Like

Wednesday, April 15, 2009

सशस्त्र प्रहरी महानिरीक्षक र अनुसन्धान प्रमुखसहित ३० वरिष्ठ अधिकारीलाई अवकास

सशस्त्रमा बस्नेत र अनुसन्धानमा भट्ट निमित्त प्रमुखसशस्त्र र अनुसन्धानमा तीस वर्षे सेवावधि लागूवरिष्ठ अधिकृतभन्दा तलका सयौ‌ले अवकास पाउनेबलराम बानियाँ, काठमाडौं वैशाख २सरकारले दुई सुरक्षा निकाय सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि लागू गरेको छ। सशस्त्र प्रहरी नियमावली २०६५ पाँचौं संशोधन र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी नियमावली संशोधन गरी ३० वर्षे सेवा अवधि लागू गरेको हो। यी दुई स‌ंशोधित नियमावली कार्यान्वयनसँगै ३० वर्षे सेवा अवधि पुगेर सशस्त्र प्रहरीका महानिरीक्षक वासुदेव ओलीसहित १० उच्च अधिकारी तथा विभागका मुख्य अनुसन्धान निर्देशक धनसिंह कार्कीसहित २० उच्च अधिकृतले बुधबारदेखि नै अवकास पाएका छन्। गृहले उनीहरु सबैलाई बुधबार अपराह्नसम्म ती सबै अधिकारीलाई अवकासपत्र दिइसकेको छ।गृह मन्त्रालयले सशस्त्रमा वरिष्ठ एआईजी सनतकुमार बस्नेत र अनुसन्धानमा वरिष्ठ अतिरिक्त मुख्य अनुसन्धान निर्देशक अशोकदेव भट्टलाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिएको छ। गृह मन्त्रालयले बुधबार नै पत्र पठाई उनीहरुलाई निमित्तको जिम्मेवारी दिएको हो। सशस्त्रका दुई एआईजी सनतकुमार बस्नेत र किशोर लामामध्ये बस्नेत वरिष्ठ हुन् ।उनी नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्र प्रहरीमा आएका हुन्। बस्नेत २०६४ कात्तिक २७ मा डीआईजीबाट एआईजीमा बढुवा भएका हुन्। उनी २०३८ साउन १ मा नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टबाट सेवा प्रवेश गरेका हुन्। लामा भने २०६४ माघ २७ मा डीआईजीबाट एआईजीमा बढुवा भएका हुन्। उनी सेवा प्रवेशका हिसाबले पनि बस्नेतभन्दा कनिष्ठ हुन्। उनले २०३८ साल साउन ५ मा सेवा प्रवेश गरेका हुन्।यसअघि महानिरीक्षकले पदावधिले ४ र उमेरको हद ५८ वर्ष पुगेपछि अवकास पाउने व्यवस्था थियो। नियमावली संशोधन नगरिएको भए ०६३ फागुन ६ मा बढुवा भएका ओली पदावधिअनुसार ०६७ फागुन ५ सम्म सशस्त्र प्रहरी महानिरीक्षक पदमा रहने थिए। ३० वर्ष सेवा अवधिका कारण वरिष्ठ अधिकारीबाहेक सशस्त्र र अनुसन्धानमा अवकास पाउनेको संख्या सयौं छ। गृह मन्त्रालयले अभिलेख हेरी ती सबैलाई अवकास दिन सशस्त्र र अनुसन्धान विभागलाई बुधबार नै निर्देशन दिइसकेको छ ।सशस्त्र प्रहरीको नियमावली चैत ३१ को मितिमा बुधबार प्रकाशित गरिएको छ भने अनुसन्धान विभागको नियमावली भने गोप्य राखिने भएकाले सार्वजनिक गरिएको छैन।नियमावली कार्यान्वयनसँगै बुधबार अवकास पाएकामा सशस्त्र प्रहरीका महानिरीक्षक ओलीका अतिरिक्त डीआईजीत्रय राजकुमार राणा, माधव थापा र महेन्द्र भट्टचन, एसएसपीद्वय रामकृष्ण मटाङ्लु, राजन थापा, एसपी दिलीप बस्नेत, बालकुमार श्रेष्ठ, रामविलास दास र कमानिसंह थापा छन्।सशस्त्रमा ३० वर्षे सेवा अवधि पूरा गरेका महानिरीक्षकदेखि इनस्पेक्टरसम्मका २२ जनाले अवकास पाएका छन्।राष्ट्रिय अनुसन्धान विभागबाट अवकास पाएकामा मुख्य अनुसन्धान निर्देशक कार्की र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (डिआइजी) सुखचन्द्र झा, रवीन्द्र शाही, वसन्त राई र मीनबहादुर केसी एसपीहरु दुर्गा बस्नेत, राजकुमार श्रेष्ठ, वीरेन्द्र सिंह र कमल मियाँ छन्। अनुसन्धानमा डीएसपीभन्दा माथिल्लो तहका २० जनाले अवकास पाएका छन्। अनुसन्धानमा ३० वर्षे सेवा अवधि पूरा भएका डीएसपीभन्दा तलका ठूलो संख्याका कर्मचारीले अवकास पाएका छन्।सशस्त्रमा १० वरिष्ठ अधिकारीले अवकास पाएपछि एआईजी ४, डीआईजी ७, एसएसपी ९ र एसपी एक दर्जनभन्दा बढी पद रिक्त भएका छन्। सशस्त्र प्रहरीमा ५ एआईजी दरबन्दी छन्। बस्नेत आईजीमा बढुवा भएपछि चार एआईजी पद रिक्त छन् । चार पदका लागि चार वरिष्ठ डीआईजी कृष्ण बिष्ट, शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त र ठाकुरमोहन श्रेष्ठ दाबेदार छन् ।डीआईजीका १० दरबन्दीमध्ये सात पद खाली भएका छन्। त्यसका लागि सातै जना वरिष्ठ एसएसपी प्रकाश ओझा, प्रेम शाही, सि‌‌हबहादुर श्रेष्ठ, मुकुन्द थापा क्षेत्री, सुशीलकुमार श्रेष्ठ, भीष्मकान्त अर्याल र राजन कोइराला दाबेदार छन्। एसएसपीहरुमध्ये कोइरालामाथि गणपति र सशस्त्रको आधारभूत तालिम नलिई एसएसपीमा बढुवा गरिएको आरोप छ। सशस्त्र प्रहरी नियमावलीमा एसपी र त्यसमाथि माथिल्लो पदमा पदोन्नति हुन गणपति र सशस्त्रको आधारभूत तालिम लिनुपर्ने अनिवार्य व्यवस्था छ तर कोइरालाले त्यस्तो तालिम लिएका छैनन्।एसएसपीबाट डीआईजीमा बढुवा गर्दा एआईजीको संयोजकत्वमा रहेको पुनरावलोकन समितिले कोइरालालाई बढुवा गर्ने/नगर्नेबारेमा निर्णय गर्ने जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ ।३० वर्ष सेवा अवधिले सशस्त्रका सबै पदमा असर पारेको छ। यसअघि एआईजी र डीआईजी ५८, एसएसपी र एसपीमा ५५, डीएसपी ५४, निरीक्षक ५३, प्रहरी वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक ५२, सहायक निरीक्षक ५१, वरिष्ठ ह्वल्दार, ह्वल्दार, सहायक ह्वल्दार र प्रहरी जवान ५० वर्ष तथा परिचरले ५५ वर्ष उमेर पुगेपछि अवकास पाउने व्यवस्था छ। सशस्त्र प्रहरीमा १८ वर्षदेखि २४ वर्षसम्म सेवा प्रवेश गर्ने व्यवस्था छ, ३० वर्ष सेवा अवधिले गर्दा उमेरको हदबाट अवकास पाउने व्यवस्थासमेत कतिपय पदको हकमा संशोधन गर्नुपर्ने भएको छ।महानिरीक्षकले चार, एआईजी र डीआईजीले ५, एसएसपीले सात र एसपीले १० वर्ष सेवा अवधि पुगेपछिसमेत अवकास पाउने व्यवस्था नियमावलीमा छ।

No comments:

Post a Comment