Like

Tuesday, May 12, 2009

सदनबाट नयां सरकार गठन नभए मुलुकमा गृहयुद्ध : मैनाली

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम - संवाददातानेपाल बार एशोशिएसनका अध्यक्ष विश्वकान्त मैनालीले सदनबाट नयां सरकार गठन नभए मुलुकमा गृहयुद्ध हुने खतरा औल्याएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले गृहयुद्धको खतरा र्टार्न सदनबाटै अन्यौल समाप्त गर्नुपर्ने बताए ।
'सदनबाहेकबाट सरकार बनाउन लागे गृहयुद्ध हुन्छ ,' मैनालीले भने, 'सरकार बनाउने थलो सदननै हो, विकल्प खोज्नुहुन्न ।' राजनीतिक सहमतिबाट सरकार गठन हुन नसकेपछि बहुमतका लागि सदनमा गएपछि अवरुद्ध गर्नेमाथि सभामुख कडा रुपमा प्रस्तुत हुनुपर्ने बताए । सदन अवरुद्ध गरेर सरकार गठनको ढोका बन्द गर्नेकाविरुद्ध सभामुख दरिलो रुपमा खडा हुनुपर्ने बताउदै भने, 'सदन अवरुद्ध गर्नेलाई सभामुखले झींगा फाले जसरी फाल्नुपर्छ ।' अन्तरिम सहमति आफैमा सहमतिको दस्तावेज भएकाले सहमतिबाट अगाडि बढ्नुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सदनबाटै नयां सरकार गठन हुने बताए । सदनले निकास दिनेमा आफू विश्वस्त भएको बताउदै भने, सदनले निकास दिन्छ । माओवादीले गर्दैआएको सदन अवरुद्धको सिलसिला रोक्नुको विकल्प नभएको बताए । सरकार गठनका लागि दलहरुले बहुमत जुटाउन नसेकेको अवस्थामा अन्यौल रहेको र त्यो अन्त हुने बताए । राष्ट्र्पति डा.रामवरण यादवको सेनापतिको सवालमा चाल्नुभएको कदमलाई संवैधानिक भने । संविधानमा राष्ट्र्पति सेनाको नियन्त्रक, परिचालक र व्यवस्थापक भनी उल्लेख भएबाट कदम संवैधानिक भएको जिकिर गरे । माओवादीले राष्ट्र्पतिलाई नागरिक सर्वोच्चतामाथि प्रहार गरेको भन्नुको कुनै तुक नरहेको बताउदै भने, 'माओवादी आफै नागरिकलाई डर, त्रास, धाक धम्की देखाएर नागरिकको सर्वोच्चतामाथि प्रहार गरी एकदलीय सर्वोच्चता लाद्न खोजिरहेका छन् ।'
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
नेपाल बार एशोशिएसनका महासचिव रमनकुमार श्रेष्ठले सदनबाहेकबाट सरकार गठन गरेमा त्यसले वैधानिकता नपाउने जिकिर गरे । उनले भने, सदनबाहेकबाट बनेको सरकारलाई जनताले मान्नुपर्दैन । संविधानमा सदनबाटै सरकार गठन हुने स्पष्ट उल्लेख भएबाट त्योबाहेकबाट सरकार बनाउन खोजिएको बताए । राष्ट्र्पटि डा.रामवरण यादव सक्रिय हुन खोजेको भन्दै विगतमा पूव राजा ज्ञानेन्द्र शाहको शैलीमा जान खोजेको आरोप लगाए । राष्ट्र्पतिले नागरिक सर्वोच्चता खोस्न खोजेको आरोप लगाउदै त्यसलाई सच्चाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका पूव सभापति एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले माओवादीले नागरिक सर्वोच्चताको नाममा देशलाई युद्धमा धकेलिरहेको आरोप लगाए । आफूभन्दा विपरित विचार राख्नेलाई गाउँ गाउँबाट लखेट्न थालेको उल्लेख गर्दै भने, 'माओवादीले देशलाई गृहयुद्धमा धकेल्दैछ ।' राज्यको सर्वोच्च निकाय संसदलाई अवरुद्ध गरेर अन्यौल बढाउन खोजेको भन्दै त्यसप्रति आम जनता गम्भीर हुनुपर्ने बताए ।
मानवअधिकारवादी सुदीप पाठकले माओवादीले गाउं गाउंमा नागरिकको अधिकार हनन गरेर नागरिक सर्वोच्चता खोसिरहेको बताए । देशभर ४२ ठाउँबाट नागरिक विस्तापित भएको उल्लेख गर्दै भने, 'जनतालाई त्रासमा राख्ने अनि नागरिक सर्वोच्चताको कुरा गर्ने -' प्रधानमन्त्री प्रचण्डले कार्यकर्तालाई विदेशीको पुत्ला जलाउन लगाएर आफू भित्र भित्र उनीहरुलाई गुहारिरहेको आरोप लगाए । भ्रमको खेती गरेर राष्ट्रि्यतालाई खतरामा पारेको आरोप लगाउदै भने, नेपालको इतिहासमा विदेशीसँग यो हदमा झुक्ने प्रधानमन्त्रीनै छैनन् जसले दिल्लीलाई दूत पठाउन गुहारेका छन् । नेपालस्थित संयुक्तराष्ट्र्संघीय मिसन अनमिनको विश्वसनीयता गुमेको भन्दै त्यसका पूव प्रमुख इयान मार्टिनलाई कारबाही गर्नुपर्ने माग गरे ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा.केदारनरसिंह केसीले सदनबाटै सरकार बनाउनुपर्ने बताए । सरकार गठन हुने थलो अवरुद्ध गरेर माओवादीले जनताको सर्वोच्चतामाथि प्रहार गर्न खोजेको आरोप लगाए । उनले भने,' सदनबाटै सरकार बन्नुपर्छ, त्यसलाई अवरुद्ध गरिरहने हो भने माओवादी अधिनायकवादको खतरा रहन्छ ।' माओवादीका कारण मुलुकमा दण्डहीनता र असुरक्षा बढको उनको आरोप थियो ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

Sunday, May 10, 2009