Like

Sunday, December 27, 2009

(नेवार)नेवाः राज्य गठनका साथै नयाँ झण्डा र राज्य गान

फेरी उहि प्राचिनकालिन २२ से र २४ से राज्य हुने भए क्यारे........

यस्तो पो रहेछ नेवाः राज्यको 'राष्ट्रगान'
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।

मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।

भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्।

यो नेवाः राज्यको झण्डा रे। यसको डिजाइन रामकृष्ण नकर्मीले गरेका हुन्। झण्डाको व्याख्या तल छ-

नेवाः झण्डा- प्रतिकको व्याख्या

• यसको आकार आयातकार हुनेछ। चौडाइ र लम्बाइ १:१.५ अनुपातमा हुनेछ। झण्डाको पृष्ठभूमिको रंग र यसभित्र समेटिएका विभिन्न चिह्नबाट नेवारहरुको सांस्कृतिक विशेषता र वर्तमानमा चलिरहेको राजनीतिक शक्ति दुवै पक्षलाई समायोजन गर्ने प्रयास गरिएको छ।
• मध्यभागमा झण्डाको चौडाइको आधा आकारको (50% of the breadth) र त्यसको व्यास सेतो कमलको अष्टदल र त्यसभित्र रातो घेरा र बीचमा झण्डाको माथितिर फर्केको पहेँलो तारा रहनेछ।
• सेतो कमलको अष्टदल नेवारहरुको कुनै पनि शुभकार्यका लागि राखिने सांस्कृतिक प्रतीक अष्टमंगल। शास्त्रीय परम्परा अनुसार अष्टमातृका। बौद्ध परम्परा अनुसार आर्य अष्टाङ्गिक मार्ग तथा सम्पूर्ण नेवारहरुको साझा सांस्कृतिक पर्व अनुसार अंगीकार गरी म्हपूजामा बौद्ध, हिन्दु र अन्य मण्डपको रुपमा प्रयोग गरिने आकृति- सेतो कमलको अष्टदल नेवार संस्कृतिको सम्पूर्ण पक्षको प्रतिनिधित्व गर्ने साझा र सर्वमान्य प्रतीक हो।
• माथिपट्टी टुप्पो फर्केको पहेँलो तारा नेपालको राज्यपुनर्संरचनाको क्रममा नेपालको राजनीतिक क्षितिजमा नेवाः स्वायत्त राज्यको रुपमा उदय भएको राजनीतिक शक्तिको प्रतीक हो।
• पहेँलो ताराको वरिपरि रहेको रातो घेरा-सम्पूर्ण नेवारहरुलाई एकताको सूत्रमा आवद्ध गर्ने सूत्र प्रतिवद्धताको प्रतीक हो।


नेवार स्वायत्त राज्यको घोषणा समितिका अध्यक्ष नरेन्द्रभक्त हाडाले यसरी गरेका थिए (मिडिया सेन्टरबाट प्राप्त नेपाली अनुवाद)

मानव सभ्यताको आदिम कालदेखि आजसम्म निरन्तर रुपमा नेपालभित्र आफ्नो घरबार बसाल्दै आएका र यथेष्ट मात्रामा जनसंख्या रहेका मूल आदिवासी जातिहरु मध्येको एक नेवार आदिवासी भएकोले,

आफ्नो मौलिक ज्ञान, सीप, कलाका हिसाबले उन्नत, सम्पन्न र वैभवशाली समाजलाई खडा गरी त्यसैका माध्यमबाट नेपाल राष्ट्रलाई समेत अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय दिन टेवा दिइआएको नेवार जातिको ऐतिहासिक भूमिका, नेवारहरुले राष्ट्रियता, स्वाधिनता, न्याय र स्वतन्त्रताको पक्षमा लामो समयदेखि गरिआएको संघर्ष र योगदानको सही मूल्याङ्कन नगरी नहुने भएकोले,

छुट्टै भाषा, संस्कृति परम्परा र सामाजिक संरचनाबाट आफूलाई देशभित्र र बाहिर अन्य मानवीय जाति समूदायसँग भिन्न र स्वतन्त्र हो भनी पहिचान दिन सफल नेवार यथार्थलाई सभ्यता र संस्कृतिका हैसियतले एक पूर्णताप्राप्त राष्ट्र भएकोले,

संविधान सभाबाट नयाँ संविधान निर्माण गरी राज्यको पुनर्संरचना गर्ने क्रममा नेवार राष्ट्रलाई संवैधानिक अधिकार प्रदान गर्दै स्वायत्त र स्वशासित राजनीतिक र इकाईको रुपमा खडा गर्न आर्थिक र अन्य साधनस्रोतका आधारमा पनि संभव भएकोले,

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राज्यको रुपमा निर्माण गर्न संविधान सभाबाट प्रयास भइराखेको वर्तमान समयमा नेवारहरु स्वयंले नै ऐतिहासिक र जातीय परिचयको आधारमा स्वायत्त राज्यको अधिकार सुनिश्चित हुनुपर्दछ भन्दै उठिरहेको व्यापक आवाजलाई स्वीकार गर्दै,

आदिवासी अधिकारसम्बन्धमा विश्वव्यापी घोषणापत्रको मान्यता, अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १६९बाट सम्पूर्ण आदिवासीहरुलाई आआफ्नो ऐतिहासिक क्षेत्रका प्राकृतिक स्रोतमा अग्राधिकार सुनिश्चित गरिएको र राजनैतिक र नागरिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिबाट प्रत्याभूत गरिदिएको आत्मनिर्णयको अधिकारलाई आधार मान्दै,

विगतको ऐतिहासिक कालमा लामो समयसम्म नेवार राष्ट्रलाई समेटेर नेवारहरुको आदिभूमिभित्र राजनीतिक र प्रशासनिक इकाई सञ्चालन भइरहेको र नेपाल मण्डल नामबाट त्यसको अस्तित्व रहेको तथ्यलाई स्मरण गर्दै त्यस नेपाल मण्डल क्षेत्रमा विगतदेखि वर्तमानपर्यन्त जहाँ जहाँ नेवारहरु आफ्नो आदिभूमिको रुपमा बसोबास बनाई आएका छन् र जहाँ जहाँ उनीहरु अरु आदिवासीहरु भन्दा अधिक संख्यामा छन् ती सम्पूर्ण भूभाग समावेश भएको समस्त भूभाग नै नेवाः स्वायत्त राज्य हो। संघीयताको मान्यता अनुसार स्वायत्तता, स्वशासन, अग्राधिकार र आत्मनिर्णयको अधिकार प्रयोग गरी यस नेवाः स्वायत्त राज्य सञ्चालन गर्न पाउने संवैधानिक अधिकार हो।

धन्यवाद।



नेवार स्वायत्त राज्यको क्षेत्र सुजीव बज्राचार्यले यसरी घोषणा गरे-

नेवार नेपाल देशको एक प्रमुख आदिवासी हो। नेवारहरुको आफ्नै बसोबास, आफ्नै ऐतिहासिक आदिभूमि छ। यस आदिभूमिमा आफ्नो रगत र पसिनाका आधारमा आफ्नो पहिचान चिह्नस्वरुप छुट्टै कला, साहित्य, संस्कृति, परम्परा, सभ्यता दर्शाइ आफ्नो मातृभाषा प्रयोग गरी आएका एक सम्पन्न आदिवासीहरु नेवार हो। ऐतिहासिक कालदेखि नै नेवारहरुले आफ्नो पौरख र शक्तिको आधारमा आफ्नो स्वतन्त्र राज्यसत्ता चलाइआएका छन्। लिच्छवीकालदेखि नै स्पष्ट अस्तित्वमा रहेका यस्ता नेवार शासकहरुको अधीनस्थ शासनसत्ताको प्रादेशिक क्षेत्रको ऐतिहासिक परिचय हो- नेपाल मण्डल। यही ऐतिहासिक आधार नै वर्तमान नेवार स्वायत्त राज्यको क्षेत्र निर्धारण गर्दाको प्रमुख आधार हो।

नेपाल मण्डल विगतमा नेवारहरुले शासनसत्ता सञ्चालन गरिआएको ऐतिहासिक क्षेत्र भए जस्तै यस क्षेत्रभित्र कतिपय गैर नेवार आदिवासीहरु पनि बसोबास गरिआएको स्थल हो। विगतको नेपालमण्डलभित्र पर्ने सम्पूर्ण गैर नेवार आदिवासी समुदायको अधिकारको सम्मान गर्दै तिनीहरु जहाँजहाँ अधिक संख्यामा विगतदेखि नै बसोबास गरिआएका छन्, त्यस्ता गाउँ र नगर क्षेत्रमा निश्चित रुपमा उनीहरुको अग्राधिकार हुन्छ।

त्यसैगरी विगतदेखि नै नेवारहरुको शासन केन्द्र भइआएका ऐतिहासिक नेपाल मण्डलभित्र जहाँ जहाँ आदिवासीहरु भन्दा अधिक संख्यामा नेवारहरु पुरानो समयदेखि अझसम्म स्थापित भइ रहिआएका छन्, त्यस्ता सबै महानगर, सम्पूर्ण उपमहानगर, नगर र गाविसहरु समाविष्ट क्षेत्र नेवाः स्वायत्त राज्यको क्षेत्र हो। त्यसैगरी यस्ता नगर र गाविसहरुसँग जोडिएका जल र जंगल जस्ता प्राकृतिक स्रोतका सम्पूर्ण क्षेत्र पनि नेवाः स्वायत्त राज्यभित्रको क्षेत्र हो।
हरिकृष्ण व्यञ्जनकारले वाचन गरेको नेवार स्वायत्त राज्यको भाषिक नीति
नेवारहरुको मातृभाया नेपालभाषा हो। ऐतिहासिक कालमा राज्यभाषा, देशभाषाको रुपमा यस भाषाको प्रयोग भएको थियो। सामाजिक, सांस्कृतिक, धार्मिक रुपमा मात्र नभई नश्लगत रुपले पनि विविधता भएको नेवार समाजलाई एकै सूत्रमा सूत्रवद्ध गर्ने आधार मातृभाषा नेपालभाषा नै हो। नेवार एक भाषिक समुदाय भएकोले यसको छुट्टै पहिचान र एकता बचाइराख्‍ने नेवारहरुको मातृभाषा नेपालभाषा जीवन्त हुनुपर्छ। यसको लागि आवश्यक पाइला अघि बढाउने नेवाः स्वायत्त राज्यको प्रमुख कार्यभार हो, यही तथ्यलाई ध्यानमा राख्दै भाषानीति अंगालिनेछ।

नेपालको गौरवशाली सांस्कृतिक सम्पदा र नेवारहरुले आफ्नो मातृभाषाको माध्यमबाट सरकारी र गैरसरकारी क्षेत्रमा लिखित र मौखिक अभिव्यक्तिमा प्रयोग गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै नेपालभाषालाई नेवार स्वायत्त राज्यको मुख्य माध्यमभाषाको रुपमा प्रयोग गरिँदै लगिनेछ। नेपालभाषाको साहित्य, वाङमय र लिपिको विकास संरक्षण र सम्वर्द्धनका लागि विशेष नीतिको निर्माण गरिनेछ। नेवार स्वायत्त राज्यको शिक्षण संस्थामा शिक्षाको माध्यम नेपालभाषा हुनेछ। यस भाषाबाट पाठ्य सामाग्रीहरु तयार गरिनेछ। बालबालिका र वयस्कहरुलाई अनिवार्य नेपालभाषा सिकाउने कार्य विद्यालयहरुबाट थालनी हुनेछ।

यसैगरी प्रशासन र न्यायालयभित्र प्रयोगको प्रमुख भाषा नेपालभाषा हुनेछ। अर्कोतर्फ नेपालभाषाको माध्यमबाट विभिन्न छापा तथा आमसञ्चार सञ्चालन हुनेछ।

नेवार स्वायत्त राज्यभित्र भएका गैरनेवारहरुको भाषालाई पनि सम्मान गर्दै उनीहरुको लागि वैकल्पिक रुपमा अर्को भाषा प्रयोग गर्ने अवसर प्रदान गर्नेछ।



नेवार राज्यभित्र गैर नेवार र अल्पसंख्यकको अधिकार
नेवार स्वायत्त राज्य नेवारहरुको हिजोदेखिको लामो इतिहासको सम्मान र आदिवासीहरुको आफ्नो ऐतिहासिक भूमि शासन सत्ता सञ्चालन गर्ने राजनीतिक अग्राधिकारको एक मूर्त स्वरुप हो। तर यस अवस्थामा पनि नेवारहरुको बाहुल्य भए पनि यहाँ गैर नेवार आदिवासी र अन्य जातजातिका मानिसहरु पनि लामो समयदेखि बसोबास गर्दै आएका छन्। यसर्थ नेवार स्वायत्त राज्य आदिवासी नेवारका साथै यहाँ बसोबास गर्दै आएका गैर नेवारहरुको पनि साझा सत्ता हो। आदिवासीहरुको अधिकारसम्बन्धी विश्वजन्य मान्यता अनुसार नेवार राज्यभित्र नेवार आदिवासीको नेतृत्व र प्रतिनिधित्वमा अग्राधिकार सुनिश्चित हुने जस्तै यहाँ भएका सबै गैर नेवार समुदायलाई सबै किसिमबाट संवैधानिक कानुनी समान अधिकार सुनिश्चित हुनेछ। राज्यको सबै स्थानमा जनसंख्याको आधारमा नेवार राज्यभित्र समावेश भएका गैर नेवार समुदायको पनि समानुपातिक प्रतिनिधित्व हुनेछ।

कुनै पनि गैर नेवारलाई उसको जाति, उत्पत्तिको स्रोत र धर्म संस्कृतिको आधारमा कुनै पनि किसिमको विभेद र अन्यापूर्ण व्यवहार नेवार राज्यबाट हुने छैन। नेवार राज्यभित्रका जनसंख्याको अनुपातमा कम मात्र संख्यामा भएका सबै जाति समुदायका मानिसहरुलाई अल्पसंख्यकहरुको अधिकार सुनिश्चित गरी उनीहरुलाई आवश्यक स‍रक्षण गरिनेछ।


नेवारभित्र समावेशीकरण

नेवार सा‍स्कृतिक धार्मिक भाषिक र क्षेत्रगत हिसाबमा अत्यन्तै बहुलता र विविधता भएको समुदाय हो। माइसंसार डट कम। आजको सन्दर्भमा यही बहुलता र विविधता नै नेवारहरुको एक विशिष्टता भएको छ। तर हिजोका दिनमा विविध कारणवश नेवारभित्र पनि जातको हिसाबमा लैँगिक अनि स्थानको आधारमा राज्यसत्ताको आधारमा विभेदपूर्ण व्यवहार भएको छ। ती कारणले गर्दा नेवारभित्रका कतिपय समुदायलाई राजनीतिक आर्थिक सामाजिक शैक्षिक र अन्य अवसरबाट वञ्चित पारेको यथार्थ आज हाम्रा सामु छन्। यिनीहरु सीमान्तकृत र बहिस्कृत भए। तर आजको नेवार राज्यसत्ताको अगाडि ऐतिहासिक कालमा भएका विभेद र अन्यायको शोधभर्ना स्वरुप र पछाडि पारिएका समुदाय र महिलाहरुको पहुँच नेवारहरुको अन्य समुदायको समान स्तरमा पुराउन नेवार स्वायत्त राज्यको तर्फबाट समानुपातिक र समावेशीकरणको विशेष नीति अपनाइनेछ। नेवार स्वायत्त राज्यको व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाका साथसाथै कुनै न कुनै रुपबाट पछाडि पारिएका वर्गहरु नेवार समुदायका अन्य नीति निर्माणको स्थानमा भनेर आरक्षण कोटाप्रणाली अपनाएर जानेछ र कतिपय स्थान र समयमा यिनीहरुको लागि सकारात्मक विभेदको नीति अपनाउनेछ।

समानुपातिक मान्यता अनुरुप पनि समावेशी हुन नसकेको कुनै समुदाय र वर्ग छुट्ने अवस्था भएमा उनीहरुको प्रतिनिधित्वको एउटा छुट्टै कानुनी व्यवस्था हुनेछ। साथै त्यस्तो समुदायको छुट्टै सं‍स्कृति परम्परा र रितिथितिको साथसाथै ऐतिहासिक महत्त्वको सम्पदा संरक्षण गर्न राज्यको तर्फबाट अत्यन्त ध्यान दिएर कार्य गरिनेछ।



प्रेम महर्जनले वाचन गरेको

नेवार स्वायत्त राज्यको सांस्कृतिक नीति
कला संस्कृति र सांस्कृतिक सम्पदा नेवार स्वायत्त राज्यलाई विश्वसामु विशिष्ट रुपमा पहिचान दिने ठूलो मार्ग मात्र नभई नेवार राज्यको आफ्नै किसिमको महत्त्वपूर्ण निधि पनि हो। नेवार पुर्खाहरुको सिर्जनशीलता र अद्वितीय सीपबाट उभ्याइएका कलाकृति नेपाल देश कै गौरवमय प्रतिमूर्तिको रुपमा रहेको छ। यस्ता कतिपय स्मारकहरु आज विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत भएको छ। यो नेवारहरुको लागि गौरवको कुरा हो। यसरी नै नेवार समाजले दिनदिनै आफ्नो जीवनमा अवलम्बन गर्दै आएको रितिथिति, संस्कृति र परम्परा उत्कृष्ट भए जस्तै त्यसभित्र उत्तिकै वैज्ञानिकता र मानव उपयोगी भावना अनि आदर्श समेटिएको हुनाले यसको महत्त्व आज पनि उत्तिकै रहेको छ।

नेवार स्वायत्त राज्यको तर्फबाट नेवारहरुको छुट्टै कला, संस्कृति सम्पदा र परम्परालाई जीवन्त राख्‍न त्यसलाई समय अनुसार परिमार्जन गर्न विशेष पहल गरिनेछ। नेवार समाजमा लोपोन्मुख अवस्थामा रहेको र लोप भइसकेका ज्ञान र सीपलाई पुनःउत्थान तथा संरक्षणका लागि राज्यले विशेष पहल गर्नेछ।

राष्ट्रिय महत्त्वले भरिएका साथसाथै स्थानीय जात्रा पर्वलाई निरन्तर सञ्चालन गर्ने, रोकिएका गुठीलाई नवीकरण गर्ने, पाटीपौवा मन्दिर चैत्य गुम्बा र मठ आदिलाई समय मै जिर्णोद्वार गर्नका लागि अक्षयकोष स्थापना गर्ने नेवार स्वायत्त राज्यको सांस्कृतिक नीतिको मूल उद्देश्य रहनेछ।

साथसाथै नेवार स्वायत्त राज्यभित्र रहेका गैर नेवार समुदायको धर्म संस्कृति र परम्परालाई सम्मान गर्दै उनीहरुको आस्था अनुरुप कामकारबाही सञ्चालन गर्न उपयुक्त वातावरण तयार गरिदिने नेवार स्वायत्त राज्यले आफ्नो दायित्व सम्झनेछ।

संस्कृति धर्म परम्परा र आस्थाको आधारमा कुनै पनि गैरनेवार समुदायलाई पक्षपात गर्ने काम नेवार स्वायत्त राज्यबाट कहिल्यै पनि हुनेछैन।

नेवार स्वायत्त राज्यको आर्थिक नीति
नेपाल देशभित्रका विभिन्न समुदायमध्ये आर्थिक क्षेत्रका गतिविधि पहिलेदेखि नै उत्तिकै सक्रिय रहेको एक मूल समुदाय नेवार हो। आफ्नो रोजगार र परम्पराअनुसार व्यापार र उद्योगको क्षेत्रमा नेवारहरुको महत्त्वपूर्ण स्थान छ। यसर्थ नेवारहरुले अपनाउने आर्थिक नीतिबाट स्वयं नेवारहरुलाई मात्र होइन, सम्पूर्ण नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्दछ। साथसाथै अन्तरदेशीय र अन्तर्राष्ट्रिय व्यापारमा पहिलेदेखि नेवार समुदायको ठूलो हात रहेको र त्यसको माध्यमबाट देशको कोष सुदृढ बनाउने कार्य भइरहेको तथ्यलाई स्मरण गर्दै नेवार स्वायत्त राज्यको आफ्नै किसिमको छुट्टै आर्थिक नीति अपनाइनेछ।

राज्यको कोषलाई समृद्ध बनाउने र त्यसको आधारमा राज्यभित्रका सकल नागरिकलाई सामाजिक सांस्कृतिक र आर्थिक रुपमा सम्पन्न बनाएर समाजमा भएका सबै किसिमका विभेद र शोषण अन्त्य गर्ने नेवार स्वायत्त राज्यको आर्थिक नीतिको मूल उद्देश्य रहनेछ। कृषि क्षेत्रमा आवश्यक सुधार गर्न वैज्ञानिक भूमि सुधारको उपयुक्त नीति अपनाउने र वैज्ञानिक भूउपयोग सम्बन्धी योजना बनाएर नेवार स्वायत्त राज्यमा अब बाँकी रहेका खेत र खाली ठाउँलाई वातावरण र नेवार सांस्कृतिक सम्पदा अनुकूल प्रयोग गर्न आवश्यक पहल गरिनेछ। साथै कृषियोग्य जमीनलाई संरक्षण गर्नका लागि विशेष पहल गरिनेछ।

उद्योग वाणिज्य र व्यापारिक क्षेत्रमा नेवारहरुमा ऐतिहासिक कालदेखि भएको ज्ञान र प्रतिष्ठाको आधारमा नेवार स्वायत्त राज्यको सुदृढ आर्थिक सम्मुन्नतिको लागि विशेष आर्थिक नीति बनाएर विशेषतः नेवार राष्ट्रिय पुँजीपति र उद्योगपतिहरुको संरक्षण र सम्वर्द्धन लागि आर्थिक नीतिले टेवा दिनेछ।

समताको सिद्धान्तमा आधारित वितरण प्रणाली र प्रगतिशील करको व्यवस्था गरी सामाजिक न्यायको बाटोमा राज्यका सम्पूर्ण कामकर्तव्य सञ्चालन गरिनेछ।



नेवार स्वायत्त राज्यको शिक्षा नीति
शिक्षा नै मानवीय विकासको मूल आधार हो अनि आधारभूत शिक्षा प्राप‌त गर्न पाउनु मानिसको नैसर्गिक अधिकार हो भन्ने विश्वव्यापी मान्यतालाई अंगिकार गर्दै नेवार स्वायत्त राज्यको तर्फबाट सम्पूर्ण दायित्व वहन गरिनेछ। योग्य र शिक्षित नागरिक बनाउने नेवार स्वायत्त राज्यको एक मुख्य उद्देश्य हो। यही नीतिलाई व्यवहारिक रुपमा सबल बनाउन र सफल पार्न नेवार स्वायत्त राज्यभित्रका बालबालिकालाई नेपालभाषा उनीहरुको मातृभाषाको माध्यमबाट अनिवार्य शिक्षा दिने कार्य हुनेछ। यसरी नै विद्यालयमा पढाइने गुरुवर्गहरु पनि मातृभाषाको माध्यमबाट शिक्षा प्रदान गर्न सक्षम बनाउनका लागि आवश्यकता अनुसार नीति तथा कार्यक्रम तर्जुमा गरी अगाडि बढाइनेछ।

नेवार स्वायत्त राज्यको क्षेत्रभित्र सबै गाउँस्तरमा मातृभाषामा पढ्न पाउने गरी प्राथमिक तहका विद्यालय पुर्‍याउने र नगरीय इलाकामा कम्तिमा पनि एउटा क्याम्पस स्तरको शिक्षण स‍स्था खोलिनेछ। यसैगरी समयको आवश्यकता अनुसार बहुल विधाका विभिन्न विश्वविद्यालयहरु संभाव्यताका आधारमा स्थापना गर्ने नीति तय गर्नेछ।

नेवार राज्यभित्रका नेवार अनि गैर नेवार समुदायको बीचमा आर्थिक सामाजिक र सांस्कृतिक एवं अन्य अवसरको अनुपातमा हिजोको राज्यसत्ताले पछाडि पारेकाहरु र विपन्न वर्ग समुदायका बालबालिकालाई शिक्षा सुलभ र सहज बनाउनका लागि सकारात्मक विभेदको सिद्धान्त अनुसार राज्यको तर्फबाट विशेष प्रयास हुनेछ।

शिक्षा क्षेत्रमा देखिएको निजीकरणको नाममा भइरहेको व्यापारीकरणको कारण समाजमा धनीहरुको बालक र गरीब बालबालिकाबीच शैक्षिक अवसर र स्तरमा उत्पन्न ठूलो अन्तरलाई समाप्त पार्न नेवार स्वायत्त राज्यको तर्फबाट विशेष पहल हुनेछ। साथै शैक्षिक क्षेत्रका संस्थागत व्यवस्थापनको अभिभारा सम्बन्धित स्थानका सम्बन्धित आदिवासी जनजाति समुदायको हातमा पर्नुपर्दछ भन्ने उद्देश्यले त्यसलाई सुहाउँदो कानुनी व्‌यवस्था राज्यले गर्छ।

नेवार स्वायत्त राज्यभित्र १० वर्षभित्र कोही पनि एक नागरिक निरक्षर नहोस् भन्ने उद्देश्यले प्रौढ साक्षरतालाई सर्वत्र सञ्चालन गर्नेछ। यसरी नै शिक्षित बेरोजगारीको समस्या उत्पन्न नहोस् भन्ने उद्देश्यले शिक्षालाई व्यवसायमूलक बनाउने र शिक्षित मानिसहरुलाई रोजगारको अवसर प्रदान गर्ने विशेष पहल हुनेछ।
थप फोटोका लागि नेवारले गरे आफ्नै राज्यको घोषणा




57 comments Print Email/Forward 4,504 views
57 comments to यस्तो पो रहेछ नेवाः राज्यको ‘राष्ट्रगान’
das
December 27th, 2009 at 2:31 AM · मुख फर्काउनुस्
Video मा नेपाली राष्ट्र गान लाई त पहिलो प्रथामिकता दियको मा नेवार बन्धु हरु लाई धन्यवाद / पहिले नेपाल अनि आफ्नो जाति एहि नै हो हामी नेपाली को पहिचान /
Lets be united what ever race or ethnics we are.

yesyeshakya
December 27th, 2009 at 3:18 AM · मुख फर्काउनुस्
दशरथ रंगशालामा खचाखच भरिएको मान्छेहरुको भिड हेर्दा एउटा कुरा अवश्य भन्न सकिन्छ कि दुइ-ढाई सय बर्षदेखि राज्यको एकात्मक सत्ताले थिचो-मिचो गरेको नेपालका बहुल जात,जाति,धर्म,भाषा,र संस्कृतिको कारण आज त्यति बिधि मान्छेहरु मुक्तिकोलागि लाम-लस्कर लागेका छन ! साथ साथै, हामि यसमापनि सावधान रहनु पर्छ कि अल्पसख्यकहरुको पूर्ण रुपमा समानान्तर बिकासकोलागिपनि राज्यले संबिधानमा ग्यारेन्टी गरोस !

कृष्ण गोपाल श्रेष्ठ बौचा, ख कि मखु ??????

गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 7 11
Barun Joshi
December 27th, 2009 at 3:21 AM · मुख फर्काउनुस्
चार किल्ला काहाँ काहाँ हो?

मन परे हरियो, नपरे रातोः 2 3
drishthi
December 27th, 2009 at 3:28 AM · मुख फर्काउनुस्
यो देश त् केटा केटि नै केटा केटि ले भरिए जस्तो लग्न थाल्यो केटा केटि को पुतली को खेल जस्तो घर घर मा संबिधान निर्माता ,घर घर मा संबिधान व्याख्याता पसल पसल मा नया राज्य अजब नेपाल को गजब कहानी मुर्खई मुर्ख हरु को देश रहेछ बा म र मेरो नेपाल
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 13 8
Deepak Kafle,New York
December 27th, 2009 at 3:29 AM · मुख फर्काउनुस्
क्या चाख लाग्दो कार्यक्रम रहेछ !!! Seems very Exhilarating .

मन परे हरियो, नपरे रातोः 2 7
badaka tharu
December 27th, 2009 at 3:38 AM · मुख फर्काउनुस्
माओबादी ले उठाएको कुरा ठीक साबित हुदैछ / बधाई छ हाम्रा नेवा समुदाय लाइ
बड़का थारू

मन परे हरियो, नपरे रातोः 3 12
santosh neupane
December 27th, 2009 at 3:56 AM · मुख फर्काउनुस्
अब चाही राजधानी मा अरु जातिको अधिकार नरहने भयो होइन ?गर्नु गर्यु माओबादी जातियता ल्याएर .अब प्रथिवी नारायण शाह को पालामा देस कस्तो थियो भन्ने कुरा आब क पिडी ले देख्न पाउने भय धन्य नेपाली जनता
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 10 9
udgam, london
December 27th, 2009 at 4:20 AM · मुख फर्काउनुस्
जातियता को आधारमा राज्य घोषणा भयो ,आज आफ्नो देश भित्रै एउटा नेपाली पराइ भयो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 14 12
ankit
December 27th, 2009 at 4:23 AM · मुख फर्काउनुस्
नेपाली हरु बहुलाको देखेर आचाम्मा लग्यो!!!!माओबादी ले देश खत्तम पर्यो!! अब हामी कहाँ जानी ???हाम्रो देश त छैन त
!!!!!
म १७ pusta देखि काठमाडौँ उपत्येका मा बसेको बाहुन मान्छे अब कहाँ जानी???
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 15 6
shyam
December 27th, 2009 at 4:27 AM · मुख फर्काउनुस्
hang all those people who try to divide nepal and break its unity in diversity…….all those people attending the ceremony are traitors…….

मन परे हरियो, नपरे रातोः 5 3
sargam, london
December 27th, 2009 at 4:28 AM · मुख फर्काउनुस्
अब त सान्ती होला कि देश मा भन्ने लागेको तर जतियता को आधारमा राज्य छुटटाए,पछी अब त झन जात को आधार मा दन्द हुने भयो

मन परे हरियो, नपरे रातोः 9 4
Rajendra
December 27th, 2009 at 4:30 AM · मुख फर्काउनुस्
गर गर , छुटै राष्ट्र मात्र किन देश नै घोसणा गर . सयै नेपाली हरु मरेर बनको एउटा
देश टुक्रा टुक्रा गर …..अब त्यो दिन धेरै टाढा छैन , हत्या अनि हिम्सा हाम्रो प्यारो नेपाल लाई सखाब बनाउछ धोति ले अब नेपाल लाई आफ्नो बनाउने सपना पुरा हुदैछ अनि तेसमा हाम्रो नेताहरु को साथ् दिदैछन् सोझा नेपालीहरुले इश्वोर , अब नया नेपाली जन्माउदा एउटा देसप्रेमी जन्माउ, राज्यप्रेमी होइन , देसलाई लाई मर्ने नेपाली हैन .

इश्वोर , मेरो देस बचाऊ

मन परे हरियो, नपरे रातोः 5 3
samir shrestha,germany
December 27th, 2009 at 4:36 AM · मुख फर्काउनुस्
मज्जा आयो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 13 80

madan bajracharya
December 27th, 2009 at 5:30 AM · मुख फर्काउनुस्
समिरजी
होजो किरात राज्य बने, आज नेवार राज्यको घोसना गरिए/ यो मात्र तराईमा भोलि एक मधेश राज्य घोसना गर्ने बाटो खोलाएको हो/ एक मधेश राज्य घोसना गरेको दिन देखि तराईमा बाकि बसेको सबै नेपाली लगारिने छन्/ अनि पर्सि मधेशमा जनमत गरि भारतमा बिलिन हुने घोसना गर्ने छ / तव अहिला नेवार राज्य बनेको मा मज्जा आएको मोल तिर्नु पर्ने छ/

नेवारहरुले बा अरु जात जातिले नै बिद्रोह गरेर नेवार तथा किराती तथा लिम्बु राज्य बनाईरहेको होयिन/ यो जात जातको राज्य बनाईरहेको तिनै मधेस बादी सिट तराईलाई एक मधेस बनाउने भनि सम्झौता गर्नेहरुले नै हुन/ तेसैले म जात जातिको राज्य बनाएकोमा खुसि हुनु पर्ने कुनै कारण देख्दिन/

म पनि नेवारनै हूँ/ तर मधिसे बादी लाई देस टुक्राउन बाटो खोल्न मधेस बादीहरुले उकसायेर घोसना गरेको नेवार राज्यको समर्थन गर्न सक्दिन/

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 130 16

Deepak
December 27th, 2009 at 6:43 AM · मुख फर्काउनुस्
मदन जी,
“मधिसे” भन्ने वोर्ड कहाँ बाट आयो तपाइको मुखमा? मधेसमा बस्ने लाई मधेसी भनिन्छ..तपाई जस्तो मान्छे हरुले नै मधेसी हरुलाई मदिसे भनेर हेपेको कारणले आज मधेसीहरु यस्तो लडाई लड़दैछान..त्यसैले सबै जात जाती लाई सम्मान नजरले हेर्न सिक्नुस..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 18 45

madan bajracharya
December 27th, 2009 at 9:25 AM · मुख फर्काउनुस्
दीपकजी/

तपाईं आफुलाई तराई बाशी भन्नुस तराईको लागि आवाज उठाउनुस सबै नेपाली ले साथ् दिनेछ/ तपाईं तराई मुलको हुँदैमा तपाईं मधेसी कसरि भए? मधेसी भनेको बिदेसी यानी कि बिहारीहरू हुन्/ बिहारलाई मधेश भनिन्छ तराईलाई होयिन/

तराईका थारु भोजपुरी मैथिली त् मधेसी होयिनन/ रामायण नै पल्टाउनु जनकपुर लाई मधेश भनिएको छैन, महाभारतमा बिरातनगरलाई मधेश भनिएको छैन, लुम्बिनीलाई मधेश भनिएको छैन, र ती थाहूँ हरु आज सम्म कुनै भारतको राजा बादशाहको राज्य पनि बनेको छैन/ अब ती थाहूँहरुलाई, त्याहाँ को बासिन्दाहरुलाई जय कृस्ण गोएत का मतियार हरुले भन्दैमा मधेश तथा मधिसे हुन्छ र?

भारतीय भूगोल अनुशार बिहार मात्र मधेश हो/ उहिले इस्ट इंडिया सिट भएको सम्झौता र तेस्पछी १९५०को भारत सिट भएको सन्धि अन्तर्गत बिहार मा नेपाली हरुलाई भारतीय सेनामा भर्ति गर्ने केन्द्र खोलिएको थियो/ नेपाल बात कुनै नेपाली त्यो बिहारको भारतीय सेना भर्ति केन्द्रमा गए भने तिनीहरु मधेश गएको भनिन्नछ/ जव कुनै भारतीय नेपालमा आउँछ भने मधिसे आए भन्छ/ मधिसे भनेको सब्द गालि होयिन मात्र विदेश बा बिदेसी जनाउने सब्द हुन्/

अब १९५०को सन्धि अन्तर्गत भारतीय हरु नेपाल बसोबास गर्न पाउने भए पछी बिहारीहरू तराईमा बसोबास गर्न थाले, पछि नागरिक पनि बन्दै आए/ नेपाली नागरिकता पाएका बिहारी आप्रबाशीहरु मधेसी मुलको नेपाली भए/ तर थारु त् थारुनै हुन्, भोजपुरी त् भोजपुरिनै र मैथिली मैथिलिनै/ तिनीहरु मधेसी होयिनन बरु ठेट तरायिबाशी हुन् र त्याहांका आदिबाशी हुन्/

दीपकजी नेपालको तराई लाई मधेश भनेर नेपालका आदिबाशी तराई बाशिलायी मधेसी भनेर तपाईं जस्ताले नेपालमा बवाल मचायिरहेको हो मा जस्ताले होयिन/म जस्ताले तराईका आदिबाशी हरुले हामि मधिसे होयिन हाम्रो तराई मधेश होयिन भनेर आन्दोलन गरिरहेको तराई बाशी नेपालीको आन्दोलन लाई समर्थन मात्रै गरेको हो/

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 32 10

Deepak
December 27th, 2009 at 12:21 PM · मुख फर्काउनुस्
मदन जी,
आफ्नो कुरालाई ठिक छ भनेर जिद्दी गर्नु ठिक होइन. तपाई ज सुकै भन्नुस तर मधेसी लाई मदिसे कहिले पनि नभान्नुस..अरुलाई अपमान किन गर्नु हुन्छ.. अनि अर्को कुरा क भने यदि तराई मधेस होइन भने तराई को मान्छे लाई नै किन मधेसी भन्छन? काठमाडौँ मा मैले आफै देखेको छु तराई मुलका नेपाली दाजु भाईलाई भैया, मदिसे आदि भनेर हेपेको..अनि त्यसरी हेप्ने मा हामी जस्ता नेवार हरु पनि प्रसस्तै छन्.म पनि एक नेवार हो तर जब कसैले मेरा साथी हरुलाई त्यसरी हेपेको देख्छु नि तब मलाई आफ्नै जात देखि घृणा लाग्छ..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? 6 13
abinit gurung
December 27th, 2009 at 11:04 AM · मुख फर्काउनुस्
दीपक जी यो कुरा त्यो कुरा संग मिल्दै मिल्दैन

मन परे हरियो, नपरे रातोः 8 3
द्रोण
December 27th, 2009 at 8:37 AM · मुख फर्काउनुस्
मदंजी
१०० प्रतिसत साचो कुरा हो फेरी अर्को अचम्म ,नेपाल मा तेत्रो समय राज गरेका बाहुन ,छेत्री लाइ राज्य न छुटाउनु उनीहरुलाई अब यसै पनि नेपाल को दोस्रो दर्जाको नागरिक हो,इन्डिया तिर ढल्की भन्न खोजेको हो यहा ठुलो जालझेल छ
तैपनि नेवार हरु नेपाल कै पहिचान,र संगठित शक्ति भएको हुनाले नेवार बलियो हुदा नेपाल र नेपालित्वा बलियो नै हुन्छ
तराइ को दाजुभाई हरु झन् इन्डियन फ्लो को प्रत्यक्ष्य रुप मा पिडित हुने हुदा उहाहरु एक हुनु पनि झनै जरुरि पो देख्छु है म त् ?
तर म लाइत हिजो को १४ अंचल पचहत्तर जिल्ला ,हिमाल पहाड तराइ नै राम्रो लाग्छ,बरु सबैमा बिहेबारी चलाउने,जात पात हटाउने ??

मन परे हरियो, नपरे रातोः 10 1
बिनोद तिमिल्सिना,धरान
December 27th, 2009 at 8:48 AM · मुख फर्काउनुस्
दलित,शोषित र पिडित जातिको जातीय मुक्तिको नारा भजाएर सिमित मान्छेहरु क्षेत्रीय स्तरमा देशलाइ टुक्रा टुक्रामा विभक्त गरेर लुछ्ने दाउमा छन्!
हैन राम्रो उदेश्य भए वास्तविक दलित र शोषितहरुको राज्य कहाँ छ,कसले घोषणा गर्यो र कुन पार्टीको मस्यौदामा छ?५० लाख को छुट्टै राज्य नहुने १०/१२ लाखको चाही छुट्टै राज्य,छुट्टै राष्ट्रगान छुट्टै झन्डा हा हा हा … हा हा हा ….हा हा …. हा हा ………………..कस्तो हास उठ्दो …….

मन परे हरियो, नपरे रातोः 5 3
Ram
December 27th, 2009 at 8:29 AM · मुख फर्काउनुस्
नेवा राज्य भित्र प्रमुख बोलचालको भाषा पनि नेवा भाषा अरे , नेवा राज्य को झन्डा ले पनि नेवारी संस्कृति, धर्म, झल्कने अनेक कुराहरु बुझौछा रे , अनि कहानेर अरु जातिले सम्मान र पहिचान पाउने हो तनि. अब नेपाल मा गृह युद्द मच्चिन धेरै समय लाग्दैन .

मन परे हरियो, नपरे रातोः 7 7
udgam, london
December 27th, 2009 at 4:41 AM · मुख फर्काउनुस्
जातीयता का आधारमा राज्य घोषणा भयो,आज एउटा नेपाली आफ्नै देशमा पराइ भयो ।

मन परे हरियो, नपरे रातोः 4 6
pradhan
December 27th, 2009 at 4:46 AM · मुख फर्काउनुस्
यो घोसना ले नेवार समुदाय को संस्कृति तथा भाषा को जर्गेरना हुने भयो.

मन परे हरियो, नपरे रातोः 6 7
sudeep
December 27th, 2009 at 4:51 AM · मुख फर्काउनुस्
ज मान लग्यो त्येही गर्छन काम छैन साला माओबादी हरु को….एती सानो हाम्रो देश लै पनि टुक्रा टुक्रा परेर छाड्ने नै भए

मन परे हरियो, नपरे रातोः 4 3
lyapche
December 27th, 2009 at 4:52 AM · मुख फर्काउनुस्
लौ अब जस जसले जे जे घोषणा गरे नि गरे हुन्छा . जसलाई जे गर्न पनि छुट छ . बर्षे भरि गाइजात्रा हुने भयो .

मन परे हरियो, नपरे रातोः 5 1
Dev
December 27th, 2009 at 4:56 AM · मुख फर्काउनुस्
म जातियता,धर्म र बसोबासको आधारमा हाम्रो जस्तो सानो देशको राज्य विभाजनको कल्पना पनि गर्न सक्दिन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 93 10
Krishna Thapa Magar
December 27th, 2009 at 5:15 AM · मुख फर्काउनुस्
नेपाल को अन्त्य हुन शुरु भयो बधाई छ सबै लाई . जय कोसोवो जय सर्बिया तिमीहरुकै शरणमा आउंदै छौँ .

मन परे हरियो, नपरे रातोः 7 2
krisshna
December 27th, 2009 at 5:45 AM · मुख फर्काउनुस्
बिनास काले बिपरित बुद्धि

मन परे हरियो, नपरे रातोः 5 2
Sarina
December 27th, 2009 at 5:46 AM · मुख फर्काउनुस्
समाचार सुनेर अति खुसि लाग्यो . सबै जनजाती येसरी नै आफ्नो ठाउं बनाउन लागेमा नपाल सुन्दर बन्नेछ

मन परे हरियो, नपरे रातोः 5 9
Bhesh Raj Sharma
December 27th, 2009 at 5:52 AM · मुख फर्काउनुस्
के गर्या यस्तो अब त नेपाल भन्न पनि लाज लाग्न थाल्ने भो . न कुनै नियम न कुनै कानुन जसले जे गरेपनि हुने. यस्तै हो भने अब सोचौ त नेपाल मा कति राज्य को घोषणा होला…अनि के होला हाम्रो देशको भबिष्य

मन परे हरियो, नपरे रातोः 5 4
tulsi
December 27th, 2009 at 6:23 AM · मुख फर्काउनुस्
यो स्वायत्त राज्य भन्ने जात्रा रोकौ /सम्रिधा शक्ति शाली नया नेपालको निर्माण गरौ /

मन परे हरियो, नपरे रातोः 5 4
Bikal Shrestha
December 27th, 2009 at 6:25 AM · मुख फर्काउनुस्
नेवा स्वयेत्ता राज्य घोषणा गरेको खबर सुन्दा कता कता खुसि पनि लागेको थियो/ किनभने देश विकास हुनको लागि संघिय प्रणाली बाट गयो भने सजिलो हुन्छ भन्ने लाग्छ मलाई पनि तर हाम्रो देश नेपाल संघिय प्रणाली बाट जान सक्ने स्थिति मा देख्दिन र आबस्यकता पनि ठान्दिन किनभने हाम्रो देश निकै सानो छ यदि हाम्रो देशका नेता भनौदा हरु इमान्दार हुने हो र हामी सम्पूर्ण जनता सजग भयर अगाडी बढ्न सक्योउ भने देश विकास गर्न निकै सजिलो हुन्छ तेसैले हामी आ आफ्नो जति धर्म अनुसार देश तुक्र्युना तिर होइन सबैले मेरो देश होइन हाम्रो देश भनेर अगाडी बढ्न पय कस्तो राम्रो हुनेथियो होला /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 27 7

madan bajracharya
December 27th, 2009 at 9:35 AM · मुख फर्काउनुस्
बिकल्जी

आज नेवार लगाएत जनजातिले राज्य घोसन गरेको पनि नेवार नेताहरुको पहलमा होयिन/ किन जात जातिको राज्य आज सम्म जात जाति दवाई आएकाले नै गरे? के उनीहरुको बिचार बदलिएको हो? पक्कै होयिन/ एस भित्र ठुलो रहस्य लुकेको छ/

म नेवार भए पनि नेवारको राज्य घोसना गरेकोमा मलाई खुसि लाग्दैन/ किन भने आज जनजातिलाई दवाये भनि उनीहरुको आफनी राज्य चाहिने भनेर उकासेको नेपाल भित्र को ले होयिन/ भारत् र तेस्का तत्तुहरुले गरेको हो/

देस संघियेता मा जानु पर्ने हो तर नेपालीले नेपाल बनाउन संघियेता जानु पर्ने भनि आवाज उठाएको भए राम्रो कुरा थिए/ तर आज जनजातिलाई उठाएको तराईमा मधिसे राज स्थापना गर्ने बाटो खुलाउन मात्रै हो/

तराईमा तराई राज्य मात्रको कुरा भए त्यो पनि ठिक थियो तर तराई लाई एक मधेस बनाउन खोज्ने हरु तरायिलायिनै भारतमा मिलाउने षड्येंत्र गरेर तराईलाई मधेश बनाउन खोजेको हो/ प्रमाण चाहे जति पनि छन्/

येही कारणले म अहिले जात जातिको राज्य घोसना गर्नु उपयुक्त मान्दैन/ पहिले तराईको समस्या सुल्झाउनु पर्छ/ तराईमा मधिसे बाहेक अनेकौं जनजातिहरु छन्/ तराईका थारु लगाएतले तराई मधेश होयिन र थारुहरु मधिसे होयिन भन्दै छ/ उनीहरुको अस्तित्वोको जगेर्ना गर्नु छ/ बिहार बात बसयिसरेर आएका आफुलाई मधेसी भन्ने हरुको माग मानेर नेपालका तराई बासि सबैलाई मधिसे बनाउने कुरा नितान्त गलत हो/

मैले माथि लेखे कि जन जाति को राज्य जनजातिकै पहल मा घोसना गरेको छैन/ जसले घोसना गरे तिनीहरु मधेसी बाद सिट लहसिएका छन् बिकेका छन् र मधेश बाद भित्र ठुलो षड्येंत भएको देखाउंछ/

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: 20 5

Gongbu
December 27th, 2009 at 11:09 AM · मुख फर्काउनुस्
मदनजी,
तपाइको विचारको कदर गर्दै मना लाग्या कुरा पोख्न लागिरहेछु भुल भए माफी
उपत्यकामा बिशेष तीनै शहरमा नेवार सम्प्रदायको उदियमान र धनी संस्कृति, भाषा
र परम्परा ज्वाजल्यमान रहिआएको छ जुन सम्पूर्ण नेपालीहरुले गर्व महसुस गरेका
छन् अरु कतिपय जात जातिको तुलनामा बिभिन्न क्षेत्रमा संगठीत नेवार सम्प्रदाय
अग्रिम पंक्तीमा छन् अरुले स्याल हाउ गरेर करायो भन्दैमा आफु पनि हाउ गरेर
कराउनु भनेको आफ्नु स्यालपन देखाउनु हो कि? राष्ट्रिय मूल धारमा नेवार सम्प्रदायको राजनैतिक पहिचान, सलग्नता र उल्लेखनीय योगदान पनि छदैछ ब्यापार बाणिज्य, कला संस्कृति, भाषा साहित्य साथै राजनीति र प्रशासनमा पनि उल्लेखयोग्य प्रतिनिधित्व भएकै हो

मेहनती, बुद्धिजीवी, कर्मजीवी र संस्क्रितिप्रेमी नेवारहरु भावनात्मक रुपमा पनि अरु हेरी उपत्यका भित्र संगठीत नै छन् उर्जा बिशेसग्य रत्न सन्सार श्रेष्ठजीले समय समय आफ्ना लेखहरु मार्फत यी राज्य र प्रदेशहरुको सिर्जनाले केहि फायदा नगर्ने बरु बिस्तृत रुपमा नेपालभरी ब्यापार र कामकाज गर्दै भोगी आइरहेकाहरुलाई छुट्टै छुट्टै प्रदेशहरुको सीमांकन भित्र काम गर्नु पर्ने भएकोले सीमित गराउने सम्भावना औल्याएका छन्
उपत्यकाका जिल्लाहरुमा भनौ नेवारहरुले धेरै हद सम्म स्वायत्तता प्राप्त गरेका छन् माओवादीको हाउ लाइ नकल गरेर अरु दलले पनि हाउ गरे वा गर्न खोजिरहेका छन् अरु कतिपय कम बिकशीत वा सीमान्तकृत जात जातिले मुलुकमा संघिय व्यवस्था अन्तर्गत स्वायत्त शासनको चाहना राख्नु बिकाशमा अग्रसर रहने माद्यम खोज्नु भन्ठान्छु प्रत्येक जातिलाई आफ्नु आत्मा निर्णयको अधिकार छ तर नेवार सम्प्रदायलाइ स्वायत्त गणराज्यले गुणात्मक रुपमा के कसरी फायदा गर्ला त्?

मन परे हरियो, नपरे रातोः 3 2

Wednesday, November 18, 2009

इजरायलमा साइबाबाकॊ ८४ औँ जन्मदिनकॊ कार्यक्रम तलिका

84TH HAPPY BIRTHDAY OF DIVINE GOD
SRI SATHYA SAI BABA
A, VENUE ST. HEAFTMAN-6, TEL-AVIV, ISRAEL
B ,DATE: 21 NOV.2009
C ,ENTRY TIME 8:30 TO 9:30 AM
D ,STARTING TIME 10:00AM SHARP
E ,ENDING TIME 2:00 TO 2:30

PROGRAMME:
OPENING CEREMONY: 10-11 AM
1 ,START 3 TIMES OMKAR
MASTER OF CEROMONY: MR. PRAKASH THAPA (WELCOME SPEECH)
WELL COME TO GUEST AS PER INVITATION ………………
2 ,BYAJ BITARAN TO GUEST
3 ,OMKAR 21 TIMES
4 ,SHUVA-PRABHATAM NEHA GURUNG
5 ,DEEP PRAJJWALAN; HIS EXCELLENCY AMBASSDOR OF NEPAL EMBASSY IN ISRAEL
MR. BAIJA NATHA THAPALIYA
6 ,SPEECH
WELL COME SPEECH AND ABOUT BABA NEHA GURUNG
SPEECH FROM ISRAELI SAI ORGANIZATION JOPEI SAIRAM
SPEECH FROM INDIAN EMBASSY ………………..
SPEECH FROM CHIEF GUEST MR.BAIJA NATHA THAPALIYA
7 ,CLOSING TO OPENING SESSION MR.BHUVAN SINGH KUNWAR

BHAJANS 11-1:30 PM
8 ,OMKAR 3 TIMES
GAYATRI MANTRA 3 TIMES
SARBA DHARMA PRAY
9 ,BHAJANS 20 TIMES
BIRTH DAY BHAJAN
10, CAKE CUTTING, DURING BIRTHDAY BHAJAN CHAIR PERSON OF SAI ORGANIZATION ISRAEL
JOPEI SAIRAM
11 ,ASATOMA
PEACE PRAY
12 ,VOTE OF THANKS CHAIR PERSON OF SAI ORGANIZATION ISRAEL
MR. BHUVAN SINGH KUNWAR
13 ,ARATI MR. BHUVAN SINGH KUNWAR/ MISS NEHA SAIRAM
14 ,CHARAN SPARSHA ALL DEVOTEES
15 ,PRASAD BITARAN



16 ,FAIR WELL TO FOUNDER CHAIRMAN
OF SRI SATHA SAI CENTER, NEPALESE COMMUNITY IN ISRAEL.
MR. BHUVAN SINGH KUNWAR

THE END

NAME BHAJAN
A, MADAN GURUNG SAIRAM GANESH…….
B, ROSHANI SAIRAM GURU …………
1 ,BHOLA SAIRAM DEVI SAI MA…
2 ,RACHANA SAIRAM SHIRADI SAI SHANKAR..
3 ,SURENDRA SAIRAM SAI RAM MEGHA SHYAM..
4 ,RUPA SAIRAM TERE SHIVAYA KOHI
5 ,BRIGITTE SAIRAM GURU DEVA
6 ,ACHYUT SAIRAM BOLO NARAYAN
7 ,RIMA SAIRAM GOPALA RADHA LOLA
8 ,RANJU SAIRAM GOVINDA BOLO HARI GOPAL BOLO HARI
9 ,JOPIE SAIRAM CHARAN KAMAL…
10, TARA SAIRAM HAM NE APNA SAR..
11 ,MADAN GURUNG SAIRAM JAY RAM SAI RAM SATYA SAI RAM
12 ,RABINA SAIRAM EK KI PREM KI GANGA…
13, POONAM ODARI SAIRAM GURU NANAK JI KI JAYA
14 ,HODAYA SAIRAM JAI JAI PRABHU GIRIDHARI
15 ,KALPANA SAIRAM SAI HAMARA HAM SAI KE
16 ,BINDU SAIRAM RAM TIMI SAI KRISHNA TIMI
17 ,PUSPA SAIRAM BHAJO MADHURA HARI NAM
18 ,SUMAN SAIRAM CHITTA CHORAYA
19 ,GOMA RAIRAM SRI RAM RAM……….
20 ,BHOLA SAIRAM BABA KA NAM
21 ,NEHA SAIRAM BIRTH DAY SONG


Thanks,
With Warm Regards
Bhuvan Singh Kunwar
(Chairman)
Sri Sathya Sai Center
Nepalese Community , Israel
Contact no. : 0525604163

Sunday, October 18, 2009

नेपाली नारी अ।वाज इजरायलकै कार्यक्रमहरू(अपडेटीङ)

नृत्य प्रस्तुती (ज्ञानु)
लिबेन्स्की पार्क,तेलअभिब ,इजरायल ।


उहि माथीकै कार्यक्रममा केहि इजरायली नागरीकहरूद्वारा नेपाली भजन गाउदैँ (बृतचित्र)

Sunday, August 23, 2009

इजरायलमा हरीतालीका तिज २०६६कॊ केहि झलकहरू

श्याम रॊक्का
२२ अगष्ट २००९, इजरायल ।
सहायद यसपाली हिन्दु महिलाहरूका महान चाड तिजकै संघारमा गैह्र आवासीय नेपाली संघ ,इजरायलकॊ प्रथम बार्षीक साधारण सभा आयॊजना गरीकै प्रभाबका कारणले हॊला ,
गत सालमा झैँ यसपाली इजरायली समाजमा हरीतालीका तिजका अबशरमा कुनैपनि समूहले शाँस्कृतिक कार्यक्रम आयॊजना नगरीयता पनि खुल्ला पार्कमै ,नेपाली महिलाहरूले "तिजकॊ दिनमा आयॊ बरीलै" .....भन्दै धॊकॊ फुकाएर नाँचेरै अनि कृषीका कामदार नेपाली दाजुभाइहरूले दर बाडेरै भएनि नेपाली परम्परालाइ प्रबाशमा प्रगाढ रूपमा कायमै राखेका झलकहरू प्रष्ट देखिन्थे,
एक बृतचित्र (अर्जुन जयसवालद्वारा)











हरीतालीका तिज २०६६कॊ शुभकामना सहित ३५ डीगी प्रचण्ड गर्मीमा समेत अनबरत खटीइ नेपाली परीकारहरू,स्वादिला तरकारी,गुलीयॊ खीर ,पीरॊ अचार पूर्ण रूपमा नेपाली स्वाद र स्वच्छ माया र सदभाबपुर्ण बाताबरणमा
नेपाली कृषीका कामदार दाजुभाइहरूद्वारा नेपाली एबं बिदेशी महिला र पुरूषहरू सबैलाइ यसरी खुवाइयॊ "दर" निःशुल्क र खुल्ला पार्कमा,तेलअभिबमा .....
एक बृतचित्र
बृतचित्र हेर्नुस्




















एन आर एन इस्राइलको प्रथम बार्षीक साधारण सभाको अबसरमा बोल्दै श्रम मंत्री मोहमद ज्यू र अन्य महासयहरू ( भिडियो )

अथीती ज्यूहरूलाइ स्वागतका लागी प्रतिक्षारत एन.अ।र.एन पदाधिकारीहरू प्रशन्न मुद्रामा


अथीती ज्यूहरूलाइ इजरायलमा प्रकाशीत एकमात्र देबनागरी भाषाकाे मासिक पत्रिका बितरण




साधारण सभाकै अबशरमा सामुहिक तस्बीर.....









कार्यक्रम शुरूवात र उक्त कार्यक्रममा बिभिन्न महासयहरूद्वा बक्तब्य बृतचित्रहरू क्रमशः तल दिइएका छन्
शुभारम्भ बृतचित्र



२२ अगष्ट,तेलअभिब ,इजरायल ।

श्रम मन्त्री ज्यू









यस वेभ म्यागेजीनका बिशेष सल्लाहकार र एन.अ।र.एन. का संस्थापक अध्यक्ष डा.बिष्णु प्र. चपागाइ ज्यू










र्तमान एन.अ।र.एन. का अध्यक्ष र यस वेभ म्याजेनका संस्थापक सल्लाहकार श्री भुबन सिँ कुवँर ज्यू

Friday, August 21, 2009

एस.एस.पी.ले दाहसंस्कार गर्न रोक्यो

५ भदौ, काठमाडौं । भारतीय सीमा सुरक्षा वल (एसएसबी) ले नेपालीलाई महाकाली नदीमा दाहसंस्कार गर्न रोक लगाएका छन् ।
बिहीबार शव लिएर महाकाली गएका भीमदत्त नगरपालिका-६ का नरबहादुर बूढा लगायतको समूहलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल-भारत सीमा नजिक बलबासा पुलबाट फर्काइदिए । दाहसंस्कार गर्न गएका उनीहरुलाई एसएसबीले तस्करी गर्न शव वाहन प्रयोग गरेको आरोप लगाएका थिए । ‘दाहसंस्कारको नाममा सीमामा तस्करी गर्न पाइन्न, घर फर्क’ भतिजीको शव लिएर गएका बुढाले भने, ‘घर नफर्के गोली ठोक्छौं भनेर धम्की दिए ।’
सर्पदंशबाट नरबहादुरकी भतिजी सरीता बुढाको बुधबार साँझ महाकाली अञ्चल अस्पत्तालमा मृत्यु भएको थियो । चार कक्षामा पढ्दै गरेकी नौ वर्षीया सरितालाई भीमदत्त नगरपालिका-६ मंगलवार राती घरमै सर्पले टोकेको थियो ।
मृत्यु भएपछि नरबहादुर भीमदत्त नगरपालिकाको म १ द १३ नम्बरको टयाक्टरमा शव लिएर आफन्तसँगै बिहीबार बिहान महाकाली गएका थिए । बनबासा पुलनजिक तैनाथ एसएसबीले शव वाहन रोकेर दाहसंस्कार गर्न नपाइने भन्दै रोकेको बुढाले बताए ।
‘अन्त्येष्टी गर्न शव लिएर आएको भन्यौं’ बुढाले भने, ‘तिमीहरुकै भूमिमा दाहसंस्कार गर भने ।’ बढ्ता बोले गोलीले उडाई दिने धम्की पछि शव लिएर गड्डाचौकी फिर्ता भएको उनले बताए । मलामीले एसएसबीलाई वाहन चेकजाँच गर्न अनुरोध गरेका थिए । तर उनिहरुले मलामीको कुरै सुनेनन् ।
एसएसबीले नेपाली भूमिमै दाहसंस्कार गर्न दबाब दिएपछि बाटोघाटोको असुविधाका कारण मलावी शव लिएर गड्डाचौकी नै फर्केका थिए ।
दाहसंस्कारको अनुमतीका लागि कुरा मिलाई दिन मलामीले गड्डाचौकी ब्यारियलमा खटिएका नेपाली सुरक्षाकर्मीलाई गुहारेका थिए । मलामीको अनुरोधपछि इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरिक्षक अमरिकन चन्द एसएसबीसित कुरा मिलाउन क्याम्पमा गएका थिए । ‘दाहसंस्कार गर्ने परम्परागत ठाउँ हो भनेर सम्झाए’ सई चन्दले भने, ‘वर्खाले वाटो भत्किदा नेपाली भूमीमै दाहसंस्कार गर्न नसकिने बताए पछि मुश्किलले दाहसंस्कारको अनुमती दिए ।’ एसएसबीले नीहु खोजेर नेपालीलाई दुख दिए पनि आफूहरु केही गर्न नसक्ने उनले बताए ।
चन्दलाई एसएसबीवाट शव दाहसंस्कार गर्ने अनुमती लिंदासम्म मलामीले तीन घण्टा कुरेका थिए । मलामीलाई घर फर्काएको खवर फैलिएपछि नेपाल-भारत सीमामा तनाव उत्पन्न भएको थियो ।
प्रहरीले एसएसबीसित कुरा मिलाए लगत्तै मलामीहरु दाहसंस्कारका लागि डराई-डराई महाकाली गएका थिए । फर्केर जाँदा क्याम्पवाट नदी किनारसम्म मलामीलाई एक किलोमिटर पैदल हिँडाएको बुढाले बताए, ‘शवसित वहानमा दुई जना मात्र वस्न अनुमती दिए’ उनले भने, ‘यसपालीलाई ब्यवहारिक हिसावले छुट भो, अर्को पाली ख्याल गर्नु भनेर धम्की दिए ।’ डराएरै दाहसंस्कार गरेको उनले बताए ।
केही दिनदेखि सीमामा भारतीय सुरक्षाकर्मीले नेपालीलाई सामान ओसार पसार गर्नेलाई दुःख दिने गरेको छ । आवत-जावत गर्दा समेत सोधपुछका नाममा यातना पाउने गरेको गुनासो गरिरहेका वेला दाहसंस्कारमा समेत रोक लगाउने प्रयास गरेका छन् ।
कञ्चनपुरका अधिकाश भेगका वासिन्दा दाहसंस्कार गर्न महाकाली जान्छन् । दाहसंस्कार गर्न छोटो र सुविधायुक्त ठाउँ वनवसा पूल छेउ मानिन्छ । यहि नै कञ्चनपुरका वासिन्दाको मसान घाट हो । तर उक्त ठाउँ भारतमा पर्छ । केही वर्षअघि सम्म भारतीय सुरक्षाकर्मी पूलछेमै तैनाथ रहादा दाहसंस्कार गर्न नेपालीलाई सहज थियो । तर, अहिले पुलबाट दुई सय मिटर वर एसएसबीले ब्यारियल खडा गरेको छ । शव लैजाने वाटोमै उसले क्याम्प राखेपछि मलामीलाई कडा निगरानी गर्न थालेको हो, आज प्रकाशित नागरिक दैनिकमा खबर छ ।

इन्टरनेटमार्फत प्रेम नगर्नुहोस् है !

तपाईं कतै इन्टरनेट सम्पर्कमार्फत कसैसँग गहिरो प्रेम सम्बन्ध गाँसिरहनु भएको त छैन ? यदि त्यो गरिरहनु भएको छ भने होस गर्नुहोस् तपाईंलाई त्यो व्यक्तिले फसाइरहेको पनि हुनसक्छ । जस्तो कि एक जना अस्ट्रेलियन महिला त्यसैगरी इन्टरनेटमार्फत प्रेम गर्ने चक्करमा नराम्ररी फस्न पुगिन् र उनले निकै ठूलो रकमसमेत गुमाउनु पर्‍यो ।
५६ वर्षीया अस्ट्रेलियन महिलालाई नक्कली प्रेम जालमा फसाएर पैसा धुत्ने व्यक्ति भने नाइजोरियाको एउटा १९ वर्षे किशोर हुन् । एक दशकअघि नै पति गुमाएर विधवा जीवन बिताउँदै आएकी ती अस्ट्रेलियन महिलालाई इन्टरनेटमार्फत निज १९ वर्षे लाबल अदिकुनल नुरुदिन नामक नाइजेरियाली किशोरले आफू ५७ वर्षको विदुर भएको र पुनः विवाहका निम्ति उपयुक्त महिलाको खोजीमा रहेको भन्दै विवाह प्रस्ताव राखेछन् । केही महिनाको मात्र इन्टरनेट सम्वादपछि नै आएको यस्तो प्रस्तावलाई ती महिलाले पनि सहर्ष स्वीकार गरिछन् ।
आफू बेलायती नागरिक भएको र हाल लागोस्स्थित एक अन्तर्राष्ट्रिय संस्थामा इन्जिनियरका रूपमा कार्यरत भएको भन्दै ति किशोरले आˆनी पूर्व पत्नी र एक छोराको एक वर्षअघि मात्र लागोस्मै कार दुर्घटनामा मृत्यु भएको झूठो विवरण दिँदै विवाह प्रस्ताव राखेकी अस्ट्रेलियन महिलालाई विवाहका निम्ति आफू अस्ट्रेलिया आउन तयार रहेको जनाउसहित त्यसका लागि हवाई भाडा र बाटा खर्च पठाइदिन आग्रह गर्दछन् । अन्धो प्रेममा परेकी ती महिलाले तत्कालै निजलाई ४७ हजार डलर पढाइदिन्छन् । यसरी खर्च पठाएको लामो समय बित्दा पनि ती व्यक्ति अस्ट्रेलिया नआएपछि र नेट सम्पर्कबाट समेत बाहिर रहेपछि पीडित महिला स्वयं लागोस् आई पुगिन् र पीडक व्यक्तिको खोजीमा लागिन् । नभन्दै नाइजेरियाली प्रहरीको सहयोगमा ती किशोर पक्राउ परे । प्रहरीले उनलाई ठगी गरेको रकम क्षतिपूर्ति दिन आदेश दिँदै थप सजायका निम्ति न्यायालयमा पेश गरेको छ ।

व्यस्त सडकमा नाङ्गो जोडी

मानसिक रूपमा सद्दे कुनै युवक­­­युवतीको जोडी दिन ­दहाडै व्यस्त सडकमा नाड्ढै हिँडिरहेको देख्नु भयो भने तपाईं के गर्नुहुन्छ ? पक्कै पनि यसरी लाज पचाउनेहरूलाई देखेर तपाईं उनीहरूलाई धिक्कार्नु हुन्छ र आफैँ लाज मानेर अर्कोतर्फ मुन्टो फर्काउँदै आफ्नो बाटो लाग्नुहुन्छ ।
केही दिनअघि सिङ्गापुरको राजधानीको व्यस्त सडकमा यस्तै एउटा लाज पचाएको जोडी अचानक देखापर्‍यो । शरीरका सम्पूर्ण लुगा जति हातमा बोकेर सर्वाड्ढ अवस्थामा हिँडिरहेको त्यो जोडीलाई देखेर धेरैले धिक्कारे गाली गरे भने कतिपय चाहिँ तस्बिर खिचाउन थाले तर त्यो जोडी बेफिक्री हिँडिरहृयो । उनीहरू विस्तारै सामुन्दि्रक किनारतर्फ लागे ।
राजधानीको सडकमा दिन ­दहाडै यस ढङ्गको अमर्यादित घटनाबारे तत्कालै प्रहरीसमक्ष खबर पुग्यो । केही बेरमै प्रहरीले त्यो जोडीलाई नियन्त्रणमा लियो । बयानका क्रममा उनीहरूले आफूहरू अनुभव सँगाल्नका निम्नि नग्न अवस्थामा डिनर गर्न इच्छुक भएको हुँदा सामुन्दिं्रक किनारामा रहेको रेष्टुरेण्ट खोज्दै त्यसतर्फ गएको बताए । सिङ्गापुरको कानुनअनुसार यसरी सामाजिक मर्यादा उल्लङ्घन गर्ने र सद्भाव भड्काउनेहरूलाई दुई हजार डलर जरिवाना र बढीमा तीन महिनासम्म कैद हुने व्यवस्था छ ।

प्रधानमन्त्रीको भारत भ्रमण इतिहासकै लज्जास्पद : प्रचण्ड




क्रान्ति साह
६ भदौ, वीरगञ्ज । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री माधबकुमार नेपालको भारत भ्रमण इतिहासकै सबैभन्दा लज्जास्पद भ्रमण भएको बताउनुभएको छ । भारतका सन्चारमाध्यमले महत्व नदिनुले भ्रमण लज्जास्पद भएको पुष्टि गरेको उहाँको भनाई छ ।
‘प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमण असफल भएको जगजाहेर छ, वीरगन्जको होटल मकालुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘भारतीय मिडियाबाट बहिष्कृत हुनुले माधब नेपालको ठूलो अपमान भएको पुष्टि हुन्छ ।’
आफू प्रधानमन्त्री भएर भारत भ्रमणमा गएको पूर्व सन्ध्यामा नै भारतीय मिडियाले मुख्य समाचार बनाएको प्रसङ्ग कोट्याउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यतिखेर म जनमत लिएर गएको थिएँ, तर अहिले माधव नेपालको पछाडि जनमत छैन ।’ जनताबाट समर्थन नपाएको सरकार भएकोले भ्रमण लज्जास्पद भएको उहाँको भनाई थियो ।
सञ्चारकर्मीको जिज्ञासामा राष्ट्रपतिको संवैधानिक कदमले ल्याएको असहज परिस्थिति सहज नभएसम्म सदन र सडक सङ्घर्ष जारी रहने प्रचण्डले दोहोर्‍याउनु भयो । सेनापति प्रकरणमा राष्ट्रपतिको कदममाथि सदनमा छलफल हुन दिए सदन सुचारु गर्न दिने उहाँले बताउनु भयो । स्थिति सहज भएलगत्तै माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्ने उहाँको भनाई छ ।
‘हामीले लोकतान्त्रिक प्रकृया मार्फत् नै राष्ट्रपतिको कदमविरुद्ध बहस र भोटिङको माग गरेका छौं, वीरगन्जको होटल मकालुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयो, तर जङ्गी शासनको अगाडि सरकार निरीह भएकाले बहस हुन सकेको छैन ।’
माओवादीले उठाएको परिर्बतनकारी मागलाई नेपाली काङ्ग्रेस र नेकपा एमालेलगायत यथास्थितिवादी दलले वेवास्ता गरेको उहाँको भनाई थियो । माओवादी मागलाई गम्भीरता पूर्वक नलिएर राजनीतिक गतिरोध लम्बिएको भन्दै उहाँले यसको दोष काङ्ग्रेस र एमालेलाई जाने बताउनुभयो ।

यस्तै छन् नेपालका नेताहरू,थाहा छ ? इजरायलमा पनि बिगत ३,४ दिनअगाडी देखि नेपालका केहि मन्त्री भनाउदाहरूका समूह तलका कार्टुनलाइ चरीतार्थ बनाउन इजरायल सरकारले निमन्त्रणा नपठाएरै पनि हाल इजरायल भ्रमणमा रहेका छन् ।




एकैछिन यस कार्टुनलाइ पनि समय दिनुस ल, अनि अर्थ बुझ्ने प्रयास गर्नुस ,धन्यबाद ।


Saturday, August 15, 2009

यू .एन. मीस्सन सुडानमा स्वाहा

सुडानमा स्वाहा


केदार ओझा/सरोजराज अधिकारी

काठमाडौं, साउन ३१ -२००६६,
सुडानमा खटिएका प्रहरीका लागि पठाएको आम्र्ड पर्सनल करियर -एपीसी) लगायत सामग्री कामै नलाग्ने भएकाले नेपाल प्रहरीको ३६ करोड रुपैयाँ डुब्ने भएको छ ।
त्यहाँ पठाइएको आठ थान एपीसी पहिलो मिसन सकेर टोली फर्केको एक महिनापछि मात्रै कार्यक्षेत्रमा पुगेको छ । एक वर्षपछि पुगे पनि चल्नै नसक्ने स्थितिका भएकाले एपीसीबाट मात्रै प्रहरीको करिब साढे २४ करोड रुपैयाँ डुब्ने भएको छ ।
त्यहाँ पठाइएका करिब एक दर्जन अन्य सामग्रीसमेत काम नलाग्ने थिए । ती सबैको गरी प्रहरी कल्याणकोषको करिब ३६ करोड रुपैयाँ डुब्ने भएको हो ।
प्रहरीको फम्र्ड पुलिस युनिट -एफपीयू) का लागि प्रतिगोटा ३ करोड ३ लाख ४० हजारका दरले खरिद गरिएका ८ वटै एपीसी चल्न नसक्ने अवस्थाका थिए । राष्ट्रसंघको सुडानस्थित एफपीयू संयोजन कार्यालयले कान्तिपुरलाई पठाएको इमेलमा कार्यक्षेत्रमा पुगेलगत्तै हुने निरीक्षण क्रममा ती एपीसी चल्न नसक्ने पाइएको उल्लेख छ ।
संयोजन कार्यालयले निरीक्षण गर्दा ती एपीसी चेकोस्लाभाकिया र पोल्यान्डको संयुक्त कम्पनीको ओटी ६४ स्कोट 'ब्रान्ड' का १८ वर्षअघि उत्पादन गरिएको पत्ता लागेको थियो । ती एपीसी सुडानको भौगोलिक क्षेत्रअनुकूल नभएको तथा ठूला र भद्दा रहेको कार्यालयले जनाएको छ । 'एपीसीको माउन्टेन -माथिल्लो भाग) नै छैन । त्यसलाई चाहिने इन्जिन, ब्रेक आयल र अरू लुबि्रकेन्टसमेत छैनन्,' कार्यालयले पठाएको इमेलमा भनिएको छ । प्रहरीले सामान खरिद गरेको सूचीमा भने माउन्टेन, लुबि्रकेन्ट लगायतमा मात्रै ५ करोड ८० लाख रुपैयाँ खर्चेको उल्लेख छ । राष्ट्रसंघीय कार्यालयले यसै साताभित्र समग्र निरीक्षण प्रतिवेदन नेपाललाई पठाउने जनाएको छ ।
तर एउटै कामका लागि उही समयमा सुडानमा खटिएका इन्डोनेसियाली प्रहरीका सामानमा भने कुनै समस्या पाइएको छैन । इन्डोनेसियाली प्रहरीले आफूलाई चाहिने एपीसी लगायत सबै सामग्री सुडानमै राष्ट्रसंघको मापदण्डअनुरूप
हुने गरी खरिद गरेको थियो । प्रहरीले भने कमिसन चक्करमा आफैंले सामान किनेर सुडान लगेको स्रोतले बतायो ।
एपीसीमा प्रयोग हुने विशेष प्रकारका लुबि्रकेन्टहरू न सुडानस्थित पम्पहरूमा पाइन्छ न त नेपाल प्रहरीसँगै छ । भुइँमा बिछ्याइने बम र गोलीबाट बँच्न युद्धग्रस्त क्षेत्रमा एपीसीबाट गस्ती गरिन्छ । 'त्यो ब्रान्डको एपीसी संसारभरबाट विस्थापित भइसकेको छ,' सुपरिवेक्षकका रूपमा सुडानमै कार्यरत एसएसपी राजेन्द्रसिंह भण्डारीले भने, 'नष्ट गर्न लागिएका ती एपीसी सामान्य मर्मत तथा रंगरोगन गरी सुडान पठाएर चरम भ्रष्टाचार गरिएको छ ।'
यसबाट अन्तर्राष्ट्रिय समुदायमा मुलुककै ठूलो बेइज्जती भएको उनले बताए ।
एपीसीलगायत सुडान पठाइएका अधिकांश सामग्री तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणाले स्थानीय ठेकेदार शम्भु भारतीसँगको मिलोमतोमा खरिद गरेका थिए । सुडान घोटालाको छानबिनका लागि पूर्वगृहमन्त्री वामदेव गौतमले दुईपटक र गृहमन्त्री भीम रावलले एकपटक मन्त्रिपरिषदमा समिति गठनको प्रस्ताव लगिसकेका छन् ।
गृहमन्त्री रावलको प्रस्ताव मन्त्रिपरिषद्ले दुई साताअघि स्वीकृत गरिसकेको छ । उक्त समितिमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट टंक पनेरु संयोजक तथा पूर्वएआईजीपी अमरसिंह शाह र कानुन व्यवसायी भविश्वर गुरुङ सदस्य तोकिएका
छन् । तर समिति गठन भएको दुई साता बितिसक्दा पनि गृह मन्त्रालयले पत्र नदिएकाले उनीहरूले औपचारिक रूपमा काम थाल्न पाएका छैनन् । 'अहिले गृह मन्त्रालय आफैं समिति विघटनको तयारीमा छ,' स्रोतले दाबी गर्‍यो ।
एपीसीजस्तै अन्य एक दर्जन सामग्री पनि केही नपठाइएको र केही कामै नलाग्ने स्थितिको भएको संयोजन कार्यालयले जनाएको छ । 'ठीकै हालतमा पुगेका सामग्री पनि बजार मूल्यभन्दा पाँच गुणा बढी रकममा खरिद भएको देखिन्छ,' भण्डारीले भने । एफपीयूका लागि खरिद गरिएको भनिएका नाइटभिजन, रेन्ज फाइन्डर, एयर कन्डिसन मेसिन र ग्राउन्ड पोजिसनिङ सिस्टम -जीपीएस) सुडान नपुगेको संयोजन कार्यालयले जनाएको छ ।
पानी बोक्ने ट्रक पुरानो भएकाले इन्जिन काम नलाग्ने भएको छ । भवन निर्माण सामग्री पनि बेकम्मा हुने गरी कुहिएका छन् । झन्डै ५० लाख रुपैयाँको खाद्यान्न कुहेर गाड्नुपरेको छ । दुई-दुईवटा जेनेरेटर, पिmज कन्टेनर, पानी
तान्ने ट्रेलर तथा पानी शुद्धीकरण प्लान्ट पनि काम नलाग्ने भएको जनाइएको छ । केमा कति गुम्दैछ ?
एपीसी २४ करोड २८ लाख
एपीसी पार्टस् र लुबि्रकेन्ट ५ करोड ८० लाख
भवन निर्माण सामग्री २ करोड २० लाख
पानी बोक्ने ट्यांकर ९४ लाख ८७ हजार
नाइटभिजन ९१ लाख ३७ हजार
जेनेरेटर ६७ लाख ८० हजार
पानी प्रशोधन गर्ने प्लान्ट ५७ लाख ७० हजार
रासन र पानी प्याकिङसहित ५० लाख
रेन्ज फाइन्डर २३ लाख ४० हजार
एयर कन्डिसन २० लाख ५४ हजार
पिmज कन्टेनर १९ लाख ८९ हजार
पानी तान्ने ट्रेलर १३ लाख ९० हजार
जीपीएस ८ लाख
सरसफाइ तथा लुगा धुने ७ लाख ५० हजार

Thursday, July 16, 2009

नेपाली दूतावास इजरायलद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपाली दूतावास इजरायलद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न


१२ जुलाइ २००९
अर्जुन जयसवाल
(arjunjaisawal@yahoo.com)
तेल - अवीव , इजरायल


१२ जुलाईको साँझमा नेपाली दूतावास इजरायलले बिभिन्न राष्ट्रका कुटनैतिक प्रतिनिधिहरुलाई आमंत्रण गरी, सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ | रूपा घिमिरेले निर्देशन गरेकी 'झण्डा यो झण्डा' गीतको बोलमा नेपाली झण्डा बोकेर दौरा सुरुवाल, बिभिन्न जात जातीका सास्कृतिक पाहिरणमा झण्डाको गुणगान गर्दै सांस्कृतिक कार्यक्रमको सुरुवात भएको थियो | तेलअवीव स्थित पॉँच तारे होटल शेराटोनमा नेपाली र बिभिन्न राष्ट्रका कूटनैतिक प्रतिनिधिहरु गरी २०० जना अतिथिहरुको लागी आयोजना गरिएको यो पहिलो सांस्कृतिक कार्यक्रममा इजरायलमै कार्यरत नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्काउने नृत्य र गीत प्रस्तुत गरेका थिए | दिनेश प्रसाईंद्वारा संचालित उक्त सांस्कृतिक साँझमा कलाकार देवकी ढकालको कुमारी नृत्यले बिदेशी दर्शकहरुलाई निकै नै आकर्षित गरेको थियो |

इजरायलकालागी राजदूत महामहिम बैजनाथ थपलियाले पहुनाहरुलाई स्वागत गर्दै नेपालको बारेमा छोटो परिचय दिएका थिए | सुमधुर नेपाली संगीतको मधुरो वातावरणमा वेलकम ड्रिंक र स्न्याक्स बाट सुरु भएर बिभिन्न ड्रिंकको आनन्द लिदै, नृत्य र गायन को अवलोकन पछि थरीथरीका स्वादिष्ट परिकारको डिनर पश्चात नेपाली तालमा सामूहिक नृत्य पछि कार्यक्रम सकियेको थियो | पहुनाहरुको आगमन देखि कार्यक्रम भरी नेपाली पर्यटन , कला र संस्कृति , हस्त कला , नेपालका बिभिन्न स्थानहरु अदि को तस्बीरहरुको स्लाइडशोले पनि कार्यक्रमको शोभा बढाएको थियो |

यो कार्यक्रमको सफलता पछि भबिष्यमा पनि यस्ता खालका अन्य कार्यक्रम गर्ने योजना रहेको जानकारी दुतावासका मिनिस्टर कौंसुलर मुक्तिनाथ भट्टले दिनु भयो | गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय समिति, इजरायल र नेपाली नारी आवाजको बिशेष सहयोग रहेको सो कार्यक्रम राती ८ बजे सुरु भएर १०:३० मा समापन भएको थियो |

इजरायलमा नेपालको कुतनैतिक प्रतिनिधि नभएको कारण देखाई पहिलो पटक इजरायलमा नेपाली कामदार आउन रोक लगाये पछि ३० अगस्त २००७ मा नेपाल सरकारले दूतावास स्थापना गरेको थियो | पहिलो पटकको डेढ़ बर्षको बन्द पछि खुलेको नेपाल पुनः मार्च २००९ मा बन्द भएको छ | नेपाली र इजरायली म्यानपॉवर एजेन्सीहरुलाई इजरायल आउन ऋण गरेर लिएको लखौ डॉलर, बन्दको कारणले फसेको छ | महिनै पीछै ब्याज तिर्दै कहिले इजरायल खुल्ला र गएर कम गरेर लिएको ऋण तिरिएला भन्ने सपना सजाएकाहरुको सपना, दूतावासको कार्यक्रम झै सफल पार्न नेपाल सरकार , दूतावास लगायत संपूर्ण सम्बंधित संस्था र ब्यक्तिहरुले मिलेर चाडो भन्दा चाडो नेपाल खुलाएर ब्यवस्थित रूपले नेपाली कामदार ल्याऊने अपरिहार्यता देखिएको छ |
तस्बीर - अर्जुन जयसवाल












www.nnchautari.com

मेरा अनुभबहरू .... कतै तपाइ पॊ छुट्नु भयॊ की ?


मेरा अनुभबहरू .... कतै तपाँइ पॊ छुट्नु भयॊ की ?
सलॊम,नमस्कार ,जयनेपाल,लालसलाम र
दर्जाअनुशार अभिबादन्.................

हाम्रै जन्मभुमी नेपाल भुपरीबेष्टीत ,बिकासॊन्मूक , राजनैतिक खिचलॊ ,पार्टीगत द्वन्दले ग्रसीत छदाँछदै पनि बि.सं.२०५२ सालदेखि आन्तरीक हत्या,हिंसा ,बिष्फॊटन ,आतंक फैलीएर देश र जनाताहरू त्राहि,त्राहि भएकै अबश्थामा नेपालमा शान्ति स्थापनार्थ, म देशभक्तका रूपमा बि.सं २०५४ सालदेखि सुरक्षा फौजमा कार्यरत रहि देशका कुना काप्चा ,पहाड ,हिमाल र तराइ गरी जम्मा ५३ जिल्लामा ३ दिन देखि ३ महिना अबधिसम्म ८ बर्षे जागीर कार्यअबधिसम्म कार्यरत भइ अथक रूपमा कर्तब्यपरायणका साथ अनबरत निस्वार्थ खटीइरहे जुन जागीरकॊ सत्य अनुभबहरू निषेधीतः भएकाले यहाँ उल्लेख गर्न असमर्थ छु ,यस्का लागी क्षमाप्रार्थी छु तथापी नेपालमा फौजकॊ जागीरकॊ सिलसिलामा एउटा परम्परा भने मैले उल्लेख नगरी रहन सक्दिन, त्यॊ के हॊ भने "यस जागीरमा अझै पनि राणाकालीन निरंकुश तानासहि जंगी नियम लागु नै छ यस्लाइ समय सापेक्षीत परीबर्तनिय बनाउनु जरूरी छ र प्रमॊशन हुन र उचित मुल्याँकन एबं पदक पुरस्कार पाउन ९५ % नाताबाद ,कृपाबाद ,चाकडी चाप्लुसी, घूसद्वारा मात्रै सहजै सम्भब देखिन्छ अन्यथा सधैँ पछाडी परीरहिन्छ।" तापनि यस्तै दर्दर अबश्थामा समेत मेरॊ दश पुस्ता अगाडीदेखि यस फौजी सेवामा कुनै नातेदार नभएका भएता पनि राज्यद्वारा २०६२ सालमा "राष्ट्र सेवा पदक"ले बिभुषीत भएँ जतिबेला म बिभागीय प्रमूखकॊ अंगरक्षकमा कार्यरत थिएँ , अतः मेरा मानसपटलमा सधैँ एउटा पश्न खडा भइरहन्छ यस "राष्ट्र सेवा पदक" मैलै ति ९५% अन्तरगतमा परेर पाएँ वा ५% मा, किनकी मलाइ चाकडी,चाप्लुसी पटक्कै गर्न आउदैन्थ्यॊ अनि नाताबाद कुरामा धेरै टाढासम्म कुनै पारीवारीक सदस्य फौजभित्र कार्यरत थिएनन् अब अलिकती प्रशंगलाइ बदल्न चाहन्छु तसर्थ मैले जीबन रथलाइ गन्तब्य तर्फ लैजाने क्रममा शामाजीक रूडीबादि परम्परालाइ लत्याएर २०६१ सालमा अन्तरजातीय प्रेम बिबाह बन्धनमा बाँधिन पुगेँ अन्ततः बिबाहपश्चात मेरी श्रीमतीले इजरायलबाट छुट्टीमा नेपाल गइ बिबाह गरेकी हुनाले पुनः उनि इजरायल नै फर्कीइन् । तसर्थ मैले यस अन्तरजातीय प्रेम बन्धनलाइ मुर्त रूप दिन र प्रशस्त धन कमाइ सुनौला भबिष्य निर्माण गर्ने सपनाहरू मनमा सँगालेर सरकारी सानॊ, सानॊ अधिकृत दर्जाकै जागीरलाइ त्यहिँ बिसर्जन गरेर केयरगीभरका रूपमा १४ जुलाइ २००५ मा इजरायल प्रबेश गरेँ । इजरायली भुमीमा मैले बिगतका पेशागत दक्षता भन्दा अलग्गै किसिमकॊ काम गर्नुपरेकाले केहि नयाँ शीपहरू सिक्ने मौका पाँए अतः भनिन्छ ,जीबन नै नयाँ कुरा सिक्ने चरणबद्द एउटा श्रृंखला हॊ त्यसैले इजरायलमा अधिकाँश बुढाहरू स्याहार्ने क्रममा अन्तिम घडीमा पुगीसकेका वा नेपालमा भए घाटे बैध्यकॊमा लगेर राख्नुपर्ने बेला भएका वा पागल,अपायज,लुला डुडा ,अन्धा वा बुढेसकालले गर्दा घरले जा,जा बनले आइज, आइज भन्ने बेलामा पुगेकाहरूलाइ मात्र केयरगीभिङ गर्ने मैले अबशर पाएँ जस्ले गर्दा ४ बर्षे इजरायलकॊ कुल कार्यबधिमा ६ जनालाइ खाडलमा पुरेकॊ हेरेँ वा अझ भनौँ यी डलरबाउहरूका कीरीया जुठॊ समेत मैले बार्नु पर्यॊ । जा + गीर = जागीर यस्तै ,यस्तै भएनि जेनतेन इजरायलमा हाम्रा दाम्पत्य जीबन एउटा गर्ल फ्रेण्ड र ब्वाइफ्रेण्ड मात्र संज्ञा दिइ साह्रै रमाइलॊ र सफलतापुर्बक ब्यतीत भैरहेकै थियॊ साथमा हाम्री सुकॊमल,सुन्दरी रत्नपुत्री (माल्का) समेत हुर्कदैथिइन् यस्ता रमाइला समयमा हाम्रा सुनौला भबिश्यकै कल्पना र चाहनाहरूमा कुठारापातका लक्षणहरू इजरायलमा गठीत नयाँ सरकारद्वारा बिदेशीकामदारहरू प्रति लक्षीत गरी बनाइएका पक्षपातपुर्ण नयाँ नियमले देखाँउदैछ, यस नयाँ नियम अन्तरगत इजरायलमा कार्यरत बिदेशीकामदारहरू जे, जती बिना भिसा वा गैह्र कानूनी र बच्चा जन्माइ बसिरहेका आमा र तिनका बच्चाहरू समेतलाइ स्वंयमकै देश ०१ अगष्ट २००९ देखि पक्राउ गरी फिर्ता गरीने भनि उल्लेख गरीएकॊ छ ,जुन जन्मसिद्द अधिकारलाइ हनन् गर्ने बिबादस्पद कानून र यस अन्यायपुर्ण नियमलाइ लाध्न खॊज्ने इजरायली सरकारकॊ गलत निर्णय बिरूद्दमा यस भिडीयॊ लिङमा
भएझैँ चरणबद्द बिरॊध जुलुस शसक्त र संयुक्त रूपमा इजरायली शामाजीक सेवाका संस्था, हटलाइन र बिदेशी कामदारहरूका हक ,अधिकार सुनिश्चीत गर्न बनेकॊ (काबला ओबेद) संस्थाहरूका बिशेष सक्रीयताका साथ बाल अधिकारकालागी शंघर्षरत छन् र म पनि यसै कार्यमा सुत्रधार, पक्षधार भइ अन्यायका बिरूद्दमा लड्न दिलॊ ज्यान दिएर लागी परीरहेकॊ छु.. (उहि तपाइहरूकै श्याम)

कतै तपाइ पॊ छुट्नु भयॊ की ?

पुनश्चः

सल्लाह,सुझाब ,प्रतिक्रीया र समर्थन गर्न आफ्नॊ नाम तल उल्लेखित ब्यक्तीहरूलाइ टिपाउनु हनु समेत बिनम्र अनुरॊध गर्दछु । धन्यबाद

(नेपाली) श्याम रॊक्का ०५०३१०००१९ E-mail: rokkas2003@yahoo.com

(इजरायली) इलाद, Elad, 0523-511311

Monday, July 13, 2009

लौ हेरौ, उन्नत जातका इजरायलका गाईहरु

लेखकः प्रभात खनाल, हेब्रु युनिभर्सिटी, इजरायल


संकलनःअमृत पण्डित, इजराइल

लौ हेरौ भाग्यमानी गाईहरु !
इजरायल कृषि प्रविधिमा विश्वमा नै अग्रस्थानमा आउँछ। आधाभन्दा बढी जमिन मरुभूमि भएको इजरायलमा सिमित मात्रामा भएको कृषिस्रोतलाई अति सक्षम तरिकाले प्रयोग गर्ने अनौठो तरिका यहाँ देख्न पाइन्छ। खासगरी थोपा सिन्चाइ प्रणाली र कम्प्युटरजडित सिन्चाइ प्रविधिको उदगम स्थल मानिन्छ इजरायल। हामीले नेपालमा विगत साठी वर्षदेखि डेमोक्रेसीको लागि लडेको लडयै छौँ। तर इजरायल स्थापनाको साठी बर्षमै कृषि लगायत अन्य सबै क्षेत्रको बिकासमा निकै फड्को मारिरहेको छ। यहाँको कृषिजन्य उत्पादन यूरोप तथा अमेरिकामा निर्यात हुन्छ। पशु ब्यबस्थापन तथा दुग्ध उत्पादन पनि कृषि क्षेत्रका महत्वपूर्ण हाँगाहरु हुन। इजरायल दुग्ध उत्पादनको क्षेत्रमा पनि निकै अगाडि छ। नेपालमा पनि पछिल्ला दिनहरुमा युवाहरुमा पशुपालनमा बिशेष चासो देखिएको पाइएको छ किनकी युवा स्वरोजगार कोशको लागि फाराम भर्ने ब्यक्तिहरु मध्य सबैभन्दा धेरै युवाले पशुपालन ब्यवसायमा चासो देखाएका छन। हुन पनि ठिकै हो भाइ मार्न विदेशी गुहार्ने नेताहरुको कति भर पर्नु, सबैले आफ्नो ठाउँमा सकेको ब्यवसाय सुरु गर्नु नै उत्तम होला।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

यहाँ सधैं नेताहरुको फोटो हेर्दा हेर्दा आँखा पट्टिएर दिक्क हुनुभएका हाम्रा पाठकलाई एउटा नयाँ दृश्य दिने प्रयास गरिएको छ। यहाँ प्रस्तुत सबै फोटोहरु इजरायलको भोल्कानी रिसर्च इन्स्टिच्युटको गाई फार्ममा मैले ने खिचेको हुँ। गाईहरु सबै होलिस्टिन जातका हुन्।
लौ हेर्नुस् भाग्यमानी गाईहरु ! यो दुध दुहुने ठाउँ हो र यहाँ मेसिनको प्रयोग गरी दुध दुहिन्छ।





सबै गाईहरु उत्पादनको साथसाथै कुनै न कुनै अनुसन्धानसँग पनि संलग्न छन।


आमै नि ! लौ हेर्नुस् त गाईको कल्चौडो कती ठुलो हो !



यहाँ दुध दुहुँदै गर्दा प्रत्येक गाईहरु कम्प्युटरसँग जोडीएका हुन्छन।


सबै गाईको दुध मुख्य पाइपको बाटो हुँदै ट्यान्कीमा जम्मा हुन्छ र त्यो दुध बजार तथा उध्योगमा नजादासम्म कम तापक्रममा राखिन्छ।


यहाँ जोडिएको यन्त्र हेर्नुस त त्यो कती दुध दियो भनेर नाप्ने यन्त्र हो। यो गाईले १३.९२ लिटर दुध दिएछ। यहाँ दिनमा तीन पटक दुहिन्छ भनेपछी ४० लिटर एसै भयो। साथै यही यन्त्रमा गाईको सम्पूर्ण विवरण (अर्को शब्दमा CV नै भनौ न ) पढ्न पाईन्छ अनी गाईलाई कुनै रोग वा इन्फेक्सन भएको पाइएमा एसै यन्त्र बाट सोझै कम्प्युटरमा सुचना पठाइन्छ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने

July 13, 2009
विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने
एमाले नेतृत्वको सरकारले आज घोषणा गरेको बजेटमा भएका केही पक्षलाई हेरौँ-
- दलित र गैर दलितबीचको अन्तरजातीय बिहेलाई प्रोत्साहन दिने नीति सरकारले लिएको छ। त्यस अनुसार अब कुनै गैर दलितले दलितलाई बिहे गरे भने १ लाख रुपैयाँ सरकारले दिनेछ। त्यो रकम पाउनलाई बिहे भने जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ रे है। नत्र पाइन्न रे।

- विधवा बिहेलाई पनि प्रोत्साहन दिने नीति सरकारले लिएको छ। विधवा बिहे गर्ने हो भने आधा लाख अर्थात् ५० हजार रुपैयाँ पाइनेछ। तर त्यो रकम पाउन सीडीओ कार्यालयमा बिहे दर्ता गर्नुपर्छ।
तपाईँले दलितलाई बिहे गरेको होस् वा विधवालाई रकम पाउन ३० दिनसम्म कुर्नुपर्ने हुनसक्छ। हेरौँ, सरकारको यो नीतिपछि यस्ता विवाह कति हुने हुन्। र, यसले समाजमा सकारात्मक वा नकारात्मक कस्तो असर पार्ने हो।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
Collected by
AMRIT, Israel

Sunday, July 12, 2009

इजरायलमा बिदेशी कामदारहरू र बच्चाहरूद्वारा प्रदर्शीत भब्य बिरॊध जुलुस.(एक बृतचित्र)

इजरायलमा जन्मीएका बिदेशी कामदारहरूका बच्चाहरू र तिनिहरूका अ।माहरू समेतलाइ इजरायल सरकारले जुलाइ ०१ ,२००९ देखि नयाँ नियम लागु गरी अगस्ट ०१ गतेबाट पक्राउ गरी स्वयंकै देश फिर्ता पठाइने सूचना प्रकाशन भएपछि इजरायल स्थीत सामाजीक सेवाका संस्थाहरू, हटलाइन र मानब अधिकारबादि संस्थाद्वारा बिशेष सक्रीयतामा तेल अभिब शहरमा जुलाइ ११ गते साँझ बिदेशी कामदारहरू र बच्चाहरूद्वारा प्रदर्शीत भब्य बिरॊध जुलुस .......(एक बृतचित्र)

Monday, June 1, 2009

इजरायलस्थित नेपाली राजदुताबासका प्रथम सचिब श्री कुमार खरेल ज्यू लाइ बिदाइ










नेपाली समाजका अध्यक्ष
(नबीन बस्नेत)
























NRN इजरायलका अध्यक्ष भुवन सिँ कुवँर ज्यू
द्वारा इजरायल स्थित नेपाली राजदुताबासका
प्रथम सचिब कुमार खरेल ज्यूलाइ खादा पहिराइ प्रमाण पत्र र
"TOKEN OF LOVE" प्रतिमा प्रदान गर्नुहुँदै........।







Tuesday, May 12, 2009

सदनबाट नयां सरकार गठन नभए मुलुकमा गृहयुद्ध : मैनाली

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम - संवाददातानेपाल बार एशोशिएसनका अध्यक्ष विश्वकान्त मैनालीले सदनबाट नयां सरकार गठन नभए मुलुकमा गृहयुद्ध हुने खतरा औल्याएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले गृहयुद्धको खतरा र्टार्न सदनबाटै अन्यौल समाप्त गर्नुपर्ने बताए ।
'सदनबाहेकबाट सरकार बनाउन लागे गृहयुद्ध हुन्छ ,' मैनालीले भने, 'सरकार बनाउने थलो सदननै हो, विकल्प खोज्नुहुन्न ।' राजनीतिक सहमतिबाट सरकार गठन हुन नसकेपछि बहुमतका लागि सदनमा गएपछि अवरुद्ध गर्नेमाथि सभामुख कडा रुपमा प्रस्तुत हुनुपर्ने बताए । सदन अवरुद्ध गरेर सरकार गठनको ढोका बन्द गर्नेकाविरुद्ध सभामुख दरिलो रुपमा खडा हुनुपर्ने बताउदै भने, 'सदन अवरुद्ध गर्नेलाई सभामुखले झींगा फाले जसरी फाल्नुपर्छ ।' अन्तरिम सहमति आफैमा सहमतिको दस्तावेज भएकाले सहमतिबाट अगाडि बढ्नुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सदनबाटै नयां सरकार गठन हुने बताए । सदनले निकास दिनेमा आफू विश्वस्त भएको बताउदै भने, सदनले निकास दिन्छ । माओवादीले गर्दैआएको सदन अवरुद्धको सिलसिला रोक्नुको विकल्प नभएको बताए । सरकार गठनका लागि दलहरुले बहुमत जुटाउन नसेकेको अवस्थामा अन्यौल रहेको र त्यो अन्त हुने बताए । राष्ट्र्पति डा.रामवरण यादवको सेनापतिको सवालमा चाल्नुभएको कदमलाई संवैधानिक भने । संविधानमा राष्ट्र्पति सेनाको नियन्त्रक, परिचालक र व्यवस्थापक भनी उल्लेख भएबाट कदम संवैधानिक भएको जिकिर गरे । माओवादीले राष्ट्र्पतिलाई नागरिक सर्वोच्चतामाथि प्रहार गरेको भन्नुको कुनै तुक नरहेको बताउदै भने, 'माओवादी आफै नागरिकलाई डर, त्रास, धाक धम्की देखाएर नागरिकको सर्वोच्चतामाथि प्रहार गरी एकदलीय सर्वोच्चता लाद्न खोजिरहेका छन् ।'
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
नेपाल बार एशोशिएसनका महासचिव रमनकुमार श्रेष्ठले सदनबाहेकबाट सरकार गठन गरेमा त्यसले वैधानिकता नपाउने जिकिर गरे । उनले भने, सदनबाहेकबाट बनेको सरकारलाई जनताले मान्नुपर्दैन । संविधानमा सदनबाटै सरकार गठन हुने स्पष्ट उल्लेख भएबाट त्योबाहेकबाट सरकार बनाउन खोजिएको बताए । राष्ट्र्पटि डा.रामवरण यादव सक्रिय हुन खोजेको भन्दै विगतमा पूव राजा ज्ञानेन्द्र शाहको शैलीमा जान खोजेको आरोप लगाए । राष्ट्र्पतिले नागरिक सर्वोच्चता खोस्न खोजेको आरोप लगाउदै त्यसलाई सच्चाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका पूव सभापति एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले माओवादीले नागरिक सर्वोच्चताको नाममा देशलाई युद्धमा धकेलिरहेको आरोप लगाए । आफूभन्दा विपरित विचार राख्नेलाई गाउँ गाउँबाट लखेट्न थालेको उल्लेख गर्दै भने, 'माओवादीले देशलाई गृहयुद्धमा धकेल्दैछ ।' राज्यको सर्वोच्च निकाय संसदलाई अवरुद्ध गरेर अन्यौल बढाउन खोजेको भन्दै त्यसप्रति आम जनता गम्भीर हुनुपर्ने बताए ।
मानवअधिकारवादी सुदीप पाठकले माओवादीले गाउं गाउंमा नागरिकको अधिकार हनन गरेर नागरिक सर्वोच्चता खोसिरहेको बताए । देशभर ४२ ठाउँबाट नागरिक विस्तापित भएको उल्लेख गर्दै भने, 'जनतालाई त्रासमा राख्ने अनि नागरिक सर्वोच्चताको कुरा गर्ने -' प्रधानमन्त्री प्रचण्डले कार्यकर्तालाई विदेशीको पुत्ला जलाउन लगाएर आफू भित्र भित्र उनीहरुलाई गुहारिरहेको आरोप लगाए । भ्रमको खेती गरेर राष्ट्रि्यतालाई खतरामा पारेको आरोप लगाउदै भने, नेपालको इतिहासमा विदेशीसँग यो हदमा झुक्ने प्रधानमन्त्रीनै छैनन् जसले दिल्लीलाई दूत पठाउन गुहारेका छन् । नेपालस्थित संयुक्तराष्ट्र्संघीय मिसन अनमिनको विश्वसनीयता गुमेको भन्दै त्यसका पूव प्रमुख इयान मार्टिनलाई कारबाही गर्नुपर्ने माग गरे ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा.केदारनरसिंह केसीले सदनबाटै सरकार बनाउनुपर्ने बताए । सरकार गठन हुने थलो अवरुद्ध गरेर माओवादीले जनताको सर्वोच्चतामाथि प्रहार गर्न खोजेको आरोप लगाए । उनले भने,' सदनबाटै सरकार बन्नुपर्छ, त्यसलाई अवरुद्ध गरिरहने हो भने माओवादी अधिनायकवादको खतरा रहन्छ ।' माओवादीका कारण मुलुकमा दण्डहीनता र असुरक्षा बढको उनको आरोप थियो ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

Sunday, May 10, 2009

Sunday, April 19, 2009

नयाँ नेपालमा अराजक स्मृति

अहिले नेपालमा नूतन शब्दावली धेरै छन्, तर सर्वाधिक उच्चारित पदावली हो 'नयाँ नेपाल'। मनोविज्ञान भन्छ, जति धेरै कुनै उद्घोष वा शब्दावलीको उच्चारण हुन्छ त्यही मात्रामा मानव चेतना स्पन्दित हुन्छ, विभाजित हुन्छ- बहुउच्चारित शब्दावलीको विपरीत दिशातिर। म नयाँ नेपालको अतिरञ्जित चित्र प्रस्तुत गर्छु भने पुरानो नेपालको स्पष्ट, अस्पष्ट स्मृति, स्मारकबाट पनि प्रभावित भइरहेको हुन्छु - चेतनतः, अचेतनतः। म 'नयाँ नेपाल'को ध्वनिबाट आवश्यकताभन्दा बढी प्रताडित छु भने निसर्गतः पुरानो नेपालको धूमिल स्मृति वा सत्यबारे बढी कौतुहलपूर्ण हुन जान्छु। यहाँ 'प्रताडित' शब्दको स्पष्ट अभिप्राय हुन्छ अति प्रयुक्त शब्दको ध्वन्यात्मकताबाट सिर्जित नौजिया, वाक्वाकीको अनुभूति हुनु। जति बढी कुनै ध्वनिको सारहीन प्रयोग हुन्छ त्यही मात्रामा हामी मनमनै प्रश्नपूर्ण हुँदै जान्छौँ। कुनै बेला पञ्चायत, प्रजातन्त्र र एक्काईसौँ शताब्दीको नेपालको उच्चारण यति धेरै हुन्थ्यो कि चेतनशीलहरू छटपटिन थाल्थे, मन्द बुद्धिहरू उत्सुक हुन्थे, आशावान् हुन्थे - पञ्चायत व्यवस्थाअन्तर्गत हामी पनि अरू विकसित देशका नरनारीजस्तै सुविधासम्पन्न भएर बाँच्न पाउनेछौँ। नयाँ नेपालका उमंगहरू आइरहन्थे वर्तमान इतिहासका करवटहरूको साथसाथै। २००७ सालमा म विशुद्ध पाखे किशोर थिएँ, सत्र सालमा अस्थिर युवक थिएँ, छयालीस सालमा यौवनको तल्लो सोपानमा थिएँ त्रिसठ्ठी सालमा यौवन पारी जाने तरखर गर्दै थिएँ, तर जानसक्ने हिम्मत जम्मा गर्न सकेको थिइन। डर लाग्थ्यो। आजसम्म डर लागिरहेछ। यौवनको धारणा, परिभाषा समय गतिमा मात्र सीमित हुँदोरहेनछ, आन्तरिक मनोविज्ञानको गुण धर्ममा पनि आश्रित हुँदोरहेछ। अहिले पनि म आफूलाई यौवनपारि गइसकेको मान्छे ठान्न गाह्रो भइरहेको छ। प्राचीन बाल्यकालीन, यौवनकालीन स्मृतिहरू मेरो वार्धक्यतिर जाने नैसर्गिक मार्गमा बाधक भइरहेका छन्। यसै बेला 'नयाँ नेपाल'को सोरगुल अत्यधिक तीव्रतासाथ प्रसारित भइरहेको छ। एकातिर राजनीतिक खेलाडीहरूले आविष्कार गरेको यो गुलियो शब्दावली, अर्कोतिर मेरो निजी अस्तित्त्व। म सधैँ नूतनतामा बाँचेको अनुभव गरिरहेको थिएँ। 'नयाँ नेपाल' नामक पदावलीले मलाई नराम्रोसित झस्काइदियो। नयाँ नेपालका निर्माता को हुन् मलाई सम्यक् ज्ञान छैन।
एकातिर राजनीतिक खेलाडीहरूले आविष्कार गरेको यो गुलियो शब्दावली, अर्कोतिर मेरो निजी अस्तित्त्व। म सधैँ नूतनतामा बाँचेको अनुभव गरिरहेको थिएँ। 'नयाँ नेपाल' नामक पदावलीले मलाई नराम्रोसित झस्काइदियो। नयाँ नेपालका निर्माता को हुन् मलाई सम्यक् ज्ञान छैन। राजनीतिक व्यवस्थाबाट असंदिग्ध, गोचर 'नयाँ नेपाल'को उदय हुन्छ भने त्यो एउटा आश्चर्यजनक घटना हुनेछ। राजनीतिले अक्सर नयाँ नारा, नयाँ घोषणाको प्रसारण गर्नमा असामान्य भूमिका खेलिरहेको हुन्छ। स्टालिन र हिटलरले नयाँ सोभियत युनियन र नयाँ जर्मनी बनाउने ठूलो उद्योग गरेका थिए। परिणति त्यही भयो जो हुनु थियो। पुरानो बर्बरताको ठाउँमा नूतन बर्बरताको उदय भयो। याद रहोस्, नूतन बर्बरता पुरानो गतिहीन स्थितिभन्दा धेरै बढी खतरनाक हुन्छ। विश्व इतिहासमा हिटलर र स्टालिन नयाँ व्यवस्थाका नायक नभएर अस्वस्थ, रुग्ण, आदिम नियतिका नायक हुन पुगे। इच्छा त तिनीहरूको पनि नयाँ सोभियत संघ र नयाँ आर्यजातीय जर्मनी बनाउने थियो तर, विडम्बनाः दुवै दयनीय रूपले असफल भए। म एक सामान्य पेडेस्ट्रियन, अति सामान्य पदयात्री। पदयात्रीको सारभूत अभिप्रायः हुन्छ सामान्य समयमा अतिसामान्य अभिलाषा बोकेर बाँचिरहेको मान्छे - असामान्य महत्वाकांक्षारहित प्राणी। म कुनै कृत्रिम महत्वाकांक्षाबाट पीडित मान्छे थिइन, न पुरानो नेपालमा न त नयाँ नेपालमा। तर नूतनताबाट जहिले पनि प्रभावित हुनसक्ने क्षमता भएको प्राणी भने अवश्य हुँ जस्तो लाग्छ मलाई आजका मितिसम्म। बहुउद्धृत वाणी छ 'क्षणे क्षणे यत्नवताम् विधत्ते तदेव रूपम् रमणीय तत्याम्' क्षण क्षणमा नूतनताको जहाँ अनुभूति हुन्छ त्यहीँ सौन्दर्यको, रमणीयताको आविर्भाव हुन्छ। अर्थात् त्यो नूतनता अन्तरनिहित रमणीयता लिएर आएको हुन्छ। व्यक्तिगत वा सामूहिक मनोविज्ञान बढी जीवनदायिनी भावदशामा रम्न थाल्छ, बढी सिर्जनात्मक चित्तदशाको उदय हुन्छ। तर राजनीतिक उद्घोष र कोलाहलमा उत्पन्न नयाँ नेपालको धारणा, कर्म र यथार्थमा कहीँ अनुदित हुन्छ, कहीँ कार्यान्वित हुन्छ भन्ने प्रश्न सबै श्रोता र अनुभोक्ताको मस्तिष्कमा उठिरहेको हुनुपर्छ। म आफैँ भने अहिलेसम्म विस्मयमै अलमलिएको छु। किनभने पुराना विम्बहरू धेरै छन् मेरो स्मृतिकोशभित्र। 'नयाँ नेपाल'को आयाम विराट् छ, उद्देश्य अद्वितीय छ, महत्वकांक्षा अनियन्त्रणीय छ, सामूहिक वासना घनीभूत छ।
'नयाँ नेपाल'को आयाम विराट् छ, उद्देश्य अद्वितीय छ, महत्वकांक्षा अनियन्त्रणीय छ, सामूहिक वासना घनीभूत छ। यस्तै परिवेशमा याद आउँछ महान् युनानी दार्शनिक हेरेक्लिटसको वाणी 'यु क्यान नट डाइभ ट्वाइस इन द सेम रिभर,' तिमी एउटै नदीमा दुई पटक पौडी खेल्न सक्दैनौ। प्रतिक्षण त्यो पानी रहँदैन, बदलावट, नयाँपन आतिस्वाभाविक तीव्रतासाथ आइरहेको हुन्छ। समस्त ब्रह्माण्ड नै प्रतिपल बदलिरहेको हुन्छ, नवीनता पाइरहेको हुन्छ। यही वाणीलाई ध्यानमा राखेर डोटीको आफू जन्मेको, बाल्यकालमा हुर्केको गाउँ गएको थिएँ- तीस वर्षको उमेरमा। ध्यानपूर्वक हेरेँ 'नोस्टाल्जिक' चित्त दशामा। गोचर, भूगोल त्यही थियो जो शैशव र किशोरकालमा थियो। रीतिरिवाज, बाह्य र आन्तरिक लोकमा खास फरक देखिन। बाल्यकालमा गाई, बाख्रा चराउँदा चराउँदै काफल टिपेको बोट, ऐँसेलु टिपेको झाङ, पौडी खेल्ने उत्साहमा हाम फालेर डुबुल्की मारेको नदी, आफ्ना गोरुले अरुका गोरुसित युद्ध गरेर विजय हासिल गरेको जंगल र मैदान उस्तै थिए। तर, मेरा सखासखी नवराज, खडगबहादुर र धौली त्यस्तै थिएनन्। समयको कठोर आघातले तिनीहरूका शरीर, भावभंगिमा र जीवन बाँच्ने ढंग र दृष्टिमा निकै फरक आइसकेको स्पष्ट थाहा हुन्थ्यो। मलाई बाल्यकालमा कठोर यातना दिएर सुधार्न खोज्ने गुरुको शरीरमा जीवन हेर्ने दृष्टिमा भने मैले कल्पना गर्न नसकेको परिवर्तन आइसकेको रहेछ। न पहिलेको कठोरता थियो, न त ऊर्जा नै थियो।मैले पौडी खेल्ने नदीको पानीजस्तै सबै परिवेश परिवर्तित भइसकेको छ। त्यसपछि बढी सतर्क भएर मननशील हुन थालेँ। हेरेक्लिटसको सारगर्भित वचनमाथिः एकै नदीमा तिमीहरू दुई पटक पौडी खेल्न सक्दैनौ, किनभने त्यो प्रवाह, त्यो जल, र त्यो समस्त परिवेश बदलिइसकेको हुन्छ एक निमेषमा। प्रतिपल नयाँको प्रवेश भइरहेको हुन्छ, मानव अस्तित्वमा मात्र नभएर, सम्पूर्ण ब्रह्माण्डमा।
'नयाँ नेपाल' शब्द विन्यास र ध्वनिको रूपमा मलाई प्रीतिकर लाग्छ। 'पुरानो नेपाल'को उच्चारणबाट न हाम्रो मस्तिष्क झंकृत हुन्छ, न त हाम्रो हृदय पुलकित हुन्छ। 'नयाँ नेपाल' शब्द विन्यास र ध्वनिको रूपमा मलाई प्रीतिकर लाग्छ। 'पुरानो नेपाल'को उच्चारणबाट न हाम्रो मस्तिष्क झंकृत हुन्छ, न त हाम्रो हृदय पुलकित हुन्छ। कारणः प्राचीनले मृत भइसकेको समय र समयसित सम्बद्ध सिद्धान्त, व्यवहार, दर्शन, अभ्यास, संस्कृति र सभ्यतातिर इसारा गर्छ। प्राचीन बन्दनीय चुनिएका कालखण्डमा मात्र हुन्छ- जब हामी नयाँबाट निर्भ्रान्त भइरहेको हुन्छौँ। अहिले 'नयाँ नेपाल'को उच्चारण गर्दा आउने उत्साह र उमंग हेर्नै लायक छ- सभा, समारोहमा होस् कि सञ्चारमाध्यममा होस्। उत्साही, उत्प्रेरित नेता र नेतृहरूको जोसिलो भाषण- नयाँ नेपाल बनाउने प्रयासमा खर्च गरेका शब्द र भंगिमाहरूको माधुर्य अद्वितीय छ। तर, मेरो स्थिति विचित्रको छ : जति नयाँ नेपालको कर्णभेदी नारा गुञ्जित हुन्छ त्यति मात्रामा म पुरानो ग्रामीण परिवेशतिर थाहा नपाईकन नै खिचिएको हुँदोरहेछु। किनभने त्यहाँ न दम्भ थियो न जटिलता थियो, न यस्तो भीषण हिंसाको ताण्डव थियो, न भ्रष्टाचारको यस्तो व्यापकता थियो, न ध्वनि प्रदूषण, न पर्यावरण प्रदूषण, न बौद्धिक जटिलताको अभ्यास थियो। प्रकृतिसितको तीव्र तादात्म्य थियो। कृत्रिमताको 'एब्सर्डिटी', विसंगति थिएन। सायद त्यसैले भनेका होलान्, ज्याँ ज्याक रुसोले, रिटर्न टु नेचर, नयाँको जटिलताभन्दा प्रकृतिको सरलतातिर फर्कनुमा बढी सार छ, बढी सार्थकता छ, बढी आनन्द छ।
नयाँ नेपालका सभासदहरू भने नभनीकन नै भनिरहेका हुन्छन् : संसद्‍‍तिर, संविधान निर्माण गर्ने सभातिर न जाऊँ, हाजिर नगरी भत्ता र तलब पचाऊ। फर्कनै छ भने आफ्नो भव्य डेरा वा भव्य घरतिर फर्कौँ। नयाँ नेपालको असली आनन्द भरपूर सुबिधा र तलब पाचन गरेर घर फर्कनुमा छ। नयाँ नेपालका सभासदहरू भने नभनीकन नै भनिरहेका हुन्छन् : संसद्‍‍तिर, संविधान निर्माण गर्ने सभातिर न जाऊँ, हाजिर नगरी भत्ता र तलब पचाऊ। फर्कनै छ भने आफ्नो भव्य डेरा वा भव्य घरतिर फर्कौँ। नयाँ नेपालको असली आनन्द भरपूर सुबिधा र तलब पाचन गरेर घर फर्कनुमा छ। रुसो त पुरानो युगको पुरानो मान्छे, दिमाग खुस्केको दार्शनिक, हामी त नयाँ नेपाल निर्माण गर्ने नूतन जिम्मेवारी लिएका माननीय सभासदहरू। संसद्‍मा सुत्‍नुभन्दा घरमा नुनु गर्नुमा कति हो कति आनन्द छ। संसद् जान र त्यहाँबाट घर फर्कनमा ऊर्जा खत्तम हुनसक्छ। घरमा पत्‍नी बालबच्चासँग नुनु गर्नसक्यो भने ऊर्जामा निकै वृद्धि हुन्छ। नयाँ नेपाल निर्माणका लागि ऊर्जा अति आवश्यक छ। मेरो मनन सञ्चार सञ्जालबाट ग्रहण गरेको सूचनामाथि आधारित छ। तैपनि मलाई विश्वास गर्न गाह्रो परिरहेछ, नयाँ संविधान बनाउँछौ भनेर कस्सिएर संविधानसभाजस्तो महत्वपूर्ण निर्णायक सदनमा चुनिएका, मनोनीत नयाँ नेपालका ६ सयभन्दा बढी संविधान निर्माता हाजिर नभईकन तलब, भत्ता सजिलैसित पाचन गर्न सक्छन् भन्ने सूचनामाथि। कुनै पनि विधायक स्वस्थ ऐतिहासिक परिवर्तनको पूर्वसन्ध्यामा प्रसव पीडामा हुन्छ भन्छन् इतिहासका असली ज्ञाताहरू। वर्तमान नेपालमा दृष्टिगोचर सीमाहरू, मानवीय दुर्बलतालाई त्यही प्रसवपीडाभित्र समाहित गर्न सकिन्छ। यता बागमती बगिरहेछ, आफ्नो मौसमी वेगमा। पञ्चायत युगभन्दा धेरै पहिलेदेखि बगिरहेछ बागमती। सुन्दर बासन्ती मौसममा यति सुगन्धपूर्ण भएकी पनि करिब दुई, तीन दशक भइसक्यो होला। पवित्र बागमती खबर दिइरहेकी छ, केही मात्रामा नयाँ नेपालको सुगन्धपूर्ण सौन्दर्यको बारेमा। संकेत दिइरहिछ सुन्दर भविष्यको बारेमा । भगवान् शिवको जटाबाट जन्मेकी एक अत्यन्त बन्दनीय प्रवाह हो। परमात्माले प्रहार गरेका व्यंग्य हो या हाम्रो असहाय दुर्बलताको लक्षण हो, त्यति प्रवाहपूर्ण बागमती शिथिल गति लिएर बग्न विवश भएकी छ। जुन देशका नदी, नालाहरू ऊर्जाहीन भएर सुगन्धभन्दा बढी दुर्गन्ध दिएर बग्छन् त्यस देशको भविष्यको हामी कल्पना गर्न सक्छौँ- सुनिश्चित नभए पनि। मैले धेरै नदीमा हामफालेँ, तर यति दुर्वासना फ्याँक्ने नदी भने कतै भेटको छैन। जब नेपालको सर्वाधिक महत्वपूर्ण नदीको प्रवाह यस्तो छ भने नयाँ नेपाल निर्माणको प्रवाह कस्तो होला? म कता बरालिएछु? भन्न चाहन्थेँ, आफ्नै छोटो, केही मात्रामा असामान्य कथा अल्झिन पुगेछु अरु सान्दर्भिक, असान्दर्भिक विषयतिर। कसैले अनायास घडीमा अप्रत्याशित प्रश्न 'तिम्रो जीवनको सबैभन्दा स्मरणीय घटना, चरण के थियो?' भनेर सोधिहाल्यो भने म उत्तर दिन विवश हुनेछु : बाल्यकालको उदण्डतामा पाएको पिटाइ, यौवनका अनियन्त्रणीय छलांगहरू, प्रौढ र प्रौढपारिका क्षणमा ताल नमिलेका तरंगहरूको सर्वाधिक आक्रमण। शैशवकालमा अध्ययनप्रति पूर्णतः अन्यमनस्क थिएँ जसका कारण म नियमितरूपले प्रताडित हुन्थेँ- गुरुबाट, दाजुहरूबाट। अनुशासनभन्दा बढी उदण्डतामा रमाउँथे। त्यो लक्षण सर्वाधिकरूपले समय र सन्दर्भअनुसार अहिले पनि केही मात्रामा देखाउन प्रलोभित हुन्छु, तर तुरुन्तै स्वशासित पनि भइहाल्छु। मेरो सर्वाधिक तीक्ष्ण रागहरूमध्ये पशु र प्रकृतिसितको गहन सम्बन्ध थियो। यस लेखभित्रको छन्द शून्यताको कारण पनि त्यही हो। यो उत्तरआधुनिक युगमा प्रत्येक विसंगतिभित्र संगति खोज्न सकिने हुनाले म धेरै असान्दर्भिक पनि भएको छैनजस्तो लाग्छ। अरु जस्तै म पनि अवतरित भएको थिएँ यो धरामा- पूर्णतः नग्न। लोकले अंगिकार गरेको आचारसंहिता अंगिकार गर्न म पनि बाध्य भएछु। तर कालान्तरमा केही मात्रामा भिन्न रुचि लिएर जीवन बाँच्ने अनुष्ठानमा सम्मिलित भएर यहाँसम्म पुगेको एक अति सामान्य पथिक जो अन्तरालहरूमा आफ्नो सुदूर अतीततिर तानिएको हुन्छ। सघन, नग्न प्रकृति मेरो प्रारम्भिक परिवेश भएको कारण म व्यावहारिक जीवन यात्रामा सफल हुन सकिन। आदर्श सौन्दर्यको धूमिल स्मृतिको भार बढी छ मभित्र, कुरूप, नग्न व्यावहारिकता र उपयोगितावादभन्दा धेरै बढी। उता सुदूरपश्चिममा खोलानाला बगिरहेका छन् आआफ्ना प्राकृतिक राग र रंगमा यहाँ म बगिरहेको छु समयको प्रवाहमा- असहाय। प्राचीन स्मृतिहरू व्यवधान पुर्‍याइरहेका हुन्छन्, नवीन गत्यात्मकतामा महान् फ्रेन्च चिन्तक बर्गसँमाथि विश्वास गर्न मन लाग्छ, यस्ता भावनाप्रधान क्षणहरूमा 'थाहा नपाईकन नै हामी जीवन्त वैश्विक प्रवाहमा सम्मिलित भइरहेका हुन्छौँ।' मेरो अतीतको बोझ भने 'होम सिकनेस फर द पास्ट' पद्यात्मक अतीतको अति तीव्र स्मृति 'नोस्टाल्जिया' वर्तमानको कठोर यथार्थको पृष्ठभूमिमा उभिएको छ। याद आउँछन् मलाई बढी आफैँले गरेका बाल्यकालीन कुकर्महरू देब्बोको संवेदनशील अंगमा खुर्सानी लाएको घटनाले ठूलो कुख्याती पाएको थियो। रामबहादुरको बोकाको कान काटेको घटना खुर्सानीकाण्डसित सम्मिलित हुन्छ। मैले मेरो उमेरअनुसार अद्वितीय भौतिक दण्ड पाएको थिएँ। मेरो जीवनकथा मेरा अरु समकालीन मित्रहरूको भन्दा धेरै भिन्न छ। त्यो भेदले नै मेरो 'स्व' को पहिचान दिन्छ।