Like

Friday, January 30, 2009

जंगी छलफल’

एमालेले जंगी छलफल’ गर्ने

काठमाडौं, माघ १६ - एमाले महासचिव झलनाथ खनालले माओवादी नेतृत्वको सरकार एकलौटी ढंगले चलेको आरोप लगाएका छन् ।
आठौं महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन सार्वजनिक गर्न बिहीबार पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा खनालले माओवादी कार्यशैलीप्रति रोष प्रकट गरेका हुन् । सरकारका पछिल्ला गतिविधिमा आफूहरूसँग परामर्श नभएको जनाउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन र सरकारले जारी गरेको अध्यादेशप्रति आपत्ति जनाए । 'सहमतिबिना काम भएका छन्,' उनले भने, 'अब हामी जंगी छलफल गर्छौं ।'
छलफल २० दिन
पार्टी महाधिवेशनको २० दिनअघि मात्र एमालेले आफ्नो राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा कार्यकर्ताका बीच छलफल सुरु भएको जनाउँदै खनालले महाधिवेशनले पार्टीमा एकता र परिवर्तनको सन्देश दिने दाबी गरे । पार्टीको आठौं महाधिवेशन फागुन ५/१० बुटवलमा हुँदैछ । यसअघिका महाधिवेशनहरूमा लामो वैचारिक बहस भएका थिए । पाँचांै, छैटौं र सातौं महाधिवेशनमा पार्टीको आधिकारिक दस्तावेजमा वरिष्ठ नेताबाटै फरक मत लगिएकाले पनि बृहत् सैद्धान्तिक बहस भएका थिए ।
एमाले नेताहरूले यसपटक एउटै दस्तावेज लैजाने सहमति गरेका
हुन् । मस्यौदा प्रतिवेदनमा केन्द्रीय सदस्यहरूको सुझावअनुसार महासचिव खनालले पुनर्लेखन गरेको प्रतिवेनबारे महाधिवेशनमा छलफल हुनेछ । २ सय ४० पृष्ठको प्रतिवेदनमा 'जनताको बहुदलीय जनवाद -जबज)' लाई मार्ग निर्देशक सिद्धान्त मानिएको छ ।

हतियारको बिगबिगी

तराईमा ँथ्री फिफ्टी’ हतियारको बिगबिगी

रौतहट, माघ १६ - तराईमा संघर्षरत सशस्त्र समूहका अधिकांश कार्यकर्ताले भारतमा निर्मित थ्री फिफ्टी नामको हतियार बोक्ने गरेको पाइएको छ ।
खुला सीमाका कारण भारतबाट सहजै ल्याउन सकिने र सस्तो मूल्यमा पाइने भएकाले सशस्त्र समूहका अधिकांश कार्यकर्ताहरूले
यो हतियार बोक्ने गरेका हुन् । माओवादी द्वन्द्वका बेला महँगो मूल्य पर्ने यो हतियारको मूल्य अहिले निकै घटेको छ ।
माओवादी द्वन्द्वका बेला यो पेस्तोलको मूल्य ५ हजारभन्दा माथि रहेको माओवादीका एक कार्यकर्ताले बताए । प्रहरीले बोक्ने थोत्रा राइफलको गोली लाग्ने उक्त हतियार तराईका माओवादीले युद्धका बेला निकै प्रयोग गरेका थिए । हाल ती पेस्तोलको मूल्य १ हजार ५ सयदेखि ३ हजार ५ सयसम्म पर्छ । यो मूल्यमा ती हतियार चाहिए जति पनि किन्न पाइने भूमिगत संगठन परित्याग गरेका एक कार्यकर्ताले बताए । उनले भने, 'नेपाली सीमाको बिहारका गाउँहरूमा निर्मित थ्री फिफ्टी पेस्तोलको अवैध कारोबार गर्ने गिरोहले रौतहटमा यसको आपूर्ति गर्ने गरेको छ । भारतीय सीमा क्षेत्रमा तैनाथ सीमा सुरक्षा बलले पनि पारिबाट आउने हतियार नियन्त्रणमा चासो नदेखाएको यहाँका एक सुरक्षा अधिकृतले बताए ।
भारतबाट ओसारपसार हुने सस्तो हतियारको मूल्यबारे आफूलाई जानकारी नभएको प्रहरी उपरीक्षक घनानन्द भट्टले बताए । उनले खुला सीमाको फाइदा उठाउँदै अवैध हतियारको ओसारपसारका बारेमा भारतीय सुरक्षा अधिकारीहरू कुरा गर्ने बताए । दुई दिनअघि जिल्ला प्रशासनसमक्ष आत्मसमर्पण गरेका जनतान्त्रिक तराई मुक्ति मोर्चा -ज्वाला) का जिल्ला इन्चार्जसहित १३ जिल्ला नेताहरूले ११ थान थ्री फिफ्टी पेस्तोल बुझाएका थिए ।
संविधानसभा निर्वाचनपछि रौतहटमा सुरक्षाकर्मीले अवैध थ्री फिफ्टी पेस्तोलसहित १३ जनालाई पक्रेको छ । उनीहरू सबैले भारतमा निर्मित पेस्तोल बोेकेका थिए । पछिल्लोपटक पक्राउ परेका तराई आर्मीका सदस्य महेन्द्र राय यादव, ज्वाला समूहका जिल्ला सेक्रेटरी बैजु पटेल, संयुक्त जनतान्त्रिकका सैन्य सदस्य रामआशिषसँग थ्री फिफ्टी पेस्तोल बरामद भएको थियो । उनीहरू सबै पुर्पक्षका लागि कारागारमा रहेको जिल्ला प्रहरीले जनाएको छ ।
त्यसैगरी आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका मनोज पटेल र रोमेश्वर सहनीको साथबाट समेत यस्तै पेस्तोल फेला परेको छ ।

नेपालमा महंगी रोकिएन

काठमाडौं, माघ १६ -
आर्थिक मन्दी र पेट्रोलियम पदार्थको मूल्य घटेर अन्तर्राष्ट्रिय बजारमा उपभोग्य वस्तु सस्तो भए पनि नेपाली उपभोक्ताले त्यसको लाभ लिन पाएका छैनन् ।
चामल, चिनी, तेललगायत अत्यावश्यक वस्तुको मूल्य बढेको छ । मूल्य घटेका वस्तुमा पनि ज्यादै कम छ । यसमा व्यापारीको मिलोमतोमा भइरहेको आपूर्ति अवरोध र सरकारको निष्त्रिmयता मुख्य रूपमा जिम्मेवार रहेको विश्लेषकहरू बताउँछन् ।
'प्रायः सबै वस्तु महँगिएका छन्' कालिमाटीस्थित बिनु खाद्य स्टोरका समिर मानन्धरले भने । एक महिनाअघि लिटरको खुद्रा मूल्य १ सय ३० रुपैयाँ पर्ने तोरी तेल अहिले १ सय ४० पुगेको छ । भटमास तेल १ सय १० बाट १ सय ३० पुगेको छ । सोना मन्सुली -पुरानो) ९ सयबाट बढेर ९ सय २५ रुपैयाँ पुगेको छ । औसत १३ सय ७० पर्ने सुपि्रया बासमतीलाई अहिले १४ सय २५ रुपैयाँ तिनर्ुपर्छ । चिनीमा प्रतिकेजी पाँच बढेर ५० रुपैयाँ पुगेको छ । मैदा पीठो २८ बाट ३० रुपैयाँ पुगिसकेको छ ।
खाद्यान्नमात्र होइन, सिमेन्ट र फलामे डन्डीलगायत निर्माण सामग्रीको मूल्य पछिल्लोपटक बढेको छ । कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य झन्डै दुई तिहाइले घटे पनि डन्डी र सिमेन्टको मूल्य नेपालमा बढिरहेको छ । बीचमा केही घटेको थियो । एक महिनाअघि किलोको ६९ रुपैयाँ पर्ने जगदम्बा फलामे डन्डी ८६ रुपैयाँ पुगेको छ । ७५ रुपैयाँ पर्ने पञ्चकन्याको फलामे छड ७८ रुपैयाँ पर्छ ।
मजुदर आन्दोलन र लोडसेडिङले पर्याप्त उत्पादन हुन नसकेकाले मूल्य बढेको दाबी व्यापारीहरूको छ । 'मागअनुरूप आपूर्ति हुन नसकेकाले मूल्य बढेको हो,' टेकुस्थित पञ्चकन्या हार्डवेयरका विजय श्रेष्ठले भने । उनले नेपाली कालो सिमेन्ट यसअघि ४ सय ८० रुपैयाँमा बिक्री गरेकोमा अहिले बढेर ५ सय २५ पुगेको बताए । टेकुकै एएस हार्डवेयरका गौरव श्रेष्ठको पनि उस्तै भनाइ छ । 'एक महिनाअघि ५ सय ८० रुपैयाँ प्रतिबोरा मूल्य पर्ने जेपी बुलन्द सिमेन्ट ६ सय २० रुपैयाँ पुगेको छ,' उनले भने ।
बजार विश्लेषकहरू भने कृत्रिम कारण सिर्जना गरी व्यवसायीले बजार भाउ बढाइरहेको
बताउँछन् । 'नियमित अनुगमन नगर्ने सरकारको अकर्मण्यता पनि यसमा जिम्मेवार छ,' बजार विश्लेषक भोला रिजालले भने ।
सरकारले तेलको मूल्य घटाउन कञ्जुस्याइँ गरेकाले उपभोग्य वस्तुको भाउ घटाउनुपर्छ भन्ने सन्देश व्यापारीमाझ जान नसकेको उनी बताउँछन् । कोसी बाँध फुट्दा पूर्वाञ्चलसँग सम्पर्क टुटेको, लोडसेडिङ र हडताललाई निहँु बनाएर व्यापारीले मूल्य बढाइरहेका छन् । यातायात व्यवसायीको सिन्डिकेटले ढुवानी भाडा बढेकाले पनि मूल्यमा चाप छ ।
नेपाल राष्ट्र बैंकले यसअघि सार्वजनिक गरेको तथ्यांकअनुसार पनि अघिल्लो वर्षको तुलनामा उपभोक्ताले यो पटक उपभोग्य वस्तुमा दोब्बर रकम तिनर्ु परेको
छ । मंसिरमा मुद्रास्फीति १४ दशमलव १ प्रतिशत रह्यो । सरकारले यो वर्ष मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशतमा सीमित गर्ने घोषणा गरेको थियो ।
सबैभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य १७ दशमलव २ प्रतिशतले बढेको छ । चिनी तथा चिनीजन्य वस्तुको मूल्य सबैभन्दा बढी ३५ दशमलव ९ प्रतिशतले बढेको छ । यस्तै घ्यु तेलको मूल्यमा २६ दशमलव २ प्रतिशतले बढेको छ ।
विश्वखाद्य कार्यक्रम
-डब्लूएपपी) ले विभिन्न निकायसँग मिलेर बजार अनुगमन गर्दै आएको छ । कृषि मन्त्रालयल, उद्योग वाणिज्य महासंघ र उपभोक्ता हित संरक्षण मञ्चको पछिल्लो मासिक प्रतिवेदनअनुसार मोटा चामल गत वर्षभन्दा २० प्रतिशतले महँगो भएको छ । मुसुरो ४०, खाने तेल ३० प्रतिशत, गहँुको पीठो र मासको भाउ भने ४ प्रतिशतलेमात्र बढेको छ । पुस १५ सम्म दुई महिना अवधिमा तोरी तेल र भटमासको तेलको मूल्य साढे ३ र साढे ५ प्रतिशत प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

Tuesday, January 27, 2009

राजदूत सिफारिस प्रक्रिया सुरु

राजदूत सिफारिस प्रक्रिया सुरु





काठमाडौं, माघ १४ - सत्तारूढ माओवादी र मधेसी जनअधिकार फोरमबीच भारत, अमेरिका, पान्स र जर्मनीमा राजदूत नियुक्तिबारे छलफल सुरु भएको छ ।
परराष्ट्र मन्त्रालयले राजदूतको टुंगो एक साताभित्र लाग्ने दाबी गरे तापनि भारतका लागि सहमति हुन बाँकी रहेकाले थप समय लाग्न सक्ने स्रोतले बतायो । माओवादीले भारत र अमेरिका आफूले पाउनुपर्ने दाबी गरे पनि फोरमसँगको छलफलमा अमेरिका छाड्नसक्ने संकेत दिएको छ । फोरमले पनि दुवै देशका लागि दाबी गरेको छ । 'कम्तीमा दुई देशमा फोरमले पाउनुपर्छ भन्ने हो,' फोरमका विदेश विभाग प्रमुख श्यामानन्द सुमनले कान्तिपुरसँग भने, 'हामीले हालसम्म राजदूत नपाएकाले दाबी स्वाभाविक छ ।'माओवादी विदेश विभागले भने भारतका लागि माओवादी केन्द्रीय सदस्य राम कार्की र पान्सका लागि मनोजजंग थापाको नाम सिफारिस गरेको छ । 'हाम्रो दाबी दुवै देशको राजदूत पाउनुपर्छ भन्ने हो,' विदेश विभाग प्रमुख सीपी गजुरेलले भने, 'एउटा छोड्ने स्थिति आयो भने अमेरिका छोड्छौं, भारतको राजदूत हामीले लिन्छौं ।'

पान्समा यसअघि पनि माओवादीका तर्फबाट नाम प्रस्ताव भएको तर 'एगि्रमो' नआउँदा रोकिएकाले माओवादीलाई नै दिनुपर्ने तर्क फोरमको छ । माओवादीले त्यसबेला पम्फा भुसाललाई सिफारिस गरेको थियो ।

अराजकता नै सुरक्षाकालागी चुनौती : महानिरीक्षक

काठमाडौं, माघ १४ - नेपाल प्रहरीका महानिरीक्षक हेमबहादुर गुरुङले राजनीतिक अराजकताका कारण सुरक्षास्थिति अत्यन्त नाजुक अवस्थामा रहेको बताएका छन् । उनले राजनीतिक अराजकताका अन्त्यबिना प्रहरीलेमात्र सुरक्षा अवस्थामा सुधार गर्न नसक्ने पनि बताए ।
संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिमा भावी सुरक्षा अवधारणा र प्रहरीको भूमिका विषयमा बोल्दै उनले अन्तरिम सुरक्षामा चुनौतीहरू रहेको बताए । 'गम्भीर प्रकृतिका आपराधिक क्रियाकलापहरू देखापरिरहेका छन्,' उनले भने, 'हामीले सोच्न समेत नसक्ने खालका अपराध बढेको छ ।'

उनले सडकबाट दबाब दिएपछि जे पनि प्राप्त हुन्छ भन्ने अराजक मनोवृत्तिका कारण समस्याहरू थपिँदै गएको बताए । 'सबै निकाय र दलको समग्र प्रयासबिना यसको समाधान सम्भव छैन,' उनले भने ।उनले राजधानीमा संगठित अपराधको क्रम बढेको पनि बताए । त्यसमा गुण्डागर्दी, अपहरण र फिरौतीहरू प्रमुख रहेको उनको भनाइ थियो । यस्ता विषयमा ठोस कानुनको आवश्यकता र महानगरीय प्रहरीलाई अर्धन्यायिक अधिकारको आवश्यकता रहेको पनि उनको भनाइ थियो ।

गैरकानुनी रूपमा साना हतियारको प्रयोग पनि आन्तरिक सुरक्षाका लागि चुनौती बनेको उनले बताए । उनले भरखरै विषाक्त रक्सीको विवाद आएको र त्यसको नियन्त्रणका लागि विभिन्न निकायहरूमा समन्वयात्मक कार्य हुन नसकेको उल्लेख गर्दै प्रहरीलाई जिम्मा दिए सजिलो हुने बताए । औद्योगिक प्रतिष्ठानहरूमा चन्दा आतंक बढेको पनि बताए ।

महानिरीक्षक गुरुङले प्रहरी सेवाभित्र विभाजित मानसिकता रहेको दाबीसमेत गरे । सेवा अवधिलाई तजबिजी अधिकारको रूपमा राखिदिँदा प्रहरी प्रशासन विभाजित हुन पुगेको उनले बताए । 'राजनीतिक नेतृत्वले प्रहरी सेवालाई 'भकुन्डो' जस्तो बनाएको छ,' उनले भने, '३० र ३२ वर्षका सेवाअवधि बनाइदिँदा मपछिका दुई जना एआईजीहरू तछाडमछाडको अवस्थामा छन्, यो अवस्था अरू सुरक्षा निकायमा छैन, नेपाल प्रहरीमा मात्र किन ?'

गुरुङसहित उच्च आधा दर्जन अधिकृतहरू ३२ वर्षे सेवा अवधिकै कारण आगामी फागुन ६ मा अवकाश पाउँदैछन् । सेवा अवधिको विवादले प्रहरीमा कामको असुरक्षा बढेको पनि उनले बताए । उन्नाइस हजार भगौडासशस्त्र र नेपाल प्रहरीमा गरी द्वन्द्वका क्रममा झन्डै १९ हजार सुरक्षाकर्मी सेवा छाडेर भागेको दुवै संगठनले जनाएका छन् । सशस्त्रबाट ११ हजार २ सय ४० र नेपाल प्रहरीबाट करिब ८ हजार सुरक्षाकर्मी सेवा छाडेर भागेका थिए ।

सशस्त्र बलका महानिरीक्षक वासुदेव ओलीले सेवा छाडेर भागेकाहरूलाई पुनः भर्ना नगर्ने नीति बनाएको बताए ।

श्रृंखलाबद्ध बम विस्फोट

राजविराज, माघ १३ - राजविराजमा सोमबार साँझ शृंखलाबद्ध तीनवटा शक्तिशाली बम विस्फोट भएका छन् ।
राजविराज-१ स्थित हटियामा साँझ ६ ः २५ मा पहिलो विस्फोट भएको थियो । त्यसको ३ मिनेटपछि वडा-३ स्थित शिवशक्ति इलेक्टि्रकल्समा दोस्रो र त्यसको केहीछिनमै वडा-७ स्थित जिल्ला अदालतपछाडि तेस्रो विस्फोट भएको थियो । इलेक्टि्रकल्समा भएको सकेट वम विस्फोटको छर्रा लागेर १२ वषर्ीया पूजा दास गम्भीर घाइते भएकी छन् । टाउकामा गहिरो चोट लागेकी दासलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको जिल्ला प्रहरीले जनाएको छ । विस्फोटबाट पसलका सिसा र सामान नष्ट भएका छन् । अन्य विस्फोटबाट क्षति नभएको प्रहरीले जनाएको छ । विस्फोटको महान मधेस जनक्रान्तिक पार्टीका नगर इन्चार्ज बताउने परबानाले जिम्मेवारी लिएका छन् ।



Posted on: 2009-01-26 21:00:35

नेपाल सरकार जीबनमरणमा..

काठमाडौं, माघ १३ - प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अपेक्षा पूरा गर्न सरकार जीवनमरणको संघर्षमा रहेको बताएका छन् । उनले सरकारका सचिवलाई आइतबार निर्देशन दिँदै घोषणा गरेका कार्यक्रम तत्काल कार्यान्वयन गर्न जीवनमरणको सबाल भएको बताएका हुन् ।
सिंहदरबारमा सोमबार आयोजित सचिवको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले महसुस गर्ने गरी परिवर्तन गरेर देखाउन दह्रो कदम चाल्न निर्देशन दिए । 'जनताका अपेक्षा पूरा गर्न अहिले हामी जीवनमरण -लाइफ एन्ड डेथ) को संघर्षमा छौं । उनले भने, 'मन्त्रालयका योजना कार्यान्वयन जनताले परिवर्तनको अनुभूति हुनुपर्छ । नत्र खतरा हुन्छ ।'
सम्बोधनको भोलिपल्ट सरकारका विशिष्ट श्रेणीका कर्मचारीको बैठक बोलाई प्रधानमन्त्रीले सुधारका कार्यक्रम कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । आइतबार दाहालले खाजाको समय एकदेखि दुई बजेबाहेक तोेकिएको समयमा अनिवार्य कार्यालयमा उपस्थित हुनुपर्ने, जनताका काम छिटोछरितो गर्न टोकन प्रणाली अपनाउन र काम हुन नसके लिखित प्रस्टीकरण दिनुपर्ने घोषणा गरेका थिए ।
उनले जनतालाई तत्काल परिवर्तनको अनुभूति दिलाउन नसके मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने उल्लेख गर्दै स्पष्ट योजना र कार्यक्रम निर्माण गरी कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिए । 'अब ढिला गरे राष्ट्र नै असफल हुन्छ भनेर सरकारले नयाँ घोषणा गरेको हो,' उनले भने, 'कार्यान्वयन नगरे राष्ट्र असफल हुन्छ ।' उनले आफ्नो घोषणा चिन्ताको अभिव्यक्ति भएको भन्दै घोषणालाई व्यवहारमै देखाउन आग्रह गरे ।
उनले सरकारले एक महिनाभित्र आमूल परिवर्तन नसके पनि प्रशासनलगायत अन्य क्षेत्रमा परिवर्तन गरेर देखाउन सकिने दाबी गरे ।
'हामी एक महिनाभित्र जादु त गर्न सक्दैनौं,' उनले सचिवहरूलाई निर्देशन दिए, 'तर परिवर्तनको अनुभूति दिन भने अवश्य
सक्छौं ।'
नेपाल सरकारका सचिव सक्षम भए पनि नेतृत्वको कमी भएको उनले औंल्याए । सरकारका योजना कार्यान्वयन गर्न सचिवहरूले जाँगर देखाउनुपर्ने उनको भनाइ थियो । 'विगतमा भएन, अब जाँगरका साथ नयाँ योजना बनाएर कार्यान्वयन गर्नुपर्‍यो ।' आफ्नो सम्बोधनको मर्म र भावना नबुझे अप्ठ्यारो पर्ने चेतावनी उनले दिए, 'सरकारको स्पि्रटलाई बुझ्नुभएन भने खतरा उत्पन्न हुनेछ ।'
प्रधानमन्त्रीले सरकार ढल्छ कि भनेर अन्योलमा नपर्न पनि सचिवहरूलाई विश्वस्त गराए । 'अहिले सरकार ढल्दैन,'
उनले भने, 'कसैले ढाल्न खोजे त्यो आत्मघाती हुनेछ ।' उनलेे आइतबार घोषणा गरेका कार्यक्रम सरकारको आयुसँग नभई समग्र शान्ति प्रक्रियासँग जोडिएको जनाए ।
आफूले गरेको सम्बोधन गरेका कार्यक्रममा नीतिगत विमति कसैको नभएको दाबी गरे ।
सम्बोधनमा प्रशासन क्षेत्रको सुधार, सामाजिक विकृति, विसंगतिको अन्त्य, जनतालाई तत्काल राहत दिनेलगायतका सुधारका कार्यक्रम महत्त्वका साथ उठाइएको छ ।
सचिवहरूको बैठकमा मुख्यसचिव भोजराज घिमिरेले सम्बोधनमा उल्लेखित कार्यक्रमलाई सफल पार्न स्पष्ट कार्ययोजना र कार्यतालिका बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

सत्य कथा(इजरायलमय नेपाल)

इजरायलमय नेपाल…(सत्य घटना)आफ्नो मातृभुमी लाई हेँला गरेर म आज भन्दा ६ बर्ष अगाडि पर्देश हेलिएको हुँ धेरै पैसा बटुल्ने दुस्साहस् बोकेर यो यहुदी मात्र को देश इजरायल । मैले बिदेश जान्छु भन्दा मेरो घरमा असहमती को पहाड नै खनिएको थियो तैपनी आफन्त र साथीभाइ को सहयोग ले म यहाँ सम्म आएको थिए। यहाँ आएपछी लाग्यो कि आफ्नै देश मा दस नङ्रा खियाउनु एक्दमै उतम रहेछ । किनभने मैले तेस्को लागि मोटो रकम डा. रामलाइ पे गरेको थिए आफ्ना इस्टमित्र अनी साथीभाइ सबै सँग रीण काढेर । त्यही सम्झेर म यहाँ जसो तसो बस्न वाध्य थिएँ। त्यती बेला साँढे दुई लाख पैसा तिरेर सामान्य हिब्रु भाषा सिकेर म यहाँ आएको थिएँ।तर अहिलेको समय निकै परिवर्तन भइसकेछ। काठमाडौं का पत्र-पत्रीका हरु देखी लिएर प्रत्येक् टोल्-टोल इज्रराएल मय भैसकेको रहेछ । जहाँ देख्यो इस्रएल खुल्यो हिब्रु भाषा सिकाउने रे। अनी इज्रराएल जान को लागि ६-७ लाख रे। ओहो त्यो रकम भनेको यहाँ आएर राम्रो काम भेट्यो भने १ बर्ष को कमाइ हो हैन भने २ बर्ष मा पनि त्यो पैसा उठाउन गाह्रो हुन्छ। र तेतिकै मा भाषाको समस्या ले नेपाल फर्केका पनि धेरै छन,मानसिक तनाबले गर्दा कत्ति त पागल भएर इजरायलका अस्पताल भर्ना पनि छन्। हालसम्म २ पुरूष र २ महिला नेपाली कामदारहरूले इजरायलमा अकालमा ज्यान गुमाइसकेका छन् तर यी तिता बास्तबिक्ता मैले नलेखिरहन सकिन तर यहि सत्यतालाइ नेपाली म्यानपावर र दलालहरूले ढाँटेर इजरायलबाट पछि अन्य पश्चिमी युरॊपीयन देशमा जान सजिलै सकिने समेत प्रलॊभन देखाइ सिधा नेपालीहरूलाइ इजरायल प्रति लालाहित तुल्याइ रहृका छन् यी सरासर कानून संगत भएन तर यस्कॊ बिरूद्दमा खै कस्ले बिचार गर्ला ? के यी मेरा सत्य लेखप्रति नेपालका सम्बन्धित निकायहरूले नियालेर अध्यन गर्लान त ?डेढ बर्ष अगाडी नि यस्तै बिकराल समस्याले नेपाली कामदारहरूलाइ इजरायलमा काम गर्ने भिसा दिन प्रतिबन्धित गरेकॊ थीयॊ तर पुनः इजारयलमा नेपाली कामदारलाइ वर्क परमीट खुल्यॊ तर कमिसनकॊ चर्काइले र यहाँ भित्री सकेका नेपालीहरू सबैले काम नपाइरहेका अबश्था सत्यताले गर्दा पुनः नेपाली कामदारहरूका इजरायलमा बिजॊग हुने कुरामा कसैका दुइमत नहाेला ।अब प्रसँग बदलु! अस्ती मात्र म नेपाल पुगेर फर्केकी। मलाई एउटा म्यानपावर ले बहिनी मेरोमा २-४ दिन हिब्रु सिकाउन आइदिनु पर्‍यो भनेर आग्रह गर्नु भयो मैले हुन्छ भने अनी तेती हुँदाहुँदै २-४ जना शिक्षक सँग मेरो परिचय भयो जो इज्रराएल मा केही समय बसेर फर्केक हुनुहुन्थ्यो। जस्लाई त्यो देश को मुद्रा लाई के भन्छ भन्ने पनि थाहा थिएन। एउटा हिब्रु गाईड वा कम्प्यूटरबाट झीकिएका सिलेबस लाई आधार मानेर उहाँ हरु ले सिकाउनु हुदो रेछ जुन एक्दमै गलत थियो ।
object height="344" width="425">

इज्राएल मा अङ्रेजी मा लेखेको कुरा लाई सिधा बोलिदैन यहाँ आफ्नै भाषा प्रयोग हुन्छ अनी आफ्नै लिपी। हिटलरकॊ H लाइ समेत उच्चारण गर्दैनन् भन्ने कुरा ती बागबजार,काठमाण्डुमा पढाउने सरलाइ थाहा नै नभएर HOLON लाइ “हुलॊन” भनि पढाइ रहेका गलत नमूनालाइ मैले सच्चाएर “खुलॊन” हुन्छ भनेर सम्झाएँ तर उहाँले ठूलै बिबाद पश्चात मात्र मान्न तयार हुनु भॊ तर यस्ता इजरायली भाषाका शब्दहरूलाइ गलत अर्थ दिने “तॊदा”[THANKS]लाइ तुडा भनेर पढाइ रहेका ,HOW R U ? लाइ हिब्रुमा “मानिस्मा” भनेर सिकाए पुग्नेमा अनेक अप्ठ्यारा शब्दहरू सिकाइ रहेका मेरै आँखाले देखेँ झन् हिब्रुमा STRAW ” कास” भन्नु पर्नेमा “कुस” भनेर पढाइरहेका समेत देखेँ जुन अर्थका अनर्थ मात्र नलागी अश्लिल समेत हुन जान्छ भन्ने ति मास्टरलाइ के ज्ञान ? उनिहरूलाइ त प्रति बिध्यार्थी दश देखि पन्ध्र हजार रूपैँया कमाइ भैरहेकॊ रे छ हिब्रु भषा पढाएर तर मैले सहन नसकेर सम्भब भएसम्म र ६ बर्षकॊ अबधिमा मैले जानेका हिब्रु भषा निःशुल्क शुद्दिकरण गर्ने सानै भएनि प्रयत्न गरेँ तर एक,दुइ ठाँउमा मात्र हिब्रु भाषा सिकाउने भए पॊ सारा नेपाल नै इजरायलमय भा रे छ ,अचम्म लाग्यॊ मलाइ त………अनी मलाई लाग्यो यो हाम्रो देश कस्तो थियो पहिला अनी अहिले कस्तो भएर गएछ अरु देश हरु दिन दिनै प्रगती को पथ मा छन हाम्रो देश चै उधो गती र फितलॊ शिक्षा प्रदान गर्नमा लगेको रहेछ। सबै तिर अस्त ब्यस्त रे छ ,अभाब भन्दा अरू केहि प्रगति देखिन मैले अर्का कुरा, म राजसत्ता हुदाँ नेपाल छाडेका थिएँ तर अहिल्यै राष्ट्रपती प्रणाली भैसकेकॊ महत्वपूर्ण परीबर्तन भने पक्कै देखेँ । जे हॊस नेपालमा अलि शान्ति भने भा कै मान्नुपर्छ अनि मुल्यबृद्दिले त सगरमाथा नै नाघ्न लागीसकेछ तर कम्सेकम ल्यांगवेज ईन्स्टिच्युट चलाऊने भनेका दर्ता भएकै प्रा.लि. हुनुपर्छ तर त्यस्तॊ मनॊमानि र गलत शिक्षाले कम्पनि कानून प्रति र हिब्रु भाषाका अज्ञानी सर बन्ने दुश्प्रयास गर्नेहरूप्रति हामी सबैले प्रश्न चिन्ह लगाउने कि नलगाउने ?? यस्मा दॊषी कॊ हुन् ? के ? ति कन्सल्टेन्सी,म्यानपावर प्रा. लि. ,शिक्षक वा इजरायल प्रति लालाहित ति सॊझा नेपालीहरू वा इजराय बसि नेपाली झीकाउने नेपाली दलालहरू ?? वा प्रा.लि. चलाउने अनुमति पत्र दिने सम्बन्धिन सरकारी निकायकॊ पॊ ध्यानाकर्षण न भा कॊ हॊ की ?? हामी सबै प्रबाशका नेपालीका एउटै माग हॊ ति हेर्दा साना गलत कार्यका थालनिले एक दिन नेपाली स्वाभिमान, बिश्वास र शीक्षा प्रति सम्पूर्ण बिदेशी मूलुकहरूले प्रश्न लागउने अबशर नपाउन ,यस बिषयमा सबैलाइ समयमा नै सुधारचेतना हॊश………………………..।लेखिका गॊमा श्रेष्ठ ,(हाल इजरायल)