवाहमा सम्मिलित भइरहेका हुन्छौँ।' मेरो अतीतको बोझ भने 'होम सिकनेस फर द पास्ट' पद्यात्मक अतीतको अति तीव्र स्मृति 'नोस्टाल्जिया' वर्तमानको कठोर यथार्थको पृष्ठभूमिमा उभिएको छ। याद आउँछन् मलाई बढी आफैँले गरेका बाल्यकालीन कुकर्महरू देब्बोको संवेदनशील अंगमा खुर्सानी लाएको घटनाले ठूलो कुख्याती पाएको थियो। रामबहादुरको बोकाको कान काटेको घटना खुर्सानीकाण्डसित सम्मिलित हुन्छ। मैले मेरो उमेरअनुसार अद्वितीय भौतिक दण्ड पाएको थिएँ। मेरो जीवनकथा मेरा अरु समकालीन मित्रहरूको भन्दा धेरै भिन्न छ। त्यो भेदले नै मेरो 'स्व' को पहिचान दिन्छ।

Wednesday, April 15, 2009

संघीय संरचनाका आधार

संघीयताको राम्रो व्यवस्थापन भएमा केन्द्र, राज्य र स्थानीय सरकारमा शक्तिको समानुपातिक बाँडफाँड भई देशको सर्वांगीण विकास हुन्छ। नेपालमा संघीय संरचनाको आधार तथा प्रकार कस्तो हुने? यसका अधिकार बाँडफाँडका सिद्धान्त के के हुने? यस्ता प्रश्नप्रति सरकारले कुनै खाका तयार गरेको छैन। जाति, जनजाति, मदेसी, थारु मुस्लिम, उत्पीडित, महिलालगायत सबैलाई समेट्ने गरी आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेश बनाउनुपर्ने आवाज उठे पनि राज्यले त्यसलाई सम्बोधन गर्न सकेको छैन। संघीय शासन पद्धतिमा केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारबीच शक्तिको बाँडफाँड संविधानमै स्पष्टरूपमा लेखिन्छ। सरकारको शक्ति संवैधानिक रूपबाट बाँडफाँड गरेपछि अर्धस्वतन्त्र, स्वायत्त, क्षेत्रीय र स्थानीय सरकारको स्थापना हुन्छ। केन्द्रीय, प्रान्तीय प्रादेशिक, भौगोलिक वा स्थानीय सरकार संघीय शासन पद्धतिका स्वरूप हुन्। केन्द्रीय सरकारले नै क्षेत्रीय सरकारको सिर्जना संवैधानिक व्यवस्थाबमोजिम गर्छ। दुई सरकार, दुई प्रशासन, दुई व्यवस्थापिका र साधारण एवं संघीय न्याय प्रणाली संघीय व्यवस्थाका प्रकृति हुन सक्छन्।
भारतले जाति र भाषालाई आधार बनाउँदा २५ वर्षमा ६ वटा नयाँ राज्यको निर्माण गर्नुपर्‍यो। इथियोपियामा पूर्णरूपमा जाति र जनजातिगत आधारमा निर्माण गरिँदा मिश्रित जातिहरूको समस्या सामना गर्नुपरिरहेको छ। नाइजेरिया ३ राज्यबाट ३६ राज्य बन्न पुगेको छ। संघीय शासन पद्धति शक्तिशाली केन्द्रीकृत सरकारको विपरीत हुन्छ। त्यसैले यसलाई एकभन्दा बढी सरकारी संयन्त्र परिचालन हुने व्यवस्था पनि भनिन्छ। केन्द्रीयभन्दा तल्लो तहका सरकारहरूले निश्चित तथा संवैधानिकरूपमा सूचीकृत अधिकारहरू अभ्यास गर्न पाउने, त्यस्ता अधिकारको संवैधानिकरूपमा सुनिश्चित गरी केन्द्रीय सरकारमा भर पर्न नपर्ने व्यवस्थासहितको राज्य प्रणाली संघीय प्रणाली हो। संघीय पद्धति एक प्रकारको समझदारी एवं प्रतिबद्धताको शासन व्यवस्था हो। केन्द्र, प्रान्तीय प्रादेशिक वा राज्य, भौगोलिक वा स्थानीय क्षेत्रमा आत्मनिर्णयको अधिकारअन्तर्गत हरेक निर्णय अन्तिम हुने विश्वास गरिन्छ। संघीय संरचनाको मुख्य आधारः राजनीतिक दलहरूले घोषणापत्र र संविधानका खाकामा जेजस्ता आधार लिए तापनि संघीय राज्यको संरचना गर्दा निम्न कुरामा ध्यान दिनुपर्छः
क) स्वायत्त प्रदेशहरूको सीमा,
ख) प्रदेशहरूको संख्या ,
ग) प्रदेशहरूको नाम र संरचना,
घ) केन्द्र र प्रदेशहरूका अधिकारका सूचीहरूको विवरण र,
ङ) साधन र स्रोतको आधारमा अधिकारको बाँडफाड आदि।स्वायत्त प्रदेशहरूको सीमाः भौगोलिक अवस्थिति, जातीय बसोबास सघनता, प्रशासनिक सुगमता, इतिहास, भाषिक सघनता, प्राकृतिक स्रोत र साधनको उपलब्धताको सन्तुलन, जनसंख्यात्मक सघनता आदिलाई महत्वपूर्ण आधार मानिन्छ। संघीय प्रदेश र स्थानीय इकाईहरूको राजनीतिक र प्रशासनिक सिमाना र संरचनालाई निर्माण गर्दा भौगोलिक अवस्थिति, जनसंख्या र जातिगत बसोबासको अवस्था, मातृभाषा र भाषा प्रयोगको अवस्था, सांस्कृतिक विशेषता, प्रशासनिक सुगमता, आर्थिक, सामाजिक अन्तरसम्बन्ध, सामर्थ्यर सम्भावना, प्राकृतिक स्रोत साधनको उपलब्धता र भूगोललाई आधार बनाई सीमारेखा कोरिनुपर्छ। प्रदेशहरूको संख्याः नेपालमा १२२ भाषाभाषी, १०३ जाति जनजाति, ४ वर्ण ३६ जात, ५६ मदेसी समुदाय, २४ दलितहरू, १० धार्मिक समुदाय आदि जातिजनजाति, भाषाभाषी, धर्म, सम्प्रदाय आदिको विविधता समेट्ने, समन्वय गर्ने र प्रतिनिधित्व तथा भौगोलिक, प्रशासनिक सुगमता हुने गरी संख्या किटान गर्नु जरुरी देखिन्छ। जाति/जनजातिको जनसंख्या, मातृभाषीको संख्या, मदेसी जनजातिको जनसंख्या र मातृभाषालाई हेर्ने हो भने पनि नेपालमा कोही पनि बहुमतमा देखिँदैनन्। विभिन्न क्षेत्रमा रहेका आदिवासी जनजातिसमेत कतै बहुमतमा देखिँदैनन्। जस्तै
(१) लिम्बू ― ताप्लेजुङ, पाँचथर र फिदिम ३ जिल्ला।
(२) राई― इलाम, खोटाङ, संखुवासभा, भोजपुर, रामेछाप, सोलुखुम्बू ६ जिल्ला।
(३) गुरुङ― मनाङ, मुस्ताङ, स्याङ्जा, लमजुङ, गोरखा, कास्की ६ जिल्ला।
(४) तामाङ― धादिङ, मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा आदि ६ जिल्ला (५) नेवार― काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्ला।
(६) मगर― नवलपरासी, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, रुकुम, तनहुँ, म्याग्दी गरी ८ जिल्ला माथिका जिल्लामासमेत ती जातिको बहुमत छैन। यस्तै मदेसमा पनि कुनै एक मदेसी समूहको बहुमत नरहेको हुँदा उनीहरूलाई स्वायत्त क्षेत्र सुम्पिँदा अन्य जाति आत्मनिर्णयको अधिकारबाट वञ्चित हुन्छन्। त्यसैले जाति विशेषका आधारमा राज्यको प्रदेश नछुट्टाई, सबै जातजातिको स्वायत्त प्रदेश छुट्ट्याउने र विकासको अधिकार दिने गरी आत्मनिर्णयको प्रत्याभूति गर्नुपर्छ। प्रदेशहरूको संख्याः माओवादीले १३, नेपाली कांग्रेसले ६ देखि ७ राज्यको प्रस्ताव गरेका छन्। भौगोलिक अवस्थिति, जातीय बसोबास सघनता, प्रशासनिक सुगमता, ऐतिहासिकता, भाषिक सघनता, प्राकृतिक स्रोत र साधन उपलब्धताको सन्तुलन, जनसंख्याको सघनता आदिलाई आधार बनाई ७ प्रदेशसम्म बनाउँदा आर्थिक हिसाबले उपयुक्त हुन्छ। प्रदेशहरूको नाम र संरचना माओवादीले संघीय राज्य संरचना (क) केन्द्र( ख) स्वायत्त गणराज्य (ग) स्थानीय गरी तीन तहमा हुने उल्लेख गरेको छ। नेपाललाई (क) जातीय बनोट (ख) भौगोलिक अनुकूलता (ग) भाषिक आधार (घ) आर्थिक सम्भावना आधार बनाउने उल्लेख गरिएको छ। राज्यको सीमा आपसी सहमतिमा जातीय बनोट, भाषिक आधार, आर्थिक सम्भावना, भौगोलिक अनुकूलता आदि समेतलाई विचार गरी निर्धारण गरिनेछ। एउटा राज्यभित्र कुनै अर्को जाति वा जातिहरूका सघन अस्तित्व रहेका क्षेत्र भए त्यहाँ स्थानीय स्तरका स्वायत्त इलाका निर्माण गर्न सकिने, सूचीकृत जनजातिको सघन बसोबास भएका ठाउँमा स्थानीय स्वायत्त इलाका बन्न सक्ने आदि। एमालेले संघीय संरचना निर्माण गर्दा (क) जातिगत सघनता (ख) भाषिक एकरूपता (ग) सांस्कृतिक विशेषता (घ) ऐतिहासिकता (ङ) विशिष्ट भौगोलिक क्षेत्रलाई सकेसम्म एउटै इकाईमा आबद्ध गर्ने नीति लिएको छ। नेपाली काग्रेसले प्रदेशको विभाजनमा राष्ट्रिय अखण्डता, भौगोलिक अवस्थिति र अनूकूलता, जनसंख्या, प्राकृतिक स्रोत र आर्थिक सम्भाव्यता, प्रदेशहरूको अन्तरसम्बन्ध, भाषिक/जातीय एवं सांस्कृतिक सघनता, राजनीतिक प्रशासनिक सम्भाव्यता आदिलाई मुख्य आधार मानेको छ। नेपाल मजदूर किसान पार्टीले १४ अञ्चललाई नै राज्य निर्माण गर्नुपर्ने उल्लेख गरेको छ। तसर्थ प्रदेशहरूको नाम, भूगोल, नदी, धार्मिक स्थल, ऐतिहासिकताका आधारमा नामकरण गरी केन्द्र, प्रान्त र स्थानीय सरकारसमेत ३ तहको संरचना बनाउँदा उपयुक्त हुन सक्छ। ठूला दलले आ–आफ्ना घोषणापत्रमा दिएका जातिगत, भाषागत आधारमात्र बनाइयो भने संघहरूमा पनि जनजातिगत, भाषिक, आर्थिक वा सम्पत्तिको विभेदले आन्तरिक द्वन्द्व बढाउने र तिनीहरूलाई व्यवस्थित गर्ने मुख्य चुनौतीको सामना गर्नुपर्ने हुन्छ। द्वन्द्वले हिंसा जन्माउँछ। संघीय एकाईहरूलाई पहिचान र अधिकार सम्पन्न गराइएन भने अल्पसंख्यक, दलित, जाति जनजातिहरूको तनाव र द्वन्द्व झेल्नुपर्ने हुन्छ।साधन र स्रोतका आधारमा अधिकारक बाँडफाँडः प्राकृतिक स्रोत, साधन, भीर पाखोपखेरो, हिमाल, पहाड, तराई, खनिज पदार्थ, नदीनाला, बन आदिको सन्तुलन गरी अधिकार बाँडफाँड गर्नुपर्ने हुन्छ। जल, जमिन , जंगल, जडिबुटी, जनावर, जलवायु, जनशक्ति आदिको सन्तुलन गरी राज्यको सीमारेखा उत्तर, दक्षिण कोर्दा प्राकृतिक स्रोत, साधन सन्तुलित हुन जान्छ। एक मदेस एक प्रदेशको आधारमा प्रदेशको सिमारेखा छुट्टाइयो भने यी उल्लिखित प्राकृतिक स्रोत, साधनमा सन्तुलन हुन सक्दैन। संघीयतामा जानुपूर्व पूर्णरूपमा गृहकार्य गर्दै राज्यको समावेशी, संघीय र राज्यको पुनर्संरचना गर्न उच्चस्तरीय आयोग गठन गरी त्यसले दिएको सुझावका आधारमा संघीयमा जाँदा शक्तिको बाँडफाँड उपयुक्त तरिकाले भई संघीय शासन पद्धति सुदृढ हुन सक्छ। संघीयताको राम्रो व्यवस्थापन गरेका ठूला मुलुकहरू अमेरिका, जर्मनी, क्यानाडा, भारत, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, दक्षिण अफ्रिका आदि मुलुक आज विश्वमा सबैभन्दा विकसित र धनी मुलुकको पंक्तिमा देखिएका छन्। यसका सबल पक्ष र अवसर पनि त्यतिकै छन्। यस्ता मुलुकमासंघीयताले कानुनी शासन र न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्दै संघीयताकोसंस्थागत विकास समेत गरेको देखिन्छ। सामाजिक विविधता भएका मुलुकमा सहिष्णुता र समझदारीको राजनीति एवं संस्कृतिको विकास हुन्छ। यसमा जातिगत, भाषिक वा धार्मिक आधारसँगै, जनसंख्या, ऐतिहासिकता, आर्थिक, राजनीतिक, प्रशासनिक, भौगोलिक अनुकूलता, विशिष्टतालाई आधार बनाइयो भनेमात्र संघहरूमा पनि सांस्कृतिक विविधतामा सहिष्णुता आई संघीय शासन बलियो हुन सक्छ। जाति, जनजाति एवं अल्पसंख्यकहरूको अधिकारको समेत संरक्षण हुन सक्छ। अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, संयुक्त राज्य अमेरिका भाषाको स्पष्ट बाहुल्य रहेका राष्ट्र हुन्। तैपनि संघीयता जातिगत, धार्मिक वा भाषिक आधारमा विभाजन गरिएको छैन। भारतले जाति र भाषालाई आधार बनाउँदा २५ वर्षमा ६ वटा नयाँ राज्यको निर्माण गर्नुपर्‍यो। इथियोपियामा पूर्णरूपमा जाति र जनजातिगत आधारमा निर्माण गरिँदा मिश्रित जातिहरूको समस्या सामना गर्नुपरिरहेको छ। नाइजेरिया ३ राज्यबाट ३६ राज्य बन्न पुगेको छ। यी तथ्य उल्लेख गर्नुको तात्पर्य संघीयतामा जान हुँदैन भन्ने होइन। अमेरिकामा दासत्वको विषयमा गृहयुद्ध भयो। भारतमा मुलसमान बहुल कस्मिरमा लामो समयसम्म द्वन्द्व रहिरहेको छ। इथियोपियाको नयाँ संघ जनजातिगत गृहयुद्धबाट उत्पन्न भएको हो। मेक्सिकोको चिपासमा आदिवासी विद्रोहको सामना हालसम्म पनि गर्नुपरेको छ। स्पेनमा पृथकतावादीलाई सम्हाल्न नसक्दा हजारौँ निर्दोष जनता मरिरहेका छन्। यी उदाहरणहरूले जातीय एवं भाषिक विविधता खण्डीकरणका लागि स्रोत बन्न सक्ने देखाउँछन्।अतः संघीयताको व्यवस्थापन राम्रोसँग गरिएन भने संघीयताबाट देश टुक्रिने डर हुन्छ। राम्रो व्यवस्थापन भएमा भने केन्द्र, राज्य र स्थानीय सरकारका तहमा समानुपातिकरूपमा शक्तिको बाँडफाँड भई देशको सर्वांगीण विकास हुन्छ। (लेखक सर्वोच्च अदालतका अधिवक्ता हुन्।)

सशस्त्र प्रहरी महानिरीक्षक र अनुसन्धान प्रमुखसहित ३० वरिष्ठ अधिकारीलाई अवकास

सशस्त्रमा बस्नेत र अनुसन्धानमा भट्ट निमित्त प्रमुखसशस्त्र र अनुसन्धानमा तीस वर्षे सेवावधि लागूवरिष्ठ अधिकृतभन्दा तलका सयौ‌ले अवकास पाउनेबलराम बानियाँ, काठमाडौं वैशाख २सरकारले दुई सुरक्षा निकाय सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि लागू गरेको छ। सशस्त्र प्रहरी नियमावली २०६५ पाँचौं संशोधन र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी नियमावली संशोधन गरी ३० वर्षे सेवा अवधि लागू गरेको हो। यी दुई स‌ंशोधित नियमावली कार्यान्वयनसँगै ३० वर्षे सेवा अवधि पुगेर सशस्त्र प्रहरीका महानिरीक्षक वासुदेव ओलीसहित १० उच्च अधिकारी तथा विभागका मुख्य अनुसन्धान निर्देशक धनसिंह कार्कीसहित २० उच्च अधिकृतले बुधबारदेखि नै अवकास पाएका छन्। गृहले उनीहरु सबैलाई बुधबार अपराह्नसम्म ती सबै अधिकारीलाई अवकासपत्र दिइसकेको छ।गृह मन्त्रालयले सशस्त्रमा वरिष्ठ एआईजी सनतकुमार बस्नेत र अनुसन्धानमा वरिष्ठ अतिरिक्त मुख्य अनुसन्धान निर्देशक अशोकदेव भट्टलाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिएको छ। गृह मन्त्रालयले बुधबार नै पत्र पठाई उनीहरुलाई निमित्तको जिम्मेवारी दिएको हो। सशस्त्रका दुई एआईजी सनतकुमार बस्नेत र किशोर लामामध्ये बस्नेत वरिष्ठ हुन् ।उनी नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्र प्रहरीमा आएका हुन्। बस्नेत २०६४ कात्तिक २७ मा डीआईजीबाट एआईजीमा बढुवा भएका हुन्। उनी २०३८ साउन १ मा नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टबाट सेवा प्रवेश गरेका हुन्। लामा भने २०६४ माघ २७ मा डीआईजीबाट एआईजीमा बढुवा भएका हुन्। उनी सेवा प्रवेशका हिसाबले पनि बस्नेतभन्दा कनिष्ठ हुन्। उनले २०३८ साल साउन ५ मा सेवा प्रवेश गरेका हुन्।यसअघि महानिरीक्षकले पदावधिले ४ र उमेरको हद ५८ वर्ष पुगेपछि अवकास पाउने व्यवस्था थियो। नियमावली संशोधन नगरिएको भए ०६३ फागुन ६ मा बढुवा भएका ओली पदावधिअनुसार ०६७ फागुन ५ सम्म सशस्त्र प्रहरी महानिरीक्षक पदमा रहने थिए। ३० वर्ष सेवा अवधिका कारण वरिष्ठ अधिकारीबाहेक सशस्त्र र अनुसन्धानमा अवकास पाउनेको संख्या सयौं छ। गृह मन्त्रालयले अभिलेख हेरी ती सबैलाई अवकास दिन सशस्त्र र अनुसन्धान विभागलाई बुधबार नै निर्देशन दिइसकेको छ ।सशस्त्र प्रहरीको नियमावली चैत ३१ को मितिमा बुधबार प्रकाशित गरिएको छ भने अनुसन्धान विभागको नियमावली भने गोप्य राखिने भएकाले सार्वजनिक गरिएको छैन।नियमावली कार्यान्वयनसँगै बुधबार अवकास पाएकामा सशस्त्र प्रहरीका महानिरीक्षक ओलीका अतिरिक्त डीआईजीत्रय राजकुमार राणा, माधव थापा र महेन्द्र भट्टचन, एसएसपीद्वय रामकृष्ण मटाङ्लु, राजन थापा, एसपी दिलीप बस्नेत, बालकुमार श्रेष्ठ, रामविलास दास र कमानिसंह थापा छन्।सशस्त्रमा ३० वर्षे सेवा अवधि पूरा गरेका महानिरीक्षकदेखि इनस्पेक्टरसम्मका २२ जनाले अवकास पाएका छन्।राष्ट्रिय अनुसन्धान विभागबाट अवकास पाएकामा मुख्य अनुसन्धान निर्देशक कार्की र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (डिआइजी) सुखचन्द्र झा, रवीन्द्र शाही, वसन्त राई र मीनबहादुर केसी एसपीहरु दुर्गा बस्नेत, राजकुमार श्रेष्ठ, वीरेन्द्र सिंह र कमल मियाँ छन्। अनुसन्धानमा डीएसपीभन्दा माथिल्लो तहका २० जनाले अवकास पाएका छन्। अनुसन्धानमा ३० वर्षे सेवा अवधि पूरा भएका डीएसपीभन्दा तलका ठूलो संख्याका कर्मचारीले अवकास पाएका छन्।सशस्त्रमा १० वरिष्ठ अधिकारीले अवकास पाएपछि एआईजी ४, डीआईजी ७, एसएसपी ९ र एसपी एक दर्जनभन्दा बढी पद रिक्त भएका छन्। सशस्त्र प्रहरीमा ५ एआईजी दरबन्दी छन्। बस्नेत आईजीमा बढुवा भएपछि चार एआईजी पद रिक्त छन् । चार पदका लागि चार वरिष्ठ डीआईजी कृष्ण बिष्ट, शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त र ठाकुरमोहन श्रेष्ठ दाबेदार छन् ।डीआईजीका १० दरबन्दीमध्ये सात पद खाली भएका छन्। त्यसका लागि सातै जना वरिष्ठ एसएसपी प्रकाश ओझा, प्रेम शाही, सि‌‌हबहादुर श्रेष्ठ, मुकुन्द थापा क्षेत्री, सुशीलकुमार श्रेष्ठ, भीष्मकान्त अर्याल र राजन कोइराला दाबेदार छन्। एसएसपीहरुमध्ये कोइरालामाथि गणपति र सशस्त्रको आधारभूत तालिम नलिई एसएसपीमा बढुवा गरिएको आरोप छ। सशस्त्र प्रहरी नियमावलीमा एसपी र त्यसमाथि माथिल्लो पदमा पदोन्नति हुन गणपति र सशस्त्रको आधारभूत तालिम लिनुपर्ने अनिवार्य व्यवस्था छ तर कोइरालाले त्यस्तो तालिम लिएका छैनन्।एसएसपीबाट डीआईजीमा बढुवा गर्दा एआईजीको संयोजकत्वमा रहेको पुनरावलोकन समितिले कोइरालालाई बढुवा गर्ने/नगर्नेबारेमा निर्णय गर्ने जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ ।३० वर्ष सेवा अवधिले सशस्त्रका सबै पदमा असर पारेको छ। यसअघि एआईजी र डीआईजी ५८, एसएसपी र एसपीमा ५५, डीएसपी ५४, निरीक्षक ५३, प्रहरी वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक ५२, सहायक निरीक्षक ५१, वरिष्ठ ह्वल्दार, ह्वल्दार, सहायक ह्वल्दार र प्रहरी जवान ५० वर्ष तथा परिचरले ५५ वर्ष उमेर पुगेपछि अवकास पाउने व्यवस्था छ। सशस्त्र प्रहरीमा १८ वर्षदेखि २४ वर्षसम्म सेवा प्रवेश गर्ने व्यवस्था छ, ३० वर्ष सेवा अवधिले गर्दा उमेरको हदबाट अवकास पाउने व्यवस्थासमेत कतिपय पदको हकमा संशोधन गर्नुपर्ने भएको छ।महानिरीक्षकले चार, एआईजी र डीआईजीले ५, एसएसपीले सात र एसपीले १० वर्ष सेवा अवधि पुगेपछिसमेत अवकास पाउने व्यवस्था नियमावलीमा छ।

Saturday, March 28, 2009

Hashaun ekaichhin

Boss: Where were you born?
Sardar: Punjab...
Boss: which part?
Sardar: Kay which part? Whole body born in Punjab.

2 sardar were fixing a bomb in a car. /
Sardar 1: What would you do if the bomb explodes while fixing.
Sardar 2: Don’t worry, I have one more.

Sardar: What is the name of your car?
Lady: I forgot the name, but is starts with "T".
Sardar: Oye Kamaal ki gaadi hai, Tea se start hoti hai. Hamaara gaadi petrol se start hoti hai.

Sardar was busy removing a wheel from his auto. A man asks sardar why are you removing a wheel from your auto.
Sardar: Can’t you read the board. Parking is only for 2 wheeler.

Sardar got into a bus on 1st April when conductor asked for ticket. He gave Rs.10/- and took the ticket and said April fool. I have pass...

Sardar joined new job. 1st day he worked till late evening on the computer. Boss was happy and asked what you did till evening.
Sardar: Keyboard alphabets were not in order, so I made it alright.

On a romantic day sardar's girlfriend asks him. Darling on our engagement day will you give me a ring.
Sardar: Ya sure, from landline or mobile.

How will you destroy a submarine full of sardars?
Simple. Just knock the door and they will open it....

Santa apni girl friend ko I Luv U kehta hai aur gir jata hai.
Gal: Yeh kya kar rahe ho?
Santa: I'm falling in love.

Museum Administrator: That's a 500-year-old statue u've broken.
Banta: Thanks God! I thought it was a new one.

At the scene of an accident a man was crying: O God! I have lost my hand, oh!
Santa: Control yourself. Don't cry. See that man. He has lost his head. Is he crying?

Santa was getting bitten by mosquitoes the whole night. He got irritated.... drank poison & said, Ab Kato saalon, sab maroge!

Banta: U cheated me.
Shopkeeper: No, I sold a good radio to u.
Banta: Radio label shows Made in Japan but radio says This is all India Radio!

NOW THE LAST TWO ULTIMATE:
In an interview, Interviewer: How does an electric motor run?
Santa: Dhhuuuurrrrrrrrrr. .....
Interviewer shouts: Stop it.
Santa: Dhhuurrrr dhup dhup dhup...

Tourist: Whose skeleton is that?
Santa: Tipu's skeleton.
Tourist: Whose that smaller skeleton next to it?
Santa: That was Tipu's skeleton when he was child

Friday, March 27, 2009

The Flying Visa scam

by: Mya Guarnieri, Outlook India @ lalit, Nepal
Israel's employment agencies obtain permits to hire foreign workers * The permit allows them to secure employment and a work visa for a foreigner * The Israel agency's partner in India takes huge sums of money from those wishing to work in Israel * But once the Indian worker reaches Israel, he finds his employment, and therefore his visa, cancelled * The guilty employment agency uses the permit to take out a visa for yet another Indian * Those left stranded go into hiding, hoping to evade deportation. They work illegally to pay the loans they took to finance their journey to Israel. *** The Binding Arrangement * Those working legally are also ripe for exploitation. Their work visa is valid as long as they have the job. * Employers consequently compel, say a caregiver, to also double up as cooks, gardeners etc * Wages are often far lower than promised originally * NGOs suspect cases of sexual abuse. These are not reported because the victim fears his visa could be cancelled. * Should the employer die, the visa stands cancelled. *** Indians In Israel * The interior ministry says there are about 18,000 Indians in Israel * Only 5,100 of them have a legal status. The rest are working illegally. * Actual number is said to be much higher. Many who're pushed across the Egypt-Israel border don't figure in official estimates. * People pay $8,000 to $10,000 for working in Israel * Most Indians workers are employed as caregivers. The salary offered is $700 a month. *** Lily Devi had paid $8,000 to travel from India to Egypt, and then to be illegally slipped across the border into Israel. The Indian agent she had given the money to had vowed work would be there for her in the promised land. Instead, abandoned in the desert town of Eilat, Lily soon found herself at the Tel Aviv office of Kav LaOved or the Migrant Workers' Hotline, an ngo that assists foreign workers. The ngo couldn't help her—she didn't know the full name of either the agent or of the employment agency where he worked. Lily is now hiding from Immigration Police in a friend's apartment, hoping to find work to pay the debt she incurred to travel to Israel. When Lily does find work, she'll join the growing mass of foreign workers in Israel, currently estimated to be well over three lakh—a majority staying illegally. You can find people like Lily at the Tachana Merkazit or the Central Bus Station, located in one of Tel Aviv's poorest quarters and where foreign workers of all nationalities gather over the weekend. Despite Indians being one of the smallest groups among them, they have a strong presence here. Israel's interior ministry estimates the Indian population at about 18,000; only 5,100 of them are on valid work permits. But their number's said to be much larger and growing, for those like Lily who slip through the border don't figure in official estimates. At the Tachana Merkazit, tables line the sidewalk. One of these has been set up by a vendor in front of the Om Indian Store, selling chaat masala to those who want a taste of home. Indian music with an upbeat tempo pulses from the recently opened 'Om Bar'. Next to the door there is a framed Ganesha, draped in a marigold garland. A handful of men mill about, speaking rapidly with one another in a language foreign to this urban centre perched on the edge of the Mediterranean. Among them is Santiago Luis, from a village in Goa. "You won't find the people with the big problems here," he says. "They're all hiding." Luis is happy with his salary of $700 a month, which is typical for a caregiver. "I'm very lucky," he says, "but everyone who comes to Israel has problems." Luis has had his share. Three-and-a-half years ago, he had paid an Indian employment agency $6,500 to arrange for a work visa in Israel. Like so many others, he arrived only to find there was no job. And because he didn't have work, he lost his visa. Luis was an early victim of a scam that's now infamously known as 'flying visa'. The flying visa starts—and ends—in Israel. Individuals, elderly or disabled, seek caregivers through Israeli employment agencies, which in foreign countries, including India, work in conjunction with local agencies. The local agencies charge potential employees large sums of money for the arrangement of employment and a work visa. But their visa is precarious—it's dependent on their employment by the inviting employer. Flying visa victims arrive in Israel to find their job, and thus their visa and their legal status, cancelled. "It's so simple, so ugly, so cruel," says Rivka Makover, manager of the registration department in the ministry of trade, industry and labor. Makover licenses employment agencies. But much of her time is spent trying to ebb the flow of flying visa victims. "When I started this position in July 2004, there were 350 such companies," she says. "Since then, I've revoked more than 230 licences." She has forwarded many of these cases to the Immigration Police. David Peretz, superintendent of Immigration Police, and his colleague Eli Tsemach have made more than 100 arrests in flying visa cases. "The agencies bring someone, cancel, bring another, it's a revolving door," Tsemach explains. "One hand brings them, the other hand takes them out." Those in India who believe that Israel is a model society, refreshingly different from the Arab countries ringing it, had better be warned—here too illiterate, poor workers are exploited by fly-by-night operators. Here too employers promise salaries to foreign workers they never intend to pay.***To meet the Indian workers, I choose a crisp, bright Sunday morning to visit Kav LaOved. The queue of foreign workers in the waiting room spills out into the hallway, where Manoj Jorees, from Kerala, waits patiently for help. He paid $10,000 to come to Israel, where he worked for three months before his employer cancelled his work visa on a whim. Unemployed, he relies on friends for food and shelter. He can't return to India because of the loans he took from neighbours to reach Israel. "They'll kill me, maybe," he says. Jorees has repeatedly called the employment agency that brought him to Israel. "They say they'll give me a new employer and a new licence (visa) in two weeks, three weeks." The agency has been assuring him with this promise for months. "They are playing games," he declares. Anne Suciu, the migrant workers coordinator at Kav LaOved, says, "Most of the workers from other countries come to complain about wage payments—Indians don't even get to that point." Explaining that Indians are disproportionately plagued by the flying visa, she says, "The agency uses the permit to get the visa, bring the worker, cancel the visa, and bring another. The permit is used again and again." The result is a large pool of unemployed illegal workers, many of them in debt. These workers are ripe for exploitation—but, surprisingly, no more so than those who work legally.This is because of the 'binding arrangement' that links the employee's legal status to their employer. If an employer fires an employee—or if an elderly or sick employer dies—the worker loses his visa, as also his legal status. This exploitative law is typical of many Arab countries as well. "Workers are afraid to leave abusive employers, even if they're being sexually abused, because non-employment is a disaster," Hanny Ben Israel, an attorney for Kav LaOved, explains. Describing the binding arrangement as "a modern form of slavery", she mentions the March 2006 Israeli Supreme Court decision to end it. "So why does it continue?" she asks. Standing in the waiting room is Goa's Victor D'Souza, who paid $8,000 to become another victim in the flying visa scam. There was no job of caregiver that was guaranteed to him. But he was lucky to find another job—and qualified for another visa. But after working for a short while, D'Souza's employer refused to grant him a visa, refused to pay the wages owed to him, and subsequently fired him. "We come to Israel to make our life," he says, "but we come here and spoil our life." *** On Saturdays, a steady stream of foreign workers flows from Tel Aviv's Central Bus Station to the adjacent Lewinsky Park, passing three black and orange billboards advertising cellphone services—nestled between English and Hebrew is a panel bearing Hindi script. Relaxing on one of the blue-and-white sheltered benches—the colour of the Israeli flag—that pepper the park is a group of Gujaratis. One of these is Ramona Macuan, who accumulated $7,000 in loans to come to Israel. Her first employer provided her with very little food and compelled her to work such long hours that she couldn't get adequate sleep. Fed up, she quit her job even though she ran the risk of losing her legal status. Fortunately, Macuan managed to find another caregiver position. As she narrates her story, you hope bad luck doesn't dog her again, as it did Babu Rao, from Hyderabad, and William Fernandez, from Goa. Their experiences perfectly illuminate the snare of problems they are trapped in. "There's too much suffering here," Fernandez says. He, like many others, paid $8,000 for the flying visa. "No one picked me up from the airport," he recalls. Before finding a job, he survived on the good graces of friends. His employer has now taken to exploiting him. "I don't get enough food," he says, receiving only hummus and two pieces of bread or pita a day. "But how can I get another job?" he moans, pointing out that employment agencies prefer women for caregiver jobs. Rao estimates he only gets three-four hours of sleep a night. Though a caregiver, he's forced to clean the employer's house as also those of his children—and, sadly, without extra wages, as he ought to legally. Rao's story is typical of Indian caregivers who are compelled to work—on the same wage—as cooks, housekeepers, gardeners or nannies. When Rao cribs, his employer responds, "If you don't work, you don't have a visa. If you don't want to work, go back to India." And the visa isn't there for your asking. Ask Gujarat's Jagdish Panjari, who lost his job and visa at the death of his employer. "If you don't have money," he says, "you don't have a visa." True for the growing Indian community here.मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्