Like

Sunday, April 19, 2009

नयाँ नेपालमा अराजक स्मृति

अहिले नेपालमा नूतन शब्दावली धेरै छन्, तर सर्वाधिक उच्चारित पदावली हो 'नयाँ नेपाल'। मनोविज्ञान भन्छ, जति धेरै कुनै उद्घोष वा शब्दावलीको उच्चारण हुन्छ त्यही मात्रामा मानव चेतना स्पन्दित हुन्छ, विभाजित हुन्छ- बहुउच्चारित शब्दावलीको विपरीत दिशातिर। म नयाँ नेपालको अतिरञ्जित चित्र प्रस्तुत गर्छु भने पुरानो नेपालको स्पष्ट, अस्पष्ट स्मृति, स्मारकबाट पनि प्रभावित भइरहेको हुन्छु - चेतनतः, अचेतनतः। म 'नयाँ नेपाल'को ध्वनिबाट आवश्यकताभन्दा बढी प्रताडित छु भने निसर्गतः पुरानो नेपालको धूमिल स्मृति वा सत्यबारे बढी कौतुहलपूर्ण हुन जान्छु। यहाँ 'प्रताडित' शब्दको स्पष्ट अभिप्राय हुन्छ अति प्रयुक्त शब्दको ध्वन्यात्मकताबाट सिर्जित नौजिया, वाक्वाकीको अनुभूति हुनु। जति बढी कुनै ध्वनिको सारहीन प्रयोग हुन्छ त्यही मात्रामा हामी मनमनै प्रश्नपूर्ण हुँदै जान्छौँ। कुनै बेला पञ्चायत, प्रजातन्त्र र एक्काईसौँ शताब्दीको नेपालको उच्चारण यति धेरै हुन्थ्यो कि चेतनशीलहरू छटपटिन थाल्थे, मन्द बुद्धिहरू उत्सुक हुन्थे, आशावान् हुन्थे - पञ्चायत व्यवस्थाअन्तर्गत हामी पनि अरू विकसित देशका नरनारीजस्तै सुविधासम्पन्न भएर बाँच्न पाउनेछौँ। नयाँ नेपालका उमंगहरू आइरहन्थे वर्तमान इतिहासका करवटहरूको साथसाथै। २००७ सालमा म विशुद्ध पाखे किशोर थिएँ, सत्र सालमा अस्थिर युवक थिएँ, छयालीस सालमा यौवनको तल्लो सोपानमा थिएँ त्रिसठ्ठी सालमा यौवन पारी जाने तरखर गर्दै थिएँ, तर जानसक्ने हिम्मत जम्मा गर्न सकेको थिइन। डर लाग्थ्यो। आजसम्म डर लागिरहेछ। यौवनको धारणा, परिभाषा समय गतिमा मात्र सीमित हुँदोरहेनछ, आन्तरिक मनोविज्ञानको गुण धर्ममा पनि आश्रित हुँदोरहेछ। अहिले पनि म आफूलाई यौवनपारि गइसकेको मान्छे ठान्न गाह्रो भइरहेको छ। प्राचीन बाल्यकालीन, यौवनकालीन स्मृतिहरू मेरो वार्धक्यतिर जाने नैसर्गिक मार्गमा बाधक भइरहेका छन्। यसै बेला 'नयाँ नेपाल'को सोरगुल अत्यधिक तीव्रतासाथ प्रसारित भइरहेको छ। एकातिर राजनीतिक खेलाडीहरूले आविष्कार गरेको यो गुलियो शब्दावली, अर्कोतिर मेरो निजी अस्तित्त्व। म सधैँ नूतनतामा बाँचेको अनुभव गरिरहेको थिएँ। 'नयाँ नेपाल' नामक पदावलीले मलाई नराम्रोसित झस्काइदियो। नयाँ नेपालका निर्माता को हुन् मलाई सम्यक् ज्ञान छैन।
एकातिर राजनीतिक खेलाडीहरूले आविष्कार गरेको यो गुलियो शब्दावली, अर्कोतिर मेरो निजी अस्तित्त्व। म सधैँ नूतनतामा बाँचेको अनुभव गरिरहेको थिएँ। 'नयाँ नेपाल' नामक पदावलीले मलाई नराम्रोसित झस्काइदियो। नयाँ नेपालका निर्माता को हुन् मलाई सम्यक् ज्ञान छैन। राजनीतिक व्यवस्थाबाट असंदिग्ध, गोचर 'नयाँ नेपाल'को उदय हुन्छ भने त्यो एउटा आश्चर्यजनक घटना हुनेछ। राजनीतिले अक्सर नयाँ नारा, नयाँ घोषणाको प्रसारण गर्नमा असामान्य भूमिका खेलिरहेको हुन्छ। स्टालिन र हिटलरले नयाँ सोभियत युनियन र नयाँ जर्मनी बनाउने ठूलो उद्योग गरेका थिए। परिणति त्यही भयो जो हुनु थियो। पुरानो बर्बरताको ठाउँमा नूतन बर्बरताको उदय भयो। याद रहोस्, नूतन बर्बरता पुरानो गतिहीन स्थितिभन्दा धेरै बढी खतरनाक हुन्छ। विश्व इतिहासमा हिटलर र स्टालिन नयाँ व्यवस्थाका नायक नभएर अस्वस्थ, रुग्ण, आदिम नियतिका नायक हुन पुगे। इच्छा त तिनीहरूको पनि नयाँ सोभियत संघ र नयाँ आर्यजातीय जर्मनी बनाउने थियो तर, विडम्बनाः दुवै दयनीय रूपले असफल भए। म एक सामान्य पेडेस्ट्रियन, अति सामान्य पदयात्री। पदयात्रीको सारभूत अभिप्रायः हुन्छ सामान्य समयमा अतिसामान्य अभिलाषा बोकेर बाँचिरहेको मान्छे - असामान्य महत्वाकांक्षारहित प्राणी। म कुनै कृत्रिम महत्वाकांक्षाबाट पीडित मान्छे थिइन, न पुरानो नेपालमा न त नयाँ नेपालमा। तर नूतनताबाट जहिले पनि प्रभावित हुनसक्ने क्षमता भएको प्राणी भने अवश्य हुँ जस्तो लाग्छ मलाई आजका मितिसम्म। बहुउद्धृत वाणी छ 'क्षणे क्षणे यत्नवताम् विधत्ते तदेव रूपम् रमणीय तत्याम्' क्षण क्षणमा नूतनताको जहाँ अनुभूति हुन्छ त्यहीँ सौन्दर्यको, रमणीयताको आविर्भाव हुन्छ। अर्थात् त्यो नूतनता अन्तरनिहित रमणीयता लिएर आएको हुन्छ। व्यक्तिगत वा सामूहिक मनोविज्ञान बढी जीवनदायिनी भावदशामा रम्न थाल्छ, बढी सिर्जनात्मक चित्तदशाको उदय हुन्छ। तर राजनीतिक उद्घोष र कोलाहलमा उत्पन्न नयाँ नेपालको धारणा, कर्म र यथार्थमा कहीँ अनुदित हुन्छ, कहीँ कार्यान्वित हुन्छ भन्ने प्रश्न सबै श्रोता र अनुभोक्ताको मस्तिष्कमा उठिरहेको हुनुपर्छ। म आफैँ भने अहिलेसम्म विस्मयमै अलमलिएको छु। किनभने पुराना विम्बहरू धेरै छन् मेरो स्मृतिकोशभित्र। 'नयाँ नेपाल'को आयाम विराट् छ, उद्देश्य अद्वितीय छ, महत्वकांक्षा अनियन्त्रणीय छ, सामूहिक वासना घनीभूत छ।
'नयाँ नेपाल'को आयाम विराट् छ, उद्देश्य अद्वितीय छ, महत्वकांक्षा अनियन्त्रणीय छ, सामूहिक वासना घनीभूत छ। यस्तै परिवेशमा याद आउँछ महान् युनानी दार्शनिक हेरेक्लिटसको वाणी 'यु क्यान नट डाइभ ट्वाइस इन द सेम रिभर,' तिमी एउटै नदीमा दुई पटक पौडी खेल्न सक्दैनौ। प्रतिक्षण त्यो पानी रहँदैन, बदलावट, नयाँपन आतिस्वाभाविक तीव्रतासाथ आइरहेको हुन्छ। समस्त ब्रह्माण्ड नै प्रतिपल बदलिरहेको हुन्छ, नवीनता पाइरहेको हुन्छ। यही वाणीलाई ध्यानमा राखेर डोटीको आफू जन्मेको, बाल्यकालमा हुर्केको गाउँ गएको थिएँ- तीस वर्षको उमेरमा। ध्यानपूर्वक हेरेँ 'नोस्टाल्जिक' चित्त दशामा। गोचर, भूगोल त्यही थियो जो शैशव र किशोरकालमा थियो। रीतिरिवाज, बाह्य र आन्तरिक लोकमा खास फरक देखिन। बाल्यकालमा गाई, बाख्रा चराउँदा चराउँदै काफल टिपेको बोट, ऐँसेलु टिपेको झाङ, पौडी खेल्ने उत्साहमा हाम फालेर डुबुल्की मारेको नदी, आफ्ना गोरुले अरुका गोरुसित युद्ध गरेर विजय हासिल गरेको जंगल र मैदान उस्तै थिए। तर, मेरा सखासखी नवराज, खडगबहादुर र धौली त्यस्तै थिएनन्। समयको कठोर आघातले तिनीहरूका शरीर, भावभंगिमा र जीवन बाँच्ने ढंग र दृष्टिमा निकै फरक आइसकेको स्पष्ट थाहा हुन्थ्यो। मलाई बाल्यकालमा कठोर यातना दिएर सुधार्न खोज्ने गुरुको शरीरमा जीवन हेर्ने दृष्टिमा भने मैले कल्पना गर्न नसकेको परिवर्तन आइसकेको रहेछ। न पहिलेको कठोरता थियो, न त ऊर्जा नै थियो।मैले पौडी खेल्ने नदीको पानीजस्तै सबै परिवेश परिवर्तित भइसकेको छ। त्यसपछि बढी सतर्क भएर मननशील हुन थालेँ। हेरेक्लिटसको सारगर्भित वचनमाथिः एकै नदीमा तिमीहरू दुई पटक पौडी खेल्न सक्दैनौ, किनभने त्यो प्रवाह, त्यो जल, र त्यो समस्त परिवेश बदलिइसकेको हुन्छ एक निमेषमा। प्रतिपल नयाँको प्रवेश भइरहेको हुन्छ, मानव अस्तित्वमा मात्र नभएर, सम्पूर्ण ब्रह्माण्डमा।
'नयाँ नेपाल' शब्द विन्यास र ध्वनिको रूपमा मलाई प्रीतिकर लाग्छ। 'पुरानो नेपाल'को उच्चारणबाट न हाम्रो मस्तिष्क झंकृत हुन्छ, न त हाम्रो हृदय पुलकित हुन्छ। 'नयाँ नेपाल' शब्द विन्यास र ध्वनिको रूपमा मलाई प्रीतिकर लाग्छ। 'पुरानो नेपाल'को उच्चारणबाट न हाम्रो मस्तिष्क झंकृत हुन्छ, न त हाम्रो हृदय पुलकित हुन्छ। कारणः प्राचीनले मृत भइसकेको समय र समयसित सम्बद्ध सिद्धान्त, व्यवहार, दर्शन, अभ्यास, संस्कृति र सभ्यतातिर इसारा गर्छ। प्राचीन बन्दनीय चुनिएका कालखण्डमा मात्र हुन्छ- जब हामी नयाँबाट निर्भ्रान्त भइरहेको हुन्छौँ। अहिले 'नयाँ नेपाल'को उच्चारण गर्दा आउने उत्साह र उमंग हेर्नै लायक छ- सभा, समारोहमा होस् कि सञ्चारमाध्यममा होस्। उत्साही, उत्प्रेरित नेता र नेतृहरूको जोसिलो भाषण- नयाँ नेपाल बनाउने प्रयासमा खर्च गरेका शब्द र भंगिमाहरूको माधुर्य अद्वितीय छ। तर, मेरो स्थिति विचित्रको छ : जति नयाँ नेपालको कर्णभेदी नारा गुञ्जित हुन्छ त्यति मात्रामा म पुरानो ग्रामीण परिवेशतिर थाहा नपाईकन नै खिचिएको हुँदोरहेछु। किनभने त्यहाँ न दम्भ थियो न जटिलता थियो, न यस्तो भीषण हिंसाको ताण्डव थियो, न भ्रष्टाचारको यस्तो व्यापकता थियो, न ध्वनि प्रदूषण, न पर्यावरण प्रदूषण, न बौद्धिक जटिलताको अभ्यास थियो। प्रकृतिसितको तीव्र तादात्म्य थियो। कृत्रिमताको 'एब्सर्डिटी', विसंगति थिएन। सायद त्यसैले भनेका होलान्, ज्याँ ज्याक रुसोले, रिटर्न टु नेचर, नयाँको जटिलताभन्दा प्रकृतिको सरलतातिर फर्कनुमा बढी सार छ, बढी सार्थकता छ, बढी आनन्द छ।
नयाँ नेपालका सभासदहरू भने नभनीकन नै भनिरहेका हुन्छन् : संसद्‍‍तिर, संविधान निर्माण गर्ने सभातिर न जाऊँ, हाजिर नगरी भत्ता र तलब पचाऊ। फर्कनै छ भने आफ्नो भव्य डेरा वा भव्य घरतिर फर्कौँ। नयाँ नेपालको असली आनन्द भरपूर सुबिधा र तलब पाचन गरेर घर फर्कनुमा छ। नयाँ नेपालका सभासदहरू भने नभनीकन नै भनिरहेका हुन्छन् : संसद्‍‍तिर, संविधान निर्माण गर्ने सभातिर न जाऊँ, हाजिर नगरी भत्ता र तलब पचाऊ। फर्कनै छ भने आफ्नो भव्य डेरा वा भव्य घरतिर फर्कौँ। नयाँ नेपालको असली आनन्द भरपूर सुबिधा र तलब पाचन गरेर घर फर्कनुमा छ। रुसो त पुरानो युगको पुरानो मान्छे, दिमाग खुस्केको दार्शनिक, हामी त नयाँ नेपाल निर्माण गर्ने नूतन जिम्मेवारी लिएका माननीय सभासदहरू। संसद्‍मा सुत्‍नुभन्दा घरमा नुनु गर्नुमा कति हो कति आनन्द छ। संसद् जान र त्यहाँबाट घर फर्कनमा ऊर्जा खत्तम हुनसक्छ। घरमा पत्‍नी बालबच्चासँग नुनु गर्नसक्यो भने ऊर्जामा निकै वृद्धि हुन्छ। नयाँ नेपाल निर्माणका लागि ऊर्जा अति आवश्यक छ। मेरो मनन सञ्चार सञ्जालबाट ग्रहण गरेको सूचनामाथि आधारित छ। तैपनि मलाई विश्वास गर्न गाह्रो परिरहेछ, नयाँ संविधान बनाउँछौ भनेर कस्सिएर संविधानसभाजस्तो महत्वपूर्ण निर्णायक सदनमा चुनिएका, मनोनीत नयाँ नेपालका ६ सयभन्दा बढी संविधान निर्माता हाजिर नभईकन तलब, भत्ता सजिलैसित पाचन गर्न सक्छन् भन्ने सूचनामाथि। कुनै पनि विधायक स्वस्थ ऐतिहासिक परिवर्तनको पूर्वसन्ध्यामा प्रसव पीडामा हुन्छ भन्छन् इतिहासका असली ज्ञाताहरू। वर्तमान नेपालमा दृष्टिगोचर सीमाहरू, मानवीय दुर्बलतालाई त्यही प्रसवपीडाभित्र समाहित गर्न सकिन्छ। यता बागमती बगिरहेछ, आफ्नो मौसमी वेगमा। पञ्चायत युगभन्दा धेरै पहिलेदेखि बगिरहेछ बागमती। सुन्दर बासन्ती मौसममा यति सुगन्धपूर्ण भएकी पनि करिब दुई, तीन दशक भइसक्यो होला। पवित्र बागमती खबर दिइरहेकी छ, केही मात्रामा नयाँ नेपालको सुगन्धपूर्ण सौन्दर्यको बारेमा। संकेत दिइरहिछ सुन्दर भविष्यको बारेमा । भगवान् शिवको जटाबाट जन्मेकी एक अत्यन्त बन्दनीय प्रवाह हो। परमात्माले प्रहार गरेका व्यंग्य हो या हाम्रो असहाय दुर्बलताको लक्षण हो, त्यति प्रवाहपूर्ण बागमती शिथिल गति लिएर बग्न विवश भएकी छ। जुन देशका नदी, नालाहरू ऊर्जाहीन भएर सुगन्धभन्दा बढी दुर्गन्ध दिएर बग्छन् त्यस देशको भविष्यको हामी कल्पना गर्न सक्छौँ- सुनिश्चित नभए पनि। मैले धेरै नदीमा हामफालेँ, तर यति दुर्वासना फ्याँक्ने नदी भने कतै भेटको छैन। जब नेपालको सर्वाधिक महत्वपूर्ण नदीको प्रवाह यस्तो छ भने नयाँ नेपाल निर्माणको प्रवाह कस्तो होला? म कता बरालिएछु? भन्न चाहन्थेँ, आफ्नै छोटो, केही मात्रामा असामान्य कथा अल्झिन पुगेछु अरु सान्दर्भिक, असान्दर्भिक विषयतिर। कसैले अनायास घडीमा अप्रत्याशित प्रश्न 'तिम्रो जीवनको सबैभन्दा स्मरणीय घटना, चरण के थियो?' भनेर सोधिहाल्यो भने म उत्तर दिन विवश हुनेछु : बाल्यकालको उदण्डतामा पाएको पिटाइ, यौवनका अनियन्त्रणीय छलांगहरू, प्रौढ र प्रौढपारिका क्षणमा ताल नमिलेका तरंगहरूको सर्वाधिक आक्रमण। शैशवकालमा अध्ययनप्रति पूर्णतः अन्यमनस्क थिएँ जसका कारण म नियमितरूपले प्रताडित हुन्थेँ- गुरुबाट, दाजुहरूबाट। अनुशासनभन्दा बढी उदण्डतामा रमाउँथे। त्यो लक्षण सर्वाधिकरूपले समय र सन्दर्भअनुसार अहिले पनि केही मात्रामा देखाउन प्रलोभित हुन्छु, तर तुरुन्तै स्वशासित पनि भइहाल्छु। मेरो सर्वाधिक तीक्ष्ण रागहरूमध्ये पशु र प्रकृतिसितको गहन सम्बन्ध थियो। यस लेखभित्रको छन्द शून्यताको कारण पनि त्यही हो। यो उत्तरआधुनिक युगमा प्रत्येक विसंगतिभित्र संगति खोज्न सकिने हुनाले म धेरै असान्दर्भिक पनि भएको छैनजस्तो लाग्छ। अरु जस्तै म पनि अवतरित भएको थिएँ यो धरामा- पूर्णतः नग्न। लोकले अंगिकार गरेको आचारसंहिता अंगिकार गर्न म पनि बाध्य भएछु। तर कालान्तरमा केही मात्रामा भिन्न रुचि लिएर जीवन बाँच्ने अनुष्ठानमा सम्मिलित भएर यहाँसम्म पुगेको एक अति सामान्य पथिक जो अन्तरालहरूमा आफ्नो सुदूर अतीततिर तानिएको हुन्छ। सघन, नग्न प्रकृति मेरो प्रारम्भिक परिवेश भएको कारण म व्यावहारिक जीवन यात्रामा सफल हुन सकिन। आदर्श सौन्दर्यको धूमिल स्मृतिको भार बढी छ मभित्र, कुरूप, नग्न व्यावहारिकता र उपयोगितावादभन्दा धेरै बढी। उता सुदूरपश्चिममा खोलानाला बगिरहेका छन् आआफ्ना प्राकृतिक राग र रंगमा यहाँ म बगिरहेको छु समयको प्रवाहमा- असहाय। प्राचीन स्मृतिहरू व्यवधान पुर्‍याइरहेका हुन्छन्, नवीन गत्यात्मकतामा महान् फ्रेन्च चिन्तक बर्गसँमाथि विश्वास गर्न मन लाग्छ, यस्ता भावनाप्रधान क्षणहरूमा 'थाहा नपाईकन नै हामी जीवन्त वैश्विक प्रवाहमा सम्मिलित भइरहेका हुन्छौँ।' मेरो अतीतको बोझ भने 'होम सिकनेस फर द पास्ट' पद्यात्मक अतीतको अति तीव्र स्मृति 'नोस्टाल्जिया' वर्तमानको कठोर यथार्थको पृष्ठभूमिमा उभिएको छ। याद आउँछन् मलाई बढी आफैँले गरेका बाल्यकालीन कुकर्महरू देब्बोको संवेदनशील अंगमा खुर्सानी लाएको घटनाले ठूलो कुख्याती पाएको थियो। रामबहादुरको बोकाको कान काटेको घटना खुर्सानीकाण्डसित सम्मिलित हुन्छ। मैले मेरो उमेरअनुसार अद्वितीय भौतिक दण्ड पाएको थिएँ। मेरो जीवनकथा मेरा अरु समकालीन मित्रहरूको भन्दा धेरै भिन्न छ। त्यो भेदले नै मेरो 'स्व' को पहिचान दिन्छ।

No comments:

Post a Comment