Like

Saturday, September 4, 2010

के छ अडियोमा? जस्ताकाे तेस्तै नेपालिमा

प्रधान मन्त्री चुनावका लागि एकीकृत नेकपा माओवादीका तर्फबाट कृष्णबहादुर महराले चिनियाँसँग ५० करोड रुपैयाँ मागेको भनी नेपाल वान लगायतका टेलिभिजन च्यानलले दुई पक्षबीच भएको टेलिफोन रेकर्ड प्रसारण गरेका छन्। महराले चिनियाँसँग प्रति सभासद एक करोड रुपैयाँका दरले उक्त रकम मागेको टेलिभिजन च्यानलहरुले शुक्रबार सार्वजनिक गरे।
महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिन्छ। दुबै वार्ताकारको अंग्रेजी भाषा कमजोर छ।

के छ अडियोमा?
महरा : यो स्पष्ट छैन, यसबारे हाम्रो अध्यक्षसँग छलफल हुनुपर्छ।
- मि. महरा, मेरो एकजना साथी तपाईंहरूलाई सहयोग गर्ने सोच्दैछ, तर ऊ नेपाल आउन सक्दैन। त्यसैले, हामी अन्त कुनै ठाउँमा भेट्न सक्छौं कि?
महरा : उसलाई कहाँ भेट्न सजिलो पर्ला?
- तपाईंलाई हङकङ सजिलो पर्छ?
महरा : ऊ कोसँग भेट्न चाहन्छ?
- यो विषयमा कि तपाईं, कि तपाईंको अध्यक्ष। अरू हुन्न।
महरा : हाम्रो अध्यक्षलाई यताउता गर्न अप्ठ्यारो पर्छ। उहाँ हङकङ जानुभयो भने सबैले हल्ला मच्चाउनेछन्। किनकि, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो र अहिले प्रधानमन्त्रीका उम्मेदवार पनि हुनुहुन्छ।
- त्यसो भए तपाईं मेरो साथीलाई भेट्न उहाँको प्रतिनिधि भएर आउनुहुन्छ?
महरा : म तयार छु। म जहाँ पनि जान सक्छु। तर, यो सन्देश हाम्रो अध्यक्ष प्रचण्डलाई पुर्‍याउनैपर्छ। यदि तपाईंले प्रचण्डलाई सन्देश पठाउनुभयो भने उहाँले सम्पूर्ण अधिकार मलाई दिन सक्नुहुन्छ।
- ठिक छ, मिस्टर महरा। हामी माओवादीलाई ५० सिट दिलाउन कसरी मद्दत गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सबभन्दा पहिला तपाईंलाई भेट्ने सोच्दैछौं।
महरा : सबभन्दा राम्रो ठाउँ चीन हुन्छ। चीन भन्नाले छेन्दु। यो ठाउँमा भेटे कसैले थाहा पाउँदैनन्।
- यो एकदमै सम्वेदनशील विषय हो। हामी सरकारलाई यसमा जोड्न चाहँदैन। तपाईंले बु‰नुभयो होला नि, म के भन्दैछु।
महरा : त्यसो भए सिंगापुर। हङकङमा धेरै नेपाली छन्। सिंगापुर नै ठिक हुन्छ।
- ... मलाई साथीसँग गफ गर्न दिनुस्।
महरा : हङकङ पनि हुनसक्छ ... साँझ म तपाईं फोन गर्छु।
- तपाईं मलाई हङकङ हुन्छ कि हुँदैन भने दुई दिनमा बताउन सक्नुहुन्छ ?
महरा : फोनमा?
- अँ, म यही नम्बरमा तपाईंको फोन कुर्नेछु।
महरा : तपाईंले आफ्नो स्रोतबाट यसबारे हाम्रो अध्यक्षलाई जानकारी दिनुहोला।
- मतलब हामीले तपाईंको अध्यक्षसँग कुरा गरौं भन्ने चाहनुहुन्छ?
महरा : हुन्छ, म फोन गर्छु।
महरा : तपाईंको सल्लाहअनुसार मैले अध्यक्षसँग गफ गरेँ। हामीले यसबारे छलफल गर्‍यौं। के अरू कसैले पनि अध्यक्षसँग कुराकानी गरिरहेको छ?
- मलाई थाहा छैन। मेरो तर्फबाट अहिलेसम्म यो कुरा म, मेरो साथी र तपाईंलाई मात्र थाहा छ।
महरा : मैले अध्यक्षसँग गफ गरिसकेँ। उहाँले भन्नुभयो, चुनाव आउन चार दिनमात्र बाँकी रहेकाले बाहिरबाट कम्तिमा ५० जना सभासद् चाहिएको छ। ५० जना सभासद्का लागि हामीलाई प्रतिव्यक्ति कम्तिमा एक करोड रुपैयाँ चाहिन्छ।
- प्रतिव्यक्ति एक करोड रुपैयाँ?
महरा : अँ।
- ठिक छ।

कहाँबाट आयो अडियो?
निस्सन्देह यो अडियोको स्रोत भारतीय एजेन्सी हुन्। भारतले नै यसलाई सार्वजनिक गर्न लगाएको हो। किनभने यो अडियो सबैभन्दा पहिले भारतीय मिडियाले नै प्रसारण गर्‍यो। भारतीय मिडिया र भारतीय लगानी भएको नेपाली मिडियामा नै अहिले यसबारे सबैभन्दा चासो व्यक्त गरिएको छ।

अडियोको प्रसारण सबैभन्दा पहिले नेपाल वन टेलिभिजनले गरेको हो। नेपाल वन नेपाली भाषामा प्रसारण हुने भए पनि भारतबाट प्रसारण हुने भारतीय लगानीको भारतीय टेलिभिजन हो। भारतीय दृष्टिकोणका समाचार यसमा प्रसारण हुने गर्छन्। यो टेलिभिजनले माओवादीले सांसद खरिद गर्न पैसा खर्च गरेको आरोप लगाएको यो पहिलो पटक हैन। माधवकुमार नेपालले राजीनामा नदिँदै अविश्वास प्रस्ताव ल्याउन माओवादीले ठमेलको होटलमा यति करोड पैसा राखेको छ भन्दै समाचार प्रसारण गर्ने च्यानल पनि नेपाल वन नै हो। नेपाल वनको समाचार कति विश्वसनीय हुन्छ भन्ने कुरा त एसएलसीको रिजल्ट बारे यसले प्रसारण गरेको समाचारले पनि प्रष्ट पार्छ। रिजल्ट आउनु केही दिनअघि नै यसले रिजल्ट आइसकेको समाचार प्रसारण गर्दा निकै ठूलो हल्लीखल्ली मच्चिएको थियो। परीक्षा नियन्त्रण कार्यालयले पछि यस्ता हल्लामा विश्वास नगर्न आग्रह समेत गर्नुपरेको थियो। भारतीय च्यानल भएकोले हाकाहाकी झुठो समाचार दिँदा पनि नेपाल वनलाई कुनै कारबाहीको दायरामा ल्याउन भने सकिएन।

महराले ५० करोड मागेका होलान् त?
त्यसो त यो आवाज महराको हो कि हैन भन्ने पुष्टि हुन बाँकी छ। तर नेपालका सांसदहरु खसीबाख्रा जस्ता किनबेच हुन्छन् भन्ने नेपालीहरुलाई थाहा नभएको हैन। त्यसैले यो नहोला भनी भन्न सक्ने स्थिति छैन। भारतले सांसद किनबेचमा खेलेको भूमिका महाकाली सन्धिदेखि त्यसपछिका दिनहरुमा कसैबाट लुकेको छैन। चीन भने यो मामिलामा मुछिएको थिएन, अहिले मुछियो फरक यति मात्र हो। के चीनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन त्यत्रो खर्च गर्न तयार भयो होला त ? चीन र भारतबीच यतिबेला सम्बन्ध राम्रो छैन। उत्तरी छिमेकीसित नेपालले सम्बन्ध निकट बनायो भने सबैभन्दा टाउको भारत कै दुख्छ। नेपालमा हुने भारतीय चलखेलले तिब्बतलाई पार्ने असरप्रति चीन बढी सचेत छ। तर कुनै पार्टीका व्यक्तिलाई प्रधानमन्त्री बनाउन यसरी सांसद खरिद बिक्रीका लागि चीन पैसै खर्च गर्न तयार हुने कुरा भने कसैको अनुमानमा थिएन।

अडियोमा भएका केही कुराकानीले भने दालमा कालो भएको संकेत दिन्छ। उदाहरणका लागि अडियोको एक अंशमा पछिल्लो पटक हङकङमा प्रचण्ड र महरा जाँदा मिडियामा भएको चर्चा, हङकङमा बढी नेपाली भएकोले थाहा हुने जस्ता कुरा गरिएको छ। पछिल्लो पटक (गिरिजा जिउँदै रहँदा) अकस्मात् प्रचण्ड हङकङ किन गए भन्ने कसैलाई थाहा छैन। त्यहाँ उनले कसलाई भेटे भन्ने कुरा पनि कसैलाई थाहा छैन।

यो अडियो साँचो हो भने?
यो अडियो यदि साँचो हो भने नेपालमा भारतीय जासुसी कति भित्रसम्म छिरेको छ भन्ने प्रष्ट हुन्छ। कुनै एक पार्टीका नेता र कुनै देशका कुटनीतिज्ञको गोप्य कुराकानी सजिलै विदेशमा पुग्दो रहेछ। कसैको पनि व्यक्तिगत गोपनीयता सुरक्षित छैन भन्ने यसले प्रष्ट पार्छ।

यो अडियोमा उल्लेख गरिएका व्यहोरा सही हो भने ५० करोड रुपैयाँ माओवादीको पोल्टामा परिसकेको हुनुपर्छ र किनबेचका लागि सांसद समक्ष पनि पुर्‍याइसकेको हुनुपर्छ। त्यो हो भने त २० गतेको निर्वाचनमा बहुमत माओवादी कै आउनु पर्छ।

यो अडियो साँचो हो भने अब नेपाल दक्षिणी प्रभुबाट मात्र हैन उत्तरी प्रभुबाट पनि सञ्चालित हुन थाल्नेछ। दुई प्रभुहरुको द्वन्द्वको मारमा बिचरा नेपाली शान्तिभूमि पिल्सिने छ। यो अडियो साँचो हो भने चिनियाँ प्रभाव बढेकोले त्यसलाई हटाउन वा कम गर्न चीनले ५० करोड खर्च गरे भारतले एक अर्ब खर्च गर्नुपर्ने स्थिति आउनेछ। सभासदहरु मालामाल हुनेछन्।

No comments:

Post a Comment