Like

Monday, September 13, 2010

जनविद्रोहबाट सत्ता कब्जा गर्ने तयारी सुरु : माओवादी

Breaking News..........
माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्यले जनविद्रोहबाट सत्ता कब्जा गर्ने तयारी सुरु गरेको जानकारी दिएका छन् । माओवादीलाई संसदबाट सत्तामा जानबाट रोक्ने काम भएकाले जनविद्रोहको विकल्प नभएको उनको भनाइ छ । पार्टीले जनविद्रोहको तयारी थालिसकेको जानकारी दिदै वैद्यले केन्द्रीय कमिटिले घोषणा गरेको एक महिने आन्दोलनको कार्यक्रम जनविद्रोहको तयारी भएको बताए । 'एक महिनाभरी हामी केन्द्रदेखि गाउँसम्म प्रचारात्मक कार्यक्रम गर्छौ । त्यसमा जनसभादेखि पोष्टर पम्प्लेटिङसम्मका कामहरु हुन्छन्,' सोमबार रिपोर्टर्स क्लवमा उनले भने । बैद्यले तटस्थता वा सेना समायोजनको नामबाट माओवादीलाई सत्तामा जानबाट......
रोक्ने षडयन्त्र भइरहेकोले जनविद्रोह मार्फत सत्ता कब्जाको रणनीतिमा लागेको खुलासा गरे । 'राजनीति गर्नुको प्रमुख लक्ष्य सत्ता प्राप्ति नै हो,' उनले भने, 'ढिलो चाँडो जहिले भए पनि जनविद्रोहबाट सत्ता कब्जा हाम्रो लक्ष्य हो ।' नेता वैद्यले एमालेको तटस्थताका कारण मुलुकको अवस्था गम्भीर बनेको आरोप लगाए । 'एमालेको आफूले पनि नेतृत्व लिन नसक्ने र अरुलाई पनि नेतृत्व दिन नसक्ने ब्यवहारका कारण मुलुकले निकास पाउन नसकेको हो,' वैद्यको भनाई थियो ।

No comments:

Post a Comment