Like

Friday, January 30, 2009

जंगी छलफल’

एमालेले जंगी छलफल’ गर्ने

काठमाडौं, माघ १६ - एमाले महासचिव झलनाथ खनालले माओवादी नेतृत्वको सरकार एकलौटी ढंगले चलेको आरोप लगाएका छन् ।
आठौं महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन सार्वजनिक गर्न बिहीबार पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा खनालले माओवादी कार्यशैलीप्रति रोष प्रकट गरेका हुन् । सरकारका पछिल्ला गतिविधिमा आफूहरूसँग परामर्श नभएको जनाउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन र सरकारले जारी गरेको अध्यादेशप्रति आपत्ति जनाए । 'सहमतिबिना काम भएका छन्,' उनले भने, 'अब हामी जंगी छलफल गर्छौं ।'
छलफल २० दिन
पार्टी महाधिवेशनको २० दिनअघि मात्र एमालेले आफ्नो राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा कार्यकर्ताका बीच छलफल सुरु भएको जनाउँदै खनालले महाधिवेशनले पार्टीमा एकता र परिवर्तनको सन्देश दिने दाबी गरे । पार्टीको आठौं महाधिवेशन फागुन ५/१० बुटवलमा हुँदैछ । यसअघिका महाधिवेशनहरूमा लामो वैचारिक बहस भएका थिए । पाँचांै, छैटौं र सातौं महाधिवेशनमा पार्टीको आधिकारिक दस्तावेजमा वरिष्ठ नेताबाटै फरक मत लगिएकाले पनि बृहत् सैद्धान्तिक बहस भएका थिए ।
एमाले नेताहरूले यसपटक एउटै दस्तावेज लैजाने सहमति गरेका
हुन् । मस्यौदा प्रतिवेदनमा केन्द्रीय सदस्यहरूको सुझावअनुसार महासचिव खनालले पुनर्लेखन गरेको प्रतिवेनबारे महाधिवेशनमा छलफल हुनेछ । २ सय ४० पृष्ठको प्रतिवेदनमा 'जनताको बहुदलीय जनवाद -जबज)' लाई मार्ग निर्देशक सिद्धान्त मानिएको छ ।

No comments:

Post a Comment