Like

Sunday, August 23, 2009

इजरायलमा हरीतालीका तिज २०६६कॊ केहि झलकहरू

श्याम रॊक्का
२२ अगष्ट २००९, इजरायल ।
सहायद यसपाली हिन्दु महिलाहरूका महान चाड तिजकै संघारमा गैह्र आवासीय नेपाली संघ ,इजरायलकॊ प्रथम बार्षीक साधारण सभा आयॊजना गरीकै प्रभाबका कारणले हॊला ,
गत सालमा झैँ यसपाली इजरायली समाजमा हरीतालीका तिजका अबशरमा कुनैपनि समूहले शाँस्कृतिक कार्यक्रम आयॊजना नगरीयता पनि खुल्ला पार्कमै ,नेपाली महिलाहरूले "तिजकॊ दिनमा आयॊ बरीलै" .....भन्दै धॊकॊ फुकाएर नाँचेरै अनि कृषीका कामदार नेपाली दाजुभाइहरूले दर बाडेरै भएनि नेपाली परम्परालाइ प्रबाशमा प्रगाढ रूपमा कायमै राखेका झलकहरू प्रष्ट देखिन्थे,
एक बृतचित्र (अर्जुन जयसवालद्वारा)











हरीतालीका तिज २०६६कॊ शुभकामना सहित ३५ डीगी प्रचण्ड गर्मीमा समेत अनबरत खटीइ नेपाली परीकारहरू,स्वादिला तरकारी,गुलीयॊ खीर ,पीरॊ अचार पूर्ण रूपमा नेपाली स्वाद र स्वच्छ माया र सदभाबपुर्ण बाताबरणमा
नेपाली कृषीका कामदार दाजुभाइहरूद्वारा नेपाली एबं बिदेशी महिला र पुरूषहरू सबैलाइ यसरी खुवाइयॊ "दर" निःशुल्क र खुल्ला पार्कमा,तेलअभिबमा .....
एक बृतचित्र
बृतचित्र हेर्नुस्




















एन आर एन इस्राइलको प्रथम बार्षीक साधारण सभाको अबसरमा बोल्दै श्रम मंत्री मोहमद ज्यू र अन्य महासयहरू ( भिडियो )

अथीती ज्यूहरूलाइ स्वागतका लागी प्रतिक्षारत एन.अ।र.एन पदाधिकारीहरू प्रशन्न मुद्रामा


अथीती ज्यूहरूलाइ इजरायलमा प्रकाशीत एकमात्र देबनागरी भाषाकाे मासिक पत्रिका बितरण




साधारण सभाकै अबशरमा सामुहिक तस्बीर.....









कार्यक्रम शुरूवात र उक्त कार्यक्रममा बिभिन्न महासयहरूद्वा बक्तब्य बृतचित्रहरू क्रमशः तल दिइएका छन्
शुभारम्भ बृतचित्र



२२ अगष्ट,तेलअभिब ,इजरायल ।

श्रम मन्त्री ज्यू









यस वेभ म्यागेजीनका बिशेष सल्लाहकार र एन.अ।र.एन. का संस्थापक अध्यक्ष डा.बिष्णु प्र. चपागाइ ज्यू










र्तमान एन.अ।र.एन. का अध्यक्ष र यस वेभ म्याजेनका संस्थापक सल्लाहकार श्री भुबन सिँ कुवँर ज्यू

Friday, August 21, 2009

एस.एस.पी.ले दाहसंस्कार गर्न रोक्यो

५ भदौ, काठमाडौं । भारतीय सीमा सुरक्षा वल (एसएसबी) ले नेपालीलाई महाकाली नदीमा दाहसंस्कार गर्न रोक लगाएका छन् ।
बिहीबार शव लिएर महाकाली गएका भीमदत्त नगरपालिका-६ का नरबहादुर बूढा लगायतको समूहलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल-भारत सीमा नजिक बलबासा पुलबाट फर्काइदिए । दाहसंस्कार गर्न गएका उनीहरुलाई एसएसबीले तस्करी गर्न शव वाहन प्रयोग गरेको आरोप लगाएका थिए । ‘दाहसंस्कारको नाममा सीमामा तस्करी गर्न पाइन्न, घर फर्क’ भतिजीको शव लिएर गएका बुढाले भने, ‘घर नफर्के गोली ठोक्छौं भनेर धम्की दिए ।’
सर्पदंशबाट नरबहादुरकी भतिजी सरीता बुढाको बुधबार साँझ महाकाली अञ्चल अस्पत्तालमा मृत्यु भएको थियो । चार कक्षामा पढ्दै गरेकी नौ वर्षीया सरितालाई भीमदत्त नगरपालिका-६ मंगलवार राती घरमै सर्पले टोकेको थियो ।
मृत्यु भएपछि नरबहादुर भीमदत्त नगरपालिकाको म १ द १३ नम्बरको टयाक्टरमा शव लिएर आफन्तसँगै बिहीबार बिहान महाकाली गएका थिए । बनबासा पुलनजिक तैनाथ एसएसबीले शव वाहन रोकेर दाहसंस्कार गर्न नपाइने भन्दै रोकेको बुढाले बताए ।
‘अन्त्येष्टी गर्न शव लिएर आएको भन्यौं’ बुढाले भने, ‘तिमीहरुकै भूमिमा दाहसंस्कार गर भने ।’ बढ्ता बोले गोलीले उडाई दिने धम्की पछि शव लिएर गड्डाचौकी फिर्ता भएको उनले बताए । मलामीले एसएसबीलाई वाहन चेकजाँच गर्न अनुरोध गरेका थिए । तर उनिहरुले मलामीको कुरै सुनेनन् ।
एसएसबीले नेपाली भूमिमै दाहसंस्कार गर्न दबाब दिएपछि बाटोघाटोको असुविधाका कारण मलावी शव लिएर गड्डाचौकी नै फर्केका थिए ।
दाहसंस्कारको अनुमतीका लागि कुरा मिलाई दिन मलामीले गड्डाचौकी ब्यारियलमा खटिएका नेपाली सुरक्षाकर्मीलाई गुहारेका थिए । मलामीको अनुरोधपछि इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरिक्षक अमरिकन चन्द एसएसबीसित कुरा मिलाउन क्याम्पमा गएका थिए । ‘दाहसंस्कार गर्ने परम्परागत ठाउँ हो भनेर सम्झाए’ सई चन्दले भने, ‘वर्खाले वाटो भत्किदा नेपाली भूमीमै दाहसंस्कार गर्न नसकिने बताए पछि मुश्किलले दाहसंस्कारको अनुमती दिए ।’ एसएसबीले नीहु खोजेर नेपालीलाई दुख दिए पनि आफूहरु केही गर्न नसक्ने उनले बताए ।
चन्दलाई एसएसबीवाट शव दाहसंस्कार गर्ने अनुमती लिंदासम्म मलामीले तीन घण्टा कुरेका थिए । मलामीलाई घर फर्काएको खवर फैलिएपछि नेपाल-भारत सीमामा तनाव उत्पन्न भएको थियो ।
प्रहरीले एसएसबीसित कुरा मिलाए लगत्तै मलामीहरु दाहसंस्कारका लागि डराई-डराई महाकाली गएका थिए । फर्केर जाँदा क्याम्पवाट नदी किनारसम्म मलामीलाई एक किलोमिटर पैदल हिँडाएको बुढाले बताए, ‘शवसित वहानमा दुई जना मात्र वस्न अनुमती दिए’ उनले भने, ‘यसपालीलाई ब्यवहारिक हिसावले छुट भो, अर्को पाली ख्याल गर्नु भनेर धम्की दिए ।’ डराएरै दाहसंस्कार गरेको उनले बताए ।
केही दिनदेखि सीमामा भारतीय सुरक्षाकर्मीले नेपालीलाई सामान ओसार पसार गर्नेलाई दुःख दिने गरेको छ । आवत-जावत गर्दा समेत सोधपुछका नाममा यातना पाउने गरेको गुनासो गरिरहेका वेला दाहसंस्कारमा समेत रोक लगाउने प्रयास गरेका छन् ।
कञ्चनपुरका अधिकाश भेगका वासिन्दा दाहसंस्कार गर्न महाकाली जान्छन् । दाहसंस्कार गर्न छोटो र सुविधायुक्त ठाउँ वनवसा पूल छेउ मानिन्छ । यहि नै कञ्चनपुरका वासिन्दाको मसान घाट हो । तर उक्त ठाउँ भारतमा पर्छ । केही वर्षअघि सम्म भारतीय सुरक्षाकर्मी पूलछेमै तैनाथ रहादा दाहसंस्कार गर्न नेपालीलाई सहज थियो । तर, अहिले पुलबाट दुई सय मिटर वर एसएसबीले ब्यारियल खडा गरेको छ । शव लैजाने वाटोमै उसले क्याम्प राखेपछि मलामीलाई कडा निगरानी गर्न थालेको हो, आज प्रकाशित नागरिक दैनिकमा खबर छ ।

इन्टरनेटमार्फत प्रेम नगर्नुहोस् है !

तपाईं कतै इन्टरनेट सम्पर्कमार्फत कसैसँग गहिरो प्रेम सम्बन्ध गाँसिरहनु भएको त छैन ? यदि त्यो गरिरहनु भएको छ भने होस गर्नुहोस् तपाईंलाई त्यो व्यक्तिले फसाइरहेको पनि हुनसक्छ । जस्तो कि एक जना अस्ट्रेलियन महिला त्यसैगरी इन्टरनेटमार्फत प्रेम गर्ने चक्करमा नराम्ररी फस्न पुगिन् र उनले निकै ठूलो रकमसमेत गुमाउनु पर्‍यो ।
५६ वर्षीया अस्ट्रेलियन महिलालाई नक्कली प्रेम जालमा फसाएर पैसा धुत्ने व्यक्ति भने नाइजोरियाको एउटा १९ वर्षे किशोर हुन् । एक दशकअघि नै पति गुमाएर विधवा जीवन बिताउँदै आएकी ती अस्ट्रेलियन महिलालाई इन्टरनेटमार्फत निज १९ वर्षे लाबल अदिकुनल नुरुदिन नामक नाइजेरियाली किशोरले आफू ५७ वर्षको विदुर भएको र पुनः विवाहका निम्ति उपयुक्त महिलाको खोजीमा रहेको भन्दै विवाह प्रस्ताव राखेछन् । केही महिनाको मात्र इन्टरनेट सम्वादपछि नै आएको यस्तो प्रस्तावलाई ती महिलाले पनि सहर्ष स्वीकार गरिछन् ।
आफू बेलायती नागरिक भएको र हाल लागोस्स्थित एक अन्तर्राष्ट्रिय संस्थामा इन्जिनियरका रूपमा कार्यरत भएको भन्दै ति किशोरले आˆनी पूर्व पत्नी र एक छोराको एक वर्षअघि मात्र लागोस्मै कार दुर्घटनामा मृत्यु भएको झूठो विवरण दिँदै विवाह प्रस्ताव राखेकी अस्ट्रेलियन महिलालाई विवाहका निम्ति आफू अस्ट्रेलिया आउन तयार रहेको जनाउसहित त्यसका लागि हवाई भाडा र बाटा खर्च पठाइदिन आग्रह गर्दछन् । अन्धो प्रेममा परेकी ती महिलाले तत्कालै निजलाई ४७ हजार डलर पढाइदिन्छन् । यसरी खर्च पठाएको लामो समय बित्दा पनि ती व्यक्ति अस्ट्रेलिया नआएपछि र नेट सम्पर्कबाट समेत बाहिर रहेपछि पीडित महिला स्वयं लागोस् आई पुगिन् र पीडक व्यक्तिको खोजीमा लागिन् । नभन्दै नाइजेरियाली प्रहरीको सहयोगमा ती किशोर पक्राउ परे । प्रहरीले उनलाई ठगी गरेको रकम क्षतिपूर्ति दिन आदेश दिँदै थप सजायका निम्ति न्यायालयमा पेश गरेको छ ।

व्यस्त सडकमा नाङ्गो जोडी

मानसिक रूपमा सद्दे कुनै युवक­­­युवतीको जोडी दिन ­दहाडै व्यस्त सडकमा नाड्ढै हिँडिरहेको देख्नु भयो भने तपाईं के गर्नुहुन्छ ? पक्कै पनि यसरी लाज पचाउनेहरूलाई देखेर तपाईं उनीहरूलाई धिक्कार्नु हुन्छ र आफैँ लाज मानेर अर्कोतर्फ मुन्टो फर्काउँदै आफ्नो बाटो लाग्नुहुन्छ ।
केही दिनअघि सिङ्गापुरको राजधानीको व्यस्त सडकमा यस्तै एउटा लाज पचाएको जोडी अचानक देखापर्‍यो । शरीरका सम्पूर्ण लुगा जति हातमा बोकेर सर्वाड्ढ अवस्थामा हिँडिरहेको त्यो जोडीलाई देखेर धेरैले धिक्कारे गाली गरे भने कतिपय चाहिँ तस्बिर खिचाउन थाले तर त्यो जोडी बेफिक्री हिँडिरहृयो । उनीहरू विस्तारै सामुन्दि्रक किनारतर्फ लागे ।
राजधानीको सडकमा दिन ­दहाडै यस ढङ्गको अमर्यादित घटनाबारे तत्कालै प्रहरीसमक्ष खबर पुग्यो । केही बेरमै प्रहरीले त्यो जोडीलाई नियन्त्रणमा लियो । बयानका क्रममा उनीहरूले आफूहरू अनुभव सँगाल्नका निम्नि नग्न अवस्थामा डिनर गर्न इच्छुक भएको हुँदा सामुन्दिं्रक किनारामा रहेको रेष्टुरेण्ट खोज्दै त्यसतर्फ गएको बताए । सिङ्गापुरको कानुनअनुसार यसरी सामाजिक मर्यादा उल्लङ्घन गर्ने र सद्भाव भड्काउनेहरूलाई दुई हजार डलर जरिवाना र बढीमा तीन महिनासम्म कैद हुने व्यवस्था छ ।

प्रधानमन्त्रीको भारत भ्रमण इतिहासकै लज्जास्पद : प्रचण्ड




क्रान्ति साह
६ भदौ, वीरगञ्ज । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री माधबकुमार नेपालको भारत भ्रमण इतिहासकै सबैभन्दा लज्जास्पद भ्रमण भएको बताउनुभएको छ । भारतका सन्चारमाध्यमले महत्व नदिनुले भ्रमण लज्जास्पद भएको पुष्टि गरेको उहाँको भनाई छ ।
‘प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमण असफल भएको जगजाहेर छ, वीरगन्जको होटल मकालुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘भारतीय मिडियाबाट बहिष्कृत हुनुले माधब नेपालको ठूलो अपमान भएको पुष्टि हुन्छ ।’
आफू प्रधानमन्त्री भएर भारत भ्रमणमा गएको पूर्व सन्ध्यामा नै भारतीय मिडियाले मुख्य समाचार बनाएको प्रसङ्ग कोट्याउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यतिखेर म जनमत लिएर गएको थिएँ, तर अहिले माधव नेपालको पछाडि जनमत छैन ।’ जनताबाट समर्थन नपाएको सरकार भएकोले भ्रमण लज्जास्पद भएको उहाँको भनाई थियो ।
सञ्चारकर्मीको जिज्ञासामा राष्ट्रपतिको संवैधानिक कदमले ल्याएको असहज परिस्थिति सहज नभएसम्म सदन र सडक सङ्घर्ष जारी रहने प्रचण्डले दोहोर्‍याउनु भयो । सेनापति प्रकरणमा राष्ट्रपतिको कदममाथि सदनमा छलफल हुन दिए सदन सुचारु गर्न दिने उहाँले बताउनु भयो । स्थिति सहज भएलगत्तै माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्ने उहाँको भनाई छ ।
‘हामीले लोकतान्त्रिक प्रकृया मार्फत् नै राष्ट्रपतिको कदमविरुद्ध बहस र भोटिङको माग गरेका छौं, वीरगन्जको होटल मकालुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयो, तर जङ्गी शासनको अगाडि सरकार निरीह भएकाले बहस हुन सकेको छैन ।’
माओवादीले उठाएको परिर्बतनकारी मागलाई नेपाली काङ्ग्रेस र नेकपा एमालेलगायत यथास्थितिवादी दलले वेवास्ता गरेको उहाँको भनाई थियो । माओवादी मागलाई गम्भीरता पूर्वक नलिएर राजनीतिक गतिरोध लम्बिएको भन्दै उहाँले यसको दोष काङ्ग्रेस र एमालेलाई जाने बताउनुभयो ।

यस्तै छन् नेपालका नेताहरू,थाहा छ ? इजरायलमा पनि बिगत ३,४ दिनअगाडी देखि नेपालका केहि मन्त्री भनाउदाहरूका समूह तलका कार्टुनलाइ चरीतार्थ बनाउन इजरायल सरकारले निमन्त्रणा नपठाएरै पनि हाल इजरायल भ्रमणमा रहेका छन् ।




एकैछिन यस कार्टुनलाइ पनि समय दिनुस ल, अनि अर्थ बुझ्ने प्रयास गर्नुस ,धन्यबाद ।


Saturday, August 15, 2009

यू .एन. मीस्सन सुडानमा स्वाहा

सुडानमा स्वाहा


केदार ओझा/सरोजराज अधिकारी

काठमाडौं, साउन ३१ -२००६६,
सुडानमा खटिएका प्रहरीका लागि पठाएको आम्र्ड पर्सनल करियर -एपीसी) लगायत सामग्री कामै नलाग्ने भएकाले नेपाल प्रहरीको ३६ करोड रुपैयाँ डुब्ने भएको छ ।
त्यहाँ पठाइएको आठ थान एपीसी पहिलो मिसन सकेर टोली फर्केको एक महिनापछि मात्रै कार्यक्षेत्रमा पुगेको छ । एक वर्षपछि पुगे पनि चल्नै नसक्ने स्थितिका भएकाले एपीसीबाट मात्रै प्रहरीको करिब साढे २४ करोड रुपैयाँ डुब्ने भएको छ ।
त्यहाँ पठाइएका करिब एक दर्जन अन्य सामग्रीसमेत काम नलाग्ने थिए । ती सबैको गरी प्रहरी कल्याणकोषको करिब ३६ करोड रुपैयाँ डुब्ने भएको हो ।
प्रहरीको फम्र्ड पुलिस युनिट -एफपीयू) का लागि प्रतिगोटा ३ करोड ३ लाख ४० हजारका दरले खरिद गरिएका ८ वटै एपीसी चल्न नसक्ने अवस्थाका थिए । राष्ट्रसंघको सुडानस्थित एफपीयू संयोजन कार्यालयले कान्तिपुरलाई पठाएको इमेलमा कार्यक्षेत्रमा पुगेलगत्तै हुने निरीक्षण क्रममा ती एपीसी चल्न नसक्ने पाइएको उल्लेख छ ।
संयोजन कार्यालयले निरीक्षण गर्दा ती एपीसी चेकोस्लाभाकिया र पोल्यान्डको संयुक्त कम्पनीको ओटी ६४ स्कोट 'ब्रान्ड' का १८ वर्षअघि उत्पादन गरिएको पत्ता लागेको थियो । ती एपीसी सुडानको भौगोलिक क्षेत्रअनुकूल नभएको तथा ठूला र भद्दा रहेको कार्यालयले जनाएको छ । 'एपीसीको माउन्टेन -माथिल्लो भाग) नै छैन । त्यसलाई चाहिने इन्जिन, ब्रेक आयल र अरू लुबि्रकेन्टसमेत छैनन्,' कार्यालयले पठाएको इमेलमा भनिएको छ । प्रहरीले सामान खरिद गरेको सूचीमा भने माउन्टेन, लुबि्रकेन्ट लगायतमा मात्रै ५ करोड ८० लाख रुपैयाँ खर्चेको उल्लेख छ । राष्ट्रसंघीय कार्यालयले यसै साताभित्र समग्र निरीक्षण प्रतिवेदन नेपाललाई पठाउने जनाएको छ ।
तर एउटै कामका लागि उही समयमा सुडानमा खटिएका इन्डोनेसियाली प्रहरीका सामानमा भने कुनै समस्या पाइएको छैन । इन्डोनेसियाली प्रहरीले आफूलाई चाहिने एपीसी लगायत सबै सामग्री सुडानमै राष्ट्रसंघको मापदण्डअनुरूप
हुने गरी खरिद गरेको थियो । प्रहरीले भने कमिसन चक्करमा आफैंले सामान किनेर सुडान लगेको स्रोतले बतायो ।
एपीसीमा प्रयोग हुने विशेष प्रकारका लुबि्रकेन्टहरू न सुडानस्थित पम्पहरूमा पाइन्छ न त नेपाल प्रहरीसँगै छ । भुइँमा बिछ्याइने बम र गोलीबाट बँच्न युद्धग्रस्त क्षेत्रमा एपीसीबाट गस्ती गरिन्छ । 'त्यो ब्रान्डको एपीसी संसारभरबाट विस्थापित भइसकेको छ,' सुपरिवेक्षकका रूपमा सुडानमै कार्यरत एसएसपी राजेन्द्रसिंह भण्डारीले भने, 'नष्ट गर्न लागिएका ती एपीसी सामान्य मर्मत तथा रंगरोगन गरी सुडान पठाएर चरम भ्रष्टाचार गरिएको छ ।'
यसबाट अन्तर्राष्ट्रिय समुदायमा मुलुककै ठूलो बेइज्जती भएको उनले बताए ।
एपीसीलगायत सुडान पठाइएका अधिकांश सामग्री तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणाले स्थानीय ठेकेदार शम्भु भारतीसँगको मिलोमतोमा खरिद गरेका थिए । सुडान घोटालाको छानबिनका लागि पूर्वगृहमन्त्री वामदेव गौतमले दुईपटक र गृहमन्त्री भीम रावलले एकपटक मन्त्रिपरिषदमा समिति गठनको प्रस्ताव लगिसकेका छन् ।
गृहमन्त्री रावलको प्रस्ताव मन्त्रिपरिषद्ले दुई साताअघि स्वीकृत गरिसकेको छ । उक्त समितिमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट टंक पनेरु संयोजक तथा पूर्वएआईजीपी अमरसिंह शाह र कानुन व्यवसायी भविश्वर गुरुङ सदस्य तोकिएका
छन् । तर समिति गठन भएको दुई साता बितिसक्दा पनि गृह मन्त्रालयले पत्र नदिएकाले उनीहरूले औपचारिक रूपमा काम थाल्न पाएका छैनन् । 'अहिले गृह मन्त्रालय आफैं समिति विघटनको तयारीमा छ,' स्रोतले दाबी गर्‍यो ।
एपीसीजस्तै अन्य एक दर्जन सामग्री पनि केही नपठाइएको र केही कामै नलाग्ने स्थितिको भएको संयोजन कार्यालयले जनाएको छ । 'ठीकै हालतमा पुगेका सामग्री पनि बजार मूल्यभन्दा पाँच गुणा बढी रकममा खरिद भएको देखिन्छ,' भण्डारीले भने । एफपीयूका लागि खरिद गरिएको भनिएका नाइटभिजन, रेन्ज फाइन्डर, एयर कन्डिसन मेसिन र ग्राउन्ड पोजिसनिङ सिस्टम -जीपीएस) सुडान नपुगेको संयोजन कार्यालयले जनाएको छ ।
पानी बोक्ने ट्रक पुरानो भएकाले इन्जिन काम नलाग्ने भएको छ । भवन निर्माण सामग्री पनि बेकम्मा हुने गरी कुहिएका छन् । झन्डै ५० लाख रुपैयाँको खाद्यान्न कुहेर गाड्नुपरेको छ । दुई-दुईवटा जेनेरेटर, पिmज कन्टेनर, पानी
तान्ने ट्रेलर तथा पानी शुद्धीकरण प्लान्ट पनि काम नलाग्ने भएको जनाइएको छ । केमा कति गुम्दैछ ?
एपीसी २४ करोड २८ लाख
एपीसी पार्टस् र लुबि्रकेन्ट ५ करोड ८० लाख
भवन निर्माण सामग्री २ करोड २० लाख
पानी बोक्ने ट्यांकर ९४ लाख ८७ हजार
नाइटभिजन ९१ लाख ३७ हजार
जेनेरेटर ६७ लाख ८० हजार
पानी प्रशोधन गर्ने प्लान्ट ५७ लाख ७० हजार
रासन र पानी प्याकिङसहित ५० लाख
रेन्ज फाइन्डर २३ लाख ४० हजार
एयर कन्डिसन २० लाख ५४ हजार
पिmज कन्टेनर १९ लाख ८९ हजार
पानी तान्ने ट्रेलर १३ लाख ९० हजार
जीपीएस ८ लाख
सरसफाइ तथा लुगा धुने ७ लाख ५० हजार