Like

Thursday, July 16, 2009

नेपाली दूतावास इजरायलद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपाली दूतावास इजरायलद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न


१२ जुलाइ २००९
अर्जुन जयसवाल
(arjunjaisawal@yahoo.com)
तेल - अवीव , इजरायल


१२ जुलाईको साँझमा नेपाली दूतावास इजरायलले बिभिन्न राष्ट्रका कुटनैतिक प्रतिनिधिहरुलाई आमंत्रण गरी, सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ | रूपा घिमिरेले निर्देशन गरेकी 'झण्डा यो झण्डा' गीतको बोलमा नेपाली झण्डा बोकेर दौरा सुरुवाल, बिभिन्न जात जातीका सास्कृतिक पाहिरणमा झण्डाको गुणगान गर्दै सांस्कृतिक कार्यक्रमको सुरुवात भएको थियो | तेलअवीव स्थित पॉँच तारे होटल शेराटोनमा नेपाली र बिभिन्न राष्ट्रका कूटनैतिक प्रतिनिधिहरु गरी २०० जना अतिथिहरुको लागी आयोजना गरिएको यो पहिलो सांस्कृतिक कार्यक्रममा इजरायलमै कार्यरत नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्काउने नृत्य र गीत प्रस्तुत गरेका थिए | दिनेश प्रसाईंद्वारा संचालित उक्त सांस्कृतिक साँझमा कलाकार देवकी ढकालको कुमारी नृत्यले बिदेशी दर्शकहरुलाई निकै नै आकर्षित गरेको थियो |

इजरायलकालागी राजदूत महामहिम बैजनाथ थपलियाले पहुनाहरुलाई स्वागत गर्दै नेपालको बारेमा छोटो परिचय दिएका थिए | सुमधुर नेपाली संगीतको मधुरो वातावरणमा वेलकम ड्रिंक र स्न्याक्स बाट सुरु भएर बिभिन्न ड्रिंकको आनन्द लिदै, नृत्य र गायन को अवलोकन पछि थरीथरीका स्वादिष्ट परिकारको डिनर पश्चात नेपाली तालमा सामूहिक नृत्य पछि कार्यक्रम सकियेको थियो | पहुनाहरुको आगमन देखि कार्यक्रम भरी नेपाली पर्यटन , कला र संस्कृति , हस्त कला , नेपालका बिभिन्न स्थानहरु अदि को तस्बीरहरुको स्लाइडशोले पनि कार्यक्रमको शोभा बढाएको थियो |

यो कार्यक्रमको सफलता पछि भबिष्यमा पनि यस्ता खालका अन्य कार्यक्रम गर्ने योजना रहेको जानकारी दुतावासका मिनिस्टर कौंसुलर मुक्तिनाथ भट्टले दिनु भयो | गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय समिति, इजरायल र नेपाली नारी आवाजको बिशेष सहयोग रहेको सो कार्यक्रम राती ८ बजे सुरु भएर १०:३० मा समापन भएको थियो |

इजरायलमा नेपालको कुतनैतिक प्रतिनिधि नभएको कारण देखाई पहिलो पटक इजरायलमा नेपाली कामदार आउन रोक लगाये पछि ३० अगस्त २००७ मा नेपाल सरकारले दूतावास स्थापना गरेको थियो | पहिलो पटकको डेढ़ बर्षको बन्द पछि खुलेको नेपाल पुनः मार्च २००९ मा बन्द भएको छ | नेपाली र इजरायली म्यानपॉवर एजेन्सीहरुलाई इजरायल आउन ऋण गरेर लिएको लखौ डॉलर, बन्दको कारणले फसेको छ | महिनै पीछै ब्याज तिर्दै कहिले इजरायल खुल्ला र गएर कम गरेर लिएको ऋण तिरिएला भन्ने सपना सजाएकाहरुको सपना, दूतावासको कार्यक्रम झै सफल पार्न नेपाल सरकार , दूतावास लगायत संपूर्ण सम्बंधित संस्था र ब्यक्तिहरुले मिलेर चाडो भन्दा चाडो नेपाल खुलाएर ब्यवस्थित रूपले नेपाली कामदार ल्याऊने अपरिहार्यता देखिएको छ |
तस्बीर - अर्जुन जयसवाल












www.nnchautari.com

No comments:

Post a Comment