Like

Friday, August 21, 2009

प्रधानमन्त्रीको भारत भ्रमण इतिहासकै लज्जास्पद : प्रचण्ड




क्रान्ति साह
६ भदौ, वीरगञ्ज । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री माधबकुमार नेपालको भारत भ्रमण इतिहासकै सबैभन्दा लज्जास्पद भ्रमण भएको बताउनुभएको छ । भारतका सन्चारमाध्यमले महत्व नदिनुले भ्रमण लज्जास्पद भएको पुष्टि गरेको उहाँको भनाई छ ।
‘प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमण असफल भएको जगजाहेर छ, वीरगन्जको होटल मकालुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘भारतीय मिडियाबाट बहिष्कृत हुनुले माधब नेपालको ठूलो अपमान भएको पुष्टि हुन्छ ।’
आफू प्रधानमन्त्री भएर भारत भ्रमणमा गएको पूर्व सन्ध्यामा नै भारतीय मिडियाले मुख्य समाचार बनाएको प्रसङ्ग कोट्याउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यतिखेर म जनमत लिएर गएको थिएँ, तर अहिले माधव नेपालको पछाडि जनमत छैन ।’ जनताबाट समर्थन नपाएको सरकार भएकोले भ्रमण लज्जास्पद भएको उहाँको भनाई थियो ।
सञ्चारकर्मीको जिज्ञासामा राष्ट्रपतिको संवैधानिक कदमले ल्याएको असहज परिस्थिति सहज नभएसम्म सदन र सडक सङ्घर्ष जारी रहने प्रचण्डले दोहोर्‍याउनु भयो । सेनापति प्रकरणमा राष्ट्रपतिको कदममाथि सदनमा छलफल हुन दिए सदन सुचारु गर्न दिने उहाँले बताउनु भयो । स्थिति सहज भएलगत्तै माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्ने उहाँको भनाई छ ।
‘हामीले लोकतान्त्रिक प्रकृया मार्फत् नै राष्ट्रपतिको कदमविरुद्ध बहस र भोटिङको माग गरेका छौं, वीरगन्जको होटल मकालुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयो, तर जङ्गी शासनको अगाडि सरकार निरीह भएकाले बहस हुन सकेको छैन ।’
माओवादीले उठाएको परिर्बतनकारी मागलाई नेपाली काङ्ग्रेस र नेकपा एमालेलगायत यथास्थितिवादी दलले वेवास्ता गरेको उहाँको भनाई थियो । माओवादी मागलाई गम्भीरता पूर्वक नलिएर राजनीतिक गतिरोध लम्बिएको भन्दै उहाँले यसको दोष काङ्ग्रेस र एमालेलाई जाने बताउनुभयो ।

यस्तै छन् नेपालका नेताहरू,थाहा छ ? इजरायलमा पनि बिगत ३,४ दिनअगाडी देखि नेपालका केहि मन्त्री भनाउदाहरूका समूह तलका कार्टुनलाइ चरीतार्थ बनाउन इजरायल सरकारले निमन्त्रणा नपठाएरै पनि हाल इजरायल भ्रमणमा रहेका छन् ।




एकैछिन यस कार्टुनलाइ पनि समय दिनुस ल, अनि अर्थ बुझ्ने प्रयास गर्नुस ,धन्यबाद ।


No comments:

Post a Comment