Like

Thursday, July 16, 2009

नेपाली दूतावास इजरायलद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपाली दूतावास इजरायलद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न


१२ जुलाइ २००९
अर्जुन जयसवाल
(arjunjaisawal@yahoo.com)
तेल - अवीव , इजरायल


१२ जुलाईको साँझमा नेपाली दूतावास इजरायलले बिभिन्न राष्ट्रका कुटनैतिक प्रतिनिधिहरुलाई आमंत्रण गरी, सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ | रूपा घिमिरेले निर्देशन गरेकी 'झण्डा यो झण्डा' गीतको बोलमा नेपाली झण्डा बोकेर दौरा सुरुवाल, बिभिन्न जात जातीका सास्कृतिक पाहिरणमा झण्डाको गुणगान गर्दै सांस्कृतिक कार्यक्रमको सुरुवात भएको थियो | तेलअवीव स्थित पॉँच तारे होटल शेराटोनमा नेपाली र बिभिन्न राष्ट्रका कूटनैतिक प्रतिनिधिहरु गरी २०० जना अतिथिहरुको लागी आयोजना गरिएको यो पहिलो सांस्कृतिक कार्यक्रममा इजरायलमै कार्यरत नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्काउने नृत्य र गीत प्रस्तुत गरेका थिए | दिनेश प्रसाईंद्वारा संचालित उक्त सांस्कृतिक साँझमा कलाकार देवकी ढकालको कुमारी नृत्यले बिदेशी दर्शकहरुलाई निकै नै आकर्षित गरेको थियो |

इजरायलकालागी राजदूत महामहिम बैजनाथ थपलियाले पहुनाहरुलाई स्वागत गर्दै नेपालको बारेमा छोटो परिचय दिएका थिए | सुमधुर नेपाली संगीतको मधुरो वातावरणमा वेलकम ड्रिंक र स्न्याक्स बाट सुरु भएर बिभिन्न ड्रिंकको आनन्द लिदै, नृत्य र गायन को अवलोकन पछि थरीथरीका स्वादिष्ट परिकारको डिनर पश्चात नेपाली तालमा सामूहिक नृत्य पछि कार्यक्रम सकियेको थियो | पहुनाहरुको आगमन देखि कार्यक्रम भरी नेपाली पर्यटन , कला र संस्कृति , हस्त कला , नेपालका बिभिन्न स्थानहरु अदि को तस्बीरहरुको स्लाइडशोले पनि कार्यक्रमको शोभा बढाएको थियो |

यो कार्यक्रमको सफलता पछि भबिष्यमा पनि यस्ता खालका अन्य कार्यक्रम गर्ने योजना रहेको जानकारी दुतावासका मिनिस्टर कौंसुलर मुक्तिनाथ भट्टले दिनु भयो | गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय समिति, इजरायल र नेपाली नारी आवाजको बिशेष सहयोग रहेको सो कार्यक्रम राती ८ बजे सुरु भएर १०:३० मा समापन भएको थियो |

इजरायलमा नेपालको कुतनैतिक प्रतिनिधि नभएको कारण देखाई पहिलो पटक इजरायलमा नेपाली कामदार आउन रोक लगाये पछि ३० अगस्त २००७ मा नेपाल सरकारले दूतावास स्थापना गरेको थियो | पहिलो पटकको डेढ़ बर्षको बन्द पछि खुलेको नेपाल पुनः मार्च २००९ मा बन्द भएको छ | नेपाली र इजरायली म्यानपॉवर एजेन्सीहरुलाई इजरायल आउन ऋण गरेर लिएको लखौ डॉलर, बन्दको कारणले फसेको छ | महिनै पीछै ब्याज तिर्दै कहिले इजरायल खुल्ला र गएर कम गरेर लिएको ऋण तिरिएला भन्ने सपना सजाएकाहरुको सपना, दूतावासको कार्यक्रम झै सफल पार्न नेपाल सरकार , दूतावास लगायत संपूर्ण सम्बंधित संस्था र ब्यक्तिहरुले मिलेर चाडो भन्दा चाडो नेपाल खुलाएर ब्यवस्थित रूपले नेपाली कामदार ल्याऊने अपरिहार्यता देखिएको छ |
तस्बीर - अर्जुन जयसवाल












www.nnchautari.com

मेरा अनुभबहरू .... कतै तपाइ पॊ छुट्नु भयॊ की ?


मेरा अनुभबहरू .... कतै तपाँइ पॊ छुट्नु भयॊ की ?
सलॊम,नमस्कार ,जयनेपाल,लालसलाम र
दर्जाअनुशार अभिबादन्.................

हाम्रै जन्मभुमी नेपाल भुपरीबेष्टीत ,बिकासॊन्मूक , राजनैतिक खिचलॊ ,पार्टीगत द्वन्दले ग्रसीत छदाँछदै पनि बि.सं.२०५२ सालदेखि आन्तरीक हत्या,हिंसा ,बिष्फॊटन ,आतंक फैलीएर देश र जनाताहरू त्राहि,त्राहि भएकै अबश्थामा नेपालमा शान्ति स्थापनार्थ, म देशभक्तका रूपमा बि.सं २०५४ सालदेखि सुरक्षा फौजमा कार्यरत रहि देशका कुना काप्चा ,पहाड ,हिमाल र तराइ गरी जम्मा ५३ जिल्लामा ३ दिन देखि ३ महिना अबधिसम्म ८ बर्षे जागीर कार्यअबधिसम्म कार्यरत भइ अथक रूपमा कर्तब्यपरायणका साथ अनबरत निस्वार्थ खटीइरहे जुन जागीरकॊ सत्य अनुभबहरू निषेधीतः भएकाले यहाँ उल्लेख गर्न असमर्थ छु ,यस्का लागी क्षमाप्रार्थी छु तथापी नेपालमा फौजकॊ जागीरकॊ सिलसिलामा एउटा परम्परा भने मैले उल्लेख नगरी रहन सक्दिन, त्यॊ के हॊ भने "यस जागीरमा अझै पनि राणाकालीन निरंकुश तानासहि जंगी नियम लागु नै छ यस्लाइ समय सापेक्षीत परीबर्तनिय बनाउनु जरूरी छ र प्रमॊशन हुन र उचित मुल्याँकन एबं पदक पुरस्कार पाउन ९५ % नाताबाद ,कृपाबाद ,चाकडी चाप्लुसी, घूसद्वारा मात्रै सहजै सम्भब देखिन्छ अन्यथा सधैँ पछाडी परीरहिन्छ।" तापनि यस्तै दर्दर अबश्थामा समेत मेरॊ दश पुस्ता अगाडीदेखि यस फौजी सेवामा कुनै नातेदार नभएका भएता पनि राज्यद्वारा २०६२ सालमा "राष्ट्र सेवा पदक"ले बिभुषीत भएँ जतिबेला म बिभागीय प्रमूखकॊ अंगरक्षकमा कार्यरत थिएँ , अतः मेरा मानसपटलमा सधैँ एउटा पश्न खडा भइरहन्छ यस "राष्ट्र सेवा पदक" मैलै ति ९५% अन्तरगतमा परेर पाएँ वा ५% मा, किनकी मलाइ चाकडी,चाप्लुसी पटक्कै गर्न आउदैन्थ्यॊ अनि नाताबाद कुरामा धेरै टाढासम्म कुनै पारीवारीक सदस्य फौजभित्र कार्यरत थिएनन् अब अलिकती प्रशंगलाइ बदल्न चाहन्छु तसर्थ मैले जीबन रथलाइ गन्तब्य तर्फ लैजाने क्रममा शामाजीक रूडीबादि परम्परालाइ लत्याएर २०६१ सालमा अन्तरजातीय प्रेम बिबाह बन्धनमा बाँधिन पुगेँ अन्ततः बिबाहपश्चात मेरी श्रीमतीले इजरायलबाट छुट्टीमा नेपाल गइ बिबाह गरेकी हुनाले पुनः उनि इजरायल नै फर्कीइन् । तसर्थ मैले यस अन्तरजातीय प्रेम बन्धनलाइ मुर्त रूप दिन र प्रशस्त धन कमाइ सुनौला भबिष्य निर्माण गर्ने सपनाहरू मनमा सँगालेर सरकारी सानॊ, सानॊ अधिकृत दर्जाकै जागीरलाइ त्यहिँ बिसर्जन गरेर केयरगीभरका रूपमा १४ जुलाइ २००५ मा इजरायल प्रबेश गरेँ । इजरायली भुमीमा मैले बिगतका पेशागत दक्षता भन्दा अलग्गै किसिमकॊ काम गर्नुपरेकाले केहि नयाँ शीपहरू सिक्ने मौका पाँए अतः भनिन्छ ,जीबन नै नयाँ कुरा सिक्ने चरणबद्द एउटा श्रृंखला हॊ त्यसैले इजरायलमा अधिकाँश बुढाहरू स्याहार्ने क्रममा अन्तिम घडीमा पुगीसकेका वा नेपालमा भए घाटे बैध्यकॊमा लगेर राख्नुपर्ने बेला भएका वा पागल,अपायज,लुला डुडा ,अन्धा वा बुढेसकालले गर्दा घरले जा,जा बनले आइज, आइज भन्ने बेलामा पुगेकाहरूलाइ मात्र केयरगीभिङ गर्ने मैले अबशर पाएँ जस्ले गर्दा ४ बर्षे इजरायलकॊ कुल कार्यबधिमा ६ जनालाइ खाडलमा पुरेकॊ हेरेँ वा अझ भनौँ यी डलरबाउहरूका कीरीया जुठॊ समेत मैले बार्नु पर्यॊ । जा + गीर = जागीर यस्तै ,यस्तै भएनि जेनतेन इजरायलमा हाम्रा दाम्पत्य जीबन एउटा गर्ल फ्रेण्ड र ब्वाइफ्रेण्ड मात्र संज्ञा दिइ साह्रै रमाइलॊ र सफलतापुर्बक ब्यतीत भैरहेकै थियॊ साथमा हाम्री सुकॊमल,सुन्दरी रत्नपुत्री (माल्का) समेत हुर्कदैथिइन् यस्ता रमाइला समयमा हाम्रा सुनौला भबिश्यकै कल्पना र चाहनाहरूमा कुठारापातका लक्षणहरू इजरायलमा गठीत नयाँ सरकारद्वारा बिदेशीकामदारहरू प्रति लक्षीत गरी बनाइएका पक्षपातपुर्ण नयाँ नियमले देखाँउदैछ, यस नयाँ नियम अन्तरगत इजरायलमा कार्यरत बिदेशीकामदारहरू जे, जती बिना भिसा वा गैह्र कानूनी र बच्चा जन्माइ बसिरहेका आमा र तिनका बच्चाहरू समेतलाइ स्वंयमकै देश ०१ अगष्ट २००९ देखि पक्राउ गरी फिर्ता गरीने भनि उल्लेख गरीएकॊ छ ,जुन जन्मसिद्द अधिकारलाइ हनन् गर्ने बिबादस्पद कानून र यस अन्यायपुर्ण नियमलाइ लाध्न खॊज्ने इजरायली सरकारकॊ गलत निर्णय बिरूद्दमा यस भिडीयॊ लिङमा
भएझैँ चरणबद्द बिरॊध जुलुस शसक्त र संयुक्त रूपमा इजरायली शामाजीक सेवाका संस्था, हटलाइन र बिदेशी कामदारहरूका हक ,अधिकार सुनिश्चीत गर्न बनेकॊ (काबला ओबेद) संस्थाहरूका बिशेष सक्रीयताका साथ बाल अधिकारकालागी शंघर्षरत छन् र म पनि यसै कार्यमा सुत्रधार, पक्षधार भइ अन्यायका बिरूद्दमा लड्न दिलॊ ज्यान दिएर लागी परीरहेकॊ छु.. (उहि तपाइहरूकै श्याम)

कतै तपाइ पॊ छुट्नु भयॊ की ?

पुनश्चः

सल्लाह,सुझाब ,प्रतिक्रीया र समर्थन गर्न आफ्नॊ नाम तल उल्लेखित ब्यक्तीहरूलाइ टिपाउनु हनु समेत बिनम्र अनुरॊध गर्दछु । धन्यबाद

(नेपाली) श्याम रॊक्का ०५०३१०००१९ E-mail: rokkas2003@yahoo.com

(इजरायली) इलाद, Elad, 0523-511311

Monday, July 13, 2009

लौ हेरौ, उन्नत जातका इजरायलका गाईहरु

लेखकः प्रभात खनाल, हेब्रु युनिभर्सिटी, इजरायल


संकलनःअमृत पण्डित, इजराइल

लौ हेरौ भाग्यमानी गाईहरु !
इजरायल कृषि प्रविधिमा विश्वमा नै अग्रस्थानमा आउँछ। आधाभन्दा बढी जमिन मरुभूमि भएको इजरायलमा सिमित मात्रामा भएको कृषिस्रोतलाई अति सक्षम तरिकाले प्रयोग गर्ने अनौठो तरिका यहाँ देख्न पाइन्छ। खासगरी थोपा सिन्चाइ प्रणाली र कम्प्युटरजडित सिन्चाइ प्रविधिको उदगम स्थल मानिन्छ इजरायल। हामीले नेपालमा विगत साठी वर्षदेखि डेमोक्रेसीको लागि लडेको लडयै छौँ। तर इजरायल स्थापनाको साठी बर्षमै कृषि लगायत अन्य सबै क्षेत्रको बिकासमा निकै फड्को मारिरहेको छ। यहाँको कृषिजन्य उत्पादन यूरोप तथा अमेरिकामा निर्यात हुन्छ। पशु ब्यबस्थापन तथा दुग्ध उत्पादन पनि कृषि क्षेत्रका महत्वपूर्ण हाँगाहरु हुन। इजरायल दुग्ध उत्पादनको क्षेत्रमा पनि निकै अगाडि छ। नेपालमा पनि पछिल्ला दिनहरुमा युवाहरुमा पशुपालनमा बिशेष चासो देखिएको पाइएको छ किनकी युवा स्वरोजगार कोशको लागि फाराम भर्ने ब्यक्तिहरु मध्य सबैभन्दा धेरै युवाले पशुपालन ब्यवसायमा चासो देखाएका छन। हुन पनि ठिकै हो भाइ मार्न विदेशी गुहार्ने नेताहरुको कति भर पर्नु, सबैले आफ्नो ठाउँमा सकेको ब्यवसाय सुरु गर्नु नै उत्तम होला।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

यहाँ सधैं नेताहरुको फोटो हेर्दा हेर्दा आँखा पट्टिएर दिक्क हुनुभएका हाम्रा पाठकलाई एउटा नयाँ दृश्य दिने प्रयास गरिएको छ। यहाँ प्रस्तुत सबै फोटोहरु इजरायलको भोल्कानी रिसर्च इन्स्टिच्युटको गाई फार्ममा मैले ने खिचेको हुँ। गाईहरु सबै होलिस्टिन जातका हुन्।
लौ हेर्नुस् भाग्यमानी गाईहरु ! यो दुध दुहुने ठाउँ हो र यहाँ मेसिनको प्रयोग गरी दुध दुहिन्छ।





सबै गाईहरु उत्पादनको साथसाथै कुनै न कुनै अनुसन्धानसँग पनि संलग्न छन।


आमै नि ! लौ हेर्नुस् त गाईको कल्चौडो कती ठुलो हो !



यहाँ दुध दुहुँदै गर्दा प्रत्येक गाईहरु कम्प्युटरसँग जोडीएका हुन्छन।


सबै गाईको दुध मुख्य पाइपको बाटो हुँदै ट्यान्कीमा जम्मा हुन्छ र त्यो दुध बजार तथा उध्योगमा नजादासम्म कम तापक्रममा राखिन्छ।


यहाँ जोडिएको यन्त्र हेर्नुस त त्यो कती दुध दियो भनेर नाप्ने यन्त्र हो। यो गाईले १३.९२ लिटर दुध दिएछ। यहाँ दिनमा तीन पटक दुहिन्छ भनेपछी ४० लिटर एसै भयो। साथै यही यन्त्रमा गाईको सम्पूर्ण विवरण (अर्को शब्दमा CV नै भनौ न ) पढ्न पाईन्छ अनी गाईलाई कुनै रोग वा इन्फेक्सन भएको पाइएमा एसै यन्त्र बाट सोझै कम्प्युटरमा सुचना पठाइन्छ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने

July 13, 2009
विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने
एमाले नेतृत्वको सरकारले आज घोषणा गरेको बजेटमा भएका केही पक्षलाई हेरौँ-
- दलित र गैर दलितबीचको अन्तरजातीय बिहेलाई प्रोत्साहन दिने नीति सरकारले लिएको छ। त्यस अनुसार अब कुनै गैर दलितले दलितलाई बिहे गरे भने १ लाख रुपैयाँ सरकारले दिनेछ। त्यो रकम पाउनलाई बिहे भने जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ रे है। नत्र पाइन्न रे।

- विधवा बिहेलाई पनि प्रोत्साहन दिने नीति सरकारले लिएको छ। विधवा बिहे गर्ने हो भने आधा लाख अर्थात् ५० हजार रुपैयाँ पाइनेछ। तर त्यो रकम पाउन सीडीओ कार्यालयमा बिहे दर्ता गर्नुपर्छ।
तपाईँले दलितलाई बिहे गरेको होस् वा विधवालाई रकम पाउन ३० दिनसम्म कुर्नुपर्ने हुनसक्छ। हेरौँ, सरकारको यो नीतिपछि यस्ता विवाह कति हुने हुन्। र, यसले समाजमा सकारात्मक वा नकारात्मक कस्तो असर पार्ने हो।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
Collected by
AMRIT, Israel

Sunday, July 12, 2009

इजरायलमा बिदेशी कामदारहरू र बच्चाहरूद्वारा प्रदर्शीत भब्य बिरॊध जुलुस.(एक बृतचित्र)

इजरायलमा जन्मीएका बिदेशी कामदारहरूका बच्चाहरू र तिनिहरूका अ।माहरू समेतलाइ इजरायल सरकारले जुलाइ ०१ ,२००९ देखि नयाँ नियम लागु गरी अगस्ट ०१ गतेबाट पक्राउ गरी स्वयंकै देश फिर्ता पठाइने सूचना प्रकाशन भएपछि इजरायल स्थीत सामाजीक सेवाका संस्थाहरू, हटलाइन र मानब अधिकारबादि संस्थाद्वारा बिशेष सक्रीयतामा तेल अभिब शहरमा जुलाइ ११ गते साँझ बिदेशी कामदारहरू र बच्चाहरूद्वारा प्रदर्शीत भब्य बिरॊध जुलुस .......(एक बृतचित्र)