Like

Friday, January 30, 2009

नेपालमा महंगी रोकिएन

काठमाडौं, माघ १६ -
आर्थिक मन्दी र पेट्रोलियम पदार्थको मूल्य घटेर अन्तर्राष्ट्रिय बजारमा उपभोग्य वस्तु सस्तो भए पनि नेपाली उपभोक्ताले त्यसको लाभ लिन पाएका छैनन् ।
चामल, चिनी, तेललगायत अत्यावश्यक वस्तुको मूल्य बढेको छ । मूल्य घटेका वस्तुमा पनि ज्यादै कम छ । यसमा व्यापारीको मिलोमतोमा भइरहेको आपूर्ति अवरोध र सरकारको निष्त्रिmयता मुख्य रूपमा जिम्मेवार रहेको विश्लेषकहरू बताउँछन् ।
'प्रायः सबै वस्तु महँगिएका छन्' कालिमाटीस्थित बिनु खाद्य स्टोरका समिर मानन्धरले भने । एक महिनाअघि लिटरको खुद्रा मूल्य १ सय ३० रुपैयाँ पर्ने तोरी तेल अहिले १ सय ४० पुगेको छ । भटमास तेल १ सय १० बाट १ सय ३० पुगेको छ । सोना मन्सुली -पुरानो) ९ सयबाट बढेर ९ सय २५ रुपैयाँ पुगेको छ । औसत १३ सय ७० पर्ने सुपि्रया बासमतीलाई अहिले १४ सय २५ रुपैयाँ तिनर्ुपर्छ । चिनीमा प्रतिकेजी पाँच बढेर ५० रुपैयाँ पुगेको छ । मैदा पीठो २८ बाट ३० रुपैयाँ पुगिसकेको छ ।
खाद्यान्नमात्र होइन, सिमेन्ट र फलामे डन्डीलगायत निर्माण सामग्रीको मूल्य पछिल्लोपटक बढेको छ । कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य झन्डै दुई तिहाइले घटे पनि डन्डी र सिमेन्टको मूल्य नेपालमा बढिरहेको छ । बीचमा केही घटेको थियो । एक महिनाअघि किलोको ६९ रुपैयाँ पर्ने जगदम्बा फलामे डन्डी ८६ रुपैयाँ पुगेको छ । ७५ रुपैयाँ पर्ने पञ्चकन्याको फलामे छड ७८ रुपैयाँ पर्छ ।
मजुदर आन्दोलन र लोडसेडिङले पर्याप्त उत्पादन हुन नसकेकाले मूल्य बढेको दाबी व्यापारीहरूको छ । 'मागअनुरूप आपूर्ति हुन नसकेकाले मूल्य बढेको हो,' टेकुस्थित पञ्चकन्या हार्डवेयरका विजय श्रेष्ठले भने । उनले नेपाली कालो सिमेन्ट यसअघि ४ सय ८० रुपैयाँमा बिक्री गरेकोमा अहिले बढेर ५ सय २५ पुगेको बताए । टेकुकै एएस हार्डवेयरका गौरव श्रेष्ठको पनि उस्तै भनाइ छ । 'एक महिनाअघि ५ सय ८० रुपैयाँ प्रतिबोरा मूल्य पर्ने जेपी बुलन्द सिमेन्ट ६ सय २० रुपैयाँ पुगेको छ,' उनले भने ।
बजार विश्लेषकहरू भने कृत्रिम कारण सिर्जना गरी व्यवसायीले बजार भाउ बढाइरहेको
बताउँछन् । 'नियमित अनुगमन नगर्ने सरकारको अकर्मण्यता पनि यसमा जिम्मेवार छ,' बजार विश्लेषक भोला रिजालले भने ।
सरकारले तेलको मूल्य घटाउन कञ्जुस्याइँ गरेकाले उपभोग्य वस्तुको भाउ घटाउनुपर्छ भन्ने सन्देश व्यापारीमाझ जान नसकेको उनी बताउँछन् । कोसी बाँध फुट्दा पूर्वाञ्चलसँग सम्पर्क टुटेको, लोडसेडिङ र हडताललाई निहँु बनाएर व्यापारीले मूल्य बढाइरहेका छन् । यातायात व्यवसायीको सिन्डिकेटले ढुवानी भाडा बढेकाले पनि मूल्यमा चाप छ ।
नेपाल राष्ट्र बैंकले यसअघि सार्वजनिक गरेको तथ्यांकअनुसार पनि अघिल्लो वर्षको तुलनामा उपभोक्ताले यो पटक उपभोग्य वस्तुमा दोब्बर रकम तिनर्ु परेको
छ । मंसिरमा मुद्रास्फीति १४ दशमलव १ प्रतिशत रह्यो । सरकारले यो वर्ष मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशतमा सीमित गर्ने घोषणा गरेको थियो ।
सबैभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य १७ दशमलव २ प्रतिशतले बढेको छ । चिनी तथा चिनीजन्य वस्तुको मूल्य सबैभन्दा बढी ३५ दशमलव ९ प्रतिशतले बढेको छ । यस्तै घ्यु तेलको मूल्यमा २६ दशमलव २ प्रतिशतले बढेको छ ।
विश्वखाद्य कार्यक्रम
-डब्लूएपपी) ले विभिन्न निकायसँग मिलेर बजार अनुगमन गर्दै आएको छ । कृषि मन्त्रालयल, उद्योग वाणिज्य महासंघ र उपभोक्ता हित संरक्षण मञ्चको पछिल्लो मासिक प्रतिवेदनअनुसार मोटा चामल गत वर्षभन्दा २० प्रतिशतले महँगो भएको छ । मुसुरो ४०, खाने तेल ३० प्रतिशत, गहँुको पीठो र मासको भाउ भने ४ प्रतिशतलेमात्र बढेको छ । पुस १५ सम्म दुई महिना अवधिमा तोरी तेल र भटमासको तेलको मूल्य साढे ३ र साढे ५ प्रतिशत प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

No comments:

Post a Comment