Like

Thursday, September 16, 2010

महरा टेप प्रकरण-के हो त रहस्य ?भिडियो हेर्न को लागि क्लिक गर्नुहोला !

महरा टेप प्रकरण-के हो त रहस्य ?एकीकृत नेकपा माओवादी इतरका दलहरुले महरा टेप प्रकरणको न्यायिक छानविनको माग गरेका छन्। लामो समयपछि व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा एमाले र काँग्रेसका सभासद्हरुले टेप प्रकरणले सार्वभौम संसदको इज्जतमा कालो धब्बा लगाएको दावी गरेका थिए। प्रतिउत्तरमा एकीकृत माओवादीले भने राष्ट्रियता कमजोर बनाउन अदृश्य केन्द्रबाट षडयन्त्र भइरहेको दावी गरेको थियो।
विशेष समयमा माओवादी संसदीयदलका उपनेता नारायणकाजी श्रेष्ठले माओवादीले चिनिचाँ अधिकारीसँग कुनैपनि प्रकारको टेलिफोन बार्ता नभएको दावी गर्नुभएको थियो। नेपालका नेताहरुको टेलिफोन रेकर्ड राष्ट्रियतामाथी गम्भीर कुठाराघात भएकोले त्यसको गम्भीर छानविन गर्नुपर्ने श्रेष्ठको माग थियो। उहाँले टेप प्रकरणलाई राजनीतिक प्रोपोगाण्डाको बिषय नबनाउन अन्यदलसँग आग्रह गर्नुभएको थियो।
नेपाली काँगे्रसका मुख्यसचेतक लक्ष्मणप्रसाद घिमिरेले टेप प्रकरण नेपालको संसदीय इतिहासमा सर्वाधिक लज्जाको बिषय भएको बताउनुभयो। महरा टेप प्रकरणले संसदको मानहानी र अबमूल्यन गरेको भन्दै उहाँले न्यायीक छाननिव आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो।
त्यस्तै, नेकपा एमालेका प्रदीप ज्ञवालीले टेप प्रकरणवारे न्यायीक आयोग गठन गरेर छानविन गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो। टेप प्रकरण सही भए विदेशी माफीयाँको पैसावाट बन्ने सरकारले शान्ति, संविधान र राष्ट्रिय स्वाधिनताको रक्षागर्न नसक्ने बताउनुभयो।
त्यसैगरी, सदभावना पार्टीका अनिल झा, नेकपा मालेका सीपी मैनाली लगायतले महरा टेप प्रकरण छानविन आयोग बनाउन माग गरेका थिए। 



Part-1



Part-2

No comments:

Post a Comment