Like

Showing posts with label israel. Show all posts
Showing posts with label israel. Show all posts

Monday, July 13, 2009

लौ हेरौ, उन्नत जातका इजरायलका गाईहरु

लेखकः प्रभात खनाल, हेब्रु युनिभर्सिटी, इजरायल


संकलनःअमृत पण्डित, इजराइल

लौ हेरौ भाग्यमानी गाईहरु !
इजरायल कृषि प्रविधिमा विश्वमा नै अग्रस्थानमा आउँछ। आधाभन्दा बढी जमिन मरुभूमि भएको इजरायलमा सिमित मात्रामा भएको कृषिस्रोतलाई अति सक्षम तरिकाले प्रयोग गर्ने अनौठो तरिका यहाँ देख्न पाइन्छ। खासगरी थोपा सिन्चाइ प्रणाली र कम्प्युटरजडित सिन्चाइ प्रविधिको उदगम स्थल मानिन्छ इजरायल। हामीले नेपालमा विगत साठी वर्षदेखि डेमोक्रेसीको लागि लडेको लडयै छौँ। तर इजरायल स्थापनाको साठी बर्षमै कृषि लगायत अन्य सबै क्षेत्रको बिकासमा निकै फड्को मारिरहेको छ। यहाँको कृषिजन्य उत्पादन यूरोप तथा अमेरिकामा निर्यात हुन्छ। पशु ब्यबस्थापन तथा दुग्ध उत्पादन पनि कृषि क्षेत्रका महत्वपूर्ण हाँगाहरु हुन। इजरायल दुग्ध उत्पादनको क्षेत्रमा पनि निकै अगाडि छ। नेपालमा पनि पछिल्ला दिनहरुमा युवाहरुमा पशुपालनमा बिशेष चासो देखिएको पाइएको छ किनकी युवा स्वरोजगार कोशको लागि फाराम भर्ने ब्यक्तिहरु मध्य सबैभन्दा धेरै युवाले पशुपालन ब्यवसायमा चासो देखाएका छन। हुन पनि ठिकै हो भाइ मार्न विदेशी गुहार्ने नेताहरुको कति भर पर्नु, सबैले आफ्नो ठाउँमा सकेको ब्यवसाय सुरु गर्नु नै उत्तम होला।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

यहाँ सधैं नेताहरुको फोटो हेर्दा हेर्दा आँखा पट्टिएर दिक्क हुनुभएका हाम्रा पाठकलाई एउटा नयाँ दृश्य दिने प्रयास गरिएको छ। यहाँ प्रस्तुत सबै फोटोहरु इजरायलको भोल्कानी रिसर्च इन्स्टिच्युटको गाई फार्ममा मैले ने खिचेको हुँ। गाईहरु सबै होलिस्टिन जातका हुन्।
लौ हेर्नुस् भाग्यमानी गाईहरु ! यो दुध दुहुने ठाउँ हो र यहाँ मेसिनको प्रयोग गरी दुध दुहिन्छ।





सबै गाईहरु उत्पादनको साथसाथै कुनै न कुनै अनुसन्धानसँग पनि संलग्न छन।


आमै नि ! लौ हेर्नुस् त गाईको कल्चौडो कती ठुलो हो !



यहाँ दुध दुहुँदै गर्दा प्रत्येक गाईहरु कम्प्युटरसँग जोडीएका हुन्छन।


सबै गाईको दुध मुख्य पाइपको बाटो हुँदै ट्यान्कीमा जम्मा हुन्छ र त्यो दुध बजार तथा उध्योगमा नजादासम्म कम तापक्रममा राखिन्छ।


यहाँ जोडिएको यन्त्र हेर्नुस त त्यो कती दुध दियो भनेर नाप्ने यन्त्र हो। यो गाईले १३.९२ लिटर दुध दिएछ। यहाँ दिनमा तीन पटक दुहिन्छ भनेपछी ४० लिटर एसै भयो। साथै यही यन्त्रमा गाईको सम्पूर्ण विवरण (अर्को शब्दमा CV नै भनौ न ) पढ्न पाईन्छ अनी गाईलाई कुनै रोग वा इन्फेक्सन भएको पाइएमा एसै यन्त्र बाट सोझै कम्प्युटरमा सुचना पठाइन्छ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने

July 13, 2009
विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने
एमाले नेतृत्वको सरकारले आज घोषणा गरेको बजेटमा भएका केही पक्षलाई हेरौँ-
- दलित र गैर दलितबीचको अन्तरजातीय बिहेलाई प्रोत्साहन दिने नीति सरकारले लिएको छ। त्यस अनुसार अब कुनै गैर दलितले दलितलाई बिहे गरे भने १ लाख रुपैयाँ सरकारले दिनेछ। त्यो रकम पाउनलाई बिहे भने जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ रे है। नत्र पाइन्न रे।

- विधवा बिहेलाई पनि प्रोत्साहन दिने नीति सरकारले लिएको छ। विधवा बिहे गर्ने हो भने आधा लाख अर्थात् ५० हजार रुपैयाँ पाइनेछ। तर त्यो रकम पाउन सीडीओ कार्यालयमा बिहे दर्ता गर्नुपर्छ।
तपाईँले दलितलाई बिहे गरेको होस् वा विधवालाई रकम पाउन ३० दिनसम्म कुर्नुपर्ने हुनसक्छ। हेरौँ, सरकारको यो नीतिपछि यस्ता विवाह कति हुने हुन्। र, यसले समाजमा सकारात्मक वा नकारात्मक कस्तो असर पार्ने हो।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
Collected by
AMRIT, Israel