Like

Saturday, July 24, 2010

Read Continue ह्यापी गुरुपूर्णिमा!

ह्यापी गुरुपूर्णिमा!
साउनको पहिलो सोमबार पशुपति क्षेत्रको भीड छिचोलिनसक्नु थियो। झरी परिरहे पनि रंगिबिरंगी साडी वा कुर्तासुरुवालमा सजिएका महिला हातमा पुजाथाली बोकेर छिचोल्न घन्टौं लाग्ने लाममा हँसिलो अनुहारमा उभिएका थिए। हत्केलामा मेहन्दी र नारीमा हरिया चुरा लगाएर युवतीहरू झन् राम्रा देखिएका थिए। त्यही लाममा मैले उसलाई देखेँ।

म मुस्काएँ। एक वर्षपछि उसलाई देख्दै थिएँ। कालो जिन्स र बैजनी रंगको फुलस्लिभ टिसर्टमा तिब्बती तन्त्र कुँदिएको लकेट झन्डै नाभीसम्म झुन्डेको थियो। हातमा कुनै पुजाथाली थिएन। फ्रेन्चकट दाह्री राखेको उसका खुट्टामा यो झरीमा पनि छालाका जुत्ता टल्किएका थिए, छेउछेउमा अलिअलि हिलो लागेको थियो। मलाई देख्नेबित्तिकै ऊ पुरानै स्टाइलले ठूलो स्वरमा हाँस्यो, हो...हो...हो...गर्दै।
भन्यो, 'के हो दाइ, भेटघाट छैन आजकाल।'
म मुस्काएँ। सोधेँ, 'तिमी पनि यो लाइनमा?'
उसले ठूलै स्वरमा हाँस्दै भन्यो, 'भोलेबाबालाई हेलो गरूँ भनेर, दाइ।'
'कस्तो भयो त मुक्तिनाथ टि्र्रप?' मैले सोधेँ।
ऊ अझै ठूलो स्वरमा हाँस्न थाल्यो।
********************************************
डेढ वर्षअघि मैले कपुरलाई पहिलोपल्ट भेटेको थिएँ। कपुरकी दिदीले अमेरिकाबाट फोन गरेर उसका लागि बानेश्वरमा एउटा कोठा खोज्दिन भनेकी थिई। हाम्रो कुनै जमानाको खास सम्बन्धको फाइदा उठाएकी थिई सायद। उसको फोनले म एकैछिन टोलाएको थिएँ।
कपुरलाई कोठा खोज्दिनु सुखद रहेन। २० वर्षे ठिटोको 'लोकल गार्जेन' हुन गाह्रै रहेछ। कोठा खोजिदिएको तेस्रै दिन घरबेटी दिदीको फोन आएको थियो, 'भाइ, कपुर त गाँजा तान्छजस्तो छ, माथ्लो तलासम्मै गनाउँछ, एकचोटि आएर सम्झाइदिनुपर्ला।'
********************************************
तीन महिनापछि घरबेटी दिदीले अत्तालिँदै फोन गरेकी थिइन्। 'भाइ, कपुर त तीन दिन भयो घर नआएको।'
म पनि आत्तिएँ, 'कहाँ गएछ त लम्फु?'
धन्य! भोलिपल्टै उसको फोन आयो। बनारसबाट। उस्तै गरी हाँसिरहेको थियो।
'दाइ, अवन्तिका थिई नि, ऊसँग मेरो ब्रेक भयो, अनि मनलाई केही शान्ति मिल्ला कि भनेर म त बनारस चल्दिएँ। हिजो र आज दिनभरि मणिकर्णिका घाटमा बिताएँ, मस्ती भयो। धर्मशालामा खानेबस्ने पनि सस्तै रै'छ, रमाइलो भइरहेको छ। एकदुई दिनमा फर्किन्छु।'

********************************************
घरबेटी दिदीको सधैंको सिकायतबाट वाक्क भएर एकदिन मैले उसको कोठामा छड्के गरेको थिएँ। ढोकामा ताला लगाएको थिएन। ट्याकट्याक पारेँ। प्रतिक्रिया आएन। चुकुल घुमाएँ, घर्‍याक्क खुल्यो। खाटमा सुतिरहेको रहेछ।

कोठामा अलिअलि गाँजा गनाइरहेको थियो। भुइँमा थुप्रै किताब छरिएका थिए। कुनै पल्टाएका, कुनै नपल्टाएका। पाइलट बाबाको 'हिमालय कह रहा है', ओशोको 'शरीर और तन्त्र', प्रभुपादको 'दि साइन्स अफ सेल्फ रियलाइजेसन', स्वामी भास्करानन्दको 'मेडिटेसन : माइन्ड एन्ड प्राक्टिसिङ पतन्जलिज योगा' र शिवपुरीबाबाबारे लेखिएका दुइटा किताब थिए।

एकदुइटा उपन्यास पनि थिएजस्तो लाग्छ। दुईचारवटा प्रिन्टआउट पनि थिए। ल्यापटप खुल्लै थियो, गायत्रीमन्त्र बजिरहेको। एउटा प्रिन्टआउटमा 'बेनेफिट्स अफ च्यान्टिङ गायत्री मन्त्र' शीर्षक थियो। कुनामा किताब राख्ने बाँसको र्‍याक थियो, कोर्सका दुईचारवटा र दर्शनका दुईचारवटा किताब नमिलाई राखेको थियो।
मैले उसलाई उठाइनँ। ढोका तानेर फर्किएँ।
********************************************
एकदिन उसले तपोवनबाट फोन गर्‍यो र भन्यो, 'दाइ, म क्याथर्सिस गर्न आएको, रमाइलो भइरहेको छ।' क्याथर्सिस भनेको मेडिटेसनको प्रारम्भिक अवस्था रहेछ, शरीर हल्लाउँदै छिट्छिटो गतिमा सास बाहिर फ्याँक्ने।

एकदिन जमलबाट फोन गर्‍यो, 'दाइ, म विपश्यना जान लागेको। घरबेटी दिदीलाई भन्दिनू ल! ११ दिनमा फर्किन्छु।' बुढानीलकन्ठमा दसदिने विपश्यना ध्यान गर्न जान लागेको रहेछ।

एकदिन रत्नपार्कबाट फोन गर्‍यो, 'दाइ, बनेपामा एकजना योगी छन् रे, ध्यान सिकाउने, म उनलाई भेट्न जान लागेको, एक रात बसेर फर्कन्छु।'
एकदिन पाइलट बाबाको आश्रमबाट फोन गर्‍यो, 'दाइ, एकदिन आउनू तपाईं पनि, राम्रो ठाउँ छ। बाबाले मलाई शक्ति दिइरहनुभएको छ।'

एकदिन शिवपुरी बाबाको आश्रमबाट फोन गर्‍यो, 'दाइ, यहाँ बाबाको समाधि छ, उहाँ बितेको ५० वर्ष हुन लाग्यो। उहाँले ध्यान गरेकै ठाउँमा अहिले समाधिस्थल बनाएको छ। मलाई त यहाँ आउँदा बेग्लै आनन्द लाग्छ, दुई घन्टा ध्यान गरेको पत्तै हुँदैन।
********************************************
मलाई ऊसँग वाक्क लाग्न थालेको थियो। धनी बाबुआमाको एक्लो छोरो थियो। बाबुआमा धनगढीतिर व्यापार गर्थे। भएकी एउटी दिदी बिहा गरेर अमेरिका गइसकेकी थिई। ऊ नैनीतालमा तीन वर्ष प्लस टु फेल भएर काठमाडौं आएको थियो। बानेश्वरकै प्लस टुमा फेरि पढ्दै थियो। कलेजबाट पनि सिकायत आइरहन्थ्यो। कहिले चारपाँच दिनसम्म कलेज जाँदैनथ्यो रे। एक दिन बानेश्वरको रेस्टुरेन्टमा आफैंलाई पढाउने सरलाई रक्सीको सुरमा झन्डै पिट्देछ।

यो केटो राम्रो अभिभावकत्व नपाएर बिग्रियो भन्ने लाग्थ्यो। जहिल्यै ध्यान, ध्यान भनेर वाक्क लगाउँथ्यो। कहिले शिवपुरी बाबाको स्वधर्मबारे कुरा गर्थ्यो, कहिले पाइलट बाबाले सिकाउने क्रियायोगको व्याख्या गर्थ्यो। एकचोटि फोनमा रामदेवको योग सिक्दैछु भन्थ्यो।

मलाई कहिलेकाहीँ राति बाह्र बजेपछि फोन गर्थ्यो र ह्वाँह्वाँ रुन्थ्यो। रोएका बेला अंग्रेजीमा बोल्थ्यो। 'दाइ, मलाई कसैले बुझेन, बुबाआमाले पनि बुझेनन्, दिदीले झन् के बुझ्थी, अमेरिकामा बुढासँग रमाइरहेकी छे, तपाईंलाई भेटेपछि खुसी भएको थिएँ, बुझ्ने मान्छे पाएँजस्तो लागेको थियो। तर, आजकाल तपाईं पनि टाढिनुभयो, दाइ,' ऊ रुँदै भन्थ्यो। मलाई नरमाइलो लाग्थ्यो। केही गर्न सक्दिनथेँ। मेरा घरपरिवारका आफ्नै समस्या थिएँ।

बीचमा घरबेटी दिदीको फोन आउन छाडेको थियो। म आफ्नै दुनियाँमा थिएँ। पत्रकारिताको दिनचर्या व्यस्त थियो। बिहान ८ बजे निस्केको म कहिलेकाहीँ घर पुग्दा रातिको बाह्रै बज्थ्यो। भर्खरै बिहे गरेकी श्रीमती पनि झर्कन्थी। जिन्दगी देखेर कहिलेकाहीँ दिक्क लाग्थ्यो। कहिले त छुट्टीको दिन पनि सम्पादकले काम लगाउँथे। श्रीमती वाक्क मान्थी, 'कस्तो जागिर हो यो, हप्ताको एक दिन पनि छुट्टी नहुने!'
********************************************
एक वर्षअघि मर्निङ वाकमा पशुपतितिर गएका बेला कसैले च्याप्प हात समात्यो। झसंग भएँ। उही रहेछ।
'कहाँ बरालिएको?' मैले सोधेँ।
'म शिवपुरी बाबाको आश्रम जान लागेको दाइ, ल आज तपाईं पनि जानुपर्छ, यहीँ नजिकै छ,' उसले तान्यो।
अनकनाउँदै हुन्छ भनेँ। तिलगंगाको गल्फ कोर्स कटेर अलिकति उकालो चढेपछि ध्रुवस्थली भन्ने डाँडा रहेछ। दुईतीन मिनेट हिँडेपछि जंगलको वातावरण मलाई रमाइलो लाग्यो। काठमाडौं नै होइनजस्तो शान्त थियो। अलि अगाडि एकान्तमा काँडेतार बारेको आश्रम रहेछ।
हामी आश्रमको गेटबाट भित्र छिर्‍यौं। दुईतीनजना मान्छे चिया पिइरहेका थिए। ऊ उनीहरूसँग मुस्कायो र सोझै समाधिस्थलतिर लाग्यो। म पनि पछिपछि लागेँ। एउटा पक्की घरको ढोका उघार्‍यो। शिवपुरीबाबाको समाधि रहेछ, चारपाँचजना ध्यान मुद्रामा थिए।
भित्र छिर्नेबित्तिकै रमाइलो लाग्यो, मनबाटै आनन्द आएजस्तो। ऊ एउटा चकटीमा बसेर ध्यान गर्न थालेपछि भने औडाहा भयो। दस बजे अफिसमा मिटिङ थियो। केटोले आज मेरो जागिर खाने भयोजस्तो लाग्यो। म समाधिस्थलबाट बाहिरिएँ र उफ्रिरहेका बाँदरहरू हेरेर मन भुलाउने प्रयास गर्न थालेँ।
दस मिनटमा ऊ निस्क्यो।
'सरी है दाइ, ढिला भयो होला, म त यहाँ आएपछि एकछिन ध्यान नगरी उठ्नै सक्दिनँ,' उसले भन्यो।
मलाई आश्रमका मान्छेहरूसँग चिनायो। 'दाइ पत्रकार हो, फुर्सदै हुन्न उहाँलाई, आज बल्ल तानेर लिएर आएको,' ती मान्छेहरूसँग भन्यो। उनीहरू खुसी भए। मलाई आफ्नो मान भएजस्तो लागेर रमाइलो लाग्यो।
'आउँदै गर्नू न,' उनीहरूले भने। चिया खाएर जानू भन्दै थिए। उसैले भन्यो, 'दाइलाई आज हतार छ, अर्को दिन खाउँला।'
ढाँट्नु हुँदैन, आश्रमको वातावरण र त्यहाँ व्याप्त शान्तिले मलाई रमाइलै लागेको थियो। तर, गल्फ कोर्स आइनपुग्दै मैले आश्रम बिर्सिसकेको थिएँ। मेरो दिमाग कतिखेर घर पुगेर नुहाइधुवाइ सकी अफिस पुग्नु भन्ने चिन्ताले ढाकिएको थियो।
********************************************
फेरि ऊ हरायो। न कतै भेटिन्थ्यो, न फोनै आउँथ्यो। घरबेटी दिदीले पनि फोन गर्दिनथिन्। मलाई हाइसन्चो भएको थियो। बीचमा रिपोर्टिङका लागि दुई साता तराई गएको थिएँ। फस्ट पेजमा पाँचछवटा टप न्युज गरेको थिएँ। सम्पादक निकै खुसी भएका थिए। यसपालि अवार्ड पाउँछु होलाजस्तो लागेको थियो। श्रीमतीलाई सुनाउँदा हौसिएकी थिई।

धेरै लामो समयपछि एक महिनाअघि उसले मलाई फोन गरेको थियो।

'मुला, कहाँ हराएको तिमी?' मैले हप्काएँ, 'ल, शनिबार घरमा खाना खाने गरी आऊ।'

'हुन्छ दाइ, तर मुक्तिनाथबाट फर्केपछि, म त अहिले बेनीमा छु।'
'को-को गएको?' मैले छक्क पर्दै सोधेँ।
'म र कलेजको एउटा साथी। चिन्नुहुन्छ नि, दिवाकर क्या!'
'दिवाकर गएको रै'छ त पहिला?'

'कहाँ दाइ, ऊ त पोखरासम्म पनि आएको रै'नछ।'
'ल ल, राम्ररी जानू। यत्तिकै बरालिएर हिँडेका छन् ठिटाहरू। जानुअघि भन्नु त पर्थ्यो,' म रिसाएँ र फोन राख्दिएँ।
आज अचानक ऊ पशुपतिमा भेटिएको थियो।
********************************************

'मुक्तिनाथ टि्र्रप रमाइलो भयो दाइ। पहिलेदेखि नै जान्छु भन्ने लागेको थियो। जोसैजोसमा गइयो। पैसा नपुगेर जोमसोममा होटलवालालाई रिक्वेस्ट गरेर फ्रिमा खाना खाइयो। जे भए पनि मुक्तिनाथ गज्जब ठाउँ रहेछ दाइ।'
उसको अनुहार चम्केको थियो। एक वर्षअघि भेटेभन्दा राम्रो देखिएको थियो।
'यो के लकेट लगाएको?' मैले सोधेँ।
'मुक्तिनाथबाट फर्कंदा बाटोमा तिब्बती क्याम्प रहेछ। त्यहाँ रिक्वेस्टमा लिएको। लकेटको अगाडिपट्टि छ नि यो, तिब्बती क्यालेन्डर हो, पछाडि तन्त्र कुँदेको छ। तन्त्र कुँदेको भाग छातीपट्टि लगाउँदा इनर्जी आउँछ रे।'
'तिमी मान्छौ यस्तो हावा कुरा?'
उसले अंग्रेजीमा भन्यो, 'दाइ, यसले मलाई आत्मविश्वास दिएको छ। तपाईंको आत्मविश्वास बलियो भयो भने तपाईंलाई जे पनि काम गर्ने आँट आउँछ, होइन?'
********************************************
मैले घर फर्केपछि पनि उसको चम्किलो अनुहार बिर्सन सकिनँ। घरबेटी दिदीलाई फोन गरेँ, 'दिदी, के छ आजकाल कपुरको खबर?'
'ओहो भाइ, आजकाल त ऊ पूरै सप्रेको छ। बिहानै नुहाउँछ। ध्यान गर्छ। राम्ररी पढ्न थालेको छ। गाँजा त पर, चुरोट-सुरोट पनि खाँदैन। केटाकेटीलाई कोठैमा ट्युसन पढाउन थालेको छ। मेरा नानीहरूलाई पनि बिहानबेलुका पढाइमा हेल्प गर्छ। तीनचार महिना भयो, घरबाट पैसा पनि मगाउन छाडेको छ रे।
********************************************
बिहानै उसले मलाई फोन गर्‍यो। नागरिक शनिबार आइपुगेकै थिएन।
'गुड मर्निङ दाइ, म त्रिखण्डी जाँदै गरेको। पाइलट बाबा आउनुभएको छ, यो उहाँको अहिलेसम्मकै लामो नेपालयात्रा हो, तीन
साताको। म उहाँसँगै छु।'
'कहाँ त्रिखण्डी?'
कुलेखानीको बाटो हेटौंडा जाँदा बाटोमा पर्छ, भैंसेदेखि अलि अगाडि। पाइलटबाबाले त्यहीँ १५ वर्ष साधना गरेपछि गुरु गोरखनाथको दर्शन पाउनुभएको थियो र हरिबाबाबाट दीक्षा लिनुभएको थियो।'
'ती बाबा त राजनीतिक रूपमा निकै विवादास्पद छन्, होइन?'
'हो दाइ, मिडियाले उहाँलाई विवादास्पद बनाएको छ। तर, मलाई त्योसँग केही लेनादेना छैन। उहाँलाई पनि भएजस्तो लाग्दैन। मैले उहाँका राम्रो लागेका पक्ष आफूमा उतार्ने प्रयास गर्ने हो। उहाँको 'तु ही तेरा शिल्पकार' भन्ने भनाइ मलाई खुब मन पर्छ।'
म केही बोलिनँ।
'खासमा तपाईं नै तपाईंको शिल्पकार हो नि, होइन र दाइ? तपाईं नै त्यस्तो पात्र हो, जसले तपाईंलाई बनाउन वा बिगार्न सक्छ, होइन?'
'चौबीसै घन्टा ध्यान-ध्यान भनेर हिँड्नु पनि राम्रो होइन नि, भाइ। अहिले त राम्ररी पढ्नु नै तिम्रो लागि ध्यान हो।'
'हो दाइ, पढ्नु मेरो लागि ध्यान हो। तर, पढेका बेला अवन्तिकालाई सम्झेँ भने त्यो त ध्यान भएन नि। क्लासमा बसेको बेला घर सम्भि्कन्छु। जुन बेला जे काम गर्‍यो, त्यसमै डुब्नु राम्रो हो, तर मन बरालिएपछि काममा पूर्णता आउँछ? जे गर्दा पनि एकाग्र भएर गर्नु ध्यानकै एउटा अवस्था हो। तर, हामी २४ घन्टामा के कामकाहिँ ध्यानले गर्छौं? खाना खाँदा तपाईंको दिमागमा अफिसको काम आइरहेको हुन्छ, अफिसमा भएको बेला भाउजूको याद आउँछ। न तपाईंले खाएको ज्यानमा राम्ररी लाग्छ, न अफिसको काम नै राम्रो हुन्छ। होइन?'
होजस्तो लाग्यो।
'दाइ, भोलि गुरुपूर्णिमा हो। सम्पादक पनि तपाईंका गुरु होलान्। तपाईंलाई कलेजमा पत्रकारिता सिकाउने गुरु पनि होलान्। तर, तपाईंको खास गुरु तपाईं नै हो दाइ। भोलिदेखि पाँच मिनेट भए पनि ध्यानमा बस्न थाल्नुभयो भने अर्को वर्षको गुरुपूर्णिमासम्म तपाईं गहिरो ध्यानी भइसक्नुहुन्छ, तपाईंले गर्ने काम अझ राम्रो हुन्छ, तपाईंले बाँच्ने दुनियाँ झन् रमाइलो हुन्छ। ह्यापी गुरुपूर्णिमा!'
माधवपछि माधवै सरकार ?
खगेन्द्र संग्रौला
सारा जगत्को छिःछिःदूरदूर भई आयु निख्रिएर ब्रह्ननालमा सुताइएको माधव सरकार कांग्रेसको छायाँ सरकार हो। महामहिम राष्ट्रपतिले चंगा चेट् भएका शाही जर्नेल कटवाल साहबलाई बोके। र, खैलाबैलाकारी कटवाल काण्डको प्रपञ्चयमय कारखानाबाट माधव सरकारको उत्पादन भयो। यस अर्थमा माधव सरकारलाई जंगी अड्डाको जंगी सरकार भने पनि उत्रो अर्घेल्याइँ हुँदैन। यो जंगीको माउ उद्देश्य माओवादीलाई किनारा लगाएर मुसो बनाउनु थियो। घर न घाटको, जात न थरको बनाउनु थियो। आफ्नो भयंकर अभीष्टमा यो जंगी निकै सफल पनि भयो। संसद्मा माओवादीलाई निस्तेज बनाइयो र सडकमा अवाक् एवं किंकर्तव्यविमूढ बनाइयो। सरकारमा फर्किन चर्का गतिविधि गरुँ, जङ्गी अड्डाले गोद्ने, नरम गतिविधि गरुँ, जंगी सरकार कानमा तेल हालेर बस्ने। बरा माओवादीलाई हत्ते भयो र, अन्ततः आफ्नो अभीष्ट पूरा भएपछि अनुहाररहित माधव सरकारले राजनीतिमा दियो।

दुई गुटमा चिरा परेको एमालेका माधव-केपी कांग्रेसप्रति कृतकृत्य थिए। तिनलाई गुनको पैँचो गुनैले तिर्न हतार थियो। तिनले मुख फोरेर कांग्रेसी महलका श्री रामचन्द्र पौडेललाई आफ्नो मतको कोसेली टक्र्याउन खुट्टा उचालेका थिए। तर, चतुरमति पुष्पकमलले गर्नु गरे। जसरी हुन्छ तिनलाई बाइस दलीय गठबन्धन भत्काउनु थियो। भत्काइछाड्न तिनले कार्यनीतिक दाउपेच रचे। र, सत्ताको कामधेनु गाई देखाएर तिनले झलनाथ खनाललाई झुलाए। पुष्पकमलले भने - प्रधानमन्त्री बन्न म आफैँ यत्न गर्छु, लक्षण राम्रो नदेखिए म हजुरलाई घ्याप्प काँध थाप्छु। सिंहासनको तृष्णाले झलनाथको आँत जलेको थियो।

पुष्पकमलको उधारो वचनबाट तिनको आहत आँतमा शीतल जलको हरहर वर्षा भयो। यसपाला भने हुने भएँ! ती फुर्किए। उता बराबिचरा माधव-केपी परे धर्मसंकटमा। झलनाथको बाटो छेकुँ, हात पर्न लागेको दुर्लभ सिंहासन जानाजान गुमाएको बात लाग्ने। नछेकुँ, परम् कृपाकारी कांग्रेसका नजरमा कृतघ्न ठहरिने। कुटिलमति तिनले गज्जपको जुक्ति रचे। सही ठोकेर बैनास्वरूप दुईतिहाई मत पाए झलनाथ सदर, नत्र मैदानबाटै बदर। सिंहासनको छेवैमा पुगेर अभागी झलनाथ बदर भए।

झलनाथको मत खिच्ने मायावी नारा थियो, दुई तिहाईको राष्ट्रिय सरकार! यस नारामा तिनले असफल अतीतको कटु यथार्थ चटक्कै बिर्सेका थिए। पष्पकमल दाहालको सरकार दुई तिहाईको थियो। तर, त्यसले न शान्तिलाई ऊर्जा दिन सक्यो न त संविधानको श्रीगणेशाय नमः सम्म लेख्ने कार्यको सहजीकरण गर्नै सक्यो। कारण प्रस्ट छ। माओवादी र कांग्रेस चालु राजनीतिका दुईवटा शेर हुन्। बाँकी मझौला दल पूरक वा फोसा हुन्। र, साना दल हुन् च्याँखे दाउका फिरन्ते सिकारी। तुच्छ अनुभव भन्छ, यी धेरैजसो च्याँखेको चरित्र जता मल्खु उतै ढल्कु हो। सीपी मैनालीका ओजनदार शब्दमा 'ओजनदार' मन्त्रालय पड्काउनु यिनको सदाबहार दाउ हो। स्मरण गरौँ, शेररूपी माओवादी सत्तामा छँदा अर्को शेररूपी कांग्रेस सत्ताबाहिर थियो। भित्र र बाहिरका शेर एकअर्कालाई क्रुद्ध दृष्टिले हेरेर डुक्रिँदा डुक्रिँदै माओवादी नेतृत्वको सरकारको नौ महिने आयु चिलिम भयो। तर, गर्नुपर्ने मूल कामको सिन्को पनि भाँचिएन। अनि अहिले? अहिले यो के के न नयाँ कुरो हो भनेझैँ गरी उही बासी कथाको रट लगाइयो। यो कांग्रेसरूपी शेरलाई पाखा पारेर कतै नपुगिने उही दुश्चक्रमा फन्फनी घुम्ने धन्दा हो। यो सुलहको होइन कलहको बाटो हो।

समझदारीको बाह्रबुँदे स्रेस्ताका माउ रचनाकार माओवादी र कांग्रेस हुन्। माओवादी पर्‍यो उथलपुथलकारी विद्रोहको स्रष्टा, कांग्रेस संसदीय प्रजातन्त्रको पहरेदार। यी दुई खेलाडीका नाकमा नत्थी लाएर संघीयताको न्वारान गराउने मधेसी विद्रोही हुन्। जहाँ यी तीन तत्वको मिलन हुन्छ, त्यहाँ राजनीतिले गति लिन्छ। जहाँ यिनको बिछोड हुन्छ, त्यहाँ विग्रहले शिर उठाउँछ। गणितीय दुई तिहाई प्राविधिक गफ हो। गाँठ्ठी कुरा त मधेसी दलको सामेलीसहित राजनीतिका दुई माउ पक्षको सहमतीय सहकार्य पो हो। राजनीतिको एक सग्लो पक्ष माओवादी हो, अर्को पक्ष हो शेररूपी कांग्रेससहितका दलहरूको लर्को। कांग्रेसविनाको माओवादी सरकार अर्धसरकार हो। त्यसैगरी माओवादीबिनाको कांग्रेसी सरकार पनि अर्धसरकार हो। यसअघि सत्तामा दुईवटा अर्ध देखिए। तिनले केही नापेनन्। भन्देखिन्, झलनाथीय अर्धसरकारले साकार रूप लिएकै भए पनि त्यसले के नाप्थ्यो?

नौतिर फर्किएका नौरंगी कम्निस्टहरू कहिलेकाहीँ इतिहासको खिया लागेको बाकसबाट झिकेर पत्रु टेप बजाउँछन्। र, कहिल्यै नहुने वाम-प्रगतिशील समीकरणको उच्चाटलाग्दो राग अलाप्छन्। अलापेको कर्कश स्वर अस्ति पनि सुनियो। वाम-प्रगतिशीलको एउटा लर्को हिजोसम्म बाइसे गठवन्धनको राजसी भान्सामा थियो। र, त्यो माओवादीलाई लाछेर, ताछेर र लतारेर सच्याउन र आफूजस्तै 'नागरिक पार्टी' बनाउन कन्दनी कसेर लागिपरेको थियो।

अहिले माओवादीका दिव्य दृष्टिमा आफ्नो चीरहरण गर्न कटिबद्ध त्यही लर्को वाम-प्रगतिशील समीकरणको अब्बल दर्जाको मित्रगण देखिन गयो। यो वाम दिग्भ्रम हो। यो कृत्रिम प्यारको मिथ्या नखरा हो। यो कथित वाम-प्रगतिशीलको हावादारी हौवा देखाएर कांग्रेसलाई त्रस्त तुल्याउने र आत्मरक्षाका लागि जंगी अड्डातिर धकेल्ने अनर्थ चेष्टा हो। शान्ति र संविधानलाई साकार रूप दिन त माओवादीले शेररूपी कांग्रेससँग र कांग्रेसले शेररूपी माओवादीसँग सरकारमा हातेमालो गरेर सघन संवाद, सहमति र सहकार्यको द्वार खोल्नुपर्ने हो। जो निर्णयकारी शेर हो उसलाई पन्छाएर कहाँ हुन्छ शान्ति? केको लेखिन्छ संविधान? लोकसम्मतिको रट लगाउनु एउटा हो, लोकसम्मतिको सम्मान गर्नु अर्कै हो। लोकसम्मतिले तोकिदिएको औकातअनुसार सत्ताको भागबण्डा गर्ने सुद्धि, बुद्धि र विनयशीलता भइदिए राजनीतिका दुई शेरबीच निषेधकारी यो विघ्न द्वेष किन पो हुँदो हो र? कुखुराको जत्रो चित्त हुनेले के इतिहास फेर्छन्?

आज प्रधानमन्त्रीको चुनावी खालमा कलहकारी गणीतीय नाटकको दोस्रो दृश्यको मञ्चन हुँदैछ। यो बासी मञ्चनमा जनसाधारणको खासै रुचि छैन, बरु अरुचि छ, वितृष्णा छ, क्रोध छ। यो कलाहीन मञ्चनप्रति शान्ति र संविधानको उत्कट चाहना गर्नेका धारे हात उठेका छन्। पुष्पकमल जितुन् कि रामचन्द्र हारुन् अथवा रामचन्द्र जितुन् कि पुष्पकमल हारुन्, के फरक पर्छ? आखिर बन्ने त पुष्पकमलको उही पुरानो सरकार वा कांग्रेसको अर्को माधव सरकार न हो। सरकार यसको होस् कि उसको हुने आखिर माधवै सरकारको कार्बनकपी हो, माधवै सरकारको लिखुरे उत्तराधिकारी हो। माधव सरकार कलह र विग्रह, नातावाद र कृपावाद, असुरक्षा र भ्रष्टाचार, बेथिति र दुराचार, उच्छृंखलता र भाँडभैलोको कीर्तिमानी कारक हो।

यसको यथार्थ कथा इतिहासका भित्तामा मोसोले लेखिएको छ। गणीतीय बहुमतको यस्तै अर्को अर्धसरकार मुलुकलाई चाहिएको छैन। अर्र्धहरूका चर्तिकला देखेर लोक हुनुसम्म आजित भएको छ। तब सिंहासनमा किन चाहियो अर्को माधव औतार? चाहिएको त राजनीतिका दुई निर्णयकारी शेर सहकार्य र सहअस्तित्वको धागोमा उनिएको सग्लो, पूर्ण र जिम्मेवार सरकार पो हो। गर्नु नहुनेजति सबै काम गर्ने गणीतीय माधव सरकार सिंहासनमा छँदैछ। यसको कार्बनकपीको सट्टा यही सक्कललाई सदर गरिदिए के फरक पर्छ?

Friday, July 23, 2010

त्रिविको प्रमाणपत्र तह खारेज गर्ने सहमति

श्रावण ७ - सरकार र प्रमुख बिद्यार्थी संगठनबीच त्रिभूवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह खारेज गर्ने सहमति भएको छ । शुक्रबारको छलफलमा प्रमाणपत्रतह खारेज गर्नेलगायत ८ बुँदे सहमति शिक्षा मन्त्रालय र विद्यार्थी संगठनका प्रतिनिधि बीच भएको हो ।

माओवादी, काँग्रेस र एमालेसम्बद्ध बिद्यार्थी संगठनले सहमति गरेका छन् भने उनीहरुसंगै आन्दोलनरत अन्य १० विद्यार्थी संगठनले भने त्यसको विरोध गरेका छन् ।

प्रमाणपत्र तह खारेज गर्न नहुने माग राखेर आन्दोलन गरिरहेका विद्यार्थी संगठनहरु मध्ये ति तीन संगठन प्रत्येक निर्वाचन क्षेत्रमा एक उच्च मावि स्थापना गर्नेलगायतका विषयमा सहमत भएका हुन् ।

उनीहरुले प्रमाणपत्र तह खारेज गर्दा उच्च शिक्षा महंगो हुने र सामान्य विद्यार्थीको पहुँचमा नहुने भन्दै आन्दोलन सुरु गरेको थियो ।

यसले गर्दा एसएलसीको परीक्षाफल आइसकेपछि पनि प्रमाणपत्र तहको भर्ना लिने वा नलिने भन्नेमा अन्योल थियो । सरकारले यसअघि नै प्रमाणपत्र तह खारेज गर्ने निर्णय गरिसकेको भएपनि विद्यार्थी संगठनहरुको आन्दोलनले त्यसलाई अन्योलमा पारेको थियो ।

दाहाल-पौडेल दोस्रो पटक पनि पराजित

काठमाडौं, साउन ७- प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दोस्रो पटक पनि पराजित भएका छन्। शुक्रवार साँझ भएको मतदानमा संसदको ठूलो हिस्सा तटस्थ रहँदा संसदले प्रधानमन्त्री छान्न नसकेको हो। बहुमत पुर्‍याउन ३ सय मत आवश्यक भए पनि दाहालले २ सय ४१ मत मात्र पाए।
उनको विपक्षमा १ सय १३ मत खसेको थियो। २ सय १८ सदस्य तटस्थ रहे। एमाले र मधेसवादी दलहरुले समर्थन नदिँदा दाहाल पराजित भएका हुन्। दाहालको प्रस्तावमा चुनाव हुँदा ५ सय ७२ सांसद उपस्थित थिए। संसदमा २ सय ३७ सदस्य रहेको माओवादीलाई प्रधानमन्त्री चयन हुन ६३ मतको आवश्यकता थियो। एमाले र ८२ मत भएका चार मधेसवादी दल दाहालको पक्षमा मतदान हुँदा तटस्थ रहे।

पौडेलको प्रस्तावमा चुनाव हुँदा कूल ५ सय ७८ खसेको थियो। उनको पक्षमा १ सय २३ मत र विपक्षमा २ सय ४१ मत पर्‍यो। २ सय १४ सांसद तटस्थ रहे।

शुक्रवारको चुनावमा पनि माओवादी अध्यक्ष दाहालले यसअघि पाए जति नै २ सय ४१ मत पाए। पौडेलले यसअघि १ सय २४ मत पाएका थिए। शुक्रवारको मतदानमा उनले यस अघिकोभन्दा एक मत कम पाए।

नाटकको अर्को भाग १७ गते

नाटकको अर्को भाग १७ गते
July 23rd, 2010
प्रधानमन्त्रीको कुर्सी नाटकको अर्को भाग साउन १७ गते सोमबार मञ्चन हुने भएको छ। जति जति नाटक लम्बिँदै छ, त्यति त्यति जनतामा त्यसको चासो घट्दै गइरहेको छ। सात गतेको निर्वाचनमा जति चासो थियो, आजको निर्वाचनलाई त्यति वास्ता गरेको जस्तो लागेन मानिसहरुले। लगभग परिणाम निश्चित भइसकेको हुनाले पनि कसैले वास्ता नगरेको हुनसक्छ। यद्यपि, आज पनि नाटक कम रोमाञ्चक भएको हैन मधेसवादी दलहरुको कारण। उनीहरुको बैठक लगातार बसेको बस्यै थियो। बीचमा अनिर्णित भई स्थगित भयो। पछि फेरि बैठक बस्यो र अन्ततः तटस्थ बस्ने निर्णय गर्‍यो। एमालेले भोट नदिने भनेपछि काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल पराजित हुने निश्चित थियो। तर मधेसवादी दलहरुको साथ पाए प्रचण्ड प्रधानमन्त्री बन्न सक्थे।

आजको निर्वाचनमा पौडेलले पहिलेको निर्वाचनमा भन्दा एक भोट कम पाए। माओवादी अध्यक्ष प्रचण्डको भोट भने जतिको त्यति थियो।

प्रचण्डको प्रस्तावमा मतदान हुँदा

उपस्थित- ५७२
पक्षमा- २४१
विपक्षमा-११३
अरु सांसद तटस्थ

पौडेलको प्रस्तावमा मतदान हुँदा
उपस्थित- ५७८
पक्षमा- १२३
विपक्षमा- २४१
अरु सांसद- तटस्थ

एमाले अध्यक्ष झलनाथ खनालले १७ गतेको चुनावमा पनि कसैलाई मत नदिने बताएका छन्। त्यसो हो भने पौडेल फेरि पनि पराजित हुने निश्चित छ र सत्ताको साँचो फेरि पनि मधेसवादी दलहरु कहाँ पुग्नेछ। उनीहरु फेरि पनि यसरी नै तटस्थ बस्ने हुन् भने १७ गते मात्र हैन १७ जुनीसम्म निर्वाचन गरिरहँदा पनि प्रधानमन्त्री चुन्न सक्ने स्थिति छैन।

अहिले आएर हेर्दा क्या काइते संविधान बनाएका रहेछन् हाम्रा विज्ञहरुले जस्तो लाग्न थालेको छ। अघि टिभीमा कानुनका ज्ञाताहरु पनि भन्दै थिए- यस्तो संविधान त विश्वको कुनै पनि देशमा छैन रे। कानुनविदहरुले टिभीमा भन्दै थिए- विदेशमा राष्ट्रपति कार्यकारी भएको देशमा राष्ट्रपतिले प्रधानमन्त्री चुन्ने र संसदीय व्यवस्था भएको देशमा संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था हुन्छ। संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था भएको देशमा पहिलो चुनावमा कसैले बहुमत ल्याउन नसके दोस्रो चुनावमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने र त्यसमा पनि कसैले बहुमत ल्याउन नसके सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री हुने व्यवस्था हुन्छ रे। वा पुनः अर्को मतदान प्रक्रियामा जाने हुन्छ रे। हाम्रो संविधानमा त झलनाथ खनाल स्वेच्छाले (पार्टीको इच्छाले) पछाडि हटेकोले मात्र हो, नत्र त यिनै तीन जना उम्मेदवारबीच सात जुनीसम्म चुनाव भएको भयै गर्नुपर्ने हुन्थ्यो। नयाँ उम्मेदवार थपिन पनि नपाउने बाध्यता छ अहिले। के थाहा, दाहाल र पौडेलले पो संसदमा बहुमत जुटाउन नसकेका, अरु कुनै नेताले पो बहुमत जुटाउन सक्ने सामर्थ्य राख्थ्यो कि। अब त मन परे नि नपरे नि दाहाल र पौडेल बीच नै मतदान गराइराख्‍नुपर्ने स्थिति छ।

दलहरु नै सर्वेसर्वा छन्, गर्लान् नि केही। कूतर्क त अब राजीनामा दिइसकेका माधव नेपालले नै संसदमा विश्वासको मत लिएर यही सरकारलाई निरन्तर गराउन सकिन्छ भन्ने पनि निस्केको छ। दलहरु नै हुन् सर्वेसर्वा, हेरौँ, उनीहरुले नै के निकास निकाल्ने हुन्। हामी त यो नाटकका फगत दर्शक न हौँ !
गगन थापा
व्यवस्थापिका संसद्मा मञ्चन भएको राजनीतिक 'नौटङ्की'ले आम नागरिकपंक्तिलाई चरम अविश्वास र निराशातर्फ धकेलिदिएको छ । प्रधानमन्त्रीका उम्मेदवारहरू चयन गर्ने क्रममा दलहरूभित्रको घीनलाग्दो अन्तरकलह छताछुल्ल भएर पोखिइसकेकाले होला, त्यो दिन संसद्मा प्रमका प्रस्तावकहरूले आफ्नो प्रस्ताव भाषणमा समेत धेरै रंगीन बुट्टाहरू भर्ने रुचि देखाएनन् । राष्ट्रिय सहमतिको बिगुल फुकिरहने, शान्ति र संविधानको ध्वजा उचालिरहने अनि सहकार्यको नारा लगाइरहने तर आफ्नै सहकर्मी र सहधर्मीको तेजोवध गर्नसमेत जो जे पनि गर्न तयार हुने । अरूलाई नङ्ग्याइरहँदा आफू सर्वाङ्ग नाङ्गिएको चाल नपाउने, यस्तो अनुदार, संकीर्ण र आत्मकेन्दि्रत नेतृत्वको भरमा अगाडिको जोखिमपूर्ण यात्रा तय होला भनेर अपेक्षा भने जनताले गरिरहनुपर्ने- यो कस्तो कारुणिक आशावाद ।
आज फेरि व्यवस्थापिका-संसद्को बैठकमा, उही नाटक दोस्रोपटक मञ्चन हुनेछ, किनकि यो बीचमा न त निर्देशक फेरिएको छ, न त कथा न त पटकथा नै । हो, अघिल्लोपटक एउटा निश्चित भूमिकामा देखिएको पात्रको ठाउँमा अर्को पात्र देखिन सक्छ । आफ्नो सरकार ढाल्न सम्पूर्ण शक्तिका साथ लागेका कमरेड अध्यक्षको उम्मेदवारी फिर्ता लिने उद्घोष गर्दै गर्दा कम प्रफुल्लित देखिएका थिएनन् माधव नेपाल । यसपटक झोंक फेर्ने पालो कमरेड अध्यक्षको हो । साउन ५ गते 'राष्ट्रिय सहमति' का निम्ति तटस्थ बस्न जति आतुर माधव नेपाल देखिएका थिए, यसपटक त्यति नै आतुरता देखाउनेछन् झलनाथ खनालले । उता माओवादीभित्र बाबुराम भट्टराईलाई रोक्न सकेकोमा प्रमुदित भइरहेका कमरेड अध्यक्ष कसैको बहुमत नपुग्ने खेल लम्बिँदा आनन्दित नै हुनेछन् । आफ्नो दलभित्रको रडाको कुशलतापूर्वक व्यवस्थापन गर्दा पनि आफ्नो सहयात्री एमालेले धर्म छाड्दा हार्नुपर्‍यो भनेर आक्रोशित भएको कांग्रेसले फेरि पनि हात पार्ने मत उही १२४ नै हो । नयाँ सरकार बन्ने र बनाउने बेला भयो कि मधेस र मधेसी सम्झेर हुरुक्कै हुने, मधेसी मोर्चाको स्वतन्त्र निर्णय गर्नसक्ने क्षमता यो पटक पनि प्रश्नकै घेरामा रहन्छ । यसको अर्थ साउन ७ गते पनि जनताले नयाँ प्रधानमन्त्री पाउनेछैनन् ।

यो लेखमा मेरो प्रयत्न दलको नेतृत्वप्रति कटाक्ष गर्नु होइन । लालच र संकीर्णताले मुख्य नेतृत्वलाई खोक्रो बनाइसकेको सत्य हो तर फोहोर पोखरी सफा गर्ने अठोटसहित पोखरीमा हाम्फाल्ने हामी तन्नेरीहरू पनि पोखरी सफा गर्नेभन्दा नाक थुनेरै भएपनि आफू कसरी बाँच्ने भन्ने मात्र चिन्ता गरिरहेको यो अवस्थामा, यस्तो सत्य नै बोल्ने नैतिक आधार हामीले गुमाएका छौं । त्यसैले यहाँ व्यक्त विचारहरू आफ्नै अक्षमताप्रतिको आक्रोश पनि हो । र, त्योभन्दा बढी चिन्ता हो- के फेरि एकपटक हामी नेपालीहरू आफ्नै सपनाको मलामी जानुपर्ने हो ? नेपालको साठी वर्षभन्दा लामो प्रजातान्त्रिक संघर्षको गौरवशाली इतिहासमा, प्रत्येकपटक प्राप्त उपलब्धिलाई संरक्षण गर्न र संस्थागत गर्न चुक्दा आज न त नेपालले न त नेपालीले नै आफ्नो हकअनुसारको अवस्था पाएका छन् । के हामी फेरि अर्को एकपटक चुक्ने हो ? के हामी अर्थहीन र अन्तहीन हिंस्रक द्वन्द्वको चक्रव्यूहमा फस्ने हो ? के हामी संघर्षको गौरवशाली पृष्ठभूमि भएको तर अगाडि बढ्ने सवालमा आत्मश्लघाले ग्रस्त अति अनुदारवादी, अति हठी, अति संकीर्ण करिब एक दर्जन नेताहरूको अयोग्यताको निरीह साक्षी भएर बस्ने या जनताको संघर्षको उपलब्धि जोगाउँदै समृद्ध नेपालको आकांक्षालाई व्यवहारमा अनुवाद गर्न सतत् सार्थक हस्तक्षेप गर्ने ? गान्धीको भनाइमा 'हामी वर्तमानप्रति जिम्मेवार भयौं भने भविष्य स्वतः आफूप्रति जिम्मेवार हुनेछ ।' हामी वर्तमानप्रति कसरी जिम्मेवार बन्ने ? अहिलेलाई यसैको खोजी हो ।

एकपटक संसद्मा बोल्दा भनेको थिए- 'चिनियाँहरूले उपहारमा दिएको भवनमा संविधानसभा बसेको छ, भारतले उपहार दिएको बसमा चढेर सभासद्हरू संविधानसभामा जान्छन्, अमेरिकी सरकारले सहयोगमा दिएको टेलिभिजन सेटहरू छन् संविधानसभाभरि, नर्वेले दिएको कुर्सीमा बसेर डेनमार्कले दिएको माइकमा बोल्छन् सभासद्हरू । सबै मागेर पाइने रहेछ तर न त मन्डेला मागेर पाइन्छ, न त गान्धी नै मागेर पाइन्छ । न त रातारात यहाँ बीपी, गणेशमान, मदन वा पुष्पलाल नै तयार गर्न

सकिन्छ ।' हाम्रो नेतृत्वले आवश्यक सामथ्र्य र सत्चरित्रता प्रकट गर्न नसकेको जति सत्य हो, यही समूहसँग विशाल राजनीतिक विरासत रहेको पनि त्यति नै सत्य हो । अतः समयको यो बिन्दुमा यस्तो नेतृत्वलाई आफ्नो विरासतबाट प्राप्त शक्ति, अहिलेको संक्रमणलाई टुंग्याउन प्रयोग गर्नलाई बाध्य बनाउन सक्नु नै हामी सबैको दायित्व हो र यो नै हाम्रो विजयको सर्त पनि । शान्ति प्रक्रियालाई सकारात्मक निष्कर्षमा पुर्‍याउन र सबैले स्विकार्ने संविधान तयार गर्नु अहिलेको मुख्य कार्यभार हो । यो नेतृत्वले एक वर्षभित्र यी दुई कार्यभार पूरा गरिदिए तीता अनुभवहरू बिर्सेर पनि यिनको जयजयकार नै गर्ने थियौं, अनि नयाँ संविधानको आधारमा टेकेर नयाँ यात्रा प्रारम्भ गर्न सक्थ्यौं ।

समस्या नै समस्याको चाङमा उभिएको छ नेपाल । नयाँ संविधान यी समस्याहरूको अचुक हल होइन । तर समाधानको यात्रा प्रारम्भ गर्न यस्तो आधार अनिवार्य भने छ । हाम्रो नेतृत्वले यति आधार मात्र बनाइदिए सिर्जना र निर्माणको बाँकी अभियान हामी अगाडि बढाउन सक्थ्यौं । हो, अगाडिको यात्रा सहज छैन । यस्तो कमजोर राज्य अनि अगाडिका विशाल चुनौतीहरू यस्तो कमजोर अर्थतन्त्र अनि व्यापक आवश्यकताहरू । झन् तथ्याङ्कका पानाहरू पल्टाउँदा, हाम्रो जीवनकालमा उज्यालो देख्न सकिएला त भनेर अत्यास लाग्छ । शिक्षा र स्वास्थ्यको क्षेत्र -साक्षरताको आधारमा १६२ औं स्थान, प्रतिव्यक्ति स्वास्थ्यमा खर्च १७० औं स्थान, मानव विकास सूचकाङ्कको १५९ देशको सूचीमा १४० औं स्थान, विश्व आर्थिक मञ्चका अनुसार विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको सूचीमा १३४ देशमा १२८ औं स्थानमा, प्रतिव्यक्ति आयमा विश्व बैंकका अनुसार १६४ देशमा १५१ औं स्थानमा अनि अर्कोतर्फ नेपाल त्यो देश हो, जहाँ ७३ प्रतिशत जनता शौचालयको प्रयोग गर्दैनन्/छैन, जहाँ २३ प्रतिशत जनताको स्वच्छ पिउने पानीमा पहुँच छैन, जहाँ २१ प्रतिशत जनता कुपोषणले ग्रस्त छन्, जहाँ काम गर्ने उमेरका करिब ७०० युवा प्रत्येक दिन देश छाडेर जान्छन् भन्ने परिचय बोक्नुपर्ने अवस्था, यो सबैले घोच्छ । कुनै एउटा क्षेत्र छैन, जसलाई हेरेर सन्तोषको श्वास फेर्न सकियोस् ।

अनि सबैभन्दा ठूलो विडम्बना, यो विकराल अवस्थाबाट बाहिर निकाल्न हैन, यस्तो अवस्थालाई अनन्त बनाउन हाम्रो वर्तमान राजनीति सहयोगी बनेको छ । हामीले जुनसुकै वादको झन्डा बोके पनि हाम्रो राजनीतिका उद्देश्य जनताको मुक्ति हो, असमानता, अज्ञानता, अप्राप्यताबाट मुक्ति अनि प्राप्ति हो, सम्मानित जीवन, गुणस्तरीय जीवनको । तर के यस्तो घीनलाग्दो राजनीतिले हामीलाई मुक्ति र प्राप्तिको बाटोतर्फ अग्रसर गराउँछ ? गराउँदैन । तर पनि त हामी यसलाई फेर्न सकिरहेका छैनौं ।

यी तमाम जटिलता हुँदाहुँदै पनि हामी अँध्यारो सुरुङको यात्राबाट उज्यालो राजमार्गमा पुग्न सक्छौं भन्ने हाम्रो विश्वास मरिसकेको छैन । यो विश्वासकेा आधार छ । बितेको साठी वर्ष सम्पूर्ण रूपमा खेर गएको

होइन । २००७ सालसम्म सम्पूर्ण रूपमा बन्द नेपाली समाज २००७ सालमा पहिलोपटक आत्मसम्मानपूर्वक उभियो । त्यस समय गर्वका साथ नेपालले अगाडि बढाएको कदमलाई महत्त्वाकांक्षी राजसंस्थाले पटकपटक निरंकुश प्रहार नगरेको भए सायद आज हामी एउटा परिपक्क र परिस्कृत लोकतन्त्रमा साठी वर्षको अनुभवका साथ समृद्धिको बाटोमा अग्रसर भइरहेका हुन्थ्यौं होला । यस्तो त भएन तर पनि यो साठी वर्षमा अनेकन प्रस्थापनामा टेकेर उठेको संघर्ष अनि विभिन्न समयमा भएका शासनका अनेकन प्रकारका प्रयोगहरूबाट आज नेपालसँग अगाडि बढ्न आवश्यक ज्ञान र अनुभव छ ।

लामो अनुभवबाट हाम्रो बुझाइ हो, नेपाल कुनै पनि अतिवादको सहारामा प्रगतिको बाटोमा अगाडि बढ्न सक्दैन । लोकतन्त्रको जगमा आर्थिक र सामाजिक न्यायलाई सुनिश्चित गर्दै सांस्कृतिक पहिचानलाई सम्मानपूर्वक सामेल गराउँदै अगाडि बढ्न सकिन्छ, यही भन्छ हाम्रो ज्ञानले, हाम्रो अनुभवले ।

आज नेपालको प्रत्येक क्षेत्रको समस्याको निरुपण मात्र होइन, हामीसँग 'प्रेस्त्रिmप्सन' तयार छ । हामीले हाम्रो संरचनागत समस्याहरू, हाम्रो उत्पीडनका विशिष्ट अवस्थाहरू, हाम्रो असमानताको अवस्था, हाम्रो सन्दर्भमा राष्ट्रियताको नवीन परिभाषाको आवश्यकता, प्रत्येक पक्षमा वषार्ंैको विमर्श र अनुभवबाट प्रत्येक मुद्दाको हल भेटिसकेका छौं । विश्वको शक्ति सन्तुलनमा आएको परिवर्तनसँगै, आज दुई उदाउँदा महाशक्तिबीचमा रहेको हाम्रो अवस्था अभिशाप होइन वरदान हुनसक्छ भन्ने हामीसँग ज्ञान छ । गरिखान सक्ने अठोट बोकेको ठूलो पंक्ति देशभित्र छ, अनि संसारभरि छरिएर रहेका नेपालीहरू आपmनो ज्ञान, पुँजी, सीप नेपालको सर्वाङ्गीण विकासमा प्रयोग गर्ने अवसरको प्रतीक्षारत छन् । युवा उद्यमीहरू गरिखाने वातावरण मात्र पाए आर्थिक क्षेत्रमा ठूलो हिम्मत गर्न तयार छन् भने शरीरभरि चोट र घाउ बोके तापनि एउटा विश्वास दिन सक्ने हो भने कष्टमा बाँच्ने आदत भएका सीमान्तकृत नेपालीसमेत राष्ट्रिय उद्देश्य प्राप्तिका लागि समर्पित हुन तयार छन् । आज देश छाडेर जाने तरखरमा रहेको तन्नेरी होस् वा विश्राम गर्दै गरेको एउटा पाको नागरिक, विदेशमा घरजम गरेर बसेको नेपाली होस् वा भारतको कुनै महलको चौकीदार, काठमाडौंको होस् या कणर्ालीको, अक्षर चिन्ने होस् वा नचिन्ने, खोइ कुन क्षेत्रको, पेसाको जातको, धर्मको, वर्गको एउटा नेपाली छ जो कुनै पनि दिन एकपटक पनि यो मुलुकको अवस्थाका बारेमा एकछिन नसोची अनि दुई शब्द नबोली सुतेको होस् । हो, यही हो हाम्रो ताकत, हाम्रो जागरुकता, हाम्रोे चेतना, हाम्रो प्रतिबद्धता । तर यो ताकतको उपयोग स्वतस्फूर्त हुन सक्दैन । हाम्रो वरिपरि व्याप्त नकारात्मकता र नैराश्यताका बीचमा हामीमा भएको यस्तो ताकतको पहिचान र उपयोग गर्दै अघि बढ्ने एउटा नयाँ प्रारम्भ भने अनिवार्य छ ।

संविधानसभाको थपिएको म्यादमा दस महिना बाँकी छ । यो दस महिनाको अवधिमा हाम्रो नेतृत्वले यो संक्रमणलाई टुंग्याउन शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यभार पूरा गरिदिए सायद हामी यस्तो नयाँ प्रारम्भ गर्नसक्ने थियौं । शान्ति प्रक्रिया टुंगिएको अवस्था अनि लोकतन्त्रको मूल्य अन्तक्षेपित भएको संविधानको एउटा दस्तावेज पाए, छिमेकका भारत र चीन उदाउँदै गर्दा हुर्केको नेपालको तन्नेरी पुस्ता आर्थिक, सामाजिक मात्र होइन राजनीतिक क्षेत्रमा समेत, प्रगतिको भोक सफलताको आत्मविश्वासको साथ ।

तर यो बाँकी अवधिमा यी दुई मुख्य कार्यभार सम्पन्न हुन सकेनन् भने यस्तो नयाँ प्रारम्भको आधार गुम्नेछ, अवसर गुम्नेछ । यो अवसर गुम्नुको अर्थ हो, व्यर्थमा अर्को दशकौं खेर जानु वा दुई उदाउँदा शक्तिहरूको राप र तापलाई थेग्न र आफ्नो अनुकूलतामा उपयोग गर्ने क्षमता राख्न नसक्दा स्वतन्त्र र अभिवाज्य राष्ट्रको हैसियत गुमाउनु ।

संसद्मा देखिएको गतिविधि, यी कार्यभार सम्पन्न गर्नेतर्फ उन्मुख छैन । घृणा र निषेधको प्रतिस्पर्धामा संविधान र शान्ति दुवै ओझेलमा परेका छन् । यस घडीमा सरकार बनाउने विषयलाई मुख्य विषय ठान्दा हाम्रो दलीय दृष्टिकोणले नै हामीलाई मार्गनिर्देशित गर्ला तर यो बेला हाम्रो भूमिकाले मुलुकलाई नै प्राप्त हुने अवसरबाट वञ्चित गराउँछ भन्ने सोचियो भने सायद हामी खेलमा भइरहेको झेल मुर्दावाद भन्ने साहस गर्न सकौंला ।

अन्त्यमा,आज नयाँ प्रधानमन्त्रीको चयन हुन नसकेपछि सायद अब दुई सातापछिको नयाँ मिति तय होला । हाम्रा नेताहरूको अति अनुदारवादी र संकीर्ण व्यवहारको कारणले यो स्थिति सिर्जना भए तापनि यो दुई साताको अवधि हाम्रा अगाडि छद्मभेषमा तर आशीर्वाद र भाग्यको रूपमा आएको छ । राष्ट्रिय सहमति हाम्रा लागि आदर्श नभएर बाध्यता भएकाले बहुमतीय सरकार शान्ति र संविधान निर्माणका लागि सुखद हुने थिएन । त्यसैले यो अवधि शान्ति र संविधानको कार्यभार पूरा गर्न सहमतीय यात्राका लागि सदुपयोग गर्न सक्नुपर्छ । तर त्यो सहमतिका लागि मैले भन्दै आएको एउटा सत्य यी दुई सातामा माओवादी नेतालाई बुझाउन सकिएला कि लोकतन्त्रको उर्वरभूमिमा पुष्पकमल फूल जति पनि फुलाउन सकिन्छ तर 'प्रचण्ड' नामक क्याकटस यसमा फुलाउन सकिन्न ? झुक्किएर प्राप्त भएको यो दुई साताको अवधिमा हाम्रो नेतृत्वलाई हामी सबैको सकारात्मक प्रयत्नले सहमति निर्माण गर्न बाध्य बनाउने सामथ्र्य रहे मात्र हामीले वर्तमानका प्रति जिम्मेवार भएको ठहरिनेछ । के त्यो नयाँ आधार तयार गर्न सकौंला ?

Thursday, July 22, 2010

संविधानसभाको तेश्रो ठूलो दल एमालेले निर्वाचन प्रक्रियामा नै भाग नलिने घोषणा गर्दै तटस्थ बसेपछि कांग्रेस र माओवादीलाई सामान्य बहुमत पुर्‍याउन कठीन छ । अहिलेसम्म कसलाई प्रधानमन्त्रीमा सहयोग गर्नेसम्मको निर्णय गर्न नसकेका मधेसवादी दलहरुले माओवादीलाई सघाउने निर्णय गरिहाले भने त माओवादी उम्मेदवार पुष्पकमल दाहाल पुनः दोश्रो पटक प्रधानमन्त्री हुन पाउनेछन् । तर यो सम्भावना क्षीण छ । दक्षिणतिरको शक्तिले नरुचाएको माओवादीलाई सहयोग गरेर मधेसवादी दलहरु 'रिक्स' उठाउने स्थितिमा छैनन् ।

बिहीबारको मतपरिणामलाई हेर्ने हो भने माओवादीलाई अहिले ५८ मत अपुग छ । त्यो अपुग पूर्ति गर्न साना दललेमात्र सक्ने स्थिति छैन । केही बढी सीट भएका नेकपा माले, नेकपा संयुक्त, नेमकिपा, जनमोर्चालगायतका बामपन्थी पार्टीसमेत माओवादी अस्तित्व स्वीकार गर्न तयार देखिंदैनन् ।

मधेसवादीसहित अरु केही साना दलले सहयोग गर्दैमा कांग्रेसलाई पनि बहुमत पुग्दैन । किनकि एमाले कांग्रेसलाई सघाइहाल्ने निर्णयमा पुगिसकेको छैन । बिहीबारको मतपरिणामलाई हेर्ने हो भने कांग्रेसका रामचन्द्र पौडेललाई १ सय ७६ सभासदको खाँचो छ । तर मधेसवादीसँग मात्र ८२ सभासद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनशक्ति पार्टीले पौडेललाई बुधबार पनि मत लगाएका थिए ।

अप्ठ्यारोमा एमाले

बहुमतको सरकारको नेतृत्व नगर्ने अडानमा रहेका एमाले उम्मेदवार एवम् पार्टी अध्यक्ष झलनाथ खनाल दुई तिहाइ नपुगेपछि निर्वाचनप्रक्रियाबाट बाहिरिए ।

प्रधानमन्त्रीको पहिलो चरणको निर्वाचनबाट बाहिरिएको एमालेले अब राष्ट्रिय सहमति नबनुन्जेल बहुमतीय सरकार निर्माणका लागि कसैलाई समर्थन नगर्ने जनाएको छ । एमाले शीर्ष नेताहरूले शुक्रबार हुने दोस्रो चरणको चुनावमा माओवादी र कांग्रेस दुवै दललाई समर्थन नगर्ने बताइसकेका छन् । मधेसी दलले माओवादीलाई समर्थन नगर्ने हो भने एमालेको सहभागिताविना सरकार बन्दैन, जतिपटक निर्वाचन गरे पनि ।

लामोसमयसम्म एमाले अडानमै रहे ढिलै भए पनि कुनै न कुनै निकास त निस्कन्छ । तर, शान्ति प्रक्रिया र संविधान निर्माणका लागि हतार गर्ने हो भने एमाले कुनै निर्णयमा पुग्नुपर्नेछ । त्यो अवस्थामा भने एमालेभित्र गम्भीर फुट देखिन सक्छ ।

अध्यक्ष झलनाथ खनाल कुनै हालतमा कांग्रेसलाई समर्थन गर्ने पक्षमा छैनन्, प्रधानमन्त्री माधवकुमार नेपाल र केपी ओली पक्षधर भने माओवादीलाई सत्ता सुम्पन सहयोग गर्ने सोच्न पनि सक्दैनन् ।

विकल्प

शुक्रबार पनि प्रधानमन्त्री चयन नभए र विद्यमान संसद नियमावलीअनुसार यहि प्रक्रिया दोहोरिरहने अवस्थामा ताजा प्रक्रियाका लागि संसद नियमावली परिवर्तन गर्न सकिन्छ ।

व्यवस्थापिका संसदको नियमावली, ०६५ को नियम ८ मा प्रधानमन्त्रीका कुनै उम्मेदवारले सामान्य बहुमत नल्याएसम्म निर्वाचन प्रक्रिया जारी रहने उल्लेख छ ।

यो अवस्थामा नियमावली संसोधन गरी दोश्रो चरणको निर्वाचनमा पनि बहुमत नल्याए ताजा प्रक्रिया सुरु गर्ने प्रावधान राख्न सकिन्छ । र अहिलेका उम्मेदवारबाहेक सहमतिको नयाँ अनुहारलाई ल्याएर प्रधानमन्त्री जिम्मा लगाउन सकिन्छ कि !

Watch her song



अतिथि एल्बमको एउटा गीत ‘एकादेशमा भालु थियो, भालुको खेतमा आलु थियो' सुन्नुस्-

Click Here For watch her song -http://www.youtube.com/watch?v=khxs0L7vi9k (

Watch her song

http://www.youtube.com/watch?v=khxs0L7vi9k

MORE

झलनाथ खनाललाई हिजोको दिन आफ्नो जीवन कै सबैभन्दा नरमाइलो दिन भो होला। सत्ता नामको ‘हड्डी’ उनको मुख नजिकै आइसकेको थियो, तर खोसियो। पेनाल्टीमा पराजित हुँदा फुटबल टिमलाई के दुःख हुन्थ्यो होला, जति उनलाई भयो होला। उनी निश्चित रुपमा प्रधानमन्त्री बन्दै थिए। बहुमत उनकै पक्षमा थियो। तर अकस्मात् खेल यसरी खेलियो कि उनी प्रतिस्पर्धा नै नगरी मैदानबाट बाहिरिन बाध्य भए। उनले आफ्नै साथीहरुबाट यसरी रेडकार्ड पाए कि अब शुक्रबार हुने फाइनल खेलमा प्रतिस्पर्धा नै गर्न पाउने छैनन्।

मुख मै आइपुगेको हड्डीलाई खोस्ने काम भने मधेसवादी दलहरुको मोर्चाले गरेको हो। नभए मध्याह्नसम्म झलनाथ खनालको पक्षमा माहौल बन्दै थियो। माओवादीले आफ्नो उम्मेदवार छँदाछँदै एमालेलाई सहयोग गर्ने भनेपछि झलनाथको संभावना बढेको थियो। किनभने एमाले र माओवादी मिलेमा आरामदायी बहुमत पुग्थ्यो। तर एमालेका चलाख नेताहरुले झलनाथलाई दुई तिहाईको शर्त राखेका थिए। एक समय त उनले दुई तिहाई पनि पुर्‍याउलान् जस्तो भएको थियो। 391 जनाको हस्ताक्षर त लिइसकेका थिए उनले।

उपेन्द्र यादवको फोरमले पनि झलनाथलाई सघाउने खबर आएको थियो। त्यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका साना दलको समर्थन पनि उनले पाएका थिए।

तर अन्तिममा कुरा बिगारिदियो मधेसवादी दलहरुको मोर्चाले। उपेन्द्र यादव पनि सहभागी यो मोर्चामा चार मधेसवादी दल छन्- यादव र गच्छदारको गरी दुई वटा फोरम, राजेन्द्र महतोको सदभावना अनि तमलोपा। यिनीहरुका ८२ सांसद छन्। यता प्रधानमन्त्री चुन्नलाई संसदको बैठक बस्न ढिला भइसकेको थियो, उता मधेसवादी दलहरु बैठक सकाउने कुरै गरिरहेका थिएनन्। उनीहरुको पनि समर्थन भएको भए निश्चित रुपमा झलनाथ प्रधानमन्त्री हुने थिए।

तर त्यस्तो भएन। शायद दिल्ली दरबारको आदेशमा मधेसवादी दलहरुले अकस्मात् आफूहरु तटस्थ बस्ने निर्णय गरिदिए। माओवादीलाई एक्ल्याउन चाहिरहेको दिल्लीका लागि माओवादी कै इच्छा र चाहनामा झलनाथ खनालको सरकार बन्नु एउटा ठूलो झट्का हुनसक्थ्यो। दिल्ली यसै पनि आफ्ना दूतमार्फत् प्रधानमन्त्रीको निर्वाचनको तिथि सार्न चाहिरहेको थियो- यो खबर त सञ्चार माध्यममा आइरहेकै थियो। आफ्नो इच्छाविपरीत सरकार बन्ने देखेपछि मधेसवादी दलमार्फत् दिल्लीले त्यसो हुनबाट रोकेका हुन्, यो प्रष्टै छ।

मधेसवादी दलहरुको निर्णयसँगै दुई तिहाई बहुमत नपुग्ने देखिएपछि अरु धेरै स-साना दलहरुले पनि मतदानमा तटस्थ बस्ने निर्णय गरे जसका कारण झलनाथको प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुन पुग्यो। अझै पनि एउटा झिनो आशा थियो झलनाथलाई, उम्मेदवारी फिर्ता नभइदिए माओवादीले भोट गरेपछि ३०१ को बहुमतको सरकार बन्थ्यो। तर प्रस्तावक माधवकुमार नेपालले पार्टीले ४०१ नपुगे उम्मेदवारी फिर्ता लिने म्यान्डेट दिएको भन्दै उम्मेदवारी फिर्ता लिएपछि हिस्स बन्न पुगे खनाल।

अब के हुन्छ त ?
झलनाथ बाहिरिएपछि अब मैदानमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल र माओवादी अध्यक्ष प्रचण्डमात्र छन्। प्रचण्ड दिल्लीको चाहना हैन। कि त दिल्लीका सामु लुत्रुक्कै पर्नु पर्‍यो प्रभो भन्दै प्रचण्डले। अनि ज्ञातअज्ञात सम्झौताहरु गर्नुपर्‍यो प्रचण्डले। नत्र दिल्लीले उनलाई प्रधानमन्त्री बन्न कसैगरी पनि दिने छैन। दिल्लीको इच्छा विपरीत सरकार बनाउन सक्ने हो भने प्रचण्डले कि एमालेको साथ खोज्नुपर्छ, कि मधेसवादी र अन्य साना दलहरुको।

अर्कोतर्फ रामचन्द्र पौडेल अहिलेको माधव नेपाल सरकारको गठबन्धनलाई कायम राख्‍न सके प्रधानमन्त्री हुन सक्छन्। पौडेललाई दिल्लीले रुचाउने नरुचाउने भन्दा पनि प्रचण्डलाई नरुचाउने हुनाले उनी रोजाइमा पर्न सक्छन्। तर यसका लागि सबैभन्दा ठूलो हात एमालेको हुन्छ। हिजोसम्म एमालेले दुई तिहाई बहुमत नभएसम्म राष्ट्रिय सहमतिको सरकार नबनेसम्म कसैलाई भोट नदिने बताएको छ। रातारात प्रभुहरुको निर्देशनमा केही भए बेग्लै कुरा, नत्र मधेसवादी दल र साना दलहरु अहिले कै अडानमा रहने हुन् भने शुक्रबार हुने निर्वाचनमा पनि रामचन्द्र पौडेल र प्रचण्डले बहुमत पुर्‍याउन सक्ने छैनन्। त्यस्तो अवस्थामा माधव नेपाल कै कामचलाउ सरकार कायम रहनेछ।

Monday, July 19, 2010

तेलअभिब स्थीत बेतबारबार हलमा खचाखच दर्शकहरूका माझ नैपाल र इजरायल ५० बर्ष मैत्री सम्बन्ध पुगेका अबशर पारेका अ।याेजीत साँस्कृतिक कार्यक्रममा नेपालका बरिष्ट हाँस्य कलाकारद्वय मदनकृष्ण र हरिबँश साथमा गायीका काेमल वली,रामचन्द्र काफ्ले र अनिल सिँह द्वारा भब्य रूपमा प्रस्तुतीका केही झलकका तस्िबरहरू.....


































नेपाल र इजरायल ५० बर्ष मैत्री सम्बन्ध पुरा भएकाले दुइ देसबिच सम्बन्ध अझै पगाढ बनाउने उद्देस्येले कलाकार,ब्यापरी,राजनितिज्ञ र अन्य गरि लगभग ३० जना भन्दा धेरै संख्यामा नेपाली भ्रमणदल सहित
यसै हप्ता इजरायलमा बिशेष साँस्कृतिका कार्यक्रम लिएर पाल्नुहुने भएका छन् । केहि कलाकारहरूका पुराना प्रस्तुतीहरू हेर्नुस र यहि जुलाइ २२,२३,२४ तेलअभिब सहरमा हुने कार्यक्रमका बारेमा पुरा समाचार प्रतिक्षा गर्नुस,
धन्बाद ।

मदनकृष्ण र हरिबँश

""
अनिल सिँ


रामचन्द काफ्ले र सिन्धु

रामचन्द्र

काेमल वली

Sunday, July 18, 2010

"http://www.nnchautari.com/"

बाकी

३ वर्षकी गायिका अतिथी गौतम
अर्विट पब्लिसरको सक्रियतामा तयार पारिएको 'अतिथि' एल्वममा नौ वटा गीत समावेश छन्। अक्षर समेत राम्ररी चिन्न नसक्ने गायिका केसीले सबैको सामु गीत गाउने कलालाई देखेपछि अन्तराष्ट्रिय जगतमा समेत यस्तो अदभूत बालिकाको क्षमता चिनाउन अर्विट पब्लिसरले यो पहल गरेको हो। गिनीज बुक अफ वर्ल्ड रेकर्डका तथ्याङ्कलाई अध्ययन गर्दा समेत यति सानो उमेरदेखि गायर गीति एल्वम निकालेको प्रमाण फेला परिसकेको.....
छैन। अब अतिथि एल्बमलाई गिनीज वर्ल्ड रेकर्डका लागि प्रकृयागत ढङ्गमा लगि सकिएको छ। २ वर्ष देखि नै गीत गाउन थालेकी अदभूत प्रतिभा अतिथि केसी हुन। आफ्नै दिदी उष्णा केसीले गाएको देखेपछी त्यसलाई नक्कल गर्ने बानीले उनलाई गीत संगित प्रति मोह जगाएको उनका बाबु उद्धव केसीले बताएका छन्। विभिन्न सांगीतिक कार्यक्रममा दिदी उष्णासँग र एकल कार्यक्रम समेत प्रस्तुत गरेर यिनले उपस्थित सबैलाई आश्चर्यमा पारिसकेकी छिन। नेपाल टेलिभिजनको एक सास्कृतिक कार्यक्रममा प्रत्यक्ष प्रशारणमा समेत अतिथीले गीत गाएकी छिन। अतिथि एल्वममा समावेश सातवटा गीतमा संगीत जुगल डंगोलले भरेका छन् भने एउटा गीतमा संगीत रामकृष्ण दुवालको रहेको छ र एउटा राष्ट्रिय गित रहेको छ । पत्रकार घनश्याम खड्का, कवि अर्जुन पराजुली, अमेरिकी निवासी कानुन व्यवसायी बिनोद रोक्काका शब्द रहेका हरेक गीत बालबालिकालाई लक्षित गरि तयार पारिएका छन्। केही महिनाअघि पूतलीसडकमा अवस्थित आर्टोम्यूज स्टुडियोमा रेकर्डिङ्ग गरीएको गीत अवलोकनमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो। त्यहाँ रेकर्डिङ्ग अवलोकन कार्यक्रम पछाडि सुझाव पुस्तिकामा लेखिएका प्रतिकृयावाट समेत अतिथीको क्षमता प्रष्ट हुन्छ । उक्त पुस्तिकामा साहित्यकार मोदनाथ प्रश्रितले त अतिथी राष्ट्रकै गौरव रहेको प्रतिकृया लेखेका छन्। त्यसैगरी संस्कृतविद सत्यमोहन जोशी, नेपाल वार एशोसियसनका अध्यक्ष प्रेम बहादुर खड्का , युवा नेतृ रामकुमारी झाँक्री ,साहित्यकार कृष्ण धरावासीले अतिथिमा गाउने कला देखेर आफुहरु चकित रहेको प्रतिकृया दिएका छन्। नेपाल वार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले त आफ्नो जीवनकालमा अतिथि जस्तो क्षमतावान वालिका हालसम्म नभेटेको कुरा पुस्तिकामा लेखेका छन्। शास्त्रीय सँगीतमा प्रारम्भिक तह उतिर्ण गरेकालाई समेत गाउन गाह्रो हुने स्वर लिपी अलँकारसमेत अतिथिले सहज रुपमा गाएकी छिन्। जसलाई कार्यक्रममा उनले ख्यातिप्राप्त बाद्यबादकको प्रत्यक्ष सँगीतमा गायिन्। कार्यक्रममा उनले तीन वटा गीत प्रत्यक्ष गायिएकी थिइन्। यो सारेगमको म्युजिक भिडियो समेत तयार गरिएको छ। सो म्युजिक भिडियोको सोही कार्यक्रममा प्रदर्शन गरिएको थियो। राष्ट्रले अतिथि केसीको क्षमतालाई अन्तराष्ट्रिय जगतमा चिनाउन पहल गर्ने आशा हामीले लिएको बाबु उद्धव केसीले बताए।
क्रान्तिकारी र कठपुतली
बाँकी
उता कमल थापा प्रच्छन्न भाषामा ज्ञानेन्द्र सरकारको पुनःस्थापनको रट लगाइरहेका थिए। यता यी जिम्दार कमरेडले प्रस्ट भाषामा माधव सरकारको पुनःस्थापनको बिन्तीपत्र अघि सारे। त्यो रट र यस बिन्तीपत्रमा साझा भाव छ त्यो हो, नारकीय यथास्थितिका रक्षकको पुनःस्थापन, अनि, शनैःशनैः दक्षिणपन्थी सैन्यवादले दमनकारी मुन्टो उठाउने अराजनीतिक वातावरण र हतास सामाजिक मनोदशाको निर्माण। कुरो प्रस्ट छ, माधव सरकारको पुनःस्थापन हुँदा सरकारका प्रवक्ता यी जिम्दार कमरेडको सुस्वादु खान्कीको पनि ट्याक्क पुनःस्थापन हुनेछ। खान पाएकाले आफ्नो राजसी खान्कीको निरन्तरताको दाबी गर्नु त लोभीपापी जगत्को सनातन रीत नै हो। गए शान्ति र संविधान खोलैखोला जाओस्, मौकामा खान छोड्नु हुँदैन। आखिर मनचिन्ते जबजको प्रचलित अर्थ के हो? कल, छल र बलले जसरी हुन्छ खानु, खानु र खाइरहनु।

माओवादीमा पुष्पकमलले प्रधानमन्त्री बन्न खुट्टो उचालेका छन्। र, त्यस खुट्टामा बजार्न किरण, बाबुराम र बादलले भाटा उजाएका छन्। कांग्रेसमा रामचन्द्र पौडेलले खुट्टो उचालेका छन् र त्यस खुट्टामा प्रहार गर्न देउवा र गुरुङ थरका दुई बहादुरले चिर्पट उजाएका छन्। एमालेमा झलनाथ खनालले खुट्टो उचालेका छन् अनि त्यस खुट्टालाई कलमी गर्न केपी ओलीहरूले तरबार उजाएका छन्। लोकतन्त्रको विधि र रीतिबमोजिम प्रधानमन्त्रीका रोलवाला प्रत्याशी यिनै तीन पात्र हुन्। यी राष्ट्रिय चुनाव जितेर आएका हुन्। यी आआफ्नो दलले मानिल्याएका माउ हुन्। र, आआफ्नो संसदीय झोलीका नायक पनि यिनै हुन्। तर, लोकतन्त्रको विधि र रीतिको हुर्मत लिँदै रोलबाहिरकाहरू प्रधानमन्त्री बन्न लाल बुझक्कडी मुद्रामा च्याँखे दाउ थापिरहेका छन्। यो भयावह भाँडभैलोको रिहर्सल हो। दलहरूभित्रको भाँडभैलो र समग्र राजनीतिको पनि भाँडभैलो। यो बिस्ट्याउनेलाई भन्दा देख्नेलाई लाजको विद्रूप कथा हो।

कांग्रेस र एमालेमा सत्ताको लुछाचुँडी हुनु बुझिने कुरा हो। यो तिनले दिव्य बाह्र वर्षको संसदीय दुर्व्यसनबाट ग्रहण गरेको संस्कारको झुसिलो डकार हो। तर, लुछाचु"डीको यो रोग यति छिटै र यति सजिलै माओवादीमा सल्किनु उदेकलाग्दै हो। माओवादी म ज्यान मुठ्ठीमा राखेर संसार बदल्न हिँडेको हुँ भन्थ्यो। तर, संसदवादीको संगतबाट ऊ हिजोको आजै ‘सच्चिएर' तिनकै प्रतिरूपमा ढलान हुन हर्दम् यत्नशील छ। लक्ष्यको एकता, भावनाको एकता, विश्वासको एकता र कार्यको एकता क्रान्तिकारी दलका केही गुण हुन्। अनिकालमा पहिलो गाँस तँलाई, दोस्रो गाँस मलाई, तरबारको चोटमुनि मेरो गर्धनमाथि, तेरो गर्धनमुनि, सास जाओस्, विश्वास नजाओस् र सुखदुःख बराबरी- यी कम्निस्टका प्रिय वाचा हुन्। लाग्छ, माओवादीमा यी आदर्श वाचाको थोक मृत्यु हुँदैछ। र, अहिले प्रधानमन्त्रीको कुर्सीका लागि त्यहाँ एकअर्काको छवि र प्रतिष्ठा खरानी बनाउने नग्न खेल सुरु भएको छ।

प्रचण्ड, बाबुराम, किरण र बादल नेपाली राजनीतिका नयाँ विम्ब हुन्। यी विम्बको निर्माणमा असंख्य मानिसको विवेक र सौर्य, सन्ताप र चित्कार एवं आँसु र रगतको लगानी भएको छ। र, यी विम्बमाथि धेरैका आशा छन्। तर, तिनका आशामाथि तुषारापात गर्दै यी श्रीहजुरहरू अन्तर्कलहको निकृष्ट क्रीडामा मग्न छन्। गर्नै परे झगडा गर्ने त बन्द कोठामा पो हो। प्रधानमन्त्रीमा पुष्कमलको विकल्प इन्द्रकमल भए सोको किटानी गर्ने पनि बन्द कोठामै सल्लाहसाउती गरेर हो। माओवादी नेतृत्व खलनायकी रुचि र प्रवृत्ति भएका झल्ला रंगकर्मीको रंगमञ्चतुल्य प्रतीत भइरहेछ जो आन्तरिक कलहको झुत्रे झन्डा बोकेर जग हँसाउँदै सडकमा छताछुल्ल पोखिँदो छ। लोकले चोर औँलो हल्लाउँदै गरेको कुरिकुरीतर्फ दृष्टि दिन उसलाई न चाख छ न त फुर्सद नै छ।

सत्ताको नदिइने रसभरी चमचम देखाएर लोभ्याउने, जुधाउने र फुटाउनेबाहिर छन्। भ्रमित माओवादी नेतृत्व तिनको आज्ञाकारी कठपुतली भएर लोभिइरहेछ, जुधिरहेछ र आन्तरिक फुटको भयकारी भ्रूण सिर्जना गरिरहेछ। सामाजिक परिवर्तनका थप शक्ति आर्जन र सञ्चय गर्नुपर्ने घडीमा ऊ तुच्छ आन्तरिक किचलोमा जो भएको शक्ति नष्ट गरिरहेछ। आफ्नै हातले सलाई कोरेर ऊ आफ्नै अंकअवयवमा झोसिरहेछ। र, माओवादीको खरानीमा आफू दूबो भएर झ्याङ्गिने सपना देख्ने हुनुसम्म आल्हादित छन्। पुष्पकमलको उपयोग मूल्य निख्रिएपछि ती बाबुरामतिर फर्किए। अहिले जताततै पुष्पकमल बाईबाई, बाबुराम हाईहाईको दक्षिणपन्थी हावा चलेको छ।

र, दलभित्र बाबुरामलाई उचाल्ने र पुष्पकमललाई थचार्ने विवेकहीन नाटकको मञ्चन भइरहेछ। आफूभित्रै भएका कमजोरी र बाहिरबाट थोपरिएका कारणले गर्दा पुष्पकमल त सत्तालोलुप देखिएका थिए नै, अब निष्कलंक बाबुरामको सत्तालोलुप विम्बको धुमधामसँग रचना भइरहेछ। आन्तरिक अन्योल, कलह र विग्रहको दाउमा जब बाबुरामको उपयोगिता सकिन्छ त्यसपछि बाबुराम कान्लामुनि फालिने छन् र बादल शिरमाथि बोकिने छन्। चरणबद्ध विनाशको नाटकमा यसो हुनु अनिवार्य छ। जो आफ्नो स्थान, भूमिका र सानलाई बिर्सेर उक्साहटकारीको खेनौला बन्छ, उसको नियति सदैव यस्तै हुन्छ। काम परे भाँडो, नपरे त्यसका बाउको ठाँडोको त उखानै छ नि।

जो परिवर्तनको संवाहक हो, चतुर र गम्भीर, दूरदर्शी र विनम्र, क्षमाशील र त्यागी, अल्पभाषी र व्यवहारकुशल हुनुपर्ने पनि उसैले हो। पुराना दललाई नयाँ संविधान र वास्तविक संघीयता नभए पनि हुन्छ। तिनले खाइपाई आएको सत्ताको खान्की निरन्तर रहने त यथास्थितिमै हो। त्यसैले त तिनलाई चौध अञ्चल, पचहत्तर जिल्लाको महेन्द्रीय संघीयता औधि मन परेको छ। अक्रान्तिकारीका के के कुरा, क्रान्तिकारिताको अभिनय गरिरहने कमरेड रोहित र कमरेड सीपी मैनालीको काइदाको संघीयता पनि यही हो। महेन्द्रीय रेखांकन, महेन्द्रीय विकेन्द्रीकरण र महेन्द्रीय समावेशीकरणले सजिएको सानदार संघीयता! सके संघीयताविरोधको नारा बेचेर राजनीतिमा दुखम्सुखम् निर्वाह चलाइरहेका कमरेड मोहनविक्रम सिंहलाई पनि यो राजसी संघीयता मनपर्दो हो।

तर, माओवादी र मधेसी परे नयाँ राजनीतिक दल। यिनलाई त नयाँ संविधान चाहिएकै होला। सामाजिक न्याय र समावेशीकरणको धरातलमाथि रेखांकित हुने संघीयता पनि त यिनलाई चाहिएकै होला। हो भने, यो परिवर्तनकामी नयाँ शक्ति एकताको अनुरागमय सूत्रमा उनिएर एक लय एक तालमा परिवर्तनकारी सरकार बनाउन जुट्नुपर्ने बेला हो कि तुच्छ स्वार्थको झुत्रे झन्डा हल्लाएर आन्तरिक कलहको फोहोरी आहालमा डुबुल्की मार्दै जनताको भाग्यमाथि बन्चरो बजार्ने बेला हो?

चैतन्य र इखविनाका कठपुतली अरूको बहकाउमा फुर्फुर नाच्छन्। स्वप्नदृष्टि र दूरदृष्टियुक्त क्रान्तिकारी आफ्नै विवेकको आदेशमा चल्छन्। जो अरूको प्रलोभनकारी बहकाउमा आत्मविनाशको खेल खेल्छन्, ती केको क्रान्तिकारी? ती केको विवेकी र त्यागी? ती केको नवनिर्माणका अग्रदूत? आखिर अलंकारयुक्त नाउँ जे राखे पनि कठपुतली त कठपुतली नै हो।

'कांग्रेस या माओवादीमध्ये एक प्रतिपक्षमा रहन्छ’

शान्ति प्रक्रियामा प्रारम्भदेखि सक्रिय हस्तीमध्येमा पर्छन् कृष्णप्रसाद सिटौला । उनी माओवादीसँगको बाह्रबुँदे समझदारीदेखि शान्ति प्रक्रियाका हरेक निर्णयको खाका कोर्नेमध्येमा पर्छन् । विगतका सहमति र समझदारीलाई इमानदारीपूर्वक पालना र कार्यान्वयन नगरेका कारण कांग्रेसले सरकार निर्माण प्रक्रियामा माओवादीसँग सहकार्य गरेर अघि बढ्न नसक्ने उनको जिकिर छ । कांग्रेस र एमाले दुवै माओवादीसँग सहकार्य गर्न नसक्ने स्थितिका कारण पुरानै गठबन्धन यथावत् रहन सक्ने सम्भावना उनले बताए । सिटौलासँग शान्ति प्रक्रियाको वस्तुस्थिति र नयाँ गठबन्धनबारे कान्तिपुरका हरिबहादुर थापाले गरेको कुराकानी ।

दलहरू फेरि बहुमतीय प्रधानमन्त्री पद्धतिमा होमिएका छन्, सहमतीय पद्धति स्थापित हुन नसक्नुको कारण के हो ?

अझै पनि एकीकृत माओवादी द्वन्द्वकालीन मानसिकताबाट मुक्त हुन सकेको छैन । खासगरी लडाकु र हतियारसँग सम्बन्ध नछाडेसम्म माओवादीसँग सहमति कायम गर्न गाह्रो छ । संविधानसभाको निर्वाचनपछि छ महिनाभित्र लडाकुको समायोजन र पुनस्र्थापना कार्य सक्ने भनी माओवादी पार्टीको नेतृत्वमा सरकार बनेको हो । नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गरेको हो तर त्यो सरकारको कार्यकालमा यो समायोजन र पुनस्र्थापना सम्बन्धमा कुनै प्रस्ताव आएन । बरु उल्टै प्रधानसेनापतिलाई शान्ति प्रक्रियाको मर्मविपरीत निकाल्ने प्रयत्नमा लाग्नुभयो । समायोजन र पुनस्र्थापनामा सामान्य काम पनि अघि बढाउन नचाहने, सेनामा हस्तक्षेप गर्ने रणनीतमा माओवादी सरकार लाग्यो । त्यसपछि माओवादीसँग कांग्रेसले गम्भीर मतभेद राख्यो । विगतका भएका सबै सम्झौताको सार शान्ति र लोकतन्त्र हो तर माओवादीले लडाकु समायोजन र पुनस्र्थापना सम्पन्न नगर्ने, प्रारम्भ नगर्ने, बरु उल्टै नेपाली सेनामा हस्तक्षेप गर्न थाल्यो । त्यतिबेला गिरिजाबाबुले प्रचण्डलाई बोलाएर भन्नुभएको थियो- 'तपाईंहरूले गलत काम गर्न थाल्नुभयो, तपाईंलाई शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया पूरा गर्नुस् भनेको हो तर तपाईं गलत बाटामा जानुभयो ।' यही कारण माओवादी र अन्य दलहरूबीच गम्भीर मतभेद भएको छ । हाम्रो गम्भीर आशंका छ- माओवादी एउटा सशस्त्र संगठन आफूसँग राखिराख्ने, हतियारसहितको पार्टी बनिरहने चाहनामै छ । हाम्रो आपत्ति यही हो ।

सहमतीय पद्धतिको बाधक समायोजन र पुनस्र्थापना हुन नसक्नु नै हो ?

मूल रूपमा माओवादीसँग सहमत हुन नसक्नुको कारण यही हो । हामीलाई के लाग्छ भने माओवादी पार्टीले लडाकु र हतियार छाडिसकेपछि कब्जा सम्पत्ति पनि स्वाभाविक रूपमा फिर्ता हुन्छ । वाईसीएलका यी अर्धसैनिक संरचना पनि स्वाभाविक रूपले अन्त्य हुन्छ । माओवादी पार्टीबाट गरिने सबै हिंसात्मक गतिवधिको जड भनेको शिविरमा रहेका माओवादी लडाकु समायोजन र पुनस्र्थापना नहुनु नै हो ।

समायोजन र पुनस्र्थापनामा कांग्रेस-एमाले र माओवादीबीच प्रस्ताव अघि सार्ने काम भइरहेको छ, नमिलेको केमा हो ?

कांग्रेसले समायोजन र पुनस्र्थापनाका विषयमा प्रस्ताव सार्वजनिक गरेको छ । विगतका सहमति, सम्झौताहरूको गलत व्याख्या नगरीकन पालना गरौं, कार्यान्वयन गरौं भन्ने हाम्रो मत हो । त्यसैको कार्यान्वयनका आधारमा राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्छ । शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउ“m, संविधान निर्माण गरौं भन्ने हो ।

कांग्रेस-एमालेको प्रस्तावमा माओवादीले आफूलाईर् आत्मसमर्पण गर्न आएको पार्टीका रूपमा व्यवहार गरिएको प्रतिक्रिया दिएको छ, तपाईंहरूको प्रस्ताव त्यस्तै छ ?

माओवादीको दृष्टिकोण नै सबैभन्दा ठूलो समस्या बनेको छ । माओवादीले लडाकु र हतियार छाड्नु भनेको समर्पण गर्नु होइन । त्यो त सम्झौताहरूको कार्यान्वयन हो । के माओवादी पार्टी अन्य राजनीतिक दलहरू जस्तै शान्ति पूर्ण राजनीति र गतिविधि गर्ने पार्टीका रूपमा स्थापित हुन चाहँदैन ? पहिलो संविधानसभाको निर्वाचनको क्रममा माओवादी लडाकुलाई शिविरमा राख्ने र त्यसबेलाको शाहीसेनालाई पनि बाह्य गतिविधिमा नराख्ने निर्णय बाह्रबुँदेमा भएको हो । जतिबेला निरंकुश राजतन्त्र थियो । निरंकुश राजतन्त्र रहेसम्म राज्यका सबै अंग राजतन्त्रकै मातहत थिए । त्यसकारण राजतन्त्र रहेसम्म तत्कालीन शाहीसेनालाई तटस्थ र माओवादी लडाकुलाई संयुक्त राष्ट्रसंघको सुपरिवेक्षणमा राखिएको हो । संविधानसभाको निर्वाचनपछि लडाकु समायोजन तथा पुनस्र्थापना गर्ने सम्झौता हो । माओवादी लडाकु जसले मापदण्ड पूरा गर्छन्, तिनीहरू सम्भावित समायोजनका लागि योग्य हुनेछन् भनिएको छ । त्यहाँ यसैमा समायोजन गर्ने भनिएको पनि छैन । सबैलाई समायोजन भनिएको छैन, सम्भावित मात्र भनिएको छ । बाँकीको पुनस्र्थापना भनिएको छ । जब माओवादीले आफ्नो अनुकूल व्याख्या गर्न थाल्यो तब समस्या सुरु भयो । सबै लडाकुको समायोजन गर्ने भनिएको भए त 'सम्भावित समायोजन' लेखिने थिएन । सेनामा मात्रै गर्ने भए विभिन्न सुरक्षा निकाय भनिने थिएन । हुँदाहुँदा माओवादीले एउटा सेनाको अर्कोमा समायोजनसमेत भन्न थाल्यो । सेनामा समायोजन त कुनै पनि सम्झौतामा भनिएको छैन । माओवादी सम्झौता गर्दै गयो तर कार्यान्वयन गर्नुपर्ने बेलामा इमानदारितासाथ उभिएन ।

भनेपछि माओवादीमाथि तपाईंहरूको शंका यथावत् नै छ ?

यथावत् छ । शंका यथावत् भएकै कारणले माओवादीसँग हाम्रो गम्भीर मतभेद भएको हो । अरू विषय त यसमा जोडिएका मात्र हुन् ।नयाँ प्रधानमन्त्रीको निर्वाचत हुन केही दिनमात्रै बाँकी

छ । अझै कसको नेतृत्वमा सरकार निर्माण गर्ने अन्योल छ, दलहरू के गरेर बसिरहेका छन् ?

राजनीतिक सहमतिको समय सकिएपछि बहुमतीय पद्धतिका लागि संसद्मा प्रक्रिया प्रारम्भ भएको छ । बहुमतीय पद्धतिबाट प्रधानमन्त्री आए पनि छलफलका आधारमा नमिलेका कुरा मिलाएर सरकारलाई सहमतीय स्वरूप दिन सकिन्छ । सबै राजनीतिक दल समावेश भएको सहमतिको सरकार पनि हुन सक्छ । अर्को, संविधानसभामा रहेका प्रमुख राजनीतिक दलहरूको सहभागितामा सरकारलाई सहमतीय स्वरूप दिन सकिन्छ । बहुमतबाट प्रधानमन्त्री बन्दैमा प्रमुख दलहरूलाई समेट्नु पर्दैन भन्ने होइन । ३ सय १ नघाएपछि प्रधानमन्त्री चुनिने हो । त्यसभन्दा बढीको समर्थन प्राप्त गराएर पनि प्रधानमन्त्री बनाउन सकिन्छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्दा अन्य प्रमुख राजनीतिक दलहरूलाई सहमत गराएर राष्ट्रिय स्वरूप दिन सक्नुहुन्छ । कांग्रेस र एमाले, माओवादीलगायतको मन्त्रिपरिषद्मा सहकार्य गर्ने विषयमा माओवादीले विगतमा गरेका सहमति र सम्झौता कार्यान्वयनमा इमानदारीसाथ उभिनुपर्छ ।

माओवादीले इमानदारीपूर्वक सहमति र सम्झौता कार्यान्वयन गर्छु भनेको खण्डमा माओवादी उम्मेदवारलाई कांग्रेसले सहयोग गर्ने वातावरण रहन्छ ?

रहँदैन । हामीले कुन अवस्थामा सहमतिको मन्त्रिपरिषद् बन्छ भनेर आजभन्दा अढाई महिनादेखि भन्दै आएका छौं । मे १ तारिखका दिन, जुन दिनदेखि माओवादीले आन्दोलन घोषणा गरेको थियो, त्यतिबेला माओवादी-कांग्रेस-एमाले कार्यदलको बैठकमा सबै कुरा मिल्दै गएको थियो । हामीले तीन हप्ताभित्रमा लडाकु समायोजन र पुनस्र्थापनाको कार्यान्वयन प्रस्ताव दियौं, माओवादीको लडाकु समायोजन संख्या माग्यौं र शिविरमा छुट्याऔं भन्यौं । शिविरको सुरक्षा सम्बन्धित निकायलाई दिउ“m, पुनस्र्थापनालगायतको जिम्मा शान्ति मन्त्रालयलाई दिउ“m, त्यसपछि माओवादी र हामीबीच सहमतिको सरकार बन्न सक्छ भनेका थियौं । सरकारको नेतृत्वका बारेमा पनि हामी छलफल गर्न तयार छौं भन्ने सकारात्मक संकेत दिएका हौं तर माओवादीले जबाफ दिन सकेन । भोलिपल्टबाट माओवादी आमहडतालमा गयो । आमहडताल फिर्ता लिएपछि माओवादी अध्यक्ष प्रचण्डजीले याक एन्ड यती होटलमा बुद्धिजीवीहरूका सामु हामीले दिएको तीनहप्ते कार्ययोजना एक महिनामा पूरा गर्न सकिन्छ भन्नुभयो तर अढाई महिना भइसक्यो । त्यतिबेलै छलफल गरेर कार्ययोजना पूरा भएको भए उहाँकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्थ्यो । खोइ त ? कांगे्रसको सरोकार को प्रधानमन्त्री बन्छ भन्ने होइन । के गरेमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन र संविधान निर्माण गर्न सकिन्छ भन्ने हो । विगतमा संविधानसभामा सम्झौता गरेकै भरमा माओवादी नेतृत्वलाई हामीले स्वीकार गरेकै हौं । कांगे्रसले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग पुर्‍याएकै हो । छ महिनाभित्र लडाकु समायोजन र पुनस्र्थापनाको सम्पूर्ण कार्य टुंगोमा पुर्‍याउने वाचासहित प्रचण्ड प्रधानमन्त्री बन्नुभयो तर नौ माहिनासम्म सिन्को पनि भाँच्न सक्नुभएन । त्यहीबाट माओवादीको नियतमाथि गम्भीर आशंका उत्पन्न भएको छ । त्यसकारण माओवादी नेतृत्वमा सरकार बनाउने सवालमा माओवादीसँग सहकार्य हुन सक्दैन तर संविधान निर्माण र शान्ति प्रक्रिया अघि बढाउने सवालमा सहकार्य रहन्छ । सरकारमा नरहँदैमा यो विषयमा सहकार्य हुँदैन भनी ठान्नु हुँदैन । पहिलो चरणको तीनहप्ते जुन कार्यक्रम अघि सारेका छौं, त्यो पहिलो चरण पूरा भएमा माओवादीसँग सरकार बनाउने कुरामा पनि सहकार्य हुन्छ ।

कांग्रेसले माओवादीलाई स्वीकार गर्न नसक्ने स्थितिमा अब कस्तो गठबन्धन निर्माण होला ?

आजको दिनमा ठयाक्कै भन्दा या कांग्रेस विपक्षमा रहन्छ या माओवादी ।

कांग्रेस-एमालेसहितको पुरानै गठबन्धन हुन सक्छ कि सक्दैन ?

सक्छ । हालकै गठबन्धन कायम रहन सक्छ । कांग्रेस र एमाले दुवै विपक्षमा पुग्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

एमालेको एउटा खेमाले माओवादीसँग गठबन्धन गर्ने चर्चा छ, त्यो सम्भावना देख्नुहुन्छ ?

तीनहप्ते कार्ययोजना एमाले केन्द्रीय कार्यसमितिले एक महिनाअघि पारित गरेको हो । कांग्रेस र एमालेले मिलेर बनाएको कार्ययोजना र दृष्टिकोण हो यो । आधारभूत रूपमा माओवादी पार्टी लडाकु र हतियारबाट नछुट्टएिसम्म एमाले पनि माओवादीसँग सहकार्य गर्न जान सक्दैन उसको केन्द्रीय समितिको निर्णय हेर्दा ।

परिस्थिति र पदीय प्राप्ति हेरेर एमालेले निर्णय फेर्न सक्दैन र ?

एमाले पदलोलुप छ भनेर आरोप लगाउन चाहन्नँ । एमाले र तिनका नेताको नेपालको इतिहास निर्माणमा अत्यन्त ठूलो योगदान छ । लोकतन्त्रका निम्ति उसको लगानीलाई नकार्न सकिँदैन । त्यसकारण एमालेले माओवादी हतियार र लडाकुका सम्बन्धमा जुन अडान लिँदै आएको छ पदकै लागि आफ्नो अडान फेरेर माओवादीसँग सहकार्य गर्न पुग्छ भन्ने लाग्दैन । माओवादीसँग सहकार्यको सवालमा कांग्रेस र एमाले केन्द्रीय कार्यसमितिको निर्णय र कार्यदिशा फरक छैन । त्यसो हुँदा सैद्धान्तिक र नीतिगत रूपमा एमालेले तत्काल माओवादीसँग गठबन्धन गरेर अघि बढ्न सक्ने स्थिति छैन ।

कांग्रेसमा भावी प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्ने विवाद मिलाउन त सफल हुनुभएको छ, प्रधानमन्त्री जिताउने योजना के छ ?

संसदीय दलको निर्वाचित नेताको हैसियतमा रामचन्द्र पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी स्वाभाविक थियो । अर्कातिर पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको कुनै पनि जिम्मेवारीमा नभएको कारणले प्रधानमन्त्रीको उम्मेदवारीमा हक राख्नु महत्त्वहीन र सारहीन विषय भन्न मिल्दैन । उहाँले एकीकरणको भावनाअनुरूप जिम्मेवारी पाउनु, माग राख्नु स्वाभाविक हो तर विधान र परम्पराअनुरूप दलका नेता प्रधानमन्त्री हुने हँुदा उहाँलाई अप्ठ्यारो परेको हो । देउवाले शनिबारको कार्यसमितिमा जसरी आफैंले पौडेलको प्रस्ताव राखेर अत्यन्त ठूलो योगदान पुर्‍याउनुभएको छ, यसले पार्टीमा बृहत् एकताको सन्देश जानेछ । त्यसको उच्च कदर हुनुपर्छ । लोकतान्त्रिक पार्टीमा निर्णयपूर्व विवाद र बहस स्वाभाविक हो । त्यस्ता बहसले सर्वसम्मत निर्णय लिन सजिलो तुल्याएको छ । पार्टीको बाह्रौं महाधिवेशन पनि आउँदै छ, पार्टीभित्र आन्तरिक लोकतान्त्रिक अभ्यासलाई पनि उच्च प्रयोग गर्नुपर्छ । अब कांग्रेसले सर्वसम्मत निर्णय गरिसकेको हुँदा पौडेललाई विजयी बनाउन अन्य दलहरूसँग सहकार्यका निम्ति वार्ता अघि बढाउँछाँै ।

एकीकरणपछि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले देउवामाथि अन्याय भएन ?

यो सवालको छिनोफानो पार्टीको बाह्रौं महाधिवेशन गर्छ । महाधिवेशन भएपछि एकीकरणको कुनै सवाल रहँदैन । तलदेखि माथिसम्मको संरचनामा कोही संस्थापन र कोही फरक खेमाका नेता/कार्यकर्ता भन्ने स्थितिको अन्त्य हुन्छ । व्यावहारिक अर्थमा एकताको महाधिवेशनमा परिणत हुन्छ ।

Saturday, July 17, 2010

इजरायलमा निर्बासन बिरूद्द भब्य जुलुस बृतचित्र

Cजुलुस(बृतचित्र) भाग एक
""
जुलुस(बृतचित्र) भाग दुइ

बाँकी समाचार र तस्बीरहरू.....

ईजरायल, पुष्प श्रेष्ठ
अन्तराष्टिय नेपाली साहित्य समाज ईजरायल च्याप्टरले बिशेष साहित्यिक कार्यक्रमको आयोजना गर्दे जुलाई १७ का दिन १९७ औ भानु जयन्ति सम्पन्न गरेको छ । नेपाली दुताबास ईजरायलका द्धितिय सचिब बिष्णु गौतमको प्रमूख आतिथ्यमा सम्पन उक्त कार्यक्रममा यात्राको क्रममा ईजरायल आईपुगनु भएका बिश्व साईकल यात्रि ढाकेश्वर क्षेत्री , एन.आर.एनका महा सचिब दिनेश प्रशाई लगाएत ईजरायलमा रहेका बिभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । आदि कबि भानुभक्तको १९७ औ जन्म जयन्ति बिश्व भर बिभिध कार्यक्रम आयोजना गर्दे सम्पन्न भई रहेको यो घडिमा बैदेशिक रोजगारीको सिलसिलामा ईजरायलमा कार्यरत नेपालीहरुको साहित्यिक जमघटले सहित्यमा लाग्न चाहाने सयौ सहित्य प्रेमी हरुको मन जित्न सफल भएको छ कला र सस्कृतिको संरष्क्षण गनु जहाँ गए पनि र रहे पनि हामी नेपालीहरुको जिम्मेवारी हो हाम्रा श्रष्टाहरुलाई यसरी नै सबै क्षेत्र र बर्गहरुबाट समय सापेक्ष सम्झदै लैजाने हो भने हाम्रा भाबि सन्ततिहरुले समेत अनुसरण गर्दे अगाडि बढनेमा कसैको दुई मत नहोला । कार्यक्रममा उपस्थित ब्यक्तिहरुलाई स्वागत मन्तब्य अनेसास ईजरायलका सदस्य बिष्णु भटराईले राख्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि बिष्णु गौतमले महामयिम राजदुत श्री बैजनाथ थपलिया ज्यूले १९७ औ भानु जयन्तिको उपलक्ष्यमा पठाउनुभएको सन्देशलाई सबै माझमा राखदै कबि भानु भक्त आचार्यको बारेमा प्रस्ट पार्नुभएको थियो ।
कार्यक्रममा एन आर एन ईजरायलको तर्फबाट महासचिब दिनेश प्रसाईले कार्यक्रमको आयोजना गरेको मा आयोजकलाई धन्यबाद सगै खुशी ब्यक्त गर्नु भयो । अनेसास ईजरायलका सल्लाहाकार तथा अधिबक्ता श्याम रोक्काले अनेसास ईजरायल च्यापटरले सहित्यीक श्रष्टाहरुलाई समझदै बिभध कार्यक्रम गर्नु पनि प्रबासमा गारो कुरा हो भन्नु भयो । बिश्व शान्तिका लागि साईकल लिएर निस्कनु भएका ढाकेश्वर क्षेत्रीले कार्यक्रम सफलताको कामना गर्नु भएको थियो कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका सभापति अनेसास ईजरायल च्याप्टरका अध्यक्ष तथा मेरो नेपाल द्वैमाशिकको प्रधान सम्पादक सुनिल संगमले आपनो बाल्यकालमै भानु भक्तको रामायणले प्रभाव पारेको कुरा बताउनु हुँदै ईजरायलमा रहनु भएको श्रष्टाहरुलाई साहित्यक खुराक पस्कनको लागि मेरो नेपाल द्धैमासिक पत्रिका रहेकोले आपना लेख रचना पठाएर सहयोग गरिदिन अनुरोध गर्नु भएको थियो ।
त्यसैगरि इजरायलमा रहनुहुने साहित्यिक व्यक्तित्वहरु सुनिल संगम ,उमा सुबेदी ,श्याम रोक्का ,सुमन कार्की ,शंकर पौडेल ,बिष्णु भटराई ,दीप्स शाह ,ऋतु गिरी लगायतले आ-आफ्ना रचनाहरु वाचन गर्नु भएको थियो भने एड भान्स मनि ट्रान्सफरले कार्यक्रम हल उपलब्ध गराएर सहयोग गरेको थियो
कार्यक्रममा सभापती सुनिल संगम ज्यू भानु सम्बन्धि मन्तब्य ब्यक्त गर्नुहुदै



अनेसास(सल्लाहकार) श्याम




एन.अ।र.एन. महासचिब दिनेस प्रसाइ ज्यू



उद्घघाटन गर्नुहुदै नेपाली दुताबासका द्वितीय सचिब बिष्णु गाैतम ज्यू


सामुहिक तस्बीर

गजल बाचन गर्दै ऋतु गीरी(ने.का.स.मन्च (क) ) अध्यक्ष


गजल सर्जक उमा सुबेदी


स्वयं साहित्यीक रचना बाचन गर्नुहूदै अनेसास अध्यक्ष एबं कार्यक्रमका सभापती ज्यू




सुमन कार्की ज्यू लेख,रचना बाचन गर्नुहुदै

नेपाली दुतबास सचिब ज्यू भानुका बारेमा दुइ शब्द राख्नुहुदै..


दिप्स शाह कबिता बाचन गर्नुहुदै



कार्यक्रम सन्चालक पुष्प श्रेष्ठ

Thursday, July 1, 2010

बाँकी समाचारः

इजरायल ।
जुलाइ ०१ गते नेपाली दुताबासद्वारा तेलअभिब सहरस्थीत होटल डान पानोरमा मा नेपाली साँस्कृतीक साँझ २०१० नामक कार्यक्रम आयोजना गरिएको थियो,जस्मा बिशेषतः पर्यटन बर्ष २०११ लाइ लक्षीत गरि नेपाल र नेपाली सँस्कृतीहरूका बिबेचनात्मक परिचयलाइ आगन्तुक सैयौँ बिदेसी र नेपाली पाहुनाहरू माझ बिशेष प्रस्तुती गरिएको थियो उक्त कार्यक्रमलाई सफल पार्न आफ्नो तर्फबाट उत्कृष्ट कला प्रदर्शन गरे बापत महामहिम राजदूतद्धारा नेपाली (कामदार)कलाकारहरुलाई प्रसंसापत्र समेत वितरण गरिएको थियो अन्तमा कार्यक्रममा बिशेष सक्रीय भै सहायता गर्ने टेक्नीसीयन अर्जुन जयसवाल,दिनेश प्रसाइ(NRN) र इजरायलद्वारा प्रशारित नेपाली वेभ मीडीयाहरूलाइ धन्यबाद समेत प्रदान गरिएको थियो ।


(तस्बीरहरूले स्वयं स्पष्ट भनिरहेछ)
कार्यक्रमकै अन्तमा महामहिम ज्यूद्वारा केक काट्नुहुदैँ.............

महामहिम ज्यूका साथमा सचिब ज्यू र सहचारी ज्यू

महामहिम ज्यू कार्यक्रम सुरूवात तथा स्वागत मन्तब्य दिनुहुदैँ



नेपाली झण्डा अंकीत केक



नर्तकी शान्ता श्रेष्ठ


नर्तकी रिता बानियाँ


कलाकरहरू प्रशंसा पत्र पाएर खुसी मुद्रामा महामहिम ज्यूसंग सामुहिक तस्बीर खिचाउँदै

नर्तकी बिना गुरूङ

कार्यक्रम सन्चालक नेपाली दुताबासका सचिब ज्यू





महामहिम दम्पती र छेवैमा म.............



पाहुनाहरू








पाहुनाबर्ग


पाहुनाहरूलाइ स्वागत गर्नुहुदैँ, महामहिम ज्यू





नृत्य





नृत्य


(रिता र बिनु बाँनियाँ)













<>