Like

Wednesday, March 25, 2009

आईएसपीले यसरी ‘प्राइभेसी’ हनन् गरिरहेका छन्

आईएसपीले यसरी ‘प्राइभेसी’ हनन् गरिरहेका छन्

म अमेरिकामा छु। मेरी प्रेमिका विराटनगरमा थिइन्। दुई ज्यान एक प्राण- एउटा अमेरिकामा अर्को विराटनगरमा भएपछि कस्तो होला ? तपाईँलाई थाहै छ नि लभेरिया अर्थात् प्रेममा कुराकानीको महत्त्व कति हुन्छ। प्रेममा परेपछि कुराकानी गर्न कति मन लाग्छ। छिनछिन मै कुरा गर्न मन लाग्छ। फोनमा कुरा गर्दा पैसा धेरै उठेर सातो गएपछि इन्टरनेटबाट कुरा गर्ने निधो गर्यौँ र विराटनगरको आईएसपी नेपाल नेट सञ्चार को इन्टरनेट जोड्यौँ। हुलाकबाट चिठी पठाउँदा हुलाकीसँग स्वास्नी पोइल गएको घटना झण्डै मेरो जीवनमा घटेन यही आईएसपीका कारण। धन्न, मेरी प्रेमिका त्यस्ती थिइनन् र मात्रै। तर आईएसपीका कर्मचारीले त प्राइभेसीको हनन् गर्दै हामीबीचको कुराकानी थाहा पाउने र उनको घरमा इन्टरनेट बनाउने निहुँ पारेर बारम्बार आइरहने गर्न थालेको थियो। के हो त आईएसपीले प्राइभेसीको हनन् गरेको रामकहानीको विवरण। पढ्नलाई भित्र आउनुस
आज न्युयोर्क टाइम्समा एउटा रमाइलो खबर थियो- जेनेभामा बन्न लागेको पार्टिकल एक्सिलेरेटरलाई बन्द गर्नुपर्यो भनेर कसैले मुद्दा हालेछ, त्यो पनि अमेरिकामा। कुरा के भने जेनेभादेखि फ्रान्ससम्म पुग्ने शायद संसार कै सबैभन्दा ठूलो मेसिन बनाइँदैछ बिग ब्याङ्गपछिको अवस्था सिर्जना गर्न। तर मुद्दा हाल्ने मान्छे चाहिँ त्यस्तो बढी उर्जा भएको पार्टिकलहरुलाई फ्युज गर्दा ब्ल्याकहोल सिर्जना हुने र पृथ्वीमा मात्र नभई पूरा ब्रह्माण्डलाई नै अन्त्य गर्न सक्ने जिकिर गर्दैछन्।
यही पृथ्वीको एकातिर यसो भइरहँदा नेपालमा भने द्रुत गतिको इन्टरनेट सेवा एडीएसएल पनि आउन सकेको छैन। नेपालका आईएसपीहरुको ठूलो कुरा देखेर म त दङ्गै परेँ बा ! मलाई पनि आफूले भोगेको आईएसपीको कुरा बाँड्न मन लाग्
कुरा एक वर्ष जति अगाडिको हो। त्यतिखेर मेरी प्रेमिका विराटनगरमा थिइन्। फोनमा कुरा हुन्थ्यो। तपाईँलाई थाहै छ नि प्रेममा परेपछि कुराकानी गर्न कति मन लाग्छ। छिनछिन मै कुरा गर्न मन लाग्छ। फोनमा कुरा गर्दा पैसा धेरै उठेर सातो गयो। अनि कम्प्युटरमा भ्वाइस र वेबक्यामबाट च्याट गर्ने योजना बनाएँ। तर उनीसित कम्प्युटर थिएन। मैले कम्प्युटर किन्न लगाएँ। कम्प्युटर किनियो। अब राम्रो इन्टरनेट लिनुपर्यो भनेर ६४ केबीपीएसको हो क्यार….केबल, त्यो पनि ब्रोडब्यान्ड इन्टरनेट (!) जोड्यौँ। विराटनगरको आईएसपी नेपाल नेट सञ्चार इन्टरनेट जोडिएको थियो।
कम्प्युटर किनेको दुई तीन दिनपछि बल्ल इन्टरनेट जोडिएको थियो। पहिलो दिन राति भइसकेको थियो, त्यसैले च्याट मात्र गर्यौँ। अनि भोलिपल्ट वेबक्याम पनि चल्यो। राम्रो थियो इन्टरनेट। म त दंगै भएँ।
तर त्यो दंग भोलिपल्टै भयो भंग । भोलिपल्ट त इन्टरनेट चयट। के भो भनेर फोन गर्दा धेरै ब्यान्डविथ खपत भएकोले बन्द गरेको रे। भन्नलाई अनलिमिटेड ब्यान्डविथ भन्ने अनि गर्न चाहिँ त्यसो ? भन्दा हैन रे, भाइरसले गरेको जस्तो लाग्यो रे, घरमा आएर मिलाइदिन्छन् भनेर भन्यो। केही क्षणमा आईएसपीको मान्छे बाइकमा आयो, कम्प्युटर चलायो र इन्टरनेट चल्यो। दुई दिन मात्र के भएको थियो, फेरि बिग्रियो इन्टरनेट।
यो पालि अर्कै मान्छे आयो। मोरा मेरी गर्लफ्रेन्डसित बोल्नवर्न खोज्दो रैछ। कोसँग च्याट गर्या, के च्याट गर्या भनेर सोध्न थालेछ। उनले वास्ता नै गरिन रे। तर पछि सीडीबाट के के इन्स्टल गरेर फोनमा कोड भाषा बोलेको जस्तो लाग्यो भनेर उनले मलाई च्याटबाट नै बताइन
अनि मैले गोटुमाईपीसी इन्सटल गर, म तिम्रो कम्प्युटरमा आएर हेर्छु भनेँ। गोटुमाईपीसी इन्स्टल गरेपछि अरुको कम्प्युटरमा परैबाट आफ्नै कम्प्युटरमा जस्तो पहुँच लिन सकिन्छ।
उनलाई मैले गाइड गरेर गोटुमाईपीसी इन्सटल गर्न लगाएँ। त्यसपछि अमेरिकाको मेरो कम्प्युटरबाट विराटनगरको उनको कम्प्युटरमा छिरेँ। यसो हेर्छु त तल टास्कबारमा नदेखेको आइकन छ बा ! के रहेछ भनेर हेरेको त अर्कै रिमोट डेस्कटप सफ्टवेयर रहेछ ! आईएसपीले मेरी गर्लफ्रेन्डको कम्प्युटर उनीहरुको अफिसबाट हेर्न मिल्ने गरी इन्स्टल गरेको रहेछ। इन्सटल लग हेर्छु त उनीहरुले नै त्यो पहिले नै इन्सटल गरेका रहेछन्। अनि फायरवाल पनि पूरै बन्द गरेको थियो।
मैले त्यसलाई अनइन्सटल गरेर फायरवाल अन गरेँ। दुई दिनपछि आईएसपीको मान्छे फेरि आएछ केही नभनिकनै। चलेको छ कि छैन भनेर चेक गर्न आएको रे। उसले त्यो कम्प्युटरमा गोटुमाईपीसी हटाएर फेरि अर्को रिमोट डेस्कटप हालेको रहेछ।
यसरी सोझा मान्छेले धेरै बुझ्दैनन्, जान्दैनन् भन्दैमा ग्राहकको कम्प्युटरमा रिमोट डेस्टप राखेर अफिसबाट हेर्नु भनेको त प्राइभेसीको साफै हनन् भएन र ? यसले त संविधानमा रहेको गोपनीयताको हकको समेत उल्लंघन भयो नि। तर यस्तो क्रिमिनल काम पनि गर्छन नेपालका आईएसपीहरु। मलाई त सार्है रिस उठ्यो। यो कुरालाई बाहिर निकाल्छु भनेर भनेँ। तर उनले भैगो, यो एरियामा अर्को आईएसपी छैन भनेर भन्यो। अनि अब घर आउन दिन्न भन्यो। अब लाइन काटियो भने तिमीहरुको इन्टरनेट क्यान्सिल गर्छु भनेर उनले आईएसपीलाई थर्काइन्। त्यसपछि इन्टरनेट स्लो भयो। अनि सर्भिस पनि अनरिलायबल। जे होस्, घर चाहिँ आउन छाड्यो।
बाँकी कुराहरु हजुरहरु नै सोच्नुस्, के गर्ने यस्तो आईएसपीहरुलाई ? इन्टरनेटको मूल्यलाई पेट्रोलको मूल्यसँग तुलना गर्ने आईएसपीहरुको संस्था आईएसपीएनका अध्यक्ष पवन शाक्य लगायतका सित यस बारेमा केही जवाफ छ कि

No comments:

Post a Comment